मान्छे कुनै न कुनै कार्यमा व्यस्त रहँदोरहेछ । हुँदोरहेछ । कहिलेकाहीं त मान्छे यति व्यस्त हुँदोरहेछ कि उसलाई खान पनि फुर्सद हुने रहेनछ र कसैसित कुराकानी गर्न पनि फुर्सद हुने रहेनछ । शायद यही भएर होला बेल्शका अंग्रेजी कवि विलियम हेनरी डेविजले लिजर ( Leisure ) कवितामा भनेका छन् ।
What is this life if, full of care,
We have no time to stand and stare.
हुन त कहिलकांही मान्छे फुर्सद भएर पनि बेफुर्सदिलो हुन्छ । व्यस्त न भएर पनि व्यस्त जस्तो देखिन्छ । फेरि कुनै मान्छे भने साँच्चिकै व्यस्त हुन्छ । मान्छे जति व्यस्त भए पनि उसले फुर्सद निकाल्नु पर्दोरहेछ । घरबाट घुम्न निस्किनु पर्दोेरहेछ । घुम्नुमा छुट्टै प्रकारको आनन्द प्राप्त हुन्छ । प्राय घुम्दा मान्छेका मन पुलकित हुन्छ । मान्छे हिंड्न डुल्न पायो भन निकै खुशी हुन्छ । उसले निकै रमाइलोे अनुभूति गर्दछ । घुम्नु मनोरंजको विषय मात्र हाइन । यो शिक्षाप्रद कुरा पनि हो । दश बर्ष किताब पढेर प्राप्त हुन नसेकेको ज्ञान दश दिन घुमेर प्राप्त गर्न सकिन्छ । शायद यही भएर होला राहुल साँंकृत्यायनले यात्राका महत्वमाथि प्रकाश पार्दै हिन्दीमा घुमक्कडी शास्त्र लेखेका हुन् । उसरी घुम्नु स्वास्थको लागि पनि राम्रो कुरो हो । ा मान्छे एकै ठाउँमा बस्यो भने कुँदो हुन्छ । मान्छे एकै ठाउँमा बस्यो भने कुँवाको भ्यागुतो हुृन्छ । पक्का हो देश देशान्तर घुम्नलाई धन चाहिन्छ । धन मात्र भएर हुन्न मन पनि चाहिन्छ । धन र मन मात्र भएर पनि हुँन्न ,। ज्ञान पनि चाहिन्छ । यात्रा गर्नाले ज्ञान बढ्छ भन्ने ज्ञान । हुनत ज्ञान त ध्यान बसेर पनि प्राप्त होला । भए पनि ध्यान बसेर ज्ञान प्राप्त गर्ने र यात्रा गरेर ज्ञान प्राप्त गर्नुमा धेरै फरक हुन्छ । बुद्धले प्राप्त गरेको ज्ञान ध्यानको मात्र परिणाम होइन यात्राको पनि परिणाम हो । बुद्धबाट सिकेर होला राहुल सांकृतायन पनि यात्री बनेका ।
घुम्ने कुरा सधैंं सुखद हुन्छ भन्न सकिन्न । त्यो कहिलकाहीं अत्यन्त दुखद पनि हुन्छ । कष्टकर पनि हुन्छ ।पीडादायी पनि हुन्छ । तर पनि मान्छे घरबाट घुम्न निस्किन्छ । बास्को डिगामा पनि एक दिन घरबाट घुम्न निस्केका थिए । बास्को द गामा पुर्चगिजका नाविक थिए । यात्री थिए । उनी समुन्द्री यात्रा गर्दै अरब महासागर हुँदै हिन्द महासागर छिचोली इन्डिया आइपुगे । इन्डियाको कोचिनमा आइपुगे । पश्चिमाहरूले इन्डिया पता लगाउने श्रेय बास्को द गामालाई दिन्छन् । बास्को द गामाले १४९८ मा भारतको पता लगाएको हुनाले १५०० भारतको पश्चिम घाटमा प्रथम पुर्चगिजीहरूको बस्ती बसेको थियो । किस्टोफर कलम्बस ( १४६१–१५०५ ). इटालीका नाविक थिए । उनले सुदूर पूर्वको यात्राको साइत गरेका थिए तर उनी सुदूर पश्चिम पुगे । उनी १४९२ मा अमेरिकामा पुगे । उनले अमेरिकाको पता लगाए । अमेरिका युरोपको नयाँ दुृनियाँ भयो । नयाँ संसार भयो । मार्को पोलो ( १२५४–१३२४ ) इटालीका व्यापारी थिए । उनी १२६९–१२७० तिर सिल्क रोड हुँदै चीन पुगेका थिए । वादशाह कुबलाई खानलाई भेटेका थिए । मार्को पोलोले चीनका वादशाहको सामाज्यमा १७ बर्ष बिताएका थिए । उनी वादशाह खानबाट भारत र बर्मामा काम गर्न उनका दूतको रुपमा नियुक्त भएका थिए ।
जे होस्, म यस लेखमा त्यस्तो कुनै विष्मयकारी यात्राको बर्णन गर्न थालिरहेको छैन । महायात्राको बर्णन गर्न गैरहेको छैन । मेरो यात्रा कुनै लंग मार्च पनि होइन । बरु मैले चर्चा गर्न थालेको यात्रा बर्णन मेरो घरदखि घरसम्मको यात्रा हो । त्यो पनि कूलपूजामा सम्मिलित हुने कुरो । म सानामा कूलपूजामा कति सम्मिलित भएँ थाहा छैन । तर म २०३५ सालमा नेपाल फर्के पछि यता यसभन्दा पहिले एकपल्ट मात्र कूलपूजामा सम्मिलित भएको छु । अहिलेको कूलपुजामा दोस्रो पल्ट सम्मिलित हुँदै थिएँ । कूलपूजामा बर्षौ बर्षौसम्म भेट नभएका व्यक्तिसित भेट हुन पाइने हुनाले यो मेरो लागि पनि महत्वपूर्ण अवसर हुने नै भयो । तर पनि फुर्सद निकाल्न नसकेर भनौं अथवा आफू संलग्न भएको कामलाई च्याट्ट छोड्न नसकेर म कूलपुजामा खासै उपस्थिति भइरहेको थिइनं । छोरीहरूले खास गरी सानी छोरी उत्कर्षाले मलाई पटक पटक तपाइंले हामीलाई बाग्लुङ देखाउनु भएन । गल्कोट देखाउनृ भएन । आफ्नो घर देखाउनु भएन । भन्ने गुनासो गरिरहेको सन्दर्भमा मैले भनिरहेको थिएँ अवश्य पनि मैले कूलपूजा ( बोलीचालीको भाषामा कुल्यानको पूजा,देयाली ) मा तिमीहरूलाई बाग्लुङ लैजान्छु । गल्कोट पुराउँछृ । आफू जन्मेको ठाउँ देखाउँछु ।
यसै सन्दर्भमा म एउटा चिनिया लोककथा वा नीति कथा स्मरण गर्दछु । एकपल्ट एउटा महिलाले उनी बजार जान निस्किंदा पच्छाउन थालेको आफ्नो बच्चालाई भनिछन् – बाबु घर बस । बेलुकी बजारबाट आए पछि तिमीलई बुंगुर काटेर मासुभात खुवाउँला । बच्चा मानेछ र घरै बसेछ । बेलुकी महिला फर्केर घर आउँदा महिलाको पतिले बुंगुर काटिसकेको रहेछन् । महिलाले भनिछन् – किन बंगुर काटेको । पतिले जबाव दिएछन् – हामीले बच्चाहरूलाई झूठ बोल्न सिकाउनु हुँदैन ।
क्याम्पसबाट अवकाश लिएको भए पनि म फुर्सदिलो मान्छे थिइनं । तर छोेरीहरूलाई कूल्यान पूजाको अवसरमा बाग्लुङ देखाउँछु भन्ने मनिस्थिति बनाएँ मैले । गल्कोट पुराउँछु भन्ने बिचार बनाएँ मैले । गल्कोट जान रहर गरेकीकी एउटी छोरी होस्टेलमा बस्न थालेकी । अर्कि छोरीको जाँच चलिरहेको अवस्था । यसैले उनीहरूलाई बाग्लुङ पुराउने र डुलाउने समय त मसित थिएन । फेरि पनि एक दिन जाने अर्को दिन कूलपूजामा सम्मिलित हुने र केही ठाउँ डुल्ने, त्यसपछि तेस्रो दिन बुटवलमा नै फर्किने बिचारले हामीले कूलपूजाको सन्दर्भमा गल्कोट जाने योजना बनायौं । म एक दशकभन्दा बढीको अन्तरालमा गल्कोट गइरहेको थिएँ ।
गल्कोटमा यात्रु बसमा नै जाने मनस्थितिले मैले तीन दिन अघि नै बस पार्कबाट हटिया जाने गाडीको टिकट बुक गरेको थिएँ । तर पछि हामी सबैको स्कार्पी रिजर्व गरेर जाने बिचार भयो । त्यसैले मैले बस पार्कमा बुक गरेका टिकट क्यान्सल गर्नु पर्यो । हाम्रो सल्लाह अनुसार हामीलें मंगलापुर ज्वाई सागर कडेलको स्कार्पीमा जाने निर्णय गर्यो । तर हाम्रो टोली ठूलो भएको हुनाले ज्वाई सागर कडेलले अर्को स्कार्पी पनि रिजर्व गर्नु भयो । हामी दुईबटा स्कार्पी लिएर गल्कोट जाने भयांै ।
मंगलापुरकी भाइ बुहारी दृुई दिन अगाडि नै गल्कोट हिंडिसकेको हुनाले उनी हाम्रो टोलीबाट छुट्टिएकी थिइन् । पश्चिम चार नम्बरबाट एकजना छोरा बुहारी जाने भनेकोमा आमा छोरा जाने भएकाले हाम्रो संख्या बढ्ने संभावना भयो । तर उनीहरूले पूजाको लागि पाठो बोकेका हुनाले उनीहरूलाई स्कार्पीमा लान सकिएन । सिट खालि भए पनि । उनीहरूले बुर्तीबाङ गाडीमा गएर खरबाङमा ओेर्ली हटियातिर जाने गाडी समात्नु पर्ने भयो । नयाँ गाउँबाट प्रेम साहनी मात्र हाम्रो साथमा जानु पर्ने भयो । ४ न.का भाई बुहारी र छोरालाई बुर्तीबाङको गाडीमा चढाएर । प्रेम साहनी आसाम राइफल्समा भर्ती भएर सुवेदार पेन्सन निस्की नयाँ गाउँमा बस्दथ्यो । उसको शिलाङमा अध्ययन गरेको छोरा उमेश साहनी अगाडि पढ्न बेलायत गएको ८ –९ बर्ष भइसकेको थियो । बेलायतमा ऊ सपरिवार बसिरहेको थियो । हाल ऊ पनि अध्ययन गर्ने र उसको छोरा आर्यन पनि अध्ययन गर्ने अवस्था सृजित भएको थियो ।
यसरी हामी दुई स्कार्पीमा जानेहरूमा दुई जना ड्राइभर बाहेक नरेश साहनी, ज्ञानु के सी छोरीहरू ज्वाई नाती नातिना गरी जम्मा १३ थियौं । गाडी चलाउने ड्राइभर ज्वाई सागर कडेलका नजिकका मान्छे थिए भने ज्वाई कै स्कार्पी चलाउने ड्राइभर एकजना चौधरी युवक थिएं । चौधरी युवकले कहिले बाग्लुङतिर गाडी चलाएका थिएनन् । उनी पहाडी बाटोमा गाडी चलाउन अभ्यस्त थिएनन् । शायद यही भएर होला बेला बेलामा चौधरीले चलाइरहेको गाडी ज्वाईले पनि चलाउने गर्नुहुन्थ्यो ।
म बुटवलबाट तानसेन पोखरा तम्घास गाडी नचल्दै धेरैपल्ट गल्कोटबाट बुटवलसम्म र बुटवलबाट गल्कोटसम्म पैदल ओहोर दोहोर गरेको छु । मलाई पैदल हिंडेर बुटवलबाट गल्कोट पुग्न लगभग ३ दिन लाग्दथ्यो । आजभोलि गाडी चल्न थाले पछि बिहान ७ बजे बुटबलबाट गाडी चढेमा बेलुकी २–३ बजेसम्म गल्कोटमा पुगिन्छ । सबै बाटो पिच भएको भए शायद ६–७ बजेतिर बुटबलबाट हिंडे १२–१ बजेसम्म गल्कोट पुगिन्थ्यो होला । गल्कोटमा पुस्पलाल पहाडी लोकमार्ग परेको हुनाले पिच रोड नै छ । तर रिडीबाट रुद्रबेनीतिर लागे पछि पिच रोड दुर्लभ जस्तो देखिन्छ । यसैले धेरै समय लाग्नु स्वभाविक नै हो ।
म जब बुटबलबाट गल्कोटतिर लाग्दछु म निकै रोमांचित हुन्छ । मलाई आफू उहिलेदेखि पैदल हिंडेको बाटो अहिले हिंड्दा निकै रमाइलो लाग्दछ । उहिले पंैदल बाटो हिंडेको संझनाले मलाई निकै भावुक बनाउँछ । ठाउँ ठाउँमा बास बसेको कुराको सम्झना हुन्छ । पैदल बाटो हिंड्दा कहाँ पुग्दा रात पर्दछ र बास बस्नु पर्दछ त्यसको कुनै ठेगान हुँदैन । कहिले उज्यालोमा नै बास बसिन्थ्योे कहिले झमक्क रात परे पछि । जे.होस्, पहाडमा गाडी गुड्न थालेपछि बुटबलबाट गल्कोट पुग्न कतै बास बस्न पर्दैन । बास कि बुटबलको कि गल्कोटको । तर पहाडी बाटोको यात्रा खतरा मुक्त भने हुँदैन । योे हामी सबैले अनुभूत गरेको कुरा हो ।
बुटबलबाट ९ बजेतिर निस्केका हामी पाल्पा तानसेन, हार्थोक जोर्ते,हुँदेै अर्गली पुगेर भात भान्सा गर्ने सुरमा थियौं । हामी चढेको गाडी पहिलेदेखि नै आएर अर्गलीमा रोकिएको थियो । ज्वाईहरू चढेको र चौधरीले चलाएको गाडी बाटोमा नै थियो । हामी एउटा होटलमा बसिरहेका थियौं । त्यति नै बेला ज्ञानुलाई काठमाण्डौबाट कूलपूजामा सरिक हुन गल्कोट आइपुगेको नाती पवन साहनीकोे फोन आयो । फोनमा उसले सोधेछ– हजुर आमा तपाइंहरू चढेको अर्को गाडी कहाँ छ ? ज्वाई र छोरीहरू चढेको गाडी बाटोमा नै थियो । पवन साहनीसित फोनबाट कुराकानी हँुदा हुँदै ज्वांईहरूको चढेको गाडी पर देखियो । यो कुरा ज्ञानुले पवनलाई बताइन् । बुटबलबाट काठमाण्डौमा अध्ययन गर्न गएकोे पवन इंजिनियरिङ पछि एम बी ए गरेर बंैकिङ क्षेत्रमा काम गर्दै थियो । ऊ हामीभन्दा पहिले गल्कोट पुगिसकेको रहेछ । जे होस् , पछि के कुरा चाल पाइयो भने गुल्मी इस्माबाट कार्कीहरूको कूलपूजामा सामेल हुन बाग्लुङ बुर्तीबाङतिर गैरहेको गाडी बडीगाडमा खसेर १४ जना यात्रीको दुखद मृत्यु भएको रहेछ । यो कुरा तुफानी गतिले विश्वभरि फैलिएको. रहेछ । हामी पनि बडीघाडको बाटो. हुँदै कूलपूजाका लागि बाग्लुङतिर नै गैरहेको सन्दर्भमा धेरैलाई यस बस दुर्घटनामा हाम्रो गाडी पर्यो कि भन्ने ंशंका भएछ । यसैले बुटबलबाट फोनको ओइरो लाग्न थाल्यो । हामीले सबैलाई स्पष्टीकरण दिंदै भन्नु पर्यो हामी सुरक्षित छौं । मंसीर १८ गते नै कार्कीहरूको कुलपूजा रहेछ । उनीहरू गुल्मीको इस्माबाट बाग्लुङको बुर्तीबाङतिर कूलपूजामा सामेल हुन हिंडेका रहेछन् । मैले हामीले खाना खाएको नजिककै कम्पुटर पसलमा गएर नेटबाट दुर्घटनाबारे कुरा बुझें । त्यही पसलमा बसिरहेकी एकजना महिलालाई मैले सोधें –तपाइं प्रेमा पोखरेललाई चिन्नुहुन्छ ? उनले अर्गलीको स्कूलमा अध्यापन गर्दछिन् भनेका कुरा त सुनेको छु । तर उनीसित भेट नभएको कैयौं युग भयो । ती महिला मेरो कुरा सुनेर निकै उत्साहित भइन् । भनिन् भर्खर प्रेमा पोखरेल दिदी यहाँबाट जानुभएको थियो । उहाँ स्कूलबाट अवकाश पाएर बस्नुभएको छ । मैले उहांँसित तपाइंको भेट गराइदिन्छु ।उनको घर नजिकै बाटामा नै छ ।
त्यतिबेला प्रेमा पोखरेलको परिवार शिलाङमा बस्दथ्यो.। उनीहरूका बुवाले बडाबजारमा मशालाको दोकान गर्दथे । त्यसैले मान्छेहरू उनका बुवालाई मशालावाला महाजन भनेर चिन्दथे । मैले प्रेमा पोखरेलको ठूला दाईसित एउटा हास्य नाटकमा भाग लिएकोे. थिएँ शिलाङमा । उनी नेपाल आए पछि दूर संचारमा काम गर्न थालेका रहेछन् । अचानक उनका असामयिक मृत्यु भएको रहेछ । नेपाल आए पछि प्रेमा पोखरेलका संभवत कान्छा दाईसित मेरो मंगलापुरमा भेट भएको थियो । शिलाङ छोडर नेपाल आए पछि मेरो प्रेमा पोखरेलसित कहिलै भेट भएको थिएन । मलाई संझना छ प्रेमा पोखरेलले मैले लेखेको एकांकी नाटक चेतनामा अभियन गरेकी थिइन् । अझ पनि उनले अभिनय गरेको फोटो मसित होला । ती महिलाले मलाई प्रेमा पोखरेलको घरमा पुराइन् । तर प्रेमा पोखरेल घरमा रहिनछन् । कतै लागेकी रहिछन् । तै पनि ती महिलाले प्रेमा पोखरेललाई खोजेर नै ल्याइन् । मैले सोंचे ती महिलाले अघि लाउँदै मतिर ल्याइरहेकी बुढी बुढी जस्ती देखिने महिला नै प्रेमा पोखरेल होलिन् । बुढी बुढी देखिने महिलाले मलाई भित्र बैठक कोठामा पुराइन् । बस्न भनिन् । उनले मलाई प्रश्न गरिन्–.मैले तपाइंलाई ठहराउन सकिनं । चिन्न सकिनं । कतै कतै देखे जस्तो त लाग्दछ । को हुनुहुन्छ होला ? दिल साहन ि। मैले सिधै आफ्नो परिचय दिएँ । उनी अचम्भित भइन् र भनिन् तपाईले मलाई अन्येत्र कतै भटेका भए चिन्न सक्नु हुने थिएन होला । हो, मैले तपाइलाई अन्येत्र कतै देखेको भए कुनै पनि हालतमा चिन्ने थिइनं ।
त्यहाँबाट हाम्रो गाडी अघि बढ्ने बेला भयो । जुद्ध समशेरले आफ्नो दरबार बनाएको अर्गली साँच्चे नै पाल्पाको गहना हो । तर ऐतिहासिक अर्गलीमा स्थिति जुद्ध समशेरको दरबारले तोडफोड गर्ने मान्छे त धेरै भेट्यो तर स्यार सभार गर्ने कुने मान्छे भेटेन । अर्को कुरा मैले के पनि सुनेको थिएँ भने दार्जीलिङका चर्चित कम्युनिष्ट नेता रतनलाल ब्राहमण ( माइला बाजे ं) को जन्म पनि यसै अर्गलीमा भएको थियो रे ।
रिडी रुद्रबेनी, खैरनी, चोेरकाटे हुँदे हामी चिउरीनी भिरमा पुग्यौं । चिउरिनी भिरमा बुल्डोजरले पहरो फोर्दै रहेछ । गाडी रोकिए । चारैतिर धूलो उड्दै थियो । तल बडीगाडको पानी निक्कै सङ्लो र नीलो देखिन्थ्यो । अघिल्लो बुल्डोजरले काम रोकेर बाटो खोलिदियो । तर पछिल्लो बुल्डोजरले पहरो फोर्ने काम हामीलाई देखेर रोकिदिए पनि बाटोमा एउटा रुख लडेकोले गाडी अघि बढाउन संभव थिएन । हामी सबै मिलेर बाटोमा लडिरहेको रुखलाई पल्टाएर भीरतिर खसाल्यौं । बाटो खोलेर अघि बढ्यौं । त्यस पछि हामी मजुवा रामपुर लौरी सिम्मल झक्कले आँपचौर भुवाचिदी वामी टक्सार चन्द्रकोट गाउँपालिका र मुसीकोट नगरपालिका हुँदै दरमखोलाको पुल तरेर पारि खरबाङ पुग्यौं । बाग्लुङलाई टेक्यौं ।
पुष्पलाल पहाडी लोकमार्ग घोडाबानेदेखि बुर्तीबाङसम्म पिच भएको छ भन्ने सुनेको थिएँ । अघिल्लोपल्ट म गल्कोट पुग्दा पुष्पलाल लोकमार्ग पिच भएको थिएन । यसपल्ट पहिलोचेटि खरबाङबाट पिच रोड हुँदै हाम्रो गाडी हाम्रो गाउँतिर बढ्यो । गल्कोटतिर बढ्यो । म संझिन्छु आमाले भन्नुहुन्थ्यो हाम्रो पालामा त के गल्कोटमा गाडी आउला र ? म पनि सोच्दथें यस्तो भिर पाखा पहाड डाँडा काँडा खोला नाला भएको ठाउँमा कसरी गाडी आउला र ? यस्तो भन्ने आमा त अहिले हाम्रा साथमा हुनुहुन्न । तर गल्कोटमा गाडी मात्र आएन । पूर्व पश्चिम मध्य पहाडी लोकमार्गले समेत यसलाई समेट्यो । खरबाङ बजारबाट पिचरोडमा प्रवेश गरे पछि गाडीहरू तुफानी बेगमा पूर्वतिर गुडिन थाले । साँझ पर्ने बेला हुन थालेको थियो । हामीलाई गल्याङ र बाँसखोला पार गरेको थाहा नै भएन । आँखाखेत पनि तुरुन्त आयो । हामी हाई वे छोडेर गाउँले सडकमा लाग्यौ. । दिदीको घरको नजिक पुग्यौं । दिदीको याद आयो । दिदीको मृत्यु भए पछि म दिदीको घरमा पुगेको थिइनं । छैन । पछिल्लोपल्ट गल्कोटबाट बुटबल लाग्दा गोठ अगाडि उभिएर नराम्रो मान्दै दिदीले हामीलाई विदा गर्नु भएको थियो । दिदीको घर काटे पछि तीन चार मिनटमा हाम्रो दोकान आयो । हिजो धान फल्ने खेतमा कच्ची र पक्की घर खडा भएको हुनाले कुन ठाउँ कहाँ छ भन्न पनि नसकिने । हाम्रो दोकान घरमा जानुभन्दा पहिला खालिकी भाउज्युसित भेट भयो । दाई बितेपछि भाउज्यु एक्लै दोकान घरमा बस्नुहुन्थ्यो । कुनै बेला भाउज्यु बस्ने दोकान घरमा पनि हाम्रो दोकान थियो । बुवाले बनाएको । पछि बुवाले दिदीको घर बनाउँदा त्यसलाई भत्काएर त्यहाँका ढुंगा खेतमा बनेको घरको पालीमा लगाइदिनु भएको थियो । बुवाको मृत्यु भए पछि आमाले दोकान घरको खालि घडेरी लामपाटे गुरुङ दाईलाई बिना पैसा दिनु भएको थियो । लाम्पाटे गुरुङ दाईले आमाले दिएको घडेरीमा घर बनाएर उनकी आमालाई बस्न लगाएका थिए । लाम्पाटे दाईकी आमाले मुख्यत रक्सी पारेर व्यापार गर्न थालेकी थिइन्ं । त्यतिबेला भट्टी पसलमा क्षेत्री ठकुरीले रक्सी खान परेमा लुकेर खान्थे । जात जान्छ भनेर । त्यो अर्कै जमाना थियो । लामपाटे गुरुङ दाईले हाम्रो दोकानको सामुृन्ने घर बनाए पछि त्यहाँ दुईबटा घर भएका थिए । हुन त त्योभन्दा पहिले लामपाटे गुरुङ दाईका जेठा दाईले पूर्वपट्टि डिलमा एउटा भट्टी पसल राखेका थिए । कोदोको रक्सी पार्दथे । लडाईमा परेको हुनाले उनको एउटा खुट्टा थिएन । काठको खुट्टा लगाउँथे । पछि उनी देहरादुनतिर बसाइ सरे. । लाम्पाटे दाईका जेठा दाई देहरादूनतिर बसाइ सरे पछि उनको झोपडी भत्काइएको थियो । लामपाटे दाईले आमाले दिएको घडेरीमा बनाएको त्यो घर खालिका दाईलाई बेचेका थिए । खालिका दाई आसाम राइफल्सका पेन्सनर हुनुहुन्थ्यो । चीन भारत युद्धमा पकडा परेर चीनमा युद्धबन्दी भएर बस्नु भएको थियो केही बर्ष । दाई बिते पछि भाउज्यु बस्नुहुन्थ्यो दोकान घरमा । भाउजु दाईसित आसाम लोकरामा धेरै बर्ष बस्तु भएको थियो । म आसाम छँदा भाउज्यु पनि आसाममा नै हुनुहुन्थ्यो । मलाई देख्न बित्तिकै भाउज्यु रुन थाल्नु भयो । मलाई यतेै बस्यौंं नानी भन्नु भयो । मैले भाउज्युलाई भने हामी नयाँ घर भाइको घरमा जाँदै छौं । तपाइंं भोलि त्यतै कूलपूजा भएतिर आउनुहोला । यति भनेर मैले हतार हतार छोरीहरूलाई हाम्रो दोकान घर देखाएँ । घर फालिएको अवस्थामा थियो । दुई बर्षभन्दा केही पहिले कान्छी बहिनीको यही दोकान घरमा अचानक असामयिक मृत्यु भएको थियो । दिनभरि काम गरेकी बहिनीको साँझतिर अचानक मृत्यु भएछ । ज्वाई बिहान उठेर हटियामा छोराको हार्ड वेयर र रंगको कारोबार हेर्न जानु पर्ने हुनाले पनि होला दोकानले हेरचाह गर्ने मान्छे पाएको थिएन । त्यस पछि हामीहरू हतार हतार हाम्रो दोकानको माथिको कच्ची मोटर बाटो हुँदै साहनी डाँडातिर लाग्यौं । हामी छरछरे हुँदै सोताहाघाटबाट हुलुवा खोलो तरेर काजीको बगरबाट साहनी डाँडातिर तेर्सियों । यो सडकलाई हामीहरू सानामा शहर बाटो भन्दथ्यौं । काठमाण्डौबाट कूलपूजामा आएको नाती पवन साहनीसित हाम्रो भेट सोताहाघाटमा भयो । यसै ठाउँमा मलाई केही बर्ष अघि सम्मानित गरिएको थियो घुम्टे युवा समाजले । हामी साहनी डाँडाको शहर बाटो हुँदै पीपल डाँडातिर लाग्यौं । गाडी पार्किङको ठाउँको समस्या थियो । नाती पवन साहनीले हामीलाई पीपल डाँडाको आमा समूहको भवनमा पुरायो । त्यहाँ गाडी पार्किङ गर्ने राम्रो ठाउँ रहेछ । गाडी पार्किङ गरे पछि दश मिनट जति हिंडेर हामी नयाँघरे भाइ टोपबहादुर साहनीको घरमा पुग्यौं । भाइ टोपबहादुर साहनीका तीन भाइ छोरा र एउटी छोरी जापानमा थिए । दुई छोरा हालै जापानबाट कूलपूजामा सम्मिलित हुन आएका थिए ।
साहनीहरूको कूलपूजामा राति धामी बस्ने चलन छ । जसलाई देउता वा पितृ उत्रिन्छन् ऊ काँप्न थाल्दछ र सोधेका प्रश्नको जबाव उसैले दिन्छ । म अघिल्लोपल्ट कूलपूजामा गएको बेलामा भाइ टोपबहादुर साहनी धामी बसेको थियो । अरुले पनि काँप्न कोसिस गरे । तर काँप्न र बक्न सकेनन् । यसपल्ट भाइ टोपबहादुर साहनी नै धामी बस्यो । उसलाई अनेक प्रश्न गरिए । उसले काप्दै प्रश्नको उत्तर दियो । ८८ बर्ष जति पुग्नु भएका कान्छा बुबा पनि धामी बस्दा उपस्थित हुनुहुन्थ्यो । उहाँले प्रश्न गर्नु भयो – कूलपूजाको मासु तीन दिन राखेर खान हुन्छ कि हुृँदैन । भाइ टोपबहादुर साहनीले काँप्दै भन्यो – हुन्न जा जा जा । हुन्न जा जा जा । हुन्न जा जा जा ।
कूलपूजाको केन्द्र जस्तो बनेको थियो नयाँ घर साहनीको घर । पहिलेदेखि नै । नयाँ घरे साहनीका एक हाँगा गुल्मीको उजुनेमा बसाइ सरेका थिए । कूलपूजामा सामेल हुन गुल्मीबाट गल्कोट आउँथे । नयाँ घर साहनीका हजुर बाबाका दुई भाइ छोरामध्ये जेठा छोरा लडाईमा परेर मारिएका थिए । जेठी आमा पतिको लडाई परेर मृत्यु भए पछि उहाँको पेन्सन हजुरबाबालाई दिइन्थ्यो । हजुर बुबा लाहुरे नभएको भए पनि पेन्सन छोराको नामको पेन्सन पाउनुहुन्थ्यो । जेठी आमा पतिको मृत्यु पछि भक्तिनी हुुनु भएको थियो र मल्मको डाँडामा भएको गुफामा अरु भक्तिनीहरूसित बस्नुहुन्थ्यो । गाउँमा जहाँ पनि आजा पूजा हुन्थ्यो उहाँ अरु भक्तिनीहरूसित पुग्नुहुन्थ्यो ।
म सानो हुँदा हाम्रो कुल्यानको पूजा नरौदी खोलामाथि खरवारीमा बनेको कुल्यानको थानमा हुन्थ्यो । खाना खाने व्यवस्था नयाँ घरे साहनीको पल्लावारीको गोठमा हुन्थ्यो । अघिल्लोपल्ट त्यहाँ पुग्दा नरौदी खोलाको खरवारीमा भएको थानमा पुजा भयो । त्यतिबेला महिलाहरूलाई मन्दिरमा पस्न निषेध थियो । ज्ञानुले महिला पस्न किन नहुने भनेर मंदिरमा पसे पछि सबै महिला पस्न थाले । कसैले रोकेनन् । म सानो छँदा कुलपूजाको मासु घरमा ल्याउन हुँदेनथ्यो । गोठमा पकाएर खानु पर्दथ्यो । खान नसकेको मासु गाडेर हिंड्नु पर्दथ्यो । आजभोलि कूलपूजाको मासु घरमा लान पाइने र घर बाहिर पकाएर खाने नियम बनेको रहेछ । आफूले पाहुना खुवाउन घरमा पनि पाठा खसी काटेर खुवाउन सकिने रहेछ । तर पूजाको मासु भने त्यस दिन खान नसके अनिवार्य रुपमा गाडी दिनु पर्दोरहेछ ।
अहिले बाँझबारीको भाइ झम बहादुर साहनीले आफ्नो बारीमा मंदिरको लागि जग्गा दान गरेको रहेछ । त्यही ठाउँमा मंदिर बनेको रहेछ । झमबहादुर साहनी नेपाली आर्मीमा छँदा उसलाई मैले काठमाण्डौमा भेटेको थिएँ । ऊ त्यतिबेला प्यारासुृटबाट जम्प गर्ने तयारीमा थियो । मंदिरसम्म नीला पानीको पानी ःल्याइएको रहेछ । बिजुली जडान गरिएको रहेछ ।
हामी बुटबलबाट १७ मंसीरका दिन हिंडेका थियौंं । १८ गते कूलपूजा सामेल भयौं । कूलपूजामा औपचारिक कार्यक्रम राखियो । दुई जनाले आलो पालो गरेर कार्यक्रमको उद्घोषणा गरेका थिए । एउटा उद्घोषक भाइ खडक बहादुर साहनी थियो । ऊ हालै जर्मनबाट आएको रहेछ । अर्को उद्घोषक भाइ बुहारी टीका साहनी थिइन् । उनी आमा समूहकी अध्यक्ष पनि रहिछन् । कूलपूजा समारोहका अध्यक्षता भाइ टोपबहादुर साहनीले गरेको अवस्था थियो. । मलाई प्रमुख अतिथि र हामीहरू छुट्टिएर धुस्तुङमा साहनीको कूलपूजा गर्ने भाइ खिमबहादुर साहनीलाई विशिष्ट अतिथि बनाइएको थियो । कूलपूजा कार्यक्रममा ८२ बर्षदेखि १०३ बर्ष पुगेका बृद्ध बृद्धालाई सम्मान गरिएको थियो । साथसाथै मंदिर निर्माण गर्ने ठेकदार र बाइरिङ गर्ने दुई युवकलाई पनि सम्मानित गरिएको थियो ।
हाम्रो एउटा खास उद्देश्य छोरी र नाती नातिनालाई गल्कोट देखाउनु थियो. । गल्कोटका अन्य कुरा देखाउन नसके पनि कम्तीमा हटिया बजार हरिचौर बजार , गल्कोटका राजाको दरबार तथा गाईघाट देखाउनु थियो । यसैले हामी आफूले डाकेका पाहुनालाई नपर्खी दुईबटै स्कार्पी लिएर बिसारे डाँडा हुँदै हटिया पुग्यौं । हटियाबाट हामी मजुवाको फाँटको बाटो हुँदै हरिचौरतिर लाग्यौं । मजुवाका फाँटमा चारैतिर बिल्डङ खडा भएका देखिए । दरमखोलाका राजाको पुल . .( अहिले त पक्की पुल ) पार गरेर हामी हरिचौरतिर लाग्यौं । हटियाका हाई वे पिच भएको भए पनि हरिचौरतिर जाने बाटो उही राजा महेन्द्रको पश्चिम भ्रमणको खनिएको भन्दा खासै फरक रहेनछ । म सानामा स्कूल पढ्न हिड्दाको बाटोभन्दा खासै फरक थिएन । हामीहरू हरिचौर बजार हुँदै गाईघाट पुग्यौं । बाटोमा ठूला ठूला ढृंगा काट्ने मशिन खडा गरिएका थिए । साइज साइजका ढृुंगा काटेर बिक्रीको लागि लोडिङ गर्न चिनेर राखिएका थिए ।
म यसपल्टसित ४ पल्ट गाईघाट पुगेको थिएँ । पहिलोपल्ट म हटियाका गौमुखी मिडिल स्कूलमा पढ्दा संभवत त्यहाँका ठूला व्यापारी त्रित्रबहादुर गौचनले गाईघाटमा झोलुंगे पुल हालेर उद्घाटन गर्न थाल्दा स्कूलका छात्र छात्रासित लाइन लाएर गएको. थिएँ । त्यतिबेला हाम्रा शिक्षक थिए पाल्पा तानसेनका राजमान सिंह । दोस्रोपल्ट म गाईघाट तारखोलामा पार्टी कामको सिलसिलामा जाँदा पुगेको थिएँ । यो २०३८ तिरको कुरा हुन सक्दछ । त्यतिबेला तारखोलामा जाने बाटोमा दरम खोलाको वारि पारि रहेका अग्ला अग्ला पहरा देखेर मैले त्यहाँ फिल्म सुटिङ गर्दा निकै आकर्षक दृश्य हुन्थे होला भन्ने कृुरा सोंचेको थिएँ । तेस्रोपल्ट म बाग्लुङबजार हुँदै ज्ञानूसित गल्कोट जाँदा अर्गलको बाटोबाट गाडी गुडाइएको हुँदा तल गाईघाट नजिक पुगेको थिएँ । यसलाई पनि गाईघाटमा गएको मान्ने हो भने यो मेरो गाईघाटका चौथो दर्शन थियो । गाइघाटमा हामीले धरै नै फोटा खिच्यौं । गाईघाटका झरनाभित्र एउटा गुफा रहेछ । गुफाभित्र पूजा पनि गरिंदो रहेछ । सीढी चढेर गुफामा जानु पर्दोरहेछ । भाइ नरेश र छोरी उत्कर्षा गुफाभित्र प्रवेश गरेछन् । म गुफाभित्र जान खोजेका थिइनं । तर छोरी उत्कर्षाको जोरबलले झरनाभित्र बनेको गुफामा प्रवेश गरेंं । छहराको पानी जम्मा गरेर पोखरी बनाइएका रहेछ । तर पोखरी साह्रै ठू्रलो होइन । थिएन । मलाई कता कता गाईघाटको यो फल्स शिलाङको स्वीट फल्स जस्तो लाग्यो । पुष्पलाल शिलाङ गएको बेलामा हामीहरूले उनलाई स्वीटफल्स पृराएका थियौं । फेरि मलाई गाईघाटको पोखरी शिलाङको बार्डस लेक जस्तो लाग्यो । बार्ड भन्ने अंगे्रज कमिश्नरले निर्मार्ण गरेको. कृत्रिम ताल । बार्डस लक । तर बार्डस लेक निकै ठूलो । वोटिङ गर्न मिल्ने । मैले बोटिङ गर्न शिलाङकै बार्डसलेकबाट सिकेको थिएँ ।
गाईघाटबाट हामी सिधै हरिचौर फक्र्यौं । राजाको दरबारमा पस्यौं । दरबार स्याहार सुसार नपाएको अवस्था देखिन्थ्यो । म गल्कोटे. राजा भरतबम मल्लको राज्य नखोसिदै राजाको दरबारमा पुगेको थिएँ । त्यतिबेला दरबारको अर्कै शान सौकत थियो. । रौनक थियो । अहिले दरबार भूतबंगलामा परिणत भएछ । गल्कोटे राजाले राणाको छोरी बिवाह गरेको हुनाले यो दरबार पनि काठमाण्डौका राणाहरूको दरवार जस्तो देखिन्थ्यो । देहरादूनबाट आर्मीको तालिम लिएका गल्कोटे राजाका माइला छोरा थिर बम मल्ल उनका मामा सुवर्ण समशेरका सल्लाहमा २००७ सालमा मुक्ति सेनामा भतंीं भएर क्रान्तिमा हाम्फालेका थिए । बीरगंज कब्जा हुँदा उनले त्यसको कमाण्ड गरेका थिए । कञ्चटमा गोली लागेक थिर बम मल्लको पारि इन्डियाको डन्कन हस्पिटलमा उपचार हुँदा हुँदै मृत्यु भएको थियो । हामीले गल्कोटे राजाको दरबारलाई पृष्ठभूमिमिा राखेर फोटा खिच्यौं ।
म स्कूल पढ्न हरिचौरको भरथ चैतन्य मिडिल स्कूल जाँदा राजाको दरबारतिर प्रवेश गर्नें ठाउँको फलामे गेट देखेर दंग पर्दथेंं । हाम्रा गेट ( तगारा ) त बाँसका गराला भएका हुन्थे । तर अहिले हेर्दा राजाको दरबारको फलामको गेटभन्दा त हाम्रो घरका फलामको गेट धेरै ठूलो. रहेछ । यसपल्ट जाँदा पखेटा निस्किन थालेकोे गल्कोटे राजाको दरबारको फलामको गेट बाहिर निकालेर खडा गरी राखिएको रहेछ ।
हरिचौरबाट हामी हटियाबजारमा फक्र्यौं । हामी हटिया नगई बारि वारि आफू बसेको ठाउँमा जान सक्दथ्यौं । तर हटियामा भेटघाट बाँकी थियो ।
भाइकी साइली छोरी पुष्पाको विवाह गल्कोट हटियामा भएको थियो । ज्वाई जापानमा थिए । पुष्पा साहनी खत्री अस्ट्रलिया पुगेकी थिई । सासुसित ढोगभेट फुकाइएको थिएन । सम्धी सम्धिना भएको थिएन । यसैले म ज्ञानु र भाइ वाहिर गाडीमा बस्यौं । छोरीहरू सम्धी सम्धिनीलाई भेट्न घरभित्र गए । त्यतिबेला नै अस्ट्रलियाबाट पुष्पाको फोन आयो ज्ञानुलाई । उनले भनिन् – यतिबेला हामीहरू तेरो घरको बाहिर गाडीमा छौं । दिदी बहिनी र ज्वाईहरू भित्र सासु ससुरालाई भेट्न गएका छन् ।
हामीले ज्वाईलाई होम भाञ्जाको हार्डवेयर रंगको दोकानमा भेट्न खोज्यौं । बन्द थियो । बाटोमा गणेश भाञ्जा सित भयो । उनले आफूले भाडामा चलाउने कारमा राखेर कृष्ण भाञ्जाको लमाईका फाँटमा हालै बनेको घरको बाटोसम्म पुराइदिए । बहिनी कमल पोखराबाट भाञ्जाको घरमा झरेको खबर थियो । भाञ्जी बुहारी र बहिनीले त्यही लमाईमा बस्न आग्रह गरेका थिए । तर भोलि बिहानै बुटवल फर्किनु पर्ने हामी किन पनि त्यहाँ बस्न सकेनौं भने हाम्रा सारा झिटी झाप्टा भाइ टोपबहादुर साहनीको घरमा नै छोडेका थियौं । फेरि जापानबाट आएको जेठो छोरा रामूले जसरी भए पनि बेलुकी फर्किनु पर्दछ भनेर हाम्रा सर सामान ल्याउन दिएको थिएन । रामू जापानमा लामो समयसम्म बसेर आएको रहेछ । साहनीहरूको कुल्यानको मंदिर भएको ठाउँमा बाहिरबाट आउने साहनीहरूलाई पूजाको समयमा बस्न र कार्यक्रम संचालन गर्न एउटा हल बनाउने कुरा उठेको थियो । यसै प्रसंगमा छोरा रामूले मसित कुराकानी गर्दै भनेको थियो – एक दिन बस्न मंदिरमा कुने हल बनाउन पर्दैन । मैले तल बारीमा आधुनिक सुविधा सम्पन्न बिल्डिङ बनाइदिन्छु । बाहिरबाट आउने पाहुना त्यसैका बस्न सक्दछन् । मंदिर बनेको एक्लो हलमा भाँडाकुँडा राखे चोरी हुन सक्दछ । कपडा लत्ता राखे मुसाले काट्न सक्दछ । मैले अहिलेसम्म एउटा पक्की घर यहाँ बनाइसक्थें होला । पोखरामा घडेरी छ । त्यहाँ घर बनाउनु पर्छ कि भनेर खुम्चिएको हूँ । पुरानै घरमा बस्न परेको हो । हुृन पनि हो हामी केटाकेटी हुँदा बनिसकेको नयाँ घर अझ पनि नयाँ घर भनिदैछ । घर भने धेरै पुरानो भैसकेको छ । यसले चोला फेर्न सकेको छैन । थिएन ।
यसैले बहिनी र भाञ्जी बुहारीको आग्रहलाई टार्दै हामी बिसारे डाँडा हुँदै साहनी डाँडा नै फर्कियौं । हामील्ई भेट्न आएका भाञ्जा भाञ्जी र भाञ्जी बुहारी हामीलाई भेट्न नसकी फर्केछन् । निकै दुख लाग्यो ।
फर्किने बेलामा हामीलाई बुटबलतिरबाट गएका तीन जनालाई आफू आएको गाडीमा किन ल्याउन सक्ने अवस्था रहेन भने हामीसित काठमाण्डौबाट आएको पवन साहनी र दिल्लीबाट आएको खडकबहादुर साहनीले हाम्रै गाडीमा बुटवल फर्किने कुरा पहिले नै भनिसकेका थिए । यसैले हामीले मंगलापुरकी भाइ बुहारी र पश्चिम चार नम्बरकी छोरा बुहारी र नातीलाई बिहानै कपीलबस्तुमा विवाहको लागि छुुट्ने दुईबटा बसमा जाने सल्लाह दियौं । गल्कोटको दुलहाले अमेरिकामा एग्रीकल्चरमा पि एच डी गरिरहेको थियो । दुलही पोखरा घर भई कपिलबस्तुमा बस्दी रहिछन् । तीनै जना जन्तीसित हामीभन्दा पहिले बुटबल फर्किसकेको खबर हामीले बाटामा नै पायौं । एक दिन पछि छोरीको जाँच नभएका भए हामी अझ दुई चार दिन गल्कोटमा बस्दथ्या्रै होला । यसैले गएको तेस्रो दिन हामीलाई बुटवल फर्किनु पर्यो । यातायातको सुविधा नभएको भए बल्ल तिन दिनमा हामी बुटबलबाट गल्कोट पुग्न सक्दथ्यौं ।
ज्वाई सागर कँडेलले दरम खोलामा माछा मार्न खोज्नु भएको थियो । छोटो समयमा यो संभव थिएन । यसैेले यो कुरा काठमाण्डौमा भाञ्जी दुर्गा केसीको कानसम्म पुगेको रहेछ ।उनले आफ्नो भाइ बुहारीलार्ई दरमखोलामा ताजा माछा मारेर वा खोजेर राखिखिदिनु भनेकी रहिछन् । खबर पाए पछि फर्किंदा हामी बासखोलामा रोकियौं । भाञ्जाको हाई बेमा नै भएको घरमा पस्यौं । एक छिन बस्यौं । र माछा बोकेर गाडी चढ्यौं । हामीलाई बस्ने गरी आउन आग्रह गरिरहेकी भाञ्जी बुहारीलाई हामीले चैत बैशाखतिर दुई चार दिन बस्ने गरी गल्कोट आउँछौं भन्यौं । समय थोरै भएको हुनाले हामीले भेट्छु भन्ने मान्छेलाई भेट्न सकेनौं । जान्छु भनेका ठाउँमा जान सकेनौं ।
साहनी डाँडाबाट फर्किने बेलामा बाटोमा ८८ बर्ष पुगिसकेका कान्छा बुवालाई भेट्ने बिचारले उहाँको घरतिर लाग्यौं । त्यतिबेला नै खुट्टा चिप्लेर ज्ञानु पल्टिन पुगिन् । मर्केको होला भनेको खुट्टा फ्याक्चार भएको रहेछ । डेढ महिनासम्म उनी हिंडडुल गर्न नसक्ने भइन् । यो हाम्रो गल्कोट यात्राको दुखद पाटो हो ।
बाटामा फर्किंदा आमचौरतिरको पीच रोडमा हामी चढेको गाडीमा खटखट आवाज आयो । ड्राइभरले हामीसित खटखट आवाज आएको कुरा गरे । हामीले पनि खटखट आवाज आएको सुनिरहेका थियौं । ड्राइभरले छेउमा गाडी खडा गरेर चारैतिर चेक गरे । कुनै फल्ट भेट्न सकेनन् । हामीहरूले पनि भन्न सकिरहेका थिएनौं कहाँबाट आवाज आइरहेछ । यत्तिकैमा ड्राइभरले पछाडिको बायाँ साइडको चक्का छामे । हल्लियो । हेर्दा थाहा लाग्यो त्यो चक्का मात्र एउटा नट बोल्टले अडिएको रहेछ । उनले गाडीमा टेको लगाएर सबै नोट बोल्ट कसे । तै कतै कतै रहेको पिच रोडमा खटखटको आवाज सुनियो र बेलामा नै फल्ट फेला पारेर त्यसलाई ठीक गरियो । यदि हामी पिच नगरिएको वा पिच गरिएको भए पनि त्यसको नाम निशान समेत मेटिएको सडकमा गाडी गुडिरहेको भए त्यस्तो आवाज सुनिनेृ नै थिएन । चिउरिनीको भीरमा आएर अन्तिम बोल्ट पनि लुज भएर चक्का खसेको भए के हुन्थ्यो यो कुरा अहिले सोच्दा पनि आङ जिरिङ गर्दछ ।
ड्राइभरले चक्काको बोल्ट कसिरहेका सडकका बगलमा पानीको घारा थियो । बाटामा ओर्लेर मटर समोसा खाँदा खाएको हुनाले होला कतिलाई पानी तिर्खा लागेछ । उनीहरूले सामुन्नेको घरको धारामा गएर पानी पिए । नजिकै मेवाको लटरम्म फलेको मेवाको रुख थियो । रुखमा नै एउटा मेवा पाकेको पनि थियो । प्रेम साहनीले नजिकै उभिएकी महिलाबाट मेवा किन्न मोल सोध्दा उनले २० रुपियाँ मात्र भनिन् । साहै सस्तो । हामीले त्यहाँबाट अरु केही पाकिनसेका मेवा पनि किन्यौं ।
बुटबल आएर फेसबुकमा फोटाहरू अपलोड गरेपछि अमेरिकाबाट होमबहादृुर थापाले लेखे – भेना तपाई गल्कोटमा जानृ भएको रहेछ । खृब घुम्नुृ होला । हाम्रो घरमा पनि पस्नुहोला । होमबहादुर थापा बुटवल बहुमुखी क्याम्पसमा अंग्रेजीका प्राध्यापक थिए । एकजना अमेरिकी युवतीको स्पोन्सरसिपमा उनी अमेरिका पुगेका हुन् । त्यहाँ उनी १५ बर्षदेखि छन् । बीच बीचमा नेपाल आउँछन् । केही बर्ष अघि नेपालमा आएर बुटबलबाट नै ईट्टा र मिस्त्री लगेर आरसी सी बिल्डिङ खडा गरेका थिए । उनको घर हाम्रो दोकानबाट ५० मिटर पनि टाढा छैन । तर मलाई त्यहाँ पस्ने फृुर्सद नै थिएन । केको खृुव घुमघाम गर्ने । अर्को कुरा होमबहादुर थापाले मलाई घुमघाम गर्नु होला भन्ने बेलामा त म बुटबल झरिसकेको अवस्था थियो ।
होमबहादुर थापा हालै नेपाल आएका थिए । उनले आफ्नो जेठा छोराको बिवाह सिक्किमकी इन्जिनियर युवतीसित सिक्किम पुगेर नै गरिदिएका थिए । उनका छोराहरू पनि अमेरिकामा नै छन् । हालै विबाह भएकी बृुहारीले पोखरामा अध्यापन गर्दछिन् । होमबहादृुर थापाले ठमेलमा पनि घर किनेका छन् । बुटवल दीप नगरमा पनि उनको घडेरी छ । बस्ने कहाँ होलान् , ? यस प्रश्नको मसित कुनै उत्तर छैन ।
२६–९–२०७६
् े
Comments
Post a Comment