Skip to main content

नेपालमा एमसीसीको जालोे


 
नेपाल अहिलेसम्म मुख्यतः विस्तारवादी भारतको थिचो मिचो र शोेषणको शिकार भएको थियो । साम्राज्यवादी अमेरिका नेपालदेखि केही टाढा रहेकोे थियो । त्यसको प्रत्यक्ष उपस्थिति र आक्रमणबाट जोगिएको थियो । तर चीनलाई घेर्ने र आक्रमण गर्ने उसको एउटा भर्याङको रुपमा एमसीसी भित्रिन थालेको छ । यसलाई मुख्यत रातो कार्पेट बिछाएर नेपाल हुल्नेमा प्रधानमंत्री के पी ओली र शेरबहादुर देउवा टोपी फालेर लागेका छन् । राष्ट्रघाती महाकाली सन्धि गर्नेहरूमा अग्रपंक्तिमा उभिएका के पी ओली र शेरबहादुर देउवाको राष्ट्रवादसित यो राष्ट्र निश्चित रुपमा अपरिचित छैन । हिजो उनीहरूको विशेष चुरीफुरीमा भएको राष्ट्रघाती सन्धिले उनीहरूलाई  पुरस्कार स्वरुप कुर्सीमा पुराइदिएको कुरा देख्न सकिन्छ । महाकाली सन्धिबाट यो राष्ट्रले के पायो उनीहरूले राष्ट्रलाई जवाव दिनु पर्ने कुरा  यही हो ।
के पी ओली र शेरबहादुर देउवाले यतिबेला संसदबाट पास गराउन थालेका ५५ अरब धनराशि बोकेको   अमेरिकाको एमसीसीको चारो चीनलाई घेर्ने उसको इण्डोपेसिफिक सामरिक रणनीतिको एउटा अभिन्न अंग हो । यो कुरा हामीले मात्र भनेको होइन खुदै अमेरिकाले भनेको छ । अमेरिकी दुतावासले नेपालको सन्दर्भमा  होइन भन्नुको कुनै तुक छैन । त्यसमा राखिएका प्रावधानले घु्माउरो पाराले यसलाई इन्डोपेसिफिक रणनीतिको अंग बनाउनु सक्दछ । वास्तवमा एमसीसी अमेरिकाको सियोे भएर छिर्ने र हाती भएर निस्किने अन्तिम विश्लेषणमा सामरिक रणनीति नै हो ।  एमसीसीको जन्म हुँदा इन्डोपेसिफिक रणनीतिको जन्म भएको थिएन । तर नेपालमा आउँदा नआउंँदै यो एमसीसीको अभिन्न अंग भइसकेको छ  । नेपालको सत्तामा पुगिसकेका पार्टीका नेता अघि पछि पुलिसहरूको ताँती नलगाई दुई पाइला  हिड्न सक्दैनन् । बरु पूर्व राजा ज्ञानेन्द्र विना पुलिसको गार्ड यो मुलुकको जुनसुकै कुनामा पनि हिड्न सक्लान् । पुग्न सक्दछन् । आफूलाई जनताका सेवक भन्ने नेताहरू भूतपूर्व हुँदा पनि प्रहरीको गार्ड  बिना  दुई पाइला हिंड्न नसक्ने परिस्थिति बनेको देखिन्छ । अमेरिका जब एमसीसीको कोशेली लिएर नेपाल पस्दछ त्यस अवस्थामा ऊ के नेपालको सुरक्षाबलमाथि नै आश्रित रहला त ? कुरा के भने जहाँ जहाँ अमेरिका पुगेको छ त्यहाँ त्यहाँ  अमेरिकी सेना पनि पुगेको छ । जहाँ जहाँ अमेरिकी सेना पुगेको छ त्यहाँबाट अमेरिकी सेना फर्किन मानेको छैन । सद्दाम हुसेनको सत्ता उल्टाउन इराक पसेको अमेरिकी सेना उनको विनाश पछि पनि त्यहाँ अड्डा जमाएर बसेको छ । त्यहाँको संसदले नै  अमेरिकी सेना हटाउने प्रस्ताव पास गरे पनि त्यसलाई ऊ  टेरपुच्छर नलगाउन सक्दछ यही भनेर कि  इराकमा अमेरिकाले धेरै लगानी गरिसकेको छ । एमसीसी पनि यथार्थमा अमेरिकाको  लगानी हो । आफ्नो लगानी परे पछि अमेरिका कसैको चुट्कीको भरमा कुनै पनि देश छोड्दैन ।  यो दुनियाँले बुझेको कुरा हो । दक्षिण कोरियामा उत्तर कोरियाको हाउगुजी देखाउँदै बसेको अमेरिकी सेनाले डाइमण्ड जुबली मनाउने बेला कट्दा पनि उसले त्यहाँबाट  पाइला हटाउने कुराको कल्पना पनि गरेको छैन । हजुरबाबाको पालामा कोरियामा पसेको अमेरिकी सेना नातीका पालामा पनि त्यही अड्डा जमाएर बसेको छ ।
चीन र भारतबीच युद्ध हुँदा हाम्रो कालापानीमा अस्थायी रुपमा प्रवेश गरेको भारतीय सेना यतिबेला त्यहाँ व्यारेक बनाएर बसेको छ र नेपालको भूअखण्डता र सार्वभौमसत्तामाथि धावा बोलेको छ । एमसीसीको माखेसाङ्लोलाई भर्याङ बनाएर अमेरिकी सेना नेपाल पस्यो भने त्यसलाई त्यहाँबाट हटाउन गाह«ै पर्ला ।  अर्को कुरा  हामीले विर्सन  नहुने कुरा के छ भने एमसीसीमा अमेरिकाले खर्च गर्ने अधिकाश पैसा  आफ्नै कर्मचारीको तलब भत्तामा नै खर्च गरेर अमेरिकातिर नै फर्काउने छ । त्यसले खाँदा खसालेको वा अघाएर छोडेको जुठो पुरो दुई चारजना श्रद्धालु भक्त जनहरूले मुख मिठाउन र चाट्नसम्म पाए पनि । अमेरिकाले नेपाली जनताको गरीवीमाथि दया गरेर बिना शर्त अनुदान दिएको भए पनि त्यसलाई हार्दिकतापूर्वक स्वीकार गर्नु एउटा कुरा हो । अमेरिकीले एमसीसीको रकम कलम कर्णालीमा बिमार हुँदा सिटामल नपाएर वा सुत्केरी हुँदा  नजिक अस्पताल नभएर अकालमा मृत्यु बरण गर्नु पर्ने गरीब नेपालीको कल्लाणको लागि होइन उसको भविष्यमा उसको युद्ध नीतिलाई लागू गर्न चाहिने बिद्धुत लाइनको  र सडकमा खर्च  गर्नलाई दिन मरिहत्ते गरेको र मह काड्दा हात चाट्न पाइन्छ कि भनेर केही राष्ट्रघाती तत्व त्यसका पछि मुख मिठाउँदै झुम्मिएका हुन् । त्यसको काल्पनिक गु्लियोको वरिपरि माखा जस्तै भन्किएका मात्र हुन् । एमसीसीलाई भित्राउँदा केही केही साम्राज्यवादका भक्तजन लाभाबन्भित पनि हुन सक्लान् । यो कुरालाई अस्वीकार गर्न सकिन्न । तर इन्डोप्यासिफिक रणनीतिको एउटा अंगको रुपमा झांगिसकेको एमसीसीलाई हाम्रो  राष्ट्रघाती तत्वले यसलाई अमृतको प्यालाको रुपमा परिभाषित वा व्याख्या विश्लेषण गरे पनि यो भोलि गएर विषको प्यालामा परिणत  हुन सकदछ । साधु विरालोको रुपमा प्रस्तुत बूढो बिरालो वा योगीको भेषमा प्रस्तुत रावणको रुपमा आएको एमसीसीबाट नेपाली जनता बेलामा नै सर्तक रहेमा मात्र मुलुकको स्वतन्त्रता स्वाधीनता भूअखण्डता  र सार्वभौमसत्तालाई जोगाउन सकिन्छ । बचाउन सकिन्छ । पुर्खाहरूको गौरवमय इतिहासलाई कायम राख्न सकिन्छ । निरन्तरता दिन सकिन्छ ।
ठीक हो एमसीसीलाई नेपालमा हुल्ने कुरामा ठूलो भूमिका खेले वापत केही व्यक्ति पुृरस्कृत होलान् । केही दललाई चुनाव लड्न पैसाको बर पनि प्राप्त होला । केही केही व्यक्तिलाई एमसीसीलाई अघि बढाउन कुर्सी लाभ पनि होला ।  हामीलाई थाहा छ कुर्सीमा राज हुन मातृकाले बिस्तारवादी भारतलाई कोशीको कोशेली टक्राएका थिए । उनले केही समयको लागि  कुर्सी त पाए । तर कोशी सम्झौताले गर्दा नेपाली जनताले पाउनसम्म दुख पाए । पाइरहेका छन् ।  देशले दुर्दशा बेहोर्न पर्यो । बेहोरिरहेको छ । अझ कहिलेसम्म बेहोरिरहन पर्ने हो थाहा छैन । वी पीले भारतलाई गण्डकी सुम्पिदिए । त्यस बापत उनले छोटो समयको लागि भए पनि  कुर्सी त पाए । तर देशले अहिलेसम्म त्यसको पीडा बेहोरिरहन परिरहेको छ । गिरिजाले व्रिटिशको पालामा भएको शारदा सम्झौताको समयावधि समाप्त भए पछि उसलाई बाँध बनाउन दिएको जमीनसहित पानीमाथिको अधिकार फिर्ता गराउनु पर्दथ्यो । तर उनले उल्टै अझ टनकपुर सन्धि मार्फत नेपालको भूमि मात्र होइन नेपालको पानीमाथिको अधिकार समेत बिस्तारवादी शासकलाई सुम्पे । पछि माधव नेपाल खास गरी के पी ओली र शेरबहादुर देउवाले भारतीय विस्तारवादसित नेपाललाई  १ खर्व २० खर्व लाभ हुृन्छ र पश्चिमबाट सूर्य उदाउँछ भन्दै पंचेश्वरलाई समेत समेटेर राष्ट्रघाती महाकाली सन्धि गरे । जलस्रोतबिद्ले भने जस्तै भारतलाई पानीमाथि आफ्नो अधिकार सुरक्षित गर्नु थियो । गर्यो । नेपाललाई हाती आयो आयो फुस्सा । तै राष्ट्रघाती महाकाली सन्धि गर्ने नेता कुनै न कुनै रुपमा लाभावन्ति भएका छन् । कुर्सी पनि पाएका छन् । धन दौलत पनि थुपारेका छन् । देश जति टाट पल्टे पनि । जनता जति कंगाल  भए पनि । उनीहरू
हाम्रो मुलुकमा व्यक्तिगत स्वार्थ तथा कृुर्सीको लागि देश बेच्न संस्कार र संस्कृति नै बनेको छ । हामीले जति बिरोध गरे पनि बेच्नेले देश बेचेकै छ र किन्नेले देश किनेकै छ । हिजो कम्युनिष्टहरूले कांग्रेसलाई के आरोप लगाउँथे भने कृष्ण प्रसाद कोइरालाका तीन छोराले नेपालका नदी नाला बेचर खाए । मातृका प्रसाद कोइरालाले विस्तारादी भारतलाई कोशी  बेचे र आफू कुर्सीमा आसीन भए । हिजो बी पी कोइरालाले भारतलाई रिझाउन गण्डकी बेचे र नेपाली जनतालाई ठूलो पीडा दिए । हिजो नेपालले अंग्रेजसित गरको शारदा व्यारेजमा गरेको सन्धिको अवधि समाप्त भएको अवस्थामा शारदा व्यारेज बनाउँदा प्रयोग भएको नेपालको जमीन फर्काउनका साथसाथै पानीमाथिको आफ्नो अधिकार सुरक्षित राख्नको सट्टा नेपालको भूभाग समेत भारतलाई सुम्पेर टनकपुर सम्झौतामा राष्ट्रघात गरे । तर खुदै माधव नेपाल र खास गरी खडक ओलीले  नेपाली जनतालाई १ खरब र २० अरब लाभ हुन्छ र पश्चिमतिरबाट घाम झुल्किन्छ भन्ने झुठो कहानी सुनाएर  राष्ट्रघाती महाकाली सन्धि गरे ।    राष्ट्रघाती महाकाली सन्धि भए पछि आफूलाई एक नम्बरको कम्युनिष्ट हुँ भन्ने कम्युनिष्टहरूले नेपाली कांग्रेसले देश बेचेर खान्छ भन्न किन पनि छोडे भने उहीहरू उल्टै आफै काग्रेससित  कुममा कुम मिलाएर  देश बेचेर खाने राष्ट्रिय लुटको अभियानमा सम्मिलित भए । कांग्रेसले गरेको भनेको अपराध उनीहरू आफै गर्न थाले । हिजो कांग्रेसले मात्र भारतीय विस्तारवादको सेवा टहल गरेको थियो । अब त्यसमाथि आफूलाई कम्यृुनिष्टको मूलधार भन्ने कम्युनिष्ट पनि भारतले मागेको कुरा भारतको चरण कमलामा राखिदिन अग्र पंक्तिमा खडा भएको छ । हिजो बिस्तारवादी भारतको बिरुद्धमा सुरुङ युद्ध गर्न समेत तम्सिएका प्रचण्ड  समेत उसलाई अपर कर्णालीसम्म सुृम्पेर भा पनि भारतसित दोस्ती गर्न थाले ।  भएन अरुण तेस्रो समेत पनि हिजोको एमाले कांग्रेस र प्रचण्डहरू समेत मिलेर बाँकी रहेको अरुण तेस्रो पनि भारतलाई नै सुम्पे ।  यसरी नेपालका एक एक नदी नाला कांग्रेस र कथित कम्युनिष्ट मिलेर बेचेर खाए । भएर आफूलाई एक नम्बरको राष्ट्रवादी हुँ भन्ने कमल थापाको राप्रपा पनि उनीहरूसितै राष्ट्रघातमा सति जान थाल्यो । यसको बिरोध सचेत बुद्धिजीवी  तथा जागरुक जनताले जति गरे पनि उनीहरूले त्यसलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिए ।
साम्राज्यवादी अमेरिका विस्तारादी भारत जस्तो खतरनाक ढंगले नेपाल छिरेको थिएन । टाढैको कारणले अमेरिका बाँकी विश्वको लागि जति खतरनाक देखिए पनि नेपालको लागि त्यति खतरनाक देखिएको थिएन । तर यस खतरनाक अमेरिकी साम्राज्वादलाई चौतर्फी तीब्र बिरोधको वावजुद पनि एउटा काँधमा के पी ओली र अर्को काँधमा शेरबहादुर ेदेउवाले बोकेर  नेपालभित्र प्रवेश गराउँदैछन् । चीनलाई घेर्ने रणनीतिभित्र रहेर नेपाल भित्राइएको वा भित्राउन थालिएको एमसीसीले कालान्तरमा सिरिया रुवाण्डा अफगानिस्तान इराक इरान आदि मुलुकको अवतार धारण गर्ने बेलासम्म यो मुलुकको अस्तित्व कायम रहला कि नरहला अहिले नै किटानसाथ भन्न सकिने कुरा भएन । फेरि पनि अनेक शर्त र इण्डो पेसिफिकको समेत रणनीति लिएर साधुको भेषमा नेपाल प्रवेश गर्न थालेको एमसीसीले रण चण्डी वा शंकरको ताण्डव नृत्यको  रुप धारण गरेर यहाँ नांगो नाच नाच्दा हाम्रो मुलुकको अवस्था कस्तो होला यो कुरा सोंच्दा पनि आङ जिरिङ गर्दछ । मुलुकलाई त यसले बिकासको नाममा तहस नहास पार्ने नै छ यसलाई काँध थाप्नेहरूको पनि अन्त्यको कथा ऊ लेख्न सक्दछ । हिजो यही अमेरिकाले ओसामा बिन लादेनलाई अफगानिस्तानका कम्युनिष्ट शासकहरूका विरुद्ध जन्मायो । पछि यही अमेरिकाले  ओसामा बिन लादेनलाई ंखोजी खोजी मार्यो । हिजो अमेरिकाले नै सद्दाम हुृसेनलाई जन्माएको थियो तर जब उनी अमेरिकी साम्राज्यवादको घोडा हुन अस्वीकार गरे उनलाई अमेरिकाले नै उनकै देशमा मुख्यत रसाइन हतियार राखेको आरोप लगाई झुण्डाएर मार्यो । यसैले देश बिकासको नाममा एमसीसीको बकालत गर्ने नेताको निजी जीवनको लागि समेत यो खतरामुक्तको कृुरा होइन । देशको लागि त यो आत्मघाती छ नै स्वयं यसका पृष्ठपोषकका लागि पनि यो आत्मघाती हुन सक्दछ । तर हाम्रा देशका सिंहदरबारमा पुगेका ठूला नेताहरूका अगाडि राििष्ट्रयताका कुरा गर्नु र भालूलाई पुराण सुनाउनु एउटै कुृरा हो । सत्ता र शक्तिको मात लागे पछि यस्तै हुँदो रहेछ ।
२२–१०–२०२०











 ,


           


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा