चेला प्रश्न गर्दछन्
कसुर उस्ते उस्तै छ गुरु
एउटा सिधै जेल जान्छ
अर्को बाइज्जत छुट्छ
यो मत्स न्याय भएन र ?
गुरु उवाच
न्याय न्याय नै हो
जति अन्याय भए पनि
मत्स न्याय भने पनि
स्वच्छ न्याय भने पनि
यो कुनै नौलोे र आश्चर्यको कुरा होइन बत्स
यो सबै उपरवालाको इच्छा हो
हामी सबैले बुझ्नै पर्ने कुरा हो यो
उपरवालाको इच्छा नै न्याय सिद्धान्तकोे मूल स्रोत हो ।
१–१–२०२०
Comments
Post a Comment