Skip to main content

कुर्सी


बल्ल मेरो तेस्रो नेत्र खुल्यो
बल्ल मेरो आङमा घाम ःलाग्यो
बल्ल मेरो ध्यानले बोधिसत्व प्राप्त गर्यो
हाम्रो खास दुश्मन त कुर्सी पो रहेछ
हामीले पुज्ने गरेको कुसीै
हामीले सलाम ठोक्ने गरेको कुर्सीं
हामीले रगत बगाएर स्थापना गरेको कुर्सी
होला हुन त हाम्रो दुश्मन
बाहिर बाहिरबाट कुर्सीलाई चलाउनेवाला पनि
बाहिर बाहिरबाट कुर्सीलाई हल्लाउनेबाला पनि
बाहिर बाहिरबाट कुर्सीलाई ढलाउनेबाला पनि
बाहिर बाहिरबाट कुर्सीमा आसीन गराउनेबाला पनि
फेरि पनि हाम्रो खास दुश्मन त कुर्सी नै रहेछ
कुर्सी
जसले मुलुकका एक पछि अर्का नदी बेच्यो
खोला बेच्यो
नाला बेच्यो
कुर्सी
जसले मुलुकको जल जंगल जडीबुटी र जमीन बेच्यो
कुर्सी 
जसले मुलुकको स्वाधीनता बेच्यो
मुलुकको स्वतन्त्रता बेच्यो
मुलुुुुुुुुकको सार्वभौमिकता बेच्यो
मुलुकको अस्मिता बेच्यो
कुर्सी
जसले मुलुकको बिगत  बेच्यो
मुलुकको बर्तमान बेच्यो
मुलुकको भविष्य बेच्यो
कुर्सी 
जसले मुलुकको गौरवमय इतिहास बेच्यो
संस्कृति बेच्यो
पहिचान बेच्यो
कुर्सी
जसले नागरिक बेच्यो
नागरिकता बेच्यो
कुर्सी
जसले कुर्सी राख्ने जमीन पनि बेच्यो
जसले मुलुकलाई कंंगाल बनायो
जसले मुलुकलाई कंकाल बनायो
शायद गुरुलेभन्दा चेलाले कुरा छिटो बुझ्दा रहेछन्
हिजोे क्याम्पसको कुर्सी माथि कोठाबाट तल फालेर
पेट्रोल खनाइ आगो लगाएर जलाएका थिए
बर परबाट हामीले तमाशे भएर हेरेका थियौं
भनेका थियौंं
के गरेका होलान् चेलाहरूले यस्तो
कुर्सीको अर्को नाम सिंहासन पनि हो रहेछ
हिजो सडकले  एउटा सिंहासन ढलाएको थियो
आखिर सडक तात्यो भने इन्द्रको सिंहासन पनि ढल्दोरहेछ
सडक तात्यो पनि कुर्सी पनि त ढल्न सक्दछ
यो कुरा कहिले होला कुर्सीले बुझ्ने
सडक तात्यो भने क्याम्पसको कुर्सी जस्तै
सिंहदरबारको कुर्सी पनि त जल्न सक्दछ
यति सानो कुरा पनि किन होला
कुसींले बुझ्न नसकेको
बुझ्न नखोजेको
शायद यही भएर भूपिले भने होलान्
घुम्ने मेजमाथि अन्धो मान्छे 
बल्ल मेरो तेस्रो नेत्र खुल्यो
बल्ल मेरो आङमा घाम ःलाग्यो
बल्ल मेरो ध्यानले बोधिसत्व प्राप्त गर्यो
हाम्रो खास दुश्मन त कुर्सी पो रहेछ
हामीले पुज्ने गरेको कुसीै
हामीले सलाम ठोक्ने गरेको कुर्सीं
हामीले रगत बगाएर स्थापना गरेको कुर्सी ।
३१–१२–२०१९
१५–९–२०७६































































































































Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...