बोल देशभक्त हो बोल
दुप्टहरूले देश बेच्न लागे
पोल दैशघातीहरूको
खोल हो खोल
पछि कुरा काटेर हुन्छ के
बेला छॅदै
खेल हो खेल
कुनै न कुनै रोल
खाएका छन् यिनले
मालिकको कलो
फउल खेल खेलेरै भए पनि
खेलमा म्याचिङ गरेरै भए पनि
दुश्मनको पक्षमा
गर्छन् यिनले गोल
भित्र भित्रै गरेका छन्
हिसाब किताब
मोलतोल
पात्र उनै हुन्
राष्ट्रघाती महाकाली सन्धिका
खेल्छन् खेल राता रात
हान्दै सिङ्गो राष्ट्रलाई लात
ओडेर कुनै
रामनामी खोल
बोल हो बोल
नेपाल आमाका सन्तान हो
ढिलो भइसक्यो
अब त
बोल हो बोल
स्वाधीन यो मुलुकलाई
पराधीनताको माखेसाङ्लोबाट जोगाउन
पिट हो पिट
सकेसम्म ढोल ।
Comments
Post a Comment