Skip to main content

कुर्सी


बल्ल मेरो तेस्रो नेत्र खुल्यो
बल्ल मेरो आङमा घाम ःलाग्यो
बल्ल मेरो ध्यानले बोधिसत्व प्राप्त गर्यो
हाम्रो खास दुश्मन त कुर्सी पो रहेछ
हामीले पुज्ने गरेको कुसीै
हामीले सलाम ठोक्ने गरेको कुर्सीं
हामीले रगत बगाएर स्थापना गरेको कुर्सी
होला हुन त हाम्रो दुश्मन
बाहिर बाहिरबाट कुर्सीलाई चलाउनेवाला पनि
बाहिर बाहिरबाट कुर्सीलाई हल्लाउनेबाला पनि
बाहिर बाहिरबाट कुर्सीलाई ढलाउनेबाला पनि
बाहिर बाहिरबाट कुर्सीमा आसीन गराउनेबाला पनि
फेरि पनि हाम्रो खास दुश्मन त कुर्सी नै रहेछ
कुर्सी
जसले मुलुकका एक पछि अर्का नदी बेच्यो
खोला बेच्यो
नाला बेच्यो
कुर्सी
जसले मुलुकको जल जंगल जडीबुटी र जमीन बेच्यो
कुर्सी 
जसले मुलुकको स्वाधीनता बेच्यो
मुलुकको स्वतन्त्रता बेच्यो
मुलुुुुुुुुकको सार्वभौमिकता बेच्यो
मुलुकको अस्मिता बेच्यो
कुर्सी
जसले मुलुकको बिगत  बेच्यो
मुलुकको बर्तमान बेच्यो
मुलुकको भविष्य बेच्यो
कुर्सी 
जसले मुलुकको गौरवमय इतिहास बेच्यो
संस्कृति बेच्यो
पहिचान बेच्यो
कुर्सी
जसले नागरिक बेच्यो
नागरिकता बेच्यो
कुर्सी
जसले कुर्सी राख्ने जमीन पनि बेच्यो
जसले मुलुकलाई कंंगाल बनायो
जसले मुलुकलाई कंकाल बनायो
शायद गुरुलेभन्दा चेलाले कुरा छिटो बुझ्दा रहेछन्
हिजोे क्याम्पसको कुर्सी माथि कोठाबाट तल फालेर
पेट्रोल खनाइ आगो लगाएर जलाएका थिए
बर परबाट हामीले तमाशे भएर हेरेका थियौं
भनेका थियौंं
के गरेका होलान् चेलाहरूले यस्तो
कुर्सीको अर्को नाम सिंहासन पनि हो रहेछ
हिजो सडकले  एउटा सिंहासन ढलाएको थियो
आखिर सडक तात्यो भने इन्द्रको सिंहासन पनि ढल्दोरहेछ
सडक तात्यो पनि कुर्सी पनि त ढल्न सक्दछ
यो कुरा कहिले होला कुर्सीले बुझ्ने
सडक तात्यो भने क्याम्पसको कुर्सी जस्तै
सिंहदरबारको कुर्सी पनि त जल्न सक्दछ
यति सानो कुरा पनि किन होला
कुसींले बुझ्न नसकेको
बुझ्न नखोजेको
शायद यही भएर भूपिले भने होलान्
घुम्ने मेजमाथि अन्धो मान्छे 
बल्ल मेरो तेस्रो नेत्र खुल्यो
बल्ल मेरो आङमा घाम ःलाग्यो
बल्ल मेरो ध्यानले बोधिसत्व प्राप्त गर्यो
हाम्रो खास दुश्मन त कुर्सी पो रहेछ
हामीले पुज्ने गरेको कुसीै
हामीले सलाम ठोक्ने गरेको कुर्सीं
हामीले रगत बगाएर स्थापना गरेको कुर्सी ।
३१–१२–२०१९
१५–९–२०७६































































































































Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...