Skip to main content

कालीभक्त पंत



मेरा कानमा गीत गाएको आवाज आयो । गीतको आवाजसित नै मैले हाम्री पाखरीकी काइली हजुर आमालाई देखें । मलाई भm्याउरे गीत गाइरहेको अवस्थामा कांइली हजुर आमादलाई देख्दा अनौठो र अचन्भको कुरा लाग्यो । यो कुनै तालमेल मिल्ने कुरा  थिएन । पछि मैले  चाल पाएँ म अर्ध निन्द्रामा रहेछु ,। मैले सपनामा अर्ध निन्द्राको अवस्थामा सुनेको गीत वास्तवमा कसैले बाहिर गाइरहेको रहेछ । म व्युँझिंदा पनि त्यो गीत मेरा कानमा गुंजिरहेको थियो । ठूलो कोट वा हटियोमा राम रमितामा गएर फर्किरहेका युवक युवतीहरू गीत गाउँदे मादल बजाउँदै हाम्रो दोकानको बाटो हुँदै फर्किन्थे ।  मैले सुने अनुसार हाम्रा साइली बुबा छविलाल सहिनी गीत गाउनमा नाच्नमा निकै सिपालु हुनुहुन्थ्यो रे  । उहाँ खेल ठट्टा गर्ने निकै रमाइलो युवक हुनुहुन्थ्यो रे । उहाँ सानै उमेरमा बर्मा जानु भएको कहिले फर्किनु भएन । मैले सुने अनुसार हाम्रो  गाउँतिर मनमाया भन्ने कुनै महिला थिइन् रे । उनी दोहोरी गीत गाउनमा निकै खप्पिस थिइन् रे । सात दिन सात  रातसम्म दोहोरी गीत  गाएर पनि उनी कत्ति थाक्दैन्थिइन् रे । पछि उनी बटौली झरेकी थिइन् भन्ने कुरा पनि मैले सुनेको हुँ ।
केटाकेटीमा राति सुत्ने बेलामा आमाले हामीलाई  कि शास्त्र ( लोक कथा ) सुनाउनुहुन्थो कि गीत गाएर सुनाउनु हुन्थ्यो । मैल पनि सुत्ने बेलामा गीत गाउन खोज्दथें । तर आमाले मैले गीत  गाउँदा तेरो स्वर राम्रो छैन भनेको हुँदा गीत गाउनतिर म लाग्ने कुरा भएन । पछि  पनि कसैले भन्दा मैले एक दुई पंक्ति गीत गार्ए
भने उनीहरूले टिप्पणी गर्दथे मेरो स्वर राम्रो छैन । मैले पछि बुझें स्वर अभ्यास गरे केही राम्रो त अवश्य बनाउन सकिन्छ होला । तर स्वरका धनी सबै हुँदा रहेनछन् । सबै तानसेन, मोहम्मद रफी लता मंगेसर,तारा देबी धर्मराज थापा नारायण गोपाल अम्वर गुरुङ उदित नारायण झा प्रशान्त तामाङ कुन्ति तामाङ बिष्णु माझी अरुण लामा     अन्जु पंंत आदि हुन सक्दा रहेनछन् ।
आमाका माइततिरका हाम्रा हजुरबाबा .( गहतेका माइला खत्री– नाम थाहा भएन ) कत्तिको गीत गाउनुहुन्थ्यो भन्ने कुरा  त मलाई  थाहा भएन । तर उहाँ हामीसित जहिले पनि भेट हुँदा कुरै पछि एउटा गीत सुनाउँदे भन्नुहुन्थ्यो एउटीले भन्थी अरे ....। उहाँ  लोक गीतका भण्डार हुनुहुन्थ्यो । खजाना हुनुहुन्थ्यो ।
मैले थुप्रै गीत लेखे पनि गीत गाउन खोज्दिनं । जान्दिनं । तर मैले गीत विशेष व्यक्तिको आग्रहमा लेख्ने गर्दछु । गर्दथें । खास गरी नाटक खेल्दा वा कुनै सांस्कृतिक कार्यक्रमको लागि आवश्यक पर्दा गीत लेख्ने गर्दथें । म शिलाङ छँदा दशैंको बेलामा बडाबजारमा सांस्कृतिक  कार्यक्रम प्रस्तुत गर्दै गर्दा मैले  सी के रसाइलीको आग्रहमा एउटा गीत रचेको थिएँ । उनले मैले लेखेको गीतको संगीत र स्वर निकालेर गाएका थिए । तर त्यो अहिले मेरो ंसंझनामा  छैन । यिनै शिलाङका सी के रसाइलीलाई मैले नेपाल जाऊ भनेर निकै आग्रह गरेको थिएँ  ।  उनी पछि काठमाण्डौ आए पनि र रेडियो नेपालमा ठाउँ  पाए पनि । उनीसित  मेरो काठमाण्डौमा नै  १९७१ (२०२७ ) सालमा भेट भएको थियो । शिलाङमा नै विभिन्न सांंस्कृतिक कार्यक्रम वा नाटक प्रस्तुत  गर्दा पनि मैले  विशेष गरी  तुलसी क्षेत्री, रणबहादुर क्षेत्री विक्रम थापा आदिको आग्रहमा गीत लेखेको थिएँ  । ती गीतको स्वर र संगीत तुलसी क्षेत्री रणबहादुर क्षेत्री ,लीला क्षेत्री, बिक्रम थापा, भीमा सिंह,चित्रा क्षेत्री आदिले दिएका थिए । गाएका थिए ।
म बुटवलमा रहँदा बस्दा मलाई भाइ धनकाजी गुरुङले गीत लेख्न लगाए । त्यो हाम्रा देशका ठेकदार पार्टीहरूले राष्ट्रघाती टनकपुर सन्धि र  महाकाली सन्धि गर्न थालेको बेला थियो । मैले यही प्रसंगलाई लिएर मेची उठ्नु पर्दछ महाकाली उठ्नु पर्दछ भन्ने बोलको गीत लेखेको थिएँ । त्यस गीतमा स्वर र संगीत धनकाजी गुरुङले दिएका थिए । त्यो गीत सर्वप्रथम बुटवलमा मदन भण्डारी लगायतका नेताहरू आम सभालाई सम्बोधन गर्न आउँदा गाइएका े थियो । यस गीतमा काठमाण्डौमा सुनगाभा पोखरेल लगायतका कलाकारले नृत्य प्रस्तुत  गरेका थिए । त्यस गीतको प्रस्तुतिलाई लेखक खगेन्द्र संग्रौलाले निकै मन पराएको खबर समाचार पत्रमा छापिएको थिया । यो गीत पछि धनकाजी गुुरुङ र चुनु गुरुङको स्वरमा रेकर्ड पनि भएको थियो । रेकर्ड भएको गीतको एक थान मलाई स्वयं धनकाजी गुरुङले दिएका थिए । जनयुद्धको बेलामा रेकर्ड गरिएका गीत बेपत्ता भए । धनकाजी गुरुङको असामयिक मृत्यु भयो ।  चुनु गुरुङलाई सेनाले पकडाउ गरेर पोखरामा निर्मम तरिकाले हत्या गर्यो भन्ने कुरा  थाहा लाग्यो ।
यतिबेला नेपालमा लोकदोहरी गीतको लहर चलेको छ । लोकदोहरी गीतको लोकप्रियता विश्वभरि फैलिएको छ । विश्वको जुन जुन कुनामा नेपालीहरू छन् त्यहाँ लोकदोहरीले निकै नै ठाउँ पाएको छ  । स्वागत  सम्मान पाएको छ । हुदा हुँदा अमेरिकी महिला अन्ना एम स्टिरले  लोकगीतमा कोलोम्बिया युनिवर्सिटीबाट पी एच डी पनि गरिन् र स्वयं पनि लोक दोहरीमा भाग लिन र गाउन सक्ने बनिन् ।
यतिबला लोकगीत वा लोक दोहारी गीत गाउने व्यक्तिहरूको एउटा ठूलो पल्टन बनेको छ । इन्द्रेनीले यसलाई अझ अघि बढाएका छ । हामीले आजभोलि जनताका जिव्रो झुण्डिएका केही बहुचर्चित लोकदोहरी गीत गायक गायिकाहरू हुन् नारायण रायमाझी , पशुपति शर्मा बद्री पगेनी प्रजापति पराजुली कुष्ण कँडेल बसन्त थापा बिष्णु खत्री कुलेन्द्र विश्वकर्मा ,मिलन लामा राजु परियार झलकमान गन्धर्व प्रकाश सपुत,श्रीकुष्ण मल्ल , लक्ष्मी मल्ल,मेलिना राई देवी घर्ती, हरिदेवी कोइराला ,सिलु आले बिमा कुमारी दुरा लक्ष्मी न्यौपाने रेखा शाह ,सिन्धु मल्ल, टीका सानु आदि आदि । अहिले आएर बच्चै भए पनि बहुचर्चित हुन पुगेकी छन् कमला घिमिरे ।
तर यहाँ मैले चर्चा गर्न थालेका माथि उल्लेखित व्यक्ति  र माथि उल्लेखित विषय पनि होइन । अधिकतम यो मैले चर्चा खोज्न खोजेको विषयको भूमिकासम्म हुन सक्ला । बास्तवमा मैले चर्चा गर्न खोजेका व्यक्ति हुन् कालीभक्त पंत । कालीभक्त पंंत कुनै भाषाशास्त्री होइनन् । व्याकरणविद् होइनन् । सस्कृतविद् होइनन् । हुन त उनी एकजना जुधारु कान्तिकारी व्यक्तित्व । राजनीतिज्ञ । राजनीतिबाट सन्यास लिएका राजनीतिज्ञ । मैले उनकै मुखबाट सुने अनुसार उनले ०७ सालको क्रान्तिमा भाग लिएका थिए । खास गरी बांग्लुङमा सामन्तरूका भकारी फोरेर गरीबहरूलाई अन्न बाँडिदिएका थिए ।
शिलाङ बडाजारका विशेषत कृष्णप्रसाद ज्ञवालीको पुस्तक पसल र नारायण प्रसाद अधिकारीको कपडा दोकान मुख्यत बुद्धिजीवीहरूका गफ गर्ने थलो भएका थिए । मेरो सर्वप्रथम कालीभक्त पंतसित भेट नारायण प्रसाद अधिकारीको कपडा दोकानमा भएको थियो । कवि नारायण प्रसाद अधिकारीको पहाड घर पर्वत भएको र कालीभक्त पंतको पनि पहाड घर  पर्वत भएको कारणले होला दुबै जना एक अर्कासित सम्पिर्कित भएको । परिचित भएको । नारायण प्रसाद अधिकारीले मेरो परिचय कालीभक्त पंतसित गराए । त्यतिबेला कालीभक्त पंत साठी पैसट्ठी बर्षका सेरोफेरोका हुँदा हुन् । यो यस्तै १९७१ ( २०२७ ) ं को वरि परिको कुरा हो । त्यतिबेलाको नक्सलादी आन्दोलनको प्रभावले पनि होला । मैले वी ए मा अध्ययन गरेको दर्शन शास्त्र र राजनीति शास्त्रको अध्ययनले पनि होला । मेरो चिन्तन प्रगतिशील क्रान्तिकारी बिचारतिर नै ढल्केको अवस्था थियो । म स्पष्ट माक्र्सवादी चिन्तक भैनसे पनि माक्र्सवादतिर आकर्षित भएको जस्तो अवस्थामा थिएँ । तर शिलाङमा मेरो बिचारसित मेल खाने व्यक्तिहरूको लगभग शुण्यता नै थियो ।  खास गरी पुरानो पीढीका मान्छेहरू मेरा बिचार पचाउन सक्दैनथे । तर कुराकानीको क्रममा कालीभक्त पंत र मेरा  बिचार मिले । उनले मेरा कुरा  खाए । उनी मैले सोचे भन्दा फरक विचारका पाइए । उनी मेरा  सामु पुरातन होइन प्रगतिशील  क्रान्तिकारी प्रगतिशील बिचार बोकेका व्यक्ति देखिए । म अचन्भित पनि भएँ । उनीप्रति आकर्षित  पनि भएँ । उनी पनि मप्रति आकर्षित भए । हामीबीच मित्रता बढ्यो । आत्मीयता बढ्यो । यो स्वाभाविक कुरा पनि थियो ।
त्यतिबेला बाग्लुङका चन्द्रकान्त शास्त्री मोप्रेमा डेरा गरी बस्दथे । केही समय कालीभक्त पत यिनकै डेरामा बसेका थिए । मोप्रेममा । १९५५ (  २०११ ) तिर लोकगीतको कोशेली पुगेर शिलाङ पुगी त्यहाँका डाँडा काँडा लोकगीत गाएर थर्काएका धर्मराजा थापालाई शिलाङका नेपाली पछिसम्म स्मरण गरिरहेको अवस्था थियो । धर्मराज थापा शिलाङ पुग्दा म शिलाङ पुृगेका ेथिइन् । तर पछि नारायण गोपाल शिलाङ पुग्दा  म शिलाङमा नै थिएँ  । शिलाङमा नै मेरो  नारायण गोपाल र गोपाल योन्जनसित प्रथम र अन्तिम भेट भएको हो ।  यो १९७२ ( २०२९ ) को सेरोफेरोको कुरा हो । यस भेटको सम्बन्धमा हामीले हाम्रै सम्पादनमा शिलाङबाट नेपाली साहित्य परिषद्को तर्फबाट प्रकाशित हुने साहित्यिक पत्रिका मादलको दोस्रो घन्काइ . १९७२ ं मा भानृु मोरङ सांस्कृतिक संघ शीर्षकमा यस प्रकारको समाचार प्रकाशित गरेका थियौं –
परिषद्को तत्वाधानमा स्थानीय सेन्ट्ररल लाइब्रेरीको सेमिनार रुममा भानु मोरङ सांस्कृतिक दल तथा परिषद्का सदस्यहरूबीच भेटघाट परिचय तथा गोष्ठी समाज जिल्ला कल्याण विभागका अधिकारी पीताम्बर गुरुङको अध्यक्षतामा आयोजन भएको थियो । सांंस्कृतिक दलका उद्घोषक नगेन्द्र थापा र परिषद्कमा नारायण प्रसाद अधिकारीले कविता पाठ गर्नु भएपछि गायक गोपाल योन्जन र चतुर्भुज आशावादीले आधुनिक संगीत तथा लोकगीत सम्बन्धमा बोल्नु भयो । सांस्कृतिक दलमा लोकप्रिय गायक नारायण गोपाल, गायिका अनु  क्षेत्री,, नृत्यकार जादूगर र नर्तकी चन्द्रकलाको उपस्थिति थियो ।
जे होस् शिलाङमा  कालीभक्त पंत पुगेका थिए लोकगीत संकलनको पोको बोकेर । उनका साथमा थिइन सुरिलो स्वरकी धनी युवती माधुरी । माधुरीको नाम अनुसार उनको स्वरमा निकै माधुर्यता थियो ।  शिलाङमा कालीभक्त पतले प्रस्तुत गरेको  लोकगीत कार्यक्रममा  उनले हार्मोनियम बजाउँथे र  माधृुरीले लोकगीत गाउँथिइन् । माधुरीले कालीभक्त पंतले संकलन गरेका  नेपालका विभिन्न भेग तथा जिल्लाका लोकगीतका  प्रचलित लोकभाका प्रस्तुत गर्दै गीत गाइकी थिइन् । मैले मेरै सम्पादनमा प्रकाशित हुने नयाँ चेतना पाक्षिक समाचार प्रधान पत्रिकामा कालीभक्त पंतले संकलन गरेका र माधुरीले गाएका गीतले चर्चा गरेर समाचार लेखेकोे थिएँ । यसबाट कालीभक्त पंतलाई निकै नै उत्साहित पारेको अनुभूति मलाई भइरहेको थियो ।
पछि म नेपाल फर्के पछि कालीभक्त पंतसित मेरो जम्का भेट बुटबल भैरहवामा भएको थियो । यो २०४४ सालको वरिपरिको कुरा हो । मैले बुझे अनुसार उनी यतै कतै कोटिहवातिर बस्ने थालेका रहेछन् । भेटमा उनले मलाई के कुरा पनि भने भने लोकगीतको खोजीमा म गढबाल कुमाउसम्म पुगेको थिएँ । त्यहाँ पनि साहनीहरू रहेछन् ।
मैले कसैबाट के पनि सुने भने कालीभक्त पंतसित शिलाङ पुगेकी माधृुरी वास्तवमा मुस्लिम चेली थिइन् ,। पहाडी मुस्लिम  चेली । कालीभक्त पंतले उनलाई विवाह गरेका थिए ,। तर यस विषयमा मैले कुनै चासो राखिन र त्यसको पुष्टि हुने नहुने बिषयमा पनि कुनै पहल गरिनं । यस विषयमा सोेधपुछ गर्न र जानकारी लिन मैले आवश्यक ठानिनं । अहिले बुझ्दा मलाई लाग्दछ मैले यस बारेमा बुझ्नु राम्रै कुरा हुन्थ्यो । कुरा रहस्यमय हुन पाउने थिएन ।
एक दिन म बसमा चढेर भैरहवाबाट बुटवल आउँदा मेरो  कालीभक्त पंतसित बसमा नै भेट भएको थियो । हामी संगसंगै बुटवलतिर आएका थियौं । उनले मलाई बसमा कुरा गर्दै भनेका थिए उनले नेपाली व्याकरणको ठूलै पुस्तक लेखेका छन् । तयार पारेका छन् । प्रकाशित गर्नुभन्दा एकपल्ट पाण्डुलिपि मलाई देखाउनेछन् । म नेपाली भाषाबिद् होइन  । नेपाली व्याकरणका विषयमा मेरो त्यति धेरै ज्ञान पनि थिएन । भए पनि उनी मलाई बिशेषज्ञ मानेर व्याकरणको पाण्डुलिपि देखाउन चाहन्थे अनि म नेपाली भाषाको कुनै विशेषज्ञ नभए पनि विशेषज्ञले जस्तै पाण्डुलिपि हेरिदिने पक्षमा नै थिएँ  । मनस्थितिमा नै थिएँ । तर बडो दुखको कुरा उनले मलाई नेपाली व्याकरणको पाण्डुलिपि नदेखाउँदै उनको मृत्यु भएछ ।
मैले शिलाङमा नै सुनेको थिएँ उनका एकजना छोरा प्रेम प्रसाद पंत ( यदि मैले नाम ठीकसित सम्झेको. छु भने ) सरकारी जागिरमा अधिकृत थिए । तर मैले. उनकी छोरीको बारेमा कुनै भने कुनै कृरा सुनेको थिइनं । क्याम्पसमा अध्यापन गर्दा अनुसन्धानको क्रममा मलाई बनारसको हिन्दुृ विश्व बिद्यायलबाट के.कुरा थाहा भयो भने कालीभक्तकी छोरी गजब कृुमारी पंत शिक्षातर्फ अंग्रेजीकी प्राध्यापिका हुन् । उनी त्यतिबेला महिलाको विषयलाई विषय बस्तु बनाएर पी एच डी गर्दैथिइन् । उनको विवाह धेरै पछि त्रिभुवन विश्वविद्यायलमा भूतपूर्व प्राध्यापक तथा रजिस्टार पृथ्वीश्वर तिमिल्सनासित भएको थियो । उनले आफ्ना बुबा कालीभक्त पंतको मृत्यु पछि उनका संस्मरणमा एउटा स्मृति ग्रन्थ प्रकाशित गर्ने योजना बनाएको थिइन् । त्यो प्रकाशित भयो भएन मलाई थाहा भएन । त्यसमा मैले पनि संस्मरणात्मक लेख लेख्ने कुरो थियो । तागिता नलागेको हुनाले मैले  त्यसमा कलम चलाएको थिइन् ।
कालीभक्त पंतको हाम्रो संस्कृतिको इतिहास सम्बन्धी पुस्तक प्रकाशित भइसकेको छ । यो नेपाली एम ए मा सन्दर्भ पुस्तकको रुपमा राखिएको छ ।
झ्याउरे लयमा मुना मदनमा लेखेका लक्ष्मी प्रसाद देवकोटाले लेखेका थिए –
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको ।
यो खेत भित्र बिरुवा रोपें नदेखी खनेको  ।
फुलेर जाओस्, बैलेर जाओस् ईश्वर–इच्छा हो ।
पयरमुनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो ।
वास्तवमा झ्याउरेलाई  यतिबेला हेला गर्ने व्यक्ति पाउन गाह्रो छ ।   झ्याउरे लयमा लेखिएको मुना मदन त्यतिबेला र यतिबेला पनि लोकप्रियताको शीखरमा छ । लोकदोहरीले नेपालमा मात्र होइन विश्वभरि नै लोकप्रियता आर्जन गरेको छ ।  मुना मदनमा सर्वाधिक लोकप्रिय भएका यी पक्ति हुन् –
हातका मैला सुनका थैला के गर्नु मनले, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदेैन ।
मलाई लाग्दछ कालीभक्त पंतले पनि लोकगीतका सम्बन्धमा लक्ष्मीप्रसाद देवकोटाले जस्तै महत्व दिएको देखिन्छ अनुसन्धानकर्ता  र विश्लेषकको रुपमा ।
कालीभक्त  पंत नेपाली लोकगीत र लोक संस्कृतिका एकजना प्राधिकारीको रुपमा स्थापित भएका छन् ।  उनको भैरहवाबाट  प्रकाशित हाम्रो सांस्कृतिक इतिहास ( १९६८ )लाई नेपाली लोकगीतमा पी एच डी गरेकी अमेरिकी महिला अन्ना स्टीरले युनिवर्सिटी टेक्सासबाट  प्रकाशित पत्रिका एशिएन म्युजिक भोलुम ४६ नम्बर १ मा प्रकाशित  लेख साउन्डिङ एण्ड राइटिङ नेपाली पब्लिक स्फेयर ःद म्युजिक एण्ड लंग्युयज अफ झ्याउरेमा उल्लेख गरेकी छन् ।
आफ्नो अंग्रेजीमा लेखेको लामो लेख  फोक लिटरेचर अफ नेपाली कम्युनिटीमा सिक्किमका लेखक नबीन लामिछाने लेख्दछन् कालीभक्त पंतले नेपाली साहित्यको बीर रसको चर्चा गर्दै खाँडो जगाउने लोकगीतको परम्पराबारे अनुसन्धानात्मक विश्लेषण प्रस्तुत गरेका छन् ।,.
जे होस्  लोकगीत र लोक संस्कृतिको इतिहासको चर्चा गर्दा कालीभक्त पंतको चर्चा नगर्दा यस बारेको चर्चा अधुरो जस्तो हुन्छ ।
२९–१२–२०१९
१३–९–२०७६

 



     

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा