Skip to main content

दुखी दरिद्र देशको दशा



म सोंच्दछु यतिबेलाको ओली र प्रचण्डको लोकतान्त्रिक गणतन्त्रभन्दा त हिजो राजाको पंचायती व्यवस्था जनताको लागि धेरै राम्रो   व्यवस्था  थियो । आजको ओली र प्रचण्डको लोकतान्त्रिक व्यवस्थाभन्दा त  हिजोका राजा ज्ञानेन्द्रको निरंकुश व्यवस्था धेरै राम्रो थियो ।  राम्रो के अर्थमा भने त्यतिबेला कर्मचारी तुलनात्मक रुपमा अनुशासित थिए । न्यायालय तुलनात्मक रुपमा स्वतन्त्र थियो । किन भने सबैलाई राजाको डर थियो । उनीहरू सोच्दथे केही गडबडी गरे उनीहरूको  खैरियत छैन । निश्चित रुपमा आजको मितिसम्म हिजो राजाका पालामाभन्दा आज हजार गुना बढी स्वतन्त्रता छ बोल्नको लागि । भ्रष्टाचार गर्नको लागि । लुटतन्त्र चलाउनको लागि । संघ संस्था बनाउनको लागि । विरोध प्रदर्शन गर्नको लागि । बिप्लव बाहेकका संघ संस्था तथा मान्छेहरूलाई । तर यो छुट पनि अब काला कानून बनाएर कुण्ठित र संकुचित  गर्ने कदम चालिसकिएको अवस्था छ । हिजो पंचायती व्यवस्था वा राजा ज्ञानेन्द्रको शासनभन्दा आजको ओली र प्रचण्डको गणतान्त्रिक लोकतन्त्र किन गए  गुज्रेको शासन छ भने हिजो लुट सिंहदरबारबाट मात्र हुन्थ्यो ।  आज गाउँ गाउँमा सिंहदरबार आएको छ र यसले गणतान्त्रिक लोकतन्त्रको नाममा राष्ट्रिय ढिकुटीमाथि खुला लुट मच्चाइरहेको छ बिना डर कर । निर्धक्कसंग । पंचायतकालमा त बरु गाउँका जनतालार्ई अहिले जस्तो पाइलै पछि कर तिर्न नपरेर मात्र अमन चैन र सुख सुविधा भएको होइन बरु गाउँका फटाहा जिल्लामा जाने , जिल्लाका फटाहा अंचलमा जाने र अंचलका फटाहा  राजधानीमा जाने अर्थात  सिंहदरबारमा जाने कारणले गर्दा हो । उनीहरू जति लुट मच्चाए पनि उतै मच्चाउँथे । अहिले त स्वयं सिंहदरबार गाउँ  गाउँमा आएको छ र बिना कुनै नीति नियम कानून खुला रुपमा लुट मच्चाइरहेको छ । जनता त्राहीमान छन् । आजको ओली र प्रचण्डको गणतान्त्रिक लोकतन्त्रभन्दा त हिजोको राजाको पंचायत वा राजा ज्ञानेन्द्रको शासनकाल हजार गुना राम्रो थियो किनभने त्यतिबेला त्यसको दुष्कर्मको बिरोध गर्ने वी पी कोइराला वा गिरिजा प्रसाद कोइरालाको विपक्षी पार्टी थियो ।  कम्युनिष्ट पार्टीको कुनै भूर्ण वा गुण नरहे पनि आफूलाई नेपालको कम्युनिष्ट पार्टीको मूलधार ठान्ने एमाले पार्टी थियो । अझ पछिल्लो चरणमा त विश्वलाई नै हल्लाएको १० बर्षे जनयुद्ध थियो । त्यसलाई साथ दिने झिना मसिना दल भए पनि दर्जनौं राजनैतिक दलहरू थिए । पद्मरत्न तुलाधर दमन ढुंगाना जस्ता मानव अधिकारवादी थिए । सशक्त वार थियो । सशस्त पत्रकार थिए । सशक्त शिक्षक संगठन थियो । संशक्त नेबी संंघ थियो । अखिल थियो ।  जनता त हुने कुरो भैहाल्यो ।  पंचायतले यति ठूलो  शक्तिका सामना गर्नु परेको थियो । राजतन्त्रले वा राजा ज्ञानेन्द्रले यति शक्तिशाली विपक्षको सामना गर्नु  परेको थियो । त्यही भएर पनि राजतन्त्र वा पंचायतले कुनै गलत काम गर्नुभन्दा अघि दशपल्ट निधार खुम्चाएर सोंच्नु पर्ने हुन्थ्यो । देश लुटे पनि त्यतिबेला  देश लुट्ने मान्छे सिंहदरबारभित्र नै कैद थिए । फेरि हिजोका पचहरू एकाध अपवादलाई छोडेर आफ्नो घरद्वार श्रीसम्पति  फुकेर राजनीति गर्दथे । तर आजका लोकतान्त्रिक  गणतन्त्रवादी दल र  तिनका नेता भएको श्रीसम्पति उडाउनको लागि होइन कि नभएको सम्पति सात पुस्तासम्मलाई पुग्ने गरी कमाउन कुनै न कुनै दलमा संगठित छन् । यतिबेला माथि केन्द्रको सिंहदरबार र  तल तल गाउँ  र बार्डसम्म पुगेका सिंहदरबारको प्रमुख नारा भएको छ आफू पनि सकेसम्म लुट र  अरुलाई पनि सकेसम्म लुट्न देऊ । लुटाऊ । यसैले यसरी आज देश लुटिएको छ । जनता लुटिएका छन् ।
देश र जनतालाई यसरी  गाउँ तहसम्म लुट्ने कुराको बिरोध गर्ने मशाल बैद्य माओवादी माले मजदुर किसान पार्टी लगायतका तुलनात्मक रुपमा कमजोर अवस्थामा रहेका पार्टीहरूको आवाजलाई ओली प्रचण्डको सरकारले कुनै टेर पुच्छर लगाउँदैन । उसको लुटको सिंहदरबारको केही खतरा  देखिएको शक्ति भनेको विप्लवको नेपाल कम्युनिष्ट पार्टी हो जो यस कारण बाहिर आएर बोल्न सक्दैन त्यसमाथि ओली प्रचण्डको सरकारले प्रतिबन्ध लगाएको छ । बाहिर आएकाले झुठा मुद्दा खडा गरेर भए पनि जेल पठाएको छ । अदालतले जतिपल्ट छोडे पनि उतिपल्ट समातेर जेल पठाएका छ । तर  अब ओली प्रचण्डको प्रतिबन्ध बिप्लव समूहसित मात्र सीमित हुनेबाला छैन । पत्रकारमाथि पनि प्रतिबन्ध लगाउनको लागि काला कानून बनाइंदैछ । कलम जीवीमाथि पनि प्रतिबन्ध लगाउन काला कानून बनाइंदछ । अब यो देशमा बोल्ने भनको कमरेड प्रचण्ड र कमरेड के पी ओली मात्र हो । अरुले बोल्ने दुस्साहस गरे भने उनीहरूको बोलीले गोली पनि खान सक्दछ । जब कि यतिबेला अरु कुरा छोडेर भए पनि कालापानी लिम्पियाधुरा र लेपुलेक नेपालको हा भनेर बोलिरहन परेको छ । एमसीसी पास भयो भने यसले अन्तत अमेरिकाले नेपाललाई टेक्ने ठाउँ बनाएर चीनलाई हान्न थाल्यो भने अमेरिकी सेनामाथि गरिएको बम बर्षा मुक्तिनाथको मंदिरमा मात्र होइन पशुपतिनाथको मंदिरमा पनि खस्न सक्दछ भन्न परेको छ  । देश अफगानिस्तान इराक रुवाण्डा सिरिया पनि हुन सक्दछ भन्ने कुरा  बताउन परको छ । एमसीसी मार्फत अमेरिका सियो भएर छिर्न सक्दछ र हाती भएर निस्किन सक्दछ भन्ने कुरा बताउन पर्ने भएको छ  । जनतालाई सचेत  र सजग पार्न यी कुरा बोल्न परेको छ ।  प्रचण्ड ओलीले बनाउन थालेको कालो कानूनले हाम्रो बोल्ने स्वतन्त्रता पनि खोस्न सक्दछ । खोस्न खोजिरहेको छ । यो कुरा चिच्चाई बताउन  परिरहेको छ ।
म हिजोको राजाको पंचायत व्यवस्थाभन्दा वा ज्ञानेन्द्र शाहको निरकुंश व्यवस्थाभन्दा त आजको ओली र प्रचण्डको लोकतान्त्रिक व्यवस्था अझ गए गुज्रेको छ किन पनि भन्न वाध्य भएको हुँ  भने संसदीय व्यवस्थालाई राम्रो व्यवस्था भन्नेहरूको दाबी के  छ भने यसले  सशक्त प्रतिपक्षको सामना गर्नु पर्दछ । प्रतिपक्षले सत्ता पक्षलाई गलत काम गर्नबाट रोक्नको लागि १२ महिना र २४ घण्टा नै चौकीदारी गरिरहेको हुन्छ । खबरदारी गरिरहेको हुन्छ ।  प्रतिपक्ष भोटे कुकुर जस्तो जाद्रो हुन्छ । दाहिने बार्ये गर्न दिंदैन । चुप लागेर  बस्दैन । मुटु नै हल्लाउने गरी भुक्दछ । सत्तापक्षलाई थरिकम पार्दछ ।  तर हामी नेपालीको दुभाग्र्य के पी ओली र प्रचण्डको दुई तिहाईको स्थायी सरकार अगाडि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस बुख्याँचाभन्दा पनि कमजोर साबित भएको छ । अन्नबाली लुट्न आएको चील गिद्ध उसको शिरमा बसे पनि सञ्चो मानेर बस्दछ ।  उल्टै  नेपाली कांग्रेसको नेतृत्व भारतले नेपालका भूभाग आफ्नो देशमा पारेर नयाँ नक्शा  प्रकाशित गरेको  सन्दर्भमा  वा ओली सरकारले आत्मघाती एसीसीसी संसदबाट पास गर्न थाल्दा त्यसको बिरोधमा हिमालय पहाड जस्तै खडा हुनुको सट्टामा के पी ओलीको  अगाििड लम्पसार पर्दै भन्दछ – मत  बर्बाद भएँ यार । मलाई बचाऊ यार ।  देश र जनता बर्बाद भइरहेको सुर्ता प्रमुख प्रतिपक्षलाई छैन । आफू बर्बाद भएको पीर  छ । यस्तो मरञ्च्यासे प्रतिपक्षले पनि कतै  देश र जनताको पक्षमा बुलन्द आवाज उठाउन सक्दछ । भोलि आम निर्वाचन हुँदा जनताले के कारणले सत्ता पक्षलाई हराउन प्रतिपक्षलाई  अत्यधिक मत  दिएर जिताउने ?
यतिबेला बिचरा ज्ञानेन्दै शाही र रवि लामिछानेले प्रमुख प्रतिपक्षको भूमिका खेल्नु परेको अवस्था छ । तर यी दुबैलाई कतिबेला कुमार पौडललाई जस्तै इन्काउन्टर पर्ने हुन् कि अरिंगालले कुटी कुटी धुलो पिठो पारिने वा पेट्रोल खनाएर खरानी बनाइने हुन् कि भन्ने खतरा व्याप्त छ  । लाग्दछ ज्ञानेन्द्र शाही वा रवि लामिछानेको जीवन सुरक्षित छैन ।तर पनि रवि लामिछाने र ज्ञानेन्द्र शाहीहरू छाती खोलेर जनसागर लिएर अघि बढेका छन् । राजनीतिलै नै सबै कुृराको निर्णय गर्दछ । राजनीति गर्ने भनेकै पार्टीले हो । यी दुबै जवान र यिनका अनुयायीको कुृनै राजनैतिक दल देखिन्न । यसैले उनीहरूले मुलुकलाई कुनै राजनैतिक बिकल्प दिन सक्ने कुृरै भएन । भए पनि उनीहरूले मुलुकको प्रमुख प्रतिपक्ष सत्तापक्षको काखमा गएर बसेको बेलामा यतिबेला मुलुकमा सशक्त प्रतिपक्षको भूमिका ज्ञानेन्द्र शाही र रविलामिछानेले निर्वाह गरिरहेका छन् । यसलाई पनि हामीले ठूलो उपलब्धिको रुपमा लिनै पर्ने हृुन्छ ।
यो व्यवस्था पंचायत व्ववस्थाको चिहानबाट आएको हुँदा पंचायती व्यवस्थामा एकजना ठूला खम्बा राजावादी हिन्दुवादी कमल थापा पनि मानिन्छन् । तर स्वयं कमल थापा पनि प्रतिपक्षको भूमिकामाभन्दा पनि सत्तापक्ष कै भूमिका छन् । अंगालो हालेर एमसीसीलाई नेपाल भित्राउन कम्मर कसेर लागेका के पी ओली प्रचण्ड र शेरबहादृुर देउवाको पंक्तिमा हात जोडेर कमल थापा पनि देखिएका हुनाले पनि सत्तापक्षको गलत कार्यप्रति बिरोध जनाउने भूमिकामा रवि लामिछाने र ज्ञानेन्द्र शाहीको भूमिका महत्वपूर्ण मान्न सकिन्छ ।
ठूला दलहरूले यतिबेला मुलुकको बिकास र समृद्धिको नारा लगाए पनि यिनीहरूले गर्ने भनको बिकास र समृद्धि आफ्नो र आफ्ना अन्धभक्त  कार्यकर्ताहरूकै हो भन्ने कुरा दिनको उज्यालो जस्तै छर्लंग भैसकेको छ । बाँडेर खाने कुरा पनि प्रमुख प्रतिपक्ष र सत्तापक्षकै बीचमा हुन्छ । कुृनै कुृनै मामिलामा सत्तापक्ष र प्रतिपक्षबीचमा रस्सा कस्सी भए पनि मिलेर खाने मामिलामा उनीहरू एकंं ठाउँमा हुृन्छन् । उनीहरूको मुख मिल्दछ । यसलाई विश्वको राजनीतिको भाषामा के कुरा भन्छन् राजनीति शास्त्रको विद्यार्थी भएर पनि मलाई त्यो कुरा थाहा छैन । तर नेपालको राजनीतिमा यसलाई भागबण्डाको राजनीति भन्छन् । अरु ठाउँमा भन्दा पनि न्यायालय र विद्यालयमा भागबण्डाको राजनीतिले उच्च स्थान प्राप्त गरेको छ ।  फलानो ठाउँमा कांग्रेसको न्यायाधीस र फलाना ठाउँमा केपी ओली र प्रचण्ड कमरेडको न्यायाधिस । भागबण्डाको राजनीतिले त झन् क्याम्पस कलेजमा एउटा स्थापित सत्य भैसकेको छ । भीसी कम्युृनिष्टको त रजिस्टार कांग्रेसको । रेक्टर कम्युृनिष्टको त कन्टोरल कांग्रेसको । फलाने फ्याकल्टीको डिन कम्युनिष्टको त फलानो फ्याकल्टीको डिन कांग्रेसको । फलानो कलेजको क्याम्पस चिफ कम्यृनिष्टको त फलानो क्याम्पसका क्याम्पस चिफ कांग्रेसको । फरि कम्युनिष्टका व्यक्ति कुनै पदमा नियुक्त हुनु परेको स्थितिमा यो ओलीको मान्छे यो पचण्डको मान्छे यो माधव नेपालको मान्छे । आदि इत्यादि ।
हामीले राजालाई सेतो हाती भन्यौं । सेतो पाल्न सकिन्न भनेर राजालाई फाल्यौं । तर संघीय लोकतान्त्रिक गणतन्त्रले नारायणहिटी दरबार सिंहदरबारमा ल्यायो । त्यस पछि त्यस सिंहदरबारलाई गाउँ गाउँमा पुरायो । यसको परिणाम के भयो भने  राजधानीको सिंहदरबारदेखि सात प्रदेशमा हरेक नगरपालिका तथा गाउँ पालिका र बडाहरू साथसाथै प्रदेश प्रमुखलाई समेत मिलाउँदा ५– ६ हजार जति सेता हाती पाल्दा यो मुलुकको हविगत कस्तो भयो होला ? यो मुलुकलाई बिकास र समृद्धिको बाटोतिर डोराउने कदम होइन बरु यो मुलुकलाई बिनास र दरिद्रताको पराकाष्ठमा पुराउने भडकालोतिर खसाल्ने चाल हो । कुरा यही हो । यतिबेला सत्ताधारी दलको नेतृत्व सुखी नेपाल  र समृद्ध नेपालको नारा लगाएर दुखी नेपाल र दरिद्र नेपाल बनाउन ज्यान फालेर लागेका छन् । त्यो भन्दा पनि अझ खतरा कुरा त यतिबेला एमसीसीको सति जान तम्तयार भएका केपी ओली प्रचण्ड दाहल र शेरबहादुर देउवाले विस्तारवादी भारतले खुम्चाएको नेपालको नक्शा साम्राज्यवादी अमेरिकालाई निम्ताएर पुरै    मेटाउने हुन् कि भन्ने खतरा बढेको छ । देशद्रोही शक्ति दिन प्रतिदिन बिजयी बनेको छ । देशभक्त शक्ति हारेको छ । बिडब्ना । यो अवस्था उल्टिनु पर्दछ ।
१२–१०–२०७६





 

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...