Skip to main content

गोपाल सिंह नेपाली भर्सेज गोपाल सिंह नेपाली


नेपाल वार एशोसिएशनको आयोजनमा १० र ११ दिसम्बरका दिन  बुटवलमा  चलेको मानव अधिकार  सम्मेलनमा तथा नेपाल बारको ४६ औं बैठकको अवसरमा आफ्नो मन्तत्व प्रकट गर्ने क्रममा एक जना बक्ता वरिष्ठ अधिवक्ता  तथा भूतपूर्व महाधिबकता लक्ष्मीबहादुर निरालाले एउटा कविता कण्ठ सुनाए जुन न्याय सम्पादनको यथार्थतासित सम्बन्धित थियो । उनले सुनाएको कविता मलाई यतिबेला स्मरण छैन । तर उनले त्यो कविताका रचयिता गोपाल सिह नेपाली बताए । त्यतिसम्म  भनेको भए म चुप रहन्थें । उनले गोपाल सिंह नेपालीको नाममा अरु कुनै हिन्दी कविको कविता सुनाएको भए पनि मैले होला भन्दथें होला । किनभने मैले हाई स्कूलमा हिन्दी विषय पढ्दा र गुवाहाटी र बर्धा समितिले संचालन गरेका हिन्दी भाषा साहित्यका परीक्षाहरू प्रवेशिका ,प्रवोध कोविद र राष्ट्रभाषा रत्न अध्ययन गर्दा र परीक्षा दिंदा गोपाल सिंह नेपालीका जति कविता पढेको थिएँ  होला नेपाल बारका बरिष्ठ अधिबक्ता निरालाले गोपाल सिह नेपालीका कविता भनेर सुनाएको त्यो कविता  पढे वा  सुने जस्तो लाग्दैन । तर उनले गोपाल सिंह नेपालीको कविता भनेर कविता सुनाउँदा मलाई लाग्यो बरिष्ठ अधिबक्ता निरालाको साहित्यिक ज्ञान पनि राम्रो रहेछ । अझ हिन्दी साहित्यको समेत राम्रो ज्ञान रहेछ । तर जब उनले बडो गर्व र आत्म विश्वासको साथमा भने कि गोपाल सिंह नेपाली बनारसको हिन्दु विश्व विद्यालयमा प्राध्यापक थिए । उनको जन्म विहारको बेतियामा भएकाृे थियो ।मलाई  उनको ज्ञानको सीमामाथि प्रश्न चिन्ह उठाउन मन लाग्यो । उनी आफ्नो मन्तव्य सकेर जब मंचमा म  बसेको ठाउँमा आए मैले उनी भ्रममा परे कि भनेर त्यसलाई हटाउन खोज्दै भने कविता लेख्ने कवि गोपाल सिंह नेपाली अर्के गोपाल सिंह नेपाली हुनु पर्दछ । बनारस हिन्दु विश्व विद्यायलमा अध्यापन गर्ने प्रोफेसर गोपाल सिह नेपाली होइन । तर बरिष्ठ अधिबक्ता लक्ष्मीबहादुर निराला मेरो कुरा खान तयार भएनन् । उनले मेरा कुरा ठाडै अस्वीकार गर्दै र बनारस हिन्दु विश्वबिद्यालयमा अध्यापन गनें प्रोफेसर गोपाल सिंह नेपाली बिहारको बेतियामा जन्मेका गोपाल सिंह नेपाली नै हुन् भन्ने भनाइलाई नै दोहोराए । उनले यसो भन्दा मलाई अझ बढी के विश्वास भयो भने मैले उनले दावीको साथमा चर्चा गरेका व्यक्ति वा कवि गोपाल सिंह नेपाली बनारस हिन्दु विश्वविद्यायलका प्रोफेसर थिएनन् । होइनन् । बरु उनी थिए नेपाली तथा हिन्दीका चर्चित कवि गोपाल सिह नेपाली । संयोगले म दुबे गोपाल सिंह नेपालीका नामसित राम्ररी नै परिचित थिएँ  ।  दुबै मैले सुनेका र जानेका नाम थिए ।
बनारस हिन्दु विश्वविद्याययका प्राध्यापक गोपाल सिंह नेपाली एकजना बाम चिन्तक बुद्धिजीवी थिए । यिनको नेपालका धेरै वामपन्थी नेताहरूसित चिनाजानी र सम्पर्क थियो । मलाई थाहा थियो पुष्पलालले बेलाबखत बनारस हिन्दु विश्वविद्यालयमा गएर प्रोफेसर गोपाल सिंह नेपालीलाई भेट्दथे ।  उनीसित राजनैतिक विषय र खास गरी नेपालको राजनीति बारे बिचार विमर्थ गर्दथे । यी बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापक गोपाल सिंह नेपाली कविता लेख्थे लेख्दैनथे त्यो मलाई थाहा छैन । बरिष्ठ अधिबक्ता लक्ष्मीबहादुर निरालाले सुनाएको हिन्दी कविता बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापकले लेखेको कविता हो कि चर्चित  नेपाली र हिन्दीका कवि पत्रकार तथा  हिन्दी फिल्म निर्माता गोपाल सिंह नेपालीले लेखेको कविता हो मलाई थाहा भएन । तर बरिष्ठ अधिबक्ताले दावी गरे अनुसार बनारसको हिन्दु विश्वविद्यालयका प्राध्यापक गोपाल सिंह नेपालीको जन्म बिहारको बेतियामा भएको थिएन । बरु नेपाली र हिन्दीका कवि पत्रकार तथा हिन्दी फिल्म निर्माता गोपाल सिंह नेपालीको जन्म बिहारको बेतियामा भएको थियो । मैले यहाँ दावी गर्न खोजेको कृुरा के पनि हो भने हामा अगाडि एक होइन दुईबटा गोपाल सिंह नेपाली छन् । थिए । हाम्रा बरिष्ठ अधिबक्ता दुुबै गोपाल सिंह नेपालीलाई एउटै गोपाल सिंहको रुपमा चिनिरहेका छन् । जानिरहेका छन् । उसरी हामी यसो पनि भन्न सक्दछौ उनी आधा बनारस हिन्दु विश्वविद्यालयका प्रोफेसर गोपाल सिंह नेपालीलाई चिनिरहेका छन् । आधा अथवा एक चौथाई नेपाली र हिन्दीका कवि गीतकार पत्रकार हिन्दी फिल्म निर्माता गोपाल सिंह नेपालीलाई चिनिरहेका छन् र ठानिरहेका छन् यी दुबै गोपाल सिंह नेपाली  एउटै गोपाल सिंह नेपाली हुन् । तर यहाँनेर के कुरा पनि स्पष्ट पार्न  जरुरी छ भने गोपाल सिंह नेपालीको बारेमा कलम चलाउने विद्धानहरू  पनि यी दुई प्रख्यात नेपालीका बारेमा भ्रमित परिरहेका छन् । यहाँसम्म कि यी दुई गोृपाल र्सिह नेपालीका सम्बन्धमा स्वयं सही सूचना प्रवाह गर्ने बिकिपेडिया भ्रमित भइरहेको छ  । भ्रममा परेर नै प्रो डा गोपाल सिंह नेपालीले लेखको द नेवारस  (  १९६५ )लाई कवि तथा गीतकार गोपाल सिंह नेपालीले लेखेको पुस्तकको रुपमा चर्चा गरिरहेको अवस्था समेत विद्मान रहेको छ  । दुई व्यक्तिको नाम एउटै हुनुु पनि एउटा ठूलो समस्या रहेछ ।
बरिष्ठ अधिवक्ता लक्ष्मीबहादुुर निरालाले उल्लेख गरेका गोपाल सिंह नेपालीको जन्म उनले दावी गरे जस्तै बिहारको बेतियामा होइन काठमाण्डौ ठमेलमा १९२६ मा भएको थियो । मैले प्राप्त गरेको सूचना अनुसार उनले बम्बईको विश्वविद्यालयबाट एम ए र पी एच डी गरेका थिए,।  उनले बनारस र बम्बईमा अध्ययन गरेका थिए । उनले शुरुमा बम्बईको सर जे जे कलेजमा अर्किटेक्चरको अध्यापन गरेका थिए । पछि उनले गोरखपुर विश्वविद्यायलमा समाजशास्त्रको अध्यापन गरेका थिए । त्यसपछि उनले बनारसको हिन्दु विश्वविद्यालयमा समाजशास्त्रको अध्यापन गर्न थालेका हुन् । प्रोफेसर डा गोपाल सिंह नेपालीले १ जनवरी १९८६मा बनारस हिन्दु विश्वविद्यालयबाट अवकाश लिएका थिए । यी गोपाल सिह नेपालीले बनारस हिन्दु विश्वविद्यालयमा नेपाल अध्ययन विभागको संचालक तथा  हिमालय अध्ययन केन्द्रको प्रोफेसरको रुपमा सेवा गरेको पनि देखिन्छ । साथसाथै यिनले दार्जीलिङको नर्थ बंगाल विश्व विद्यालय र त्रिभुवन विश्वविद्यायलको समाजशास्त्र विभागमा पनि अध्यापन गरेको देखिन्छ । उनले अंग्रेजी भाषामा द नेवारस ( १९६५ ) पुस्तक लेखेका छन् जसले नेवार समुदायको जातीय तथा सामाजिक परिचय दिन्छ । यस पुस्तकको प्रकाशन बम्बईको एशिया पब्लिकशनले गरेको छ । गोपाल सिंह नेपालीको मृत्यु बम्बईमा २० जनवरी २००२ मा भएको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र र मानवशास्त्र विभागले प्रत्येक बर्ष राम्रोे अध्ययन गरेर थिसिज लेख्ने एक जना विद्यार्थीलाई यिनै डा. गोपाल सिंह नेपालीको नाममा गोपाल सिंह मेमोरियल रिसर्च अबार्ड प्रदान गर्दछ ।
अर्का गोपाल सिंह नेपालीको जन्म बिहारको बेतिया ( पश्चिम चम्पारन ) मा ११ अगस्त १९११ भएको थियो । उनले जम्मा प्रवेशिकासम्म अध्ययन गरेका थिए । उनी साहित्यकार पत्रकार गीतकार तथा फिल्म निर्माता थिए । उनले नेपाली भाषा र हिन्दी भाषा दुबै भाषामा कविता लेख्ने गर्दथे। उसरी उनले उर्दु र अंग्रेजी भाषामा पनि कविता लेखेको पाइएको छ । उनले नेपाली भाषामा लेखेको कविता कल्वना पुरानो हाई स्कूलको नेपाली पाठ्य पुस्तकमा समावेश गरिएको थियो । समालोचकले गोपाल सिंह नेपालीको हिन्दी कवितामा बारेमा चर्चा उनलाई ठूलो शब्द शिल्पकारको रुपमा प्रस्तुत गरेको संझना अझ पनि मेरा मनमा ताजै छ । समालोचक भन्दथे उनका कवितामा बेजोड लालित्य पाइन्छ । हिन्दी गीतकारको रुपमा गोपाल सिंह नेपाली अग्र पक्तिमा आउँदछन् । उनी हिन्दी जगतमा गीतोंका राजकुमारको रुपमा चिनिन्छन् । उनले ६० फिल्मका लागि गीत लेखेका छन् भन्ने सूचना पनि प्राप्त छ । भारतका पूर्व राष्ट्रपति डा. राजेन्द्र प्रसादले उनलाई भारतका बर्डसबर्थ भनेका छन् । उनलाई रविन्द्रनाथ टैगोरको उवर्शीलाई अंग्रेजी भाषामा अनुवाद गरेकोमा स्वर्ण पदकले सम्मानित गरिएको थियो ।
गोपाल सिंह नेपालीको बारेमा टीकाराम उपाध्यायले गोपाल सिंह नेपाली – नेपाली र हिन्दी कवि ) पुस्तक लेखेका छन् । यसललाई साहित्य एकाडमीले प्रकाशित गरेको छ ।
गोपाल सिह नेपालीको प्रशंसामा अमित कुमार सचिन भन्दछन् – कलम की स्वाधीनता के लिए आजीवन संघर्षरत रहे गीतों के राज कुमार  गोपल सिंह नेपाली लहरों की धारा के विपरीत चलकर हिन्दी साहित्य पत्रकारिता और फिल्म उद्योग में उँचा स्थान हासिल करने बाले छायावादोत्तर काल के विशिष्ट कवि और गीतकार थे ।  साहित्यिक कविताओं , जन कविताओं  के साथ साथ  हिन्दी फिल्मों के लिए भी इन्होने ४०० से अधिक गीत लेखे ।  अमीत कुमारका अनुसार कवि सम्मेलनमा  गोपाल सिंह नेपालीको कविता सुनेर हिन्दीका राष्ट्रकवि रामधारी दिनकरे उनको प्रतिभाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।  उनी अगाडि भन्दछन् गोपाल सिंह नेपालीले बम्बईमा १९४४ मा फिल्मीस्तानका मालिक सेठ तुलाराम जालानसित अनुबन्धन गरी फिल्मका लागि गीत लेख्न थालेका थिए । उनले सर्वप्रथम मजदूर फिल्मको लागि गीत  लेखेका थिए ।
गोपाल सिह नेपालीका सम्बन्धमा बोल्दै अमित कुमार सचिन अझ अगाडि भन्दछन्–
नेपालीजी को जीते(जी वह सम्मान नहीं मिल सका जिसके वे हकदार थे। अपनी इस भावना को उन्होंने कविता में इस तरह उतारा था(
अफसोस नहीं हमको जीवन में कुछ कर न सके

झोलियां किसी की भर न सके, संताप किसी का हर न सके

अपने प्रति सच्चा रहने का जीवनभर हमने यत्न किया

देखा(देखी हम जी न सके, देखा(देखी हम मर न सके।
गोपाल सिंह नेपाली पत्रकारितामा पनि संलग्न रहेको पाइन्छ । उनले सम्पादन गरेका पत्रपत्रिकाका नाम हुन् रतलाम टाइम्स, चित्रपट, सुधा तथा योगी । उनले प्रकाशित गरेका काव्य पुस्तकहरू हुन् – उमंग ( १९३४ ) पंक्षी (  १९३४ ) रागिनी ( १९२५ ) ( नीलिमा ( १९३९ ) पंचमी ( १९४२ ) नबीन ( १९४४ ) तथा हिमालय ने पुकारा ( १९६३ ) । हिन्दीमा ४०० भन्दा बढी गीत  लेखेका गोपाल सिंह नेपालीको एउटा चर्चित गीत हो – हिमालय ने पुकारा । यस गीतकोृ विषय र सन्दर्भ १९६२ को चीन भारत  युद्ध हो । यस  गीतमा गोपाल सिंहले चीनमाथि कडा प्रहार गरेका छन् ।
गोपाल सिंह नेपालीको चर्चा गर्दा उनले उनका छोरा नकुल सिंह नेपालीले  बम्बईको उच्च न्यायालयमा स्लमडग मिलिनियरका निर्माताका बिरुद्धमा मुद्दा दायर गरेको कुुरा पनि उल्लेख भएको पाइन्छ  । उनको आरोप छ निर्माताले डेंनी वायलले दर्शन दो घनश्याम गीतका रचयिताको रुपमा सृुरदासको नाम उल्लेखित गरेका छन् । यो गलत कुरा हो । नकुल सिंह नेपालीको दावी छ यो गीत उनका बुबा गोपाल सिंह नेपालीले लेखेका हुन् । उनका भनाइ रहेको छ कि डैनी बायल र सेलादर फिल्म स्डस्ट्रीजले उनका बुबाको प्रतिष्ठामा ठेस पुराएका छन् । लेखकीय अधिकारको उलंघन गरेका छन्। नकूल सिंह नेपालीले क्षतिपूर्तिको रुपमा ५ करोड दावीका साजसाथै मुद्दा दायर भएको मितिदेखि फैसला हुनेबेलासम्म २१ प्रतिशत दरले व्याजको समेत दावी गरेका छन् ।
गोपाल सिंह नेपालीले १९४४ मा बम्बईमा गएर दुई दशकसम्म फिल्म उद्योगमा काम गरेका थिए । उनले. त्यतिबेला फिल्मको लागि गीत मात्र लेखेनन् आफै फिल्मको निर्माण  पनि गरे । उनी फिल्म निर्माता पनि बने । उनले हिमालय फिल्मस तथा नेपाली पिक्चर्सको स्थापना गरेका थिए ।उनले निर्माता निर्देशक रही तीन फिचर फिल्म नजराना सनसनी तथा खुशवुुको पनि निर्माण गरेका थिए ।
गोपाल सिह नेपालीको प्रतिनिधि कविताएँ मा उनीबारे लेखिएको छ – गोपाल सिंह नेपाली उत्तर छायावाद के प्रतिनिधि कवियों में कई कारणों से विशिष्ट हैं । उनमें प्रकृति के प्रति सहज और स्वाभाविक अनृुराग है, देश के प्रति सच्ची श्रद्धा है,   मनुष्य के प्रति सच्चा प्रेम है और सौन्दर्य के प्रति सहज आकर्षण है ।
शायद समाज आवश्यक रुपमा प्रगतिशील हुन नसकेकोले होला साहित्यका प्राधिकारीहरूले आफ्नो बर्गहित विपरीतको कवितालाई उपेक्षा गर्दा रहेछन् । एकजना समालोचकले दावी गरे अनुसार महिलाको अवस्थाबारेमा सिंगो हिन्दी साहित्य जगतमा नै महिलाको वास्तविक अवस्थाबारे गोपाल सिंह नेपालीको  तुलनामा अर्के कुनै कविता लेखिन सकेको छेन ।  मैले गोपाल सिंह नेपाली सामन्ती अझ पूंजीवादी समाजमा पनि नारीहरूको वास्तविक जीवनको झल्को दिने कविता  खोजेर जनघोषको अंक ९ मा प्रकाशित गरेको थिएँ  जुन यस प्रकमारको छ –
 बाबुल तुम बगिया के तरुवर
बाबुल तुम बगिया के तरुवर, हम तरुवर की चिड़ियाँ रे
दाना चुगते उड़ जाएँ हम, पिया मिलन की घड़ियाँ रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे
बाबुल तुम बगिया के तरुवर ‘‘।

आँखों से आँसू निकले तो पीछे तके नहीं मुड़के
घर की कन्या बन का पंछी, फिरें न डाली से उड़के
बाजी हारी हुई त्रिया की
जनम (जनम सौगात पिया की
बाबुल तुम गूंगे नैना, हम आँसू की फुलझड़ियाँ रे
उड़ जाएँ तो लौट न आएँ ज्यों मोती की लडियाँ रे

हमको सुध न जनम के पहले, अपनी कहाँ अटारी थी
आँख खुली तो नभ के नीचे, हम थे गोद तुम्हारी थी
ऐसा था वह रैन (बसेरा
जहाँ सांझ भी लगे सवेरा
बाबुल तुम गिरिराज हिमालय, हम झरनों की कड़ियाँ रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

छितराए नौ लाख सितारे, तेरी नभ की छाया में
मंदिर (मूरत, तीरथ देखे, हमने तेरी काया में
दुःख में भी हमने सुख देखा
तुमने बस कन्या मुख देखा
बाबुल तुम कुलवंश कमल हो, हम कोमल पंखुड़ियां रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

बचपन के भोलेपन पर जब, छिटके रंग जवानी के
प्यास प्रीति की जागी तो हम, मीन बने बिन पानी के
जनम (जनम के प्यासे नैना
चाहे नहीं कुंवारे रहना
बाबुल ढूंढ फिरो तुम हमको, हम ढूंढें बावरिया रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

चढ़ती उमर बढ़ी तो कुल (मर्यादा से जा टकराई
पगड़ी गिरने के दर से, दुनिया जा डोली ले आई
मन रोया, गूंजी शहनाई
नयन बहे , चुनरी पहनाई
पहनाई चुनरी सुहाग की, या डाली हथकड़ियां रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

मंत्र पढ़े सौ सदी पुराने, रीत निभाई प्रीत नहीं
तन का सौदा कर के भी तो, पाया मन का मीत नहीं
गात फूल सा, कांटे पग में
जग के लिए जिए हम जग में
बाबुल तुम पगड़ी समाज के, हम पथ की कंकरियां रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

मांग रची आंसू के ऊपर, घूंघट गीली आँखों पर
ब्याह नाम से यह लीला ज़ाहिर करवाई लाखों पर

नेह लगा तो नैहर छूता , पिया मिले बिछुड़ी सखियाँ
प्यार बताकर पीर मिली तो नीर बनीं फूटी अंखियाँ
हुई चलाकर चाल पुरानी
नयी जवानी पानी पानी
चली मनाने चिर वसंत में, ज्यों सावन की झाड़ियाँ रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

देखा जो ससुराल पहुंचकर, तो दुनिया ही न्यारी थी
फूलों सा था देश हरा, पर कांटो की फुलवारी थी
कहने को सारे अपने थे
पर दिन दुपहर के सपने थे
मिली नाम पर कोमलता के, केवल नरम कांकरिया रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

वेद(शास्त्र थे लिखे पुरुष के, मुश्किल था बचकर जाना
हारा दांव बचा लेने को, पति को परमेश्वर जाना
दुल्हन बनकर दिया जलाया
दासी बन घर बार चलाया
माँ बनकर ममता बांटी तो, महल बनी झोंपड़िया रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

मन की सेज सुला प्रियतम को, दीप नयन का मंद किया
छुड़ा जगत से अपने को, सिंदूर बिंदु में बंद किया
जंजीरों में बाँधा तन को
त्याग (राग से साधा मन को
पंछी के उड़ जाने पर ही, खोली नयन किवाड़ियाँ रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

जनम लिया तो जले पिता (माँ, यौवन खिला ननद (भाभी
ब्याह रचा तो जला मोहल्ला, पुत्र हुआ तो बंध्या भी
जले ह्रदय के अन्दर नारी
उस पर बाहर दुनिया सारी
मर जाने पर भी मरघट में, जल ( जल उठी लकड़ियाँ रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे

जनम (जनम जग के नखरे पर, सज (धजकर जाएँ वारी
फिर भी समझे गए रात (दिन हम ताड़न के अधिकारी
पहले गए पिया जो हमसे अधम बने हम यहाँ अधम से
पहले ही हम चल बसें, तो फिर जग बाटें रेवड़ियां रे
उड़ जाएँ तो लौट न आयें, ज्यों मोती की लडियां रे  ।
अति सृजनशील शील र प्रतिभाशाली कवि गोपाल सिंह नेपालीकाृ कवि सम्मेलनमा भाग लिएर फर्किंदा बिहारको भागलपुर रेलवे प्लेटफार्ममा १७ अप्रेल १९६३ मा मृत्यु भएको थियो । हाल बिहारको पश्चिम चम्परनको बेतियामा गोपाल सिंह नेपालीको शालिक  बनाइको छ ।
शायद यति भने पछि बरिष्ठ अधिबक्ता जस्ता व्यक्तित्वहरू काठमाण्डौको ठमेलमा जन्मी बनारस र बम्बईमा अध्ययन गरी बम्बई बनारस ,दार्जीलिङ र कीर्तिपुरको त्रिभुवन विश्वविद्यायलमा समेत समाजशास्त्रको अध्यापन गरिसकेका प्रोफेसर डां गोपाल सिह नेपाली र हिन्दी र नेपाली भाषामा कविता लेख्ने , गीत लेख्ने , पत्रकारितमा कमल चलाउने र फिल्म निर्देशन तथा उत्पादन गर्ने दुई अलग अलग पहिचान बनाएका अलग अलग व्यक्ति हुन् । उनीहरू रोबर्ट लुइस स्टेभेन्सनका जस्ता डा। ज्याकिल  र मिस्टर हाइड होइनन् ।्
२८–८–२०७६
१४–१२–२०१९










Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...