गजल ७१
शीर छ गद्दारको सधैं ढलेको
बोली छ दलालको सधैै गलेको
मतियार बनेर अरु कसैको
सिंगो राष्ट्रलाई छ सधै छलेको
आफ्नो बुद्धिले के चल्न सक्थ्यो दास
अर्कैको बुद्धिले छ सधैै चलेको
कालो पोतेको उसको अनुहार
कहाँ हुन्थ्यो धपक्क सधै बलेको
बाहिर देखिए पनि हाँसे जस्तो
भित्र भित्र त छ ऊ सधै जलेको ।
५–६–०७१
Comments
Post a Comment