Skip to main content

बुबाहरूले लगाएको पीपलको रुखनेर उभिंदा

 

माथिको क्याप्सन दिएर मैले ज्ञानु के सी सहितको फोटो फेसबुकमा अपलोड गरे पछि  थुप्रै लाइकका साथसाथै थुप्रै आफन्त तथा आत्मीय जनबाट विभिन्न प्रकारका प्रतिक्रिया आए ।  सबै प्रतिक्रिया उल्लेखनीय थिए । मननीय थिए । पत्रकार मोहन चापागाईले भावनासित  जोडिएको ठाउँहरूको भ्रमण भने । निश्चित रुपमा यो भावनासित  जोडिएको ठाउँहरूको भ्रमणको श्रृखला थियो ।  सन्दर्भ कूलपूजा भए पनि । उसरी कूलपूजा पनि भावनासित जोडिएको कुरा नै हो । मलाई विशेष रुपले छोएको टिप्पणी भोजराज कडेलको थियो । उनले लेखेका थिए —आजभोलिका बाहरूले त  भाको पनि काटनुहुन्छ् ।
म ज्ञानु के सी र भाइ नरेश साहनी यस पीपलको रुखनेर उभिएर फोटो खिचाएको थियौ र फोटो खिचेका थिए छोरीहरूले । बुबाहरूका नातिनीहरूले । जुन नातिनीहरूलाई बुबाले कहिले देख्न पाउनुभएन । मैले जब छोरीलाई भने यो बुबाहरूले लगाएको पीपलको रुख हो उनीहरू निकै भाबुक भए ।  छोरी उत्कर्षाले बुबाहरूले लगाएको पीपलको पात टिपेर मलाई देखाउँदै साथमा राखिन् । अहिले ती पीपलका पात किताबको बीचमा राखेकी छन् । 
वास्तवमा भोजराज कडेलले भने जस्तै बुबाहरूले लगाएको यो पीपलको रुखले संरक्षक पाएन । अहिले यो रुख बुच्चो भएर उभिएको छ । मूढो भएर उभिएको छ । ठूटो भएर उभिएको छ । यसका पखेटा सरी चारैतिर फैलिएका हाँगाहरू काटिएका छन् ।  लछारिएका छन् ।  तर पीपलको रुख जति  काटे पनि पलाउने भएको हुनाले बुच्चे भए पनि साना हांगा हालेर पात पलाएको छ ।  तिनै पात  छोरी उत्कर्षाले टिपेकी  हुन् । ठीकै हो अहिलेका बाहरूले पीपलको रुखहरू काट्नुहुन्छ । हिजो धार्मिक आस्थाका कारणले गर्दा पनि हिजोका बाहरूले पीपलको रुखहरू काट्दैनथे ।  आजका बाहरूले जति  धार्मिक आस्था राखे पनि पीपलको रुख काट्न कुनै आइतबार लगाउँदैनन् ।
यतिबेला म हाम्रा बुबाहरूले लगाएको पीपलको कथा कोर्न थालेका सन्दर्भमा के कुरा उल्लेख गर्न सान्दर्भिक मान्दछु भने वास्तवमा यो मेरो यस पीपलको रुखबारेको पहिलो चर्चा भने अवश्य होइन ।                                    पहिलो लेख भने होइन ।  मैले विशेष गरी पण्डित बाबुराम भट्टराईले एकजना गाउँले महिलाले गाएको बिरहको गीतको सम्झनामा कोरेको लेखको सम्दर्भमा मैले यही पिपलको रुखको बारेका  चर्चा गर्दै लेख लेखेको थिएँ  । त्यसले लेखक लेखक तथा पत्रकार अर्जुन  ज्ञवालीलाई पनि झक्झकाएको थियो र उनले पनि यस सन्दर्भमा लेख नै लेखेर प्रकाशित गरेका थिए  । अहिले मेरो, अर्जुन ज्ञवाली र  पं बाबुराम भट्टराईले लेखेका डाँडैको पिपलुका बारेका लेखेका लेखहरू बुटबलकै हाम्रा पत्र पत्रिकामा थन्किएर बसेका होलान् ।
जे होस्, अहिले मैले फेरि गल्कोट साहनी डाँडाको पीपल डाँडामा भएको हाम्रा बुवाहरूले लगाएको पीपलको रुखको चर्चा चलाउनु पर्ने भो ।  सन्दर्भ भयो हामीले त्यही पिपल डाँडाको पीपलको रुखनेर उभिएर फोटो खिचाएको अवस्थामा चारैतिरबाट आएका प्रतिक्रिया  कमेन्टहरू ।
म जन्मेको गाउँको नाम हुलुवा हो । हाम्रा बुबा त्यतिबेला  हुलुवाको मुखिया हुनुहुन्थ्यो । त्यतिबेला बतासे डाँडा,झेलेर, गैरा , खोला पारी, मास्वरा,नाइचौरा,सिद्धाथान टोकरी खाली डुन्डुर  फेंदी नीला पानी आदि जस्ता ठाउँहरू हुलुवाका नामले चिनिन्थे । तर गजबको कुरा के थियो भने हुलुवा गाउँका कति बासिन्दाहरू हुलुवाका मुखिया अन्तर्गतका नभएर मल्म . ( सातसय ) अन्तर्गतमा पर्दथे ।  कुरा यस्तो भए पनि बाहिरका मान्छेहरूले हिजोका दिनमा मल्म लगायत सायसयलाई पनि हुुलुवा भन्दथे । हाल आएर हुलुवालाई समेत मल्म भन्दछन् । यसो भएको कारण पंचायतकालमा यस भेगको नामाकरण मल्म पंचायत भएकोले हो । पछि बहुदलको आगमन पछि यस मल्म पंचायतको नाम मल्म गाविस भयो । हाल आएर लोकतान्त्रिक गणतन्त्रले यसको नाम ७ न. वडा बनाइदिएको छ । यो गल्कोट नगरपालिकाको ७ न बडा हो । अहिले म जन्मेको हुलुवाका एउटा भागलाई  साहनी डाँडा भन्न थालिएको रहेछ । यसरी हुलुवाको नाम हराउन थालेको छ र यो नाम हुलुवा खोलोमा सीमित  हुन पुगेको छ । गाउँको नाम हुलुवा हराएर खोलाको नाम मात्र हुलुवा रहने अवस्था सृजित भएको छ । हुलुवाको शिरमाथि घुम्टेको काखमा तेहुवा पर्दछ ।  तेहुवा म पुगेको छैन । तर सुनेको छु त्यहाँ पहिले भृुरे टाकुरे राजाको दरबार थियो रे । अहिले पनि त्यसका अवशेष भेटिन्छन् भनिन्छ । अग्लो डाँडामा बसेको तेहुवामा बाक्ले बस्ती छैन ।
वास्तवमा यहाँ मैले चर्चा गर्न थालेको बुवाहरूले लगाएको पीपलको रुखको हो । शायद यस ठाउँमा पीपलको रुख लगाएको हुनाले यस ठाउँको नाम पीपल डाँडा हुन गएको थियो । हामी केटाकेटी छँदा यस ठाउँलाई पीपल डाँडा भनिन्थ्यो । त्यतिबेला पीपल डाँडा एक प्रकारले नांगो डाँडा थियो । पीपल डाँडाको तलतिर एउटा निकै अग्लो लाकुरीको रुख थियो । बीचमा गाईभैसीले पानी पिउने पोखरी थियो । तर गाई भैंसीलाई पानी पिउन पोखरीको कुनै आवश्यकता भने थिएन । किनकि गाई भैसीलाई पानी खुवाउन नरौदी खोला र हुलुवा खोला नजिकै थिए ।
दशै. तिहारको बेलामा पीपल डाँडामा निकै चहल पहल हुन्थ्यो । यो राम रमिता हुने ठाउँ  हुन्थ्यो । पीपल डाँडामा चर्के पिङ लुठे पिङ र  रोटे पिङ हालिन्थ्यो । हामी केटाकेटीहरू कुनै पिङ नखेले पनि रमाइलो मानेर हेर्दथ्यौं ।
पीपल डाँडामा पीपलको विवाह बरसित गराउने भनेर बुबाले  बरको रुख लगाएको कुरा मेरो सम्झनामा अजंै ताजै छ । गाई भैसीले बरका रुख हुर्किन दिएनन् भन्दै फेरि बरको रुख लगाएको कुरा म संझिन्छु । पछि पीपल डाँडामा कसैले पनि बर लगाएको चाल पाइन्न । म बेला बखतमा गल्कोटमा आफ्नो गाउँमा जाँदा पीपलको रुख मात्र देखिन्थ्यो । पीपल डाँडामुनि गंगाराम गौतमको अंशमा परेको पाखो वारी थियो । उनले ठीक पीपलको रुखमुनि बजारमा बनाउनृु पर्ने जस्तो ठूलो दोकान घर बनाएका थिए र गाउँलाई नै बजार बनाउन खोजेका थिए । उनको दोकानमा  चिनी मिस्री गडीदेखि  कपडा लत्ता समेत पाइन्थ्यो । उनले गल्कोटका हरिचौर बजार र हटिया बजारलाई सुकाउन नसके पनि त्यस भेगका मान्छेलाई किनमेलको लागि त्यतै रोक्न खोजेका थिए । त्यतिबेला उनको दोकान कपडा लत्ता बिक्री गर्ने थलो मात्र  नभएर गाउँलेहरू भेला भएर गफ गर्ने  थलो भएको थियो ।  दोकानको लागि उनले बुटबलबाट माल सामानका भरिया चलाउँथे ।    यस्तो व्यापार म नजन्मिैदा हाम्रा बुवाहरू र डाँडाका भँडारी मिलेर संगरीमा गाउँबाट झरेर बामियामा शहर बाटोमा शुरु गरेका थिए ।      यिनै गँगाराम गौतमले पीपलको रुखले उनका घर च्याप्न सक्ने भएकोले काँट्न खोजेको कुरा  मेरा कानमा परेको थियो । मैले भनेको थिएँ गंगाराम गौतमले पीपल रुखमुनि घर नबनाएको  भा हुन्थ्यो ।  केही पर पनि घर बनाउन सकिन्थ्यो । जानी जानी पीपलको रुखमुनि घर बनाउने र अहिले आएर पीपलको रुख काट्ने कुरा ठीक होइन ।अर्को कुरा पीपलको रुखको आयु उनको  घरको भन्दा धेरै हुन्छ ।
पछि गंगाराम गौतमले चुनावको सन्दर्भमा यही दोकान घरमा आत्महत्या गरे । हतार हतार  गंगाराम गौतमले आत्महत्या गरेको डोरी काटिदिएको कारण गाउँको शिक्षक तथा जागरुक संघर्षशील युवक लालबहादुर साहनीलाई पुलिस चौकी धाउन पर्यो । यिनै लालबहादुर साहनीको दरम खोलामा डुवेर मृत्यु भए पछि गाउँलेहरूले उनको  संझनामा पीपल डाँडाको नाम लालबहादुर साहनी स्मृति उद्धान बनाउन थालेको कुरा पनि मेरा कानमा परेका थिए । यसपल्ट कूलपुजामा साहनी डाँडामा जाँदा हामीले बुटवलबाट रिजर्व गरेर लगेका दुईबटा  स्कार्पी गाडीहरू पीपलको रुखलाई दाहिने पारेर नजिकै बनेको आमा समूहको कार्यालय अगाडि चौरमा पार्किङ  गरेका थियौं ।  अहिले पीपल डाँडाको रुख रंग नै फेरिएको रहेछ । त्यहाँ जंगल भरिएको रहेछ । बुबाहरूले लगाएको पीपलको रुख काटिएको अवस्थामा रहेछ ।  जख्मी अवस्थामा रहेछ । साहनी डाँडा हुँदै पाण्डवखानीको लागि गाउँलेहरूले आफ्नै पहलमा बुल्डोजर लगाएर  मोटर बाटोको खनेको शायद भोलिपल्ट नै हामी सोताहाघाट काजीकी बगरसम्म बु्वाहरूले लगाएको पीपल डाँडाको पीपलको रुखलाई दाहिने नै पारेर गाडीबाट नै गएका थियौं ।  शायद  भर्खर खनेको गाडीको बाटोबाट बिसारे डाँडाबाट पीपल डाँडा साहनी डाँडा हुँदै काजीको बगरसम्म पुग्ने पहिला यात्री हामीहरू नै थियौं ।  जे होस् त्यतिबेलासम्म पीपल डाँडाको पीपलको रुख काटिएको थिएन । मलाई लाग्दछ म गाउँमा हुन्थें भने मैले पीपलको रुख काट्न दिने थिइनं । ठीकै हो पीपलको रुखले संरक्षक पाएन । संरक्षक जसलाई पनि चाहिने रहेछ ।  मान्छेलाई पनि । पशु पक्षीलाई पनि । बन जंगललाई पनि । नदी नालालाई पनि । स्वयं देशलाई पनि ।
अहिले बुबाहरूले लगाएको पीपलको रुख भग्नावेशथामा छ । पीपल डाँडाको नाम निशान मेटिएको जस्तो छ । पछि आउने पुस्तालाई पीपल डाँडा कहाँ छ वा कुन हो भन्ने अवस्था सृजित भइसकेको रहेछ । पीपल डाँडाको चर्चा हुँदा हाम्रै गाउँका हाल जापान भएका पत्रकार बेलु थापाले मसंग प्रश्न गरे – कुन ठाउँलाई पीपल डाँडा भन्दछन् ।
पीपल डाँडाको चर्चा चल्दा मलाई गोरखपुरको कुँडाघाटको रामगढ तालाबको नजिक भएको पीपल डाँडाको संझना हुन्छ । हिजो कुँडाघाटमा गोरखालीको निकै चहल पहल थियो । कुँडाघाटमा आउने जाने नेपालीको ठूलो  घुइंचो लाग्दथ्यो । यसका तीन कारण थिए – गोर्खा भर्ती कुँडाघाटमा हुनु, घर छुट्टी जान वा हाजिर हुन जाने लाहुरेहरू कुँडाघाटमा आउनु जानु पर्ने अवस्था रहनु तथा पेन्सनवालाहरू अविवार्य रुपमा पेन्सन बुझ्न कुँडाघाटमा नै धाउनृु पर्ने स्थिति । हाल आएर कुँडाघाटमा आउने जाने नेपालीको संख्यामा ठूलो कमीआए पछि त्यहाँ स्थायी रुपमा बसोबासो गरिरहेका नेपालीहरूले क्रमश त्यो ठाउँ छोड्न थाले । नेपालीको बाक्लो उपस्थिति भएको बेलामा सेतो कोठीको छेउ छाउलाई पीपल डाँडा भन्ने गर्दथे नेपालल्ीहरूले । अहिले नेपाली पीपल डाँडाबाट हटे पछि त्यहाँका पसलहरूका बोर्डमा अझै पनि पीपल डाँडा.झुण्डिएको पाइन्छ । कुन दिन पीपल डाँडाको बोर्ड हट्ने र पछि आउने बेलु थापाहरूले अघिल्लो पुस्तालाई सोध्न पर्ने हो– पीपल डाँडा कहाँ छ ? ?
 मैले अहिले गर्न थालेको पीपल डाँडाको चर्चा कुनै नयाँ बिषय बस्तु भने पटक्कै होइन ।  यसभन्दा अघि पनि मैले पीपल डाँडाको चर्चा गरिसकेको छु । पं बाबृुराम भट्टराईले डाँडैको पिपलुको बोलको गीतलाई सम्झना गरेर एउटा लेख लेखेर स्थानीय कुनै एक पत्रिकामा प्रकाशित गरेका थिए । अहिले मैले सम्झे अनुसार कुनै दिन पं बाबुृराम भट्टराई पोखराबाट फर्किंदा स्यांञ्जामा कुनै युवतीले गीत गाएको सुनेका रहेछन् – अहिलेको साल त मरिन्छ कि क्यारे सुक्न थाल्यो डाँडैको पिपलु ।् म सम्झन्छु यस गीतले पं बाबुराम भट्टराईलाई बर्डसवर्थलाई सोलिटरी रिपेरमा पहाड कि युवतीले बाली स्याहार्दै गर्दा गाएको गीतले प्रभाव पारे झैं प्रभाव पारेको हुँदो हो र उनले डाँडैको पिपलुलाई आधार बनाएर लेख लेखे । पं बाबुृराम भट्टराईलाई युवतीको गीतले प्रभाव पारे झैं मलाई डाँडैको पिपलुका वाक्यांशले प्रभावित पार्यो । यही गीतले मलाई साहनी डाँडामा अवस्थित पिपल डाँडा र त्यहाँ बुबाहरूले लगाएको पीपलको रुखको स्मरण गरायो । यो स्मरण गराउनुको एउटा कारण युवतीले गाएको डाँडैको पीपलुसित पनि सम्बन्धित थियो । वास्तवमा युवतीको गीतले पं बाबुराम भट्टराईलाई जसरी भावुक बनायो त्यसरी नै मलाई पनि भावुक बनायो । कुरो पीपलको र मृत्युसित नै सम्बन्धित थियो ।
गीत गाउने महिलाले सुकेको पीपलुलाई मृत्युसित जोडेको कुराले मलाई मेरो बचपनमा पुरायो । एक दिनको कुरा हो । त्यतिबेला म ६– ७ बर्षको थिएँ । हामी तल आँगाखेतको दोकान र माथि हुलुवाको गाउँमा जाँदा आउँदा प्राय दुईबटा बाटाहरूको प्रयोग गर्दथ्यौं । एउटा बाटो थियो सिद्धाथानको । अर्को बाटो थियो पीपल डाँडाको । जहाँसम्म मलाई याद छ एक दिन खेतमाथि र पीपल डाँडाको बाटो हुृँदै तल दोकानबाट माथि घरमा जाँदा पीपलको रुखनेर आइपुगे पछि बुवाले भनेको कुरा मेरो मनमा ताजै जस्ता छन् । बुबाले भनेको कुरा थियो –पीपलका पात टुप्पाबाट खिइंदै खिइंदै सियो जस्तै हुँदै सकिए पछि कलियुग समाप्त हुन्छ । सृष्टि समाप्त हुन्छ । यस कुराले मेरो मनमा एक प्रकारको भय उत्पन्न गराएको थियो । कुनै दिन पीपलको पात सियो जस्तै हुँदै खिइदै खिइंदै सकिने हो र यो सारा सृष्टि पनि समाप्त हुन पुग्ने हो । हामी सबै समाप्त हुन पुग्ने हौं । कुरा के भने हाम्रो जीवन पीपलको पातको जीवनसित सम्बन्धित छ । जति छिटो सियो जस्तै भएर पीपलको पात खिइदै जान्छ उति हाम्रो सारा सृेष्टि पनि समाप्त हुन पुग्दछ ।  बुबाले पिपलको पातसित हाम्रो जीवनको भविष्यलाई जोडे जस्तै ती युवतीको गीतले पनि हाम्रो जीवनको भविष्यलाई संकेत गरेको देखिन्थ्यो । कुरोलाई अहिले बुझ्दा पीपलले हामीलाई आक्सीजन दिन्छ । आक्सीजन हामीलाई बाँच्नको लागि नभई नहुने कुरा हो । पीपल नै सुकेर समाप्त भए पछि आक्सीजनको अभावले मान्छे पनि समाप्त हुन के बेर । सृष्टि पनि सामाप्त हुन के बेर ।
यसै पंसंगमा म के कुरा पनि उल्ेलेख गर्न चाहन्छु भने जतिबेला डाँडैको पीपलुको सम्बन्धमा पण्डित बाबुराम भट्टराई र म बीच पत्र पत्रिकामा लेखहरू लेखिन थाले त्यसमा लेखक तथा पत्रकार अर्जुन ज्ञवाली पनि सामेल भएको अवस्था थियो । मैले पण्डित बाबुराम भट्टराईले युवतीले गाएको भनेर उल्लेख गरेका शब्दहरू रिठो नबिराई संझिन नसकेर अर्जुन ज्ञवालीलाई थाहा छ कि भनेर फोन गरें । उनलाई पनि त्यस गीतका सबका सब शब्द कण्ठ रहेनछ । उनले मलाई संभावित वाक्यांश पठाएका थिए –ती यी थिए–
यस पालि त मरिन्छ क्यारे
सिख्रै भयो डाँडैको पिपलु
वा
यस पालि त मरिन्छ क्यारे
बैलिगयो डाँडैको पिपलृु
वा
यस पालि त मरिन्छ क्यारे
सुक्न थाल्यो डाँडैको पिपलु

कुरा त्यति मात्र होइन अर्जुन ज्ञवालीले मलाई पीपल बारे श्रीकृष्णको भनाइ के छ त्यो पनि लेखेर पठाएका थिए त्यो यस्तो छ –
अश्र्वत्थः सर्व बृक्षाणां, ऋषीणां कपिलो मुनिः (  रुखहरूमा पीपल हुँ , ऋषिहरूमा कपिल हुँ ।
मैले डाँडैको  पिपलुलाई वा पिपल डाँडाका पीपललाई सम्झेर यो लेख ेलेख्दा के कुरा पनि स्मरण गरिरहेको छु भने १९८४ मा कलकत्तामा सी पी मैनालीको निमन्त्रणमा अखिल भारत प्रवासी नेपालको सम्मेलनमा भाग लिन भैरहवाबाट जाँदा कलकत्ताको डायमण्डमा हार्वरमा पुगेको थिएँ । त्यहाँको बगरमा मैले थुप्रै पीपलका रुख देखें । मलाई लाग्यो यी पीपलको रुखहरू मेरै गाउँ घर गल्कोटतिरका पीपलका दाना दरम खोला बडीगाड नारायणी  हुँदै कलकत्ता पुगेका होलान् र त्यहाँ पीपलको रुख उम्रेका होलान् ।
१–०९–२०७५























                                         


                                                                       


                 




Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा