दर्शन के हो? दर्शन भनेको कुनै पनि कुरालाई हेर्ने वा बुझ्ने कुरा हो । हामी जब कुनै पनि कुरालाई हेर्दछौं वा बुझ्दछौं आ आफ्नो आँखाले हेर्दछौं र आ आफ्नो मस्तिष्कले बुझ्दछा्रै । तर मेरो आँखाले हेरेर देखेको कुरा अरु कसैको आँखाले हेरेको र देखेको कुरा फरक फरक हुन सक्दछ । मेरो मस्तिष्कले बुझेको र अरु कसैको मस्तिष्कले बुझेको कुरा फरक फरक हुन सक्दछ । यसको खास कारण हो मैले जुन आँखाले हेर्दछु र देख्दछु अरु कसैले अर्कै आँखाले हेरेको र देखेको हुन सक्दछ । मैले जुन मस्तिष्कले कुनै कुरा बुझ्दछु अरु कसैले कुनै अर्कै मस्तिष्कले कुनै कुरा बुझेको हुनु पर्दछ । यसको अर्थ यही हुन्छ मेरो हेर्ने र देख्ने अथवा मेरो बुझ्ने तथा अरु कसैको हेर्ने र देख्ने दर्शन फरक फरक हुन सक्दछ । मेरो बुझ्ने र अरु कसैको बुझ्ने दर्शन फरक फरक हुन सक्दछ । कुरा के भने हामीले कुनै पनि कुरालाई एउटै दर्शनले पनि हेर्न र बुझ्न सक्दछौं र फरक फरक दर्शनले हेर्न र बुझ्न सक्दछौं । यस कुरालाई हामीले यसरी भन्न र व्याख्या गर्न पनि सक्दछौं हामी सबैको यस संसारलाई हेर्ने र बुझ्ने फरक फरक दर्शन वा दृष्टिकोण पनि हुन सक्दछ । यसको अर्थ यो पनि हुन सक्दछ हामी सबैको फरक फरक संसारलाई हेर्ने र बुझ्ने दर्शन हुन सक्दछ । यसैले हामीले यस संसारलाई फरक फरक दर्शनले हेर्दछौं र फरक फरक तरिकाले बुझ्दछौं । यही अर्थमा नै डोल्माले गाएको गीत ठीकै हो – फूलको आँखामा फुलै संसार । काँडाको आँखामा काँडै संसार । यस अर्थमा हरेक व्यक्तिको यस संसारलाई हेर्ने र बुझ्ने फरक फरक दर्शन भएको हुनाले ऊ एउटा दार्शनिक पनि हो । यद्पि यो कुरा साँचो हो कि यो संसारलाई आ आफ्नो तरिकाले हेर्ने र बुझ्ने जति दार्शनिक हुँदैनन् । दार्शनिक हुनलाई कसैले पनि यो संसार वा विश्व जगतलाई हेर्ने र बुझ्ने आफ्नो विशिष्ट द्ष्टिकोण व्याख्या विश्लेषण धारणा मान्यता बिचार वा सिद्धान्त स्थापित गर्न सक्नु पर्दछ । चीजलाई यसरी हेर्दा र बुझ्दा हामी यस सम्बन्धमा के भन्न सक्दछौं भने आम रुपमा हरेक व्यक्ति दार्शनिक हुन्छ । किनभने उसले यो संसारलाई आ आफ्नो पाराले हेरेको र बुझेको हुन्छ । तर विशिष्ट अर्थमा थोरै व्यक्ति मात्र दार्शनिक हुन्छन् । किनभने थोरै व्यक्तिले मात्र विशिष्ट प्रकारको यस संसारलाई हेर्ने र बुझ्ने दर्शनको विकास गरेका छन् । स्थापित गरेका छन् ।
दर्शनको जन्म यो संसारको सृष्टि कहिले भयो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म यो संसार कसले बनायो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म यो संसार कसरी भयो भन्ने प्रश्नको उत्तर खोज्ने थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म यो संसार केबाट बन्यो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । उसरी दर्शनको जन्म यो संसार आफै बन्यो कि यो संसार बनाउनेबाला केोही छ भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो पनि भन्न सकिन्छ । उसरी दर्शनको जन्म यो संसार बनाउने व्यक्ति यो संसार भित्र नै छ कि संसार बाहिर बसेर बनाएको छ भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न पनि सकिन्छ । उसरी यो संसार एउटा हो र यो संसार बनाउने शक्ति अर्कै हो भन्ने प्रश्नको उत्तर खोज्ने थाले पछि भयो भन्न सकिन्छ । उसरी दर्शनको जन्म संसार सृष्टि गराउने शक्तिले भएकै चीजबाट संसार बनायो कि नभएको चीजबाट ंसंसारको सृष्टि गर्यो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो पनि भन्न सकिन्छ । उसरी दर्शनको जन्म संसार सुष्टि गर्ने शक्तिले भएकै बस्तु प्रयोग गरेर यो संसारको सुष्टि गर्यो भन्ने हो भने पहिले भएको चीज कसरी भयो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । उसरी दर्शनको जन्म यो संसार एउटै चीजे बनेको छ कि दुई चीज मिलेर बनेको छ भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । उसरी दर्शनको जन्म संसार सृष्टि गर्न सृष्टिकर्ता नै चाहिने र सृष्टिकर्ताले पहिलेदेखि नै भएको बस्तुबाट संसारको सृष्टि गर्यो भन्ने हो भने पहिलैदेखि नै भएको बस्तुलाई कसले सृष्टि गर्यो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । उसरी यो संसारको सृष्टि आफै भयो भन्ने हो भने यो संसार आफै कसरी भयो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो पनि भन्न सकिन्छ ।
दर्शनको जन्म चेतना र पदार्थ एउटै हो कि दुई फरक वस्तु हो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म चेतनाले बस्तु जन्मायो कि बस्तुले चेतना जन्मायो भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म विश्व जगतको सृष्टि एकाएक वा एकसाथ भयो कि बिस्तारै बिस्तारै भयो भन्ने प्रश्नका उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ । दर्शनको जन्म यो संसार स्थिर र अपरिवर्तनीय छ कि अस्थिर गतिशील र परिवर्तनशील छ भन्ने प्रश्नको उत्तर खोज्न थाले पछि भयो भन्न सकिन्छ ।
दर्शनको जन्म सृष्टिको पछि कुनै खास डिजाइन वा उद्देश्य छ कि यो यो बिना डिजायन र निरोद्दोश्य छ भन्ने प्रश्नको उत्तर खोज्ने कुराबाट भयो पनि भन्न सकिन्छ । दर्शनको जन्म संसारको सुष्टि एउटा संयोग हो कि नियमित प्रक्रियो हो भन्ने प्रश्नको उत्तरको खोजबाट भयो भन्न पनि सकिन्छ ।
भनिन्छ कुनै पनि बस्तुलाई मान्छेले तीन कोणबाट हेरेका हुन सक्दछन् । पहिलो कोण हो आम मान्छेको कोण । आम मान्छेले कुनै पनि कुरालाई आम कोणबाट हेर्नु र आम रुपमा बुझ्नु । यसलाई हामी सर्वसाधरण व्यक्ति वा आम मान्छेको बुझाइ भन्न सक्दछौं । अर्को कोण हो बैज्ञानिक कोण । यस बैज्ञानिक कोणबाट कुनै पनि चीजलाई बैज्ञानिक मान्यता सिद्धान्त वा नियम अनुृसार बुझिएको हुन सक्दछ । तेस्रो कोण हो दार्शनिक कोण । यस दार्शनिक कोणबाट कुनै पनि चीजलाई हेर्दा अनुमान तर्क वा बौद्धिक ज्ञानको प्रयोग भएको हृुन सक्दछ । यस हिसाबले ज्ञान तीन प्रकारको हुन्छ । सामान्य ज्ञान ,। आम मान्छेको ज्ञान । पानीमा भिजेमा ठंडी लाग्न सक्दछ । मान्छे बिमार हुन सक्दछ । यो सामान्य स्तरको ज्ञान हो । यस्तो ज्ञान हर चेतनशील व्यक्तिमा हुन्छ । आम मान्छेमा हुन्छ । मनसुन शुरु भयो । पानी पर्न सक्दछ । यो बैज्ञानिक ज्ञान हुन सक्दछ । विश्वमा एक दिन साम्यवाद आउँछ । या दार्शनिक ज्ञान हुन सक्दछ । कुरा के भने सामान्य ज्ञानको सम्बन्ध इन्द्रिय जन्य ज्ञानसित सम्बन्धित हुन सक्दछ । अनुभव र अनुभूतिसित सम्बन्धित हुन सक्दछ । बैज्ञानिक ज्ञानको सम्बन्ध प्रयोग तथा व्याख्या विश्लेषण मार्फत हुन सक्दछ । दार्शनिक ज्ञानको सम्बन्ध बौद्धिक चिन्तन मनन तर्क विवेक कल्पना अनुमान आदिसित हुन सक्दछ ।
भनिन्छ विज्ञानले जुृन कुरा प्रमाणित गर्दछ त्यसलाई दर्शन शास्त्रले बिना कुनै आनीकानी स्वीकार गर्दछ । ग्रहण गर्दछ । बैज्ञानिक ज्ञान दार्शनिक ज्ञानको अभिन्न अंग हुन सक्दछ । फेरि के पनि भनिन्छ भने जुन विन्दुमा गएर विज्ञान अडिन्छ त्यही बिन्दुबाट दार्शनिक ज्ञानले आफ्नो यात्राको लागि अगाडि पाइला सार्दछ । फेरि दार्शनिक ज्ञानले जुन कल्पना परिकल्पना वा अनुमान अन्दाज गर्दछ त्यसमाथि विज्ञान अध्ययन अनुसन्धान तथा प्रयोग गरेर प्रमाणित गर्न खोज्दछ । त्यस दार्शनिक प्रस्तावना वा परिकल्पनालाई बैज्ञानिक ज्ञानमा रुपान्तरित गर्ने जमर्को गर्दछ ।
मान्छेहरू चाल नपाई नपाई पनि यो वा त्यो दर्शनका अनुयायी बनेका हुन सक्दछन् । उनीहरूले जुन कुरा सोच्दछन् वा उनीहरूले जुन कुराको जुन निष्कर्ष निकालेका हुन्छन् त्यसको नाता यो वा त्यो दर्शनसित गाँसिएको हुन सक्दछ । यत्ति हो उनीहरू चिन्तनले दार्शनिक बनेका हुँदैनन् । उनीहरूको सोंच तथा बिचारले उनीहरूलाई कुनै न कुनै दर्शनको आश्रममा शरण लिन पुराएको हुन सक्दछ । यस अर्थमा दर्शनले व्यापक धरातल ओगटेको हुन्छ । कुनै एक दर्शनको प्रतिपादक त अनिवार्य रुपमा दार्शनिक हुने नै भयो कुर्नै दर्शन प्रतिपादन नगरेको व्यक्ति पनि अचेत रुपमा दार्शनिक बोकेको व्यक्ति हुन सक्दछ । संसार यस्तै रहेछ भन्नु पनि दार्शनिक बिचार हुन सक्दछ । जीवन यस्तै रहेछ भन्ने सोंच पनि दार्शनिक सोंच हुन सक्दछ ।
मान्छेहरू दर्शनलाई निकै जटिल बिषय हो भन्छन् । मान्छ्ेहरू दर्शनका अध्ययनबाट आफूलाई निकै टाढै राख्न खोज्दछन् । मान्छेहरू सामान्य व्यक्तिको पहुँच र चिन्तन मननको बिषय बस्तु होइन भन्दछन् । तर यो सोंचाइ गलत हो । दर्शन सर्व साधरणको पनि सरोकारको विषय हो । चासो र खाँचोको विषय हो । दर्शन सर्व साधरण व्यक्तिले पनि बुझ्न सक्ने र ग्रहण गर्न सक्ने विषय हो । शायद यही भएर माओले भनेका थिए – दर्शनलाई विश्व बिद्याययका कोठामा नथुन । र्कैद नगर । यसलाई कारखानामा पुराऊ । जसले गर्दा हरेक मजदूरले दर्शनका कुरा गर्न सकूँन् । दर्शनको बारेमा छलफल गर्न सकून् । बहस गर्न सकून् ।दर्शनलाई खेतमा पुराऊ । जसले गर्दा हरेक किसानले यस बारे कुराकानी गर्न सकूँन । छलफल गर्न सकूँने । बहसमा भाग लिन सकून् । हाम्रो मुलुकको सन्दर्भमा कुरा गर्दा दर्शन मेल पात जाँदा घाँस दाउरा गर्दा खोरिया खन्दा हुद्दामा हिंड्दा बर्म पर्म लगाउँदा गोठमा बस्दा संवादमा लैजाने बिषय बस्तु हो । कुराकानी गर्ने विषय बस्तु हो । छलफल गर्ने बिषय हो ।
दर्शनको चर्चा गर्दा माक्र्सको भनाइलाई यहाँ अघि सार्दा निकै सान्दर्भिक कुरा होला । माक्र्सले भनेका छन् अझसम्मका दार्शनिकहरूल संसारको व्याख्या मात्र गरेका छन् अवको आवश्यता हो संसारलाई बदल्नु । यस अर्थमा दर्शन संसारलाई व्याख्या गर्ने वा बुझने विषय मात्र होइन । यो त संसार फेर्ने कुरा पनि हो । दर्शन बौद्धिक बहसको कुरा मात्र होइन संसार फेर्ने हतियार पनि हो । दर्शन कोरा सिद्धान्त मात्र होइन त्यसलाई लागू गर्ने व्यवहार पनि हो ।
३०–१२–२०१९
१४–९–२०७६
Comments
Post a Comment