Skip to main content

साहित्य के हो ?



साहित्य के हो ?  यस प्रश्नको उत्तरको लागि चर्चा परिचर्चा गर्नुभन्दा अघि के कुरा उल्लेख गर्न आवश्यक हुन्छ भने प्राचीन कालमा साहित्य शब्दको प्रयोग भएको थिएन । त्यतिबेला साहित्य भनेकै काव्य हो । वास्तवमा आज हामीले जसलाई साहित्य भनेर चिन्दछौं प्राचिनकालमा त्यो काव्यको रुपमा स्थापित थियो । परिचित थियो । रामायण महाभारत ओडेसी आदि प्राचीन कालमा लेखिएका महाकाव्यहरू काव्य नै हुन् । प्रमथियस, किंग इडिपस आदि जस्ता विश्व प्रसिद्ध नाटक काव्य नै हुन् । शेक्सपियरलाई हामी नाटककारको रुपमा चिन्दछौं । उनले नाटक काव्यमा नै लेखेका थिए । ब्लान्क भर्समा । शेक्सपियरलाई संसारका ठूला कवि भनेको सनेट लेखेर मात्र होइन । काव्यमा नाटक लेखेर पनि हो । हुँदा हुँदा नेपाली शेक्सपियर बालकृष्ण समले पनि काव्यमा नाटक लेखे मुकुन्द इन्दिरा । भक्त प्रहलाद ।
प्राचीनकालमा प्रेस थिएन ,। मुद्रण हुँदैनथ्यो । कथेको कुरा मौखिक रुपमा सुनाइन्थ्यो । मौखिक सुनाउनु पर्दथ्यो । मौखिक सुनाउन कुनै पनि कुरालाई कण्ठस्थ पारिनु पर्दथ्यो । कुनै पनि कुरालाई कण्ठस्थ सुनाउन गद्यमाभन्दा पद्यमा सजिलो हुन्थ्यो । यसैले नै प्राचीनकालमा साहित्यको जन्म पद्यको रुपमा भयो । साहित्यलाई काव्य भनियो । प्राचीनकालमा लेखिएका वेद पुराण रामायण महाभारत ओडिसी मौखिक रुपमा नै जन्मिए । काव्यकै रुपमा जन्मिए । श्रुति काव्यको .रुपमा जन्मिए ।  फेरि तिनका लेखक वा कवि एउटा मात्र भएननु । एउटै काव्य ग्रन्थलाई कति लेखक कविले लेखे लेखे । त्यसको कुनै हिसाब किताब भएन । त्यसको कुनै साँध सीमा भएन । यसैले प्राचीनकालको लेखन सह लेखन हो । उसरी प्राचीनकालका कति ग्रन्थका कवि लेखक नै छैनन् । त्यस्ता लेखक कविलाई हामी अज्ञात लेखक कवि भन्न सक्दछौं । बेद लेख्ने व्यास भने पनि त्यो कुनै एक व्यक्तिको नाम नहुन सक्दछ ।
अहिले आएर लेखक कवि वा दार्शनिक हुनलाई उसले थुप्रै पुस्तक लेखेको हुनु पर्दछ । फेरि अहिले आएर विश्व विद्यालयका ठूला ठूला डिग्री होल्डरहरूलाई मात्र विद्धान भनिन्छ । लखक भनिन्छ । दार्शनिक भनिन्छ  । तर प्राचीनकालमा कुनै कवि लेखक वा दार्शनिक हुनलाई कुनै विश्व विद्यालयको प्रमाणपत्र चाहिन्नथ्यो । कुनै पुस्तक लेख्न पर्दैनथ्यो  । आफूले जानेको कुरा वा आफूले रचेको कुरा मुखले सुनाए पनि उसलाई लेखक कवि वा दार्शनिक मान्न सकिन्थ्यो । ग्रिकका महान दार्शनिक सोक्रेटिजले कुनै ग्रन्थको नाममा एउटा वाक्य पनि लेखेका छैनन् । तर पनि हामी ठूला दार्शनिकको नाम लिंदा सोक्रेटिजको नाम लिन सक्दछौं । लिने गर्दछौं ।  हिन्दीका ठूला कवि कबीर दासका दोहामाथि आज हजारौं व्यक्तिले पी एच डीको डिग्री लिएका होलान् । तर कबीर दासले एउटा पनि दोहा आफ्ना हातले लेखेका थिएनन् । उनले मौखिक सुनाएका कुृरालाई उनका चेलाहरूले लिपिबद्ध गरिदिएका थिए । यहाँ भन्न खोजएको कुरा के हो भने हाम्रो साहित्यिक यात्रा काव्यिक यात्राबाट प्रारम्भ भएको हो । स्पष्ट नै छ प्राचीनकालमा काव्य भन्नाले साहित्य बुझिन्थ्यो । नाट्य विधामा ग्रिक साहित्य निकै नै धनी छ । सोफोक्लिज युरिपिडिस तथा एक्लिसले आफ्ना नाटक काव्यमा लेखेका थिए । विश्वका महान नाटककार शेक्सपियरले पनि आफेना नाटक काक्यमा र्नै लेखेका थिए । नाटकलाई गद्यामा लेख्न थालेका नर्वेका नाटककार इब्सेनले हो ।
लिपिको आविश्कार भए पछि मात्र मौखिक परम्पराबाट चलेको काव्यिक यात्राले लिखित रुप लियो । तर लेखन हस्तलिपि नै हुने गर्दथ्यो । यस कारण कि धेरै लामो समयसम्म छापाखानाको विकास भएको थिएन । शुरुमा चीनले काठका अक्षर बनाएर छाप्न थाल्यो । ताङ्ग वंशको राज्यको बेलामा  ८ औं शताब्दीतिर काठका अक्षर बनाएर छाप्न कार्य गर्न थालिएको थियो । पछि जर्मनका स्वर्णकार  जोहोनिज गुटेनबर्गले  १४४० मा मेटलका टाइप र छापाखानाको विकास गरे । त्या प्रारम्भमा हाते छापाखाना थियो । छापाखानाको यस विकासले पकाशनको क्षेत्रमा तुफानी परिवर्तन ल्यायो । क्रान्ति ल्यायो । लाखौंको संख्यामा पुस्तक र पत्र पत्रिका पकाशित हुन सक्ने अवस्था आयोे । शेक्सपियरले आफ्नै जीवनकालमा पुस्तक  छापाखानाबाट प्रकाशित भएको देखे ।  नेपालमा जंगबहादुर राणाले बेलायतत्राट नेपालमा छापाखाना ल्याए । यो नेपालको पहिलो  छावाखाना थियो । यो गिद्दे छापाखानाको नामले जानिन्छ ।
जे होस् ,शुरुका दिनमा साहित्य भन्नु नै काव्य हो । यही भएर ग्रिक दार्शनिक प्लेटोले आफ्नो राज्यबाट कविहरूलाई निस्काशन गर्ने कुरा गरे । उनको कविमाथि आरोप थियो कविहरू सत्यदेखि दुई चोटि वा तीनचोटि टाढा हुन्छन् । उनीहरू झुठ बोल्दछन् । उनीहरूले चित्रको पनि चित्रको चित्रण गर्दछन् । प्लेटका चेला एरिस्टोटले भने कविहरूको काव्ःयमा इतिहास र दर्शनमाभन्दा पनि बढ्ता सत्य कुरा रहेको हुन्छ । एरिस्टोटलको पोयटिक्स .( काव्यशास्त्र ) लाई सौन्दर्य शास्त्र सम्बन्धी बिस्तृत लिखित प्रथम दस्तावेज मानिन्छ । त्यतिबेलाको लेखन काव्यमा हुने हुनाले एरिस्टोटलले साहित्य शब्द प्रयोग नगरेर काव्य शब्द प्रयोग गरे ।, रोमका कवि होरेसले पनि साहित्यलाई काव्य नै भने । उनको साहित्य सम्वन्धी पुस्तिको हो अरस पोइटिका । यस कुराले पनि त्यतिबेला पनि काव्य शब्द नै प्रयोग गरेको देखिन्छ । स्पष्ट रुपमा साहित्य शब्दको प्रयोग मध्य पुगको अन्त्यतिरबाट हुन थालेको हो ।
जे होस् पूर्वमा  होस् वा पश्चिममा साहित्य शब्दको प्रयोग धेरै पछि मात्र भएको हो । प्राचीनकालमा मात्र होइन मध्ययुगमा समेत  काव्य भनेकै साहित्य हो भन्ने कुरा बुझिएको थियो । संस्कृत साहित्यमा रसवादी सौन्दर्यशास्त्रीहरूले बाक्यमं रसात्मकम काव्यम भनेका छन् । काव्ययम भन्नाले साहित्य नै बुझिन्छ ।
साहित्य शब्दको प्रयोग सस्कृत साहित्यमा मध्ययुगको आखिरतिर  हुन थालेको देखिन्छ । पश्चिमतिर साहित्य सम्बन्धको प्रयोग १४औं शताब्दीको वरिपरि प्रयोग हुन थाल्यो । पूर्वतिर पनि साहित्य शब्दको प्रयोग १४ औं शताब्दीको सेरोफेरोमा  नै हुन थालेको हो । सर्वप्रथम संभवत विधिबत रुपमा साहित्य शब्दको प्रयोग संस्कृतका सौन्दर्य शास्त्री विश्वनाथले गरेका होलान् । १४ औ शताब्दीको सेरोफेरोमा उनले संस्कृत भाषामा साहित्य दर्पण   पुस्तक लेखेका थिए ।
अग्रेजीमा प्रयोग हुने शब्द लिटरेचर लेटिन भाषाबाट ल्याइएको हो । यो शब्द लेटरबाट लिटरेचर हुन पुगेको हो । यसको अर्थ हुृन्थ्यो सिक्नु लेख्नु, व्याकरण आदि । अंग्रेजीमा शुरुमा यो बुक लर्निङको अर्थमा भित्रिएको हो । अंग्रेजीमा सर्वप्रथम साहित्यकारहरूका लेखनका अर्थमा   १७७९ मा जोन्सनको लाइफ्ज  अफ इन्गलिस  पोइटस्मा उल्लेख भएको मानिन्छ । सबै प्रकारको सौन्दर्यशास्त्रीय लेखनलाई साहित्य भन्न थालिएको भने १८१२ देखि हो भनिन्छ । जुनसुकै विषयका बिस्तृत लेखनलाई साहित्य भन्न थालिएको भने १८९५ देखि हो भनिन्छ ।
पूर्वीय सौन्दर्यशास्त्रीय भाषामा साहित्यको शाब्दिक अर्थ हो अरुको हित गर्ने कुृरो ।  साहित्यको विभिन्न सौन्दर्यशास्त्रीले विभिन्न अर्थमा बुझ्न र ब्याख्या गर्न थालेका छन् । यहाँ त्यसको बिस्तृत चर्चा गर्न संभव छैन । उदाहरणको लागि केही केही साहित्यबारेका अभिव्यक्ति अघि सार्न सकिन्छ ।
मेरियम बेबस्टर कलेजियट डिस्नरीले साहित्यलाई लेखनको अत्युत्तम रुप वा अभिव्यक्ति र कालजयी सास्वत तथा सर्वदेशीय बिचार वा  आग्रह रहेको अभिव्यक्ति भनेको छ । समालोचक बाल्टर पेटरले – काल्पनिक वा कलात्मक साहित्यलाई तथ्यलाई मात्र होइन कि तथ्यहरूलाई असीम तथा विविध रुपमा अभिव्यक्त गर्ने सौन्दर्यशास्त्रको रुपमा परिभाषित गरेका छन् ।
हिजो काव्य भने साहित्य बुझिन्थ्यो भने आज साहित्य भने काव्य बुझिन्छ । कुरो यसो भए पनि साहित्य शब्द आज मुख्यत दुई अर्थमा प्रयोग भएको पाइन्छ । सामान्य अर्थमा र विशेष अर्थमा । साहित्य शब्दलाई सामान्य अर्थमा प्रयोग गर्दा जुनसुकै विषयमा लेखिएका पुस्तक वा प्रकाशनलाई त्यस विषयको साहित्य भनिन्छ । साहित्यलाई यस अर्थमा हेर्दा विज्ञान विषयमा लेखिएका पुस्तक वा प्रकाशनहरू विज्ञान साहित्य हृुन्छ । गणित विषयमा लेखिएका पुस्तक वा प्रकाशनहरू गणित साहित्य हुने भयो । त्यसरी नै अर्थशास्त्र विषयमा लेखिएका पुस्तक वा प्रकाशनहरू अर्थशास्त्र साहित्य हुने भयो  । पर्यटन विषयमा लेखिएका पुस्तक वा प्रकाशनहरू पर्यटन साहित्य हुने भयो । साहित्यलाई विशेष अर्थमा प्रयोग गर्दा साहित्य भनेको कथा कविता नाटक उपन्यास आदि बुझिन्छ  । जे होस्, काव्यले साहित्यको स्थान लिन निकै लामो यात्रा पुृरा  गर्न पर्यो ।
साहित्य सौन्दर्यशास्त्रभित्र पर्ने कुरा नै हो । सौन्दर्यशास्त्रका विविध रुपमध्ये एउटा रुप साहित्य हो ।
१८–९–२०७६


























































































Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास