दर्शनलाइ हामी सत्य पता लगाउने शास्त्रको रुपमा पनि बुझ्न सक्दछा्रै । दर्शनले निश्चित रुपमा सत्य कुरा पता लगाउने कार्य गर्दछ । दार्शनिकहरूले दर्शनलाई त्यही रुपमा लिंदै आएका छन् । त्यही रुपमा बुझ्दै आएका छन् । सत्य के हो भन्ने कुराको खोजी गर्नु जुनसुकै विषय वा शास्त्रको कार्य हुन्छ होला । तर पनि सत्य कुराको खोजी गर्नु र पता लगाउने मुख्यत दर्शन कै काम ठानिन्छ । मानिन्छ ।
हिजोदेखि आजसम्म दार्शनिकहरूले सत्य के हो भन्ने कुराको खोजी गर्दै आइरहेका छन् र आफूले बुझेसम्म सत्य यही हो भन्ने गरेका छन् । कैयो अवस्थामा दार्शनिकहरूको सत्य पता लगाउने कुरा अन्धाले हाथी छामे जस्तो पनि हुने गरेको छ ।
सत्य पता लगाउने सन्दर्भमा म एउटा अफ्रिकी मिथको स्मरण गर्दछु । अफ्रिकी आख्यान अनुसार एकपल्ट एकजना व्यक्ति सत्यको खोजीमा यही कुरा ठानेर पहाड चढ्न थालेछ कि सत्य पहाडको चुचुरोमा छ । पहाड अप्ठ्यारो र धेरै अग्लो रहेछ । ऊ चट्टान काटेर पाइल टेक्ने डोब बनाउँदै पहाड चढ्दै गएछ । पहाड धेरै अग्लो भएकोले त्यसको चुचुरामा पुग्न उसलाई कैयौं बर्ष लागेछ । पहाडको चुचुरोमा पुग्ने बेलासम्म ऊ निकै बूढो भएछ । कपाल सेतै फुलेछ । बल्ल बल्ल पहाडको चुचुरोमा पुग्दा ऊ अति बृद्ध र शिथिल भएर ढलेछ पनि । पहाडको टुप्पोमा पुगे पछि उसले सत्यलाई पूर्ण रुपमा पता लगाउन सक्दछु भन्ने ठानेकोमा उसले आफ्ना अगाडि अझ अग्ला अग्ला गगनचुम्बी पहाड उसलाई ठाडै चुनौती दिंदै खडा भएको पाएछ । देखेछ । एउटा पहाड बल्ल बल्ल चढ्दा नै निकै बृद्ध र शिथिल भएर जीवनको अन्तिम सास फेरिरहेको बृद्ध व्यक्तिको हातमा चराको प्वाँखको एउटा रौं परेछ । रौं सत्य रहेछ । त्यस बृद्धले सत्यको सिंगो चरो भेट्न र देख्न नपाए पनि एउटा रौंसम्म त देख्न र भेट्न पाएछ । प्राप्त गर्न पाएछ । उसले जीवनभरि सघर्ष गरेर प्राप्त गरेको ज्ञान वा सत्य चराको प्वाँखको एउटा रांैं बराबरको रहेछ । बृद्ध व्यक्तिको मृत्यु हुँदा हुँदै उसले के कुरासम्म सोंच्न भ्याएछ भने उसले सत्य खोज्ने बाटो खनिदिएको छ । भविष्यमा सत्य खोज्ने व्यक्ति आखिर उसले खनेको बाटो वा डोबहरूलाई पच्छाउँदै र टेक्दै अघि बढ्ने छन् र अझ बढी सत्य पता लगाउन सक्ने छन् । यस मिथले सत्य पता लगाउने कुरा कति कठिन र जटिल छ भन्ने कुरा प्रष्ट पार्दछ ।
दर्शनले सत्य पता लगाउने कुरो कुनै बस्तु कुनै बिचार वा कुनै घटना आदिसित सम्बन्धित हुन सक्दछ । तर सत्य पता लगाउने सवाल कुनै खास कुरो बस्तु बिचार वा घटनामा मात्र सीमित रहँदैन । सत्य खोजको विषय जे पनि हुन सक्दछ । असीमित हुन सक्दछ ।अनन्त हुन सक्दछ ।
सत्य पता लगाउने सवालमा हाम्रो मानव समाजले निकै लामो यात्रा पार गरिसकेको छ । मानव समाजले विगतमा भन्दा बर्तमान र हिजोभन्दा आज अझ बढी सत्य कुराको पता लगाइसकेको. छ । हाम्रो सत्य बारेको ज्ञान निश्चित रुपमा हिजोभन्दा आज अझ बढी छ भन्ने कुरामा कुनै शंका छैन । हाम्रा पुर्खाहरूको ज्ञानभन्दा आज हाम्रो ज्ञान निश्चित रुपमा बढी छ । हाम्रो ज्ञानभन्दा हाम्रा भावी सन्ततिको ज्ञान अझ बढी हुनेछ । यस कारण पनि कि हिजो हाम्रा पुर्खाले प्राप्त गरेको ज्ञान आज हाम्रो सम्पति नै हुने छ । हामीले अझ बढी सत्य सम्बन्धी ज्ञान प्राप्त गरेर मानव जातिका ज्ञानको भण्डारलाई भर्र्दै जान्छौं र त्यसलाई अझ बढी सम्पन्न बनाउँदै जान्छौं । समृद्ध बनाउँदै जान्छौं । सत्य पता लगाउने कुरा एक झलक, एक दिन एक एक बर्ष एक युग वा एक शताब्दीको कृुरो मात्र होइन । शायद यही भएर होला सोक्रेटिजकोभन्दा बढी सत्य बारेको ज्ञान प्लेटोमा थियो । प्लेटो सोक्रेटिजका चेला थिए । प्लेटोकोभन्दा अझ बढी ज्ञान एरिस्टोटलको थियो । एरिस्टोटल प्लेटाको चेला थिए । कुरा के भने सोक्रेटिजको जति सत्य बारेको ज्ञान त प्लेटोमा थियो नै । उनको आफ्नो सत्य बारेको ज्ञान थपिंदा सोक्रेटिजको भन्दा सत्य बारेको ज्ञान बढी हुने कुरा निश्चित नै भयो । यही कृुरो प्लेटो र एरिस्टोटलको सम्बन्धमा पनि भन्न सकिन्छ । एरिस्टोटललाई ज्ञानको विश्वकोष मानिन्थ्यो । सोक्रेटिजलाई प्राचीनकालका ७ बुद्धिमानमध्ये एक मानिन्थ्यो । सत्यको लागि हेमलक .( बिष ) पान गरेर सोक्रेटिज मर्दा उनकै सामुन्ने उभिएका उनका चेला प्लेटोले उनलाई संसारको सबभन्दा बुद्धिमान व्यक्ति भनेका थिए ।
सत्य बारेमा चर्चा गर्दा के कुरा पनि भन्न सकिन्छ भने आज हामीले सत्य ठानेको कुरा भोलि भ्रम पनि हुन सक्दछ । व्रिटिश माक्र्सवादी चिन्तक क्रिस्टोफर कडबेलले भनेका छन् जब नयाँ सत्य सामने आउँछ पुरानो सत्य भ्रम हुन पुग्दछ । भ्रम ठहरिन सक्दछ ।
यसका अर्थ यही हुन्छ हिजो जसलाई हामी सत्य ठानेका थियौं त्यो. आज असत्य र भ्रम हुन सक्दछ । ग्रिक दार्शनिक टोलमी ( १००–१७० ) ले पृथ्वीलाई विश्व ब्रहण्डको केन्द्र ९ न्भयअभलतचष्अ ० मान्ने पृथ्वी केन्द्रित कुरालाई सत्य भनेर स्थापित गर्न खोजे । यो सत्य पन्द्रह सय बर्षभन्दा पनि धेरै बर्षसम्म स्थापित भइरह्यो । पछि यस सत्यलाई कोपर्निकोपस ( १४७३–१५४३ )को सूर्यलाई विश्व ब्रह्माण्डको केन्द्र मान्ने ( हेलियोसेन्टरिक ) सत्यले विस्थापित गरेको थियो । तर कोपर्निकोशको यस सत्यलाई स्थापित गर्न खोज्दा ब्रुनो ( १५४८–१६००)लाई बाइबल बिरुद्धको कुरा गर्यो भनेर चर्चले सार्वजनिक रुपमा जिउँदै जलाएको थियो । वाइबलको मान्यता थियो पृथ्वी सूर्यको वरिपरि होइन कि सूर्य नै पृथ्वीको वरिपरि घुम्दछ ।
सत्यलाई उत्तराधुनिकताबादी आँखोले हेर्ने हो भने यो कुने पनि कुरालाई सत्य मान्न तयार छैन । भन्छ सत्य एक होइन अनेक हृुन्छन् । कुनै पनि कुरालाइ सत्य नमान्ने कुृराले सत्यका अन्वेषकलाई सत्यको खोज गर्ने मामिलामा निराश पार्न सक्दछ । उदास पार्न सक्दछ । यस द्ृष्टिकोणले मान्छेलाई शुण्यवादतिर डोराउन सक्दछ । एउटा सत्यलार्ई अर्को सत्यले विस्थापित गर्नुृ एउटा कुराहरु हो । नयाँ सत्य पता लागे पुरानो सत्य भ्रम हुनु एउटा कुृरा हो । तर सत्य अनेक हुन्छन् भन्ने नाममा कुनै कुरालाई पनि सत्य न मान्नु अराजकतावादी चिन्तन हो । जबसम्म अर्को सत्य पता लाग्दैन पुरानो सत्य सत्यकै रुपमा स्थापित भइरहेकै हुन्छ । यसको अर्थ यही हुन्छ मान्छेहरूले कुनै न कुनै सत्यलाई सत्य मानेर त्यसप्रति आफ्नो निष्ठा प्रदर्शित गरिरहेको हुन्छ ।
सत्यलाई हेर्ने र बुझ्ने माक्र्सवादी दृष्टिकोण फरक छ । माक्र्सवाद कुनै पनि सत्यलाई सार्वभौम र सर्वकालीन मान्दैन । माक्र्सवाद सत्यलाई देश काल र परिस्थितिजन्य कुरा मान्दछ । यसको अर्थ हो हामीले सत्यलाई देश काल र परिस्थितिको परिप्रेक्ष्यमा बुझ्नु पर्दछ ।
सत्यलाई हामीले चोर र सुनको औंठीको कथाको प्रसंगसित पनि जोडेर हेर्न सकिन्छ । एकपल्ट बाटोमा हिंड्दा हिंड्दै एउटा मान्छेको चोरसित जम्का भेट भयो । चोरले बटुवा मान्छेलाई भन्यो बेला हेर बखत हेर तेरो हातको सुनको औठी खुरुक्क मलाई दे । बटुवा मान्छेले हेर्यो बाटो जंगलको थियो । समय रातको थियो । उसले चुपचाप आफ्नो हातको सुनको औंठी चुपचाप निकालेर चोरलाई दियो । अर्को कुनै दिन बाटोमा हिंड्दै गर्दा बटुवा मान्छेको चोरसित जम्का भेट भयो । बाटो हिंडिरहेको मान्छेले चोरलाई सम्बोधन गर्दै भन्यो – बेला हेर बखत हेर । तेरो हातका सुनको औंठी चुपचाप मलाई दे । चोरले चारैतिर हेर्यो । शहरको बाटो थियो । बरिपरि मान्छेहरूको भीड थियो । चोरले चुपचाप आफ्नो हातको सुनको औंठी निकालेर त्यस मान्छेलाई थियो । हो सत्यलाई यसरी पनि बुझ्न सकिन्छ ।
सत्यलाई बुझ्ने र केलाउने अनेक पद्धति छन् । अनेक तरिका छन् । माध्ययम छन् । दार्शनिकहरूले तर्कशास्त्रलाई पनि सत्य पता लगाउने माध्ययम बनाएका थिए । बनाएका छन् । सत्य पता लगाउने माध्ययको रुपमा एरिस्टोटले आम सत्यको माध्यमबाट विशेष सत्य पता लगाउने तर्कशास्त्रको विकास गरे । मान्छे मरणशील छ । यो आम सत्य हो । त्यसैले हरि भन्ने मान्छे पनि मरणशील छ भन्ने निष्कर्ष विशेष सत्य हो । विशेष सत्यबाट आम सत्य पनि पता लगाउने पद्धति रहेको छ । हरि मर्दछ । मदन मर्दछ । यी दुबै मान्छे हुन् । यसैले मान्छे मरणशील छ भन्ने कुरा विशेष सत्यको निचोड हो । तर यी आम सत्यबाट विशेष सत्य पता लगाउने डिडक्टिभ मेथड र विशेष सत्यबाट आम सत्य पता लगाउने इन्डक्टिभ मेथडले निकालेको सत्य भ्रम भएमा तर्क शास्त्रको भाषामा फेलसी भनिन्छ ।
हामीले सत्य भनेको कुरा बस्तुगत पनि हुन सक्दछ । मनोगत पनि हुन सक्दछ । हरिले कुर्सानी पिरो छ भन्यो । श्यामले त्यही खुर्सानी पिरो छैन भन्यो । यो मनोगत सत्यको कुरा हो । तर खुर्सानी पिरो भए पनि नभए पनि उसको गुण त एकै छ । यो बस्तुगत सत्य हो । सत्य सत्य त्यतिबेला हुन सक्दछ जब मनोगत सत्यको बस्तुगत सत्यसित मेल खान्छ ।
सत्यको सम्बन्धमा कुरा गर्दा कुनै एक ठाउँको सत्य कुनै अर्को ठाउँको लागि असत्य हुन सक्दछ । अमेरिकाका लागि दिन सत्य हुन सक्दछ भने त्यतिबेला नेपालको लागि दिन असत्य हुन सक्दछ । दक्षिणी गोलाद्र्धको लागि गृष्म ऋतु सत्य हुन सक्दछ भने त्यतिबेला उत्तरी गोलाद्धको लागि गृष्म ऋतु असत्य हुन सक्दछ ।
सत्य पता लगाउने सम्बन्धमा ज्ञान आमाको गर्भबाट नै जन्मजात प्राप्त भएको कुरो हो कि यो जन्मे पछि आर्जन गर्ने कुरो हो भन्ने विषयमा विवाद छ । कसैले अभिमन्युले जस्तै ज्ञान आमाको गर्भबाट प्राप्त गर्ने कुरो हो भन्ने अवधारणा राख्दछन् भने कसैले जोन लकले जस्तै मान्छे जन्मिदा ज्ञानको सम्बन्धमा कोरा कागज ९ त्भदगबि चबकब ० जस्तै हुन्छ भन्ने धारणा राख्छन् । ज्ञान जन्मैबाट ल्याएर आउने कुरा होइन जन्मे पछि प्राप्त गर्दै जाने हो भन्ने कुरा हो भन्ने अवधारणा राख्दछन् ।
सत्यको सम्बन्धमा माओ भन्दछन् –हामी एउटा धारणा बनाएर व्यवहारमा जान्छौं । हामी हाम्रो सत्य बारेको धारणालाई व्यवहारको कसीले परीक्षण गर्दछौं । व्यवहारमा हाम्रो धारणा खरा उत्र्यो भने त्यसलाई हामी सत्यको रुपमा ग्रहण गर्दछौं । खरा नउतेर फेरि नयाँ धारणा बनाएर व्यवहारमा उत्रिन्छौं । धारणा हाम्रो ज्ञानबारेको सिद्धान्त हो । सत्य पता लगाउने तरिका हो सिद्धान्तबाट व्यवहार र फेरि व्यवहारबाट सिद्धान्त । यो श्रृृंखला निरन्तर चलिरहन्छ । भनिन्छ सत्य बारेको ज्ञान थोरैबाट धेरै र तलदेखि माथितिर बढिरहेको छ ।
प्राचीनकालमा सत्य पता लगाउनुको लागि ग्रिक दार्शनिक सोक्रेटिजले बार्तालाप पद्धतिको बिकास र प्रयोग गरेका थिए । डायलग पद्धतिको बिकास गरेका थिए । उनी सत्य पता लगाउने सिलसिलामा बजारमा जान्थे । सर्व साधारण व्यक्तिहरूसित बार्तालाप गर्दथे र त्यस वार्तालापलाई एउटा निष्कर्षमा पुराउँथे । यस पद्धतिलाई डायलग भनिन्छ । यो द्वन्द्वात्मक हुन्छ । यस पद्धतिलाई जर्मनका दार्शनिक हेगेलले विकसित र प्रयोग गरे । यो पद्धति हो वाद प्रतिवाद संवाद ( संस्लेषण ) । थिसिज एन्टी थिसिज सिन्थिसिज । पछि कार्ल माक्र्सले आफ्नो दर्शन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादमा हेगेलको सत्य पता लगाउने यस पद्धतिलाई ग्रहण गरेका छन् । यो द्वन्द्वात्मक पद्धति हो ।
बोलीचालीको भाषामा हामी यो कुरा शत प्रतिशत साँचो हो भन्दछौं । तर त्यो कुरा शत प्रतिशत साँचो नहुन सक्दछ । चीजलाई यसरी हेर्दा हामी कुनै कुरा ५१ प्रतिशत साँचो हो भने सत्यको रुपमा ग्रहण गर्दछौं । तर त्यही कुरा ४९ प्रतिशत मात्र साँचो हो भने त्यसलाई असत्य भन्दछौं । चीजलाई यसरी हेर्दा सत्य प्रतिशतको कुरा पनि हो । यसैले कुनै मान्छेलाई राम्रो भनेको ऊ पुरै राम्रो भनेको होइन । कुनै मान्छेलाई खराब भनेको ऊ पुरै खराब थियो वा हो भनेको होइन ।
सत्य के हो भन्ने सम्बन्धमा चर्चा गर्दा हामी टल्सटयको लघुकथा पनि अघि सार्न सक्दछौं । एकपल्ट बाघले लखेटिरहेको ब्याँसो भाग्दै भाग्दै ज्यान बचाउन झाडीतिरको बाटो हुँदै दौडिरहेको रहेछ । झाडीमा लुकिरहेको स्यालले जोर जोरले चिच्चाउँदै भनेछ –यता नआ । यता नआ । यो मेरो निवास स्थान हो । झाडीको बाटो हुँदै ज्यान जोगाउनको लागि तेज रफतारमा भागिरहेको व्याँसोले भनेछ – मसित काफी समय हुन्थ्यो भने मैले तंलाई राम्ररी बताइदिन्थें यो कसको बासस्थान हो । तर यतिबेला तैले भनेकै कुरा ठीक हो ।सत्य हो ।
सत्य बोल्न कति गाह्रो हुन्छ भन्ने कुरा त हामीले बु्रनो र ग्यालिलियोको जीवनबाट पनि थाहा पाउँछौं । पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्दा ब्रुनोलाई जिउँदै जल्न पर्यो । यही कुरो पुष्टि गर्न खोज्दा ग्यालिलियो ( १५६४–१६४२ )लाई ज्यान गुमाउन नपरे पनि जेल जानु परेको थियो । आफूले बोलेको कुरा सही ठान्दा ठान्दा पनि जबरजस्ती फर्ता लिनु परेको थियो ।
यही भएर चीनियाँ क्रान्तिकारी लेखक लु स्यूनले सत्य बोल्नेबारेमा एउटा सानो लेख लेखेका छन् । एकपल्ट चेलाहरूलाई पढाउँदै गरेका गुरुले भनेछन् – हेर बाबु हो कसैको घरमा बच्चा जन्म्यो र त्यहाँ आउने व्यक्तिले यो बच्चा ठूलो भए पछि मंत्री हुनेछ वा ठूलो अफिसर हुने छ भन्ने हो भने उसलाई बच्चाका अभिभावकहरूले मीठो मीठो खुवाएर विदा गर्नेछन् । तर कसैले यो बच्चा मर्दछ भन्यो भने उसलाई अभिभावकहरूले पिटेर भगाउने छन् । बच्चा ठूलो भएर मंत्री वा अफिसर हुन्छ हुँदैन भन्न सकिन्न । तर बच्चा मर्ने कुरा त झुठो हुन सक्दैन । तर पनि मान्छेहरू सत्यलाई पचाउन सक्दैनन् । त्यसैले सत्य बोल्ने मान्छेलाई पिटेर लखेट्दछन् ।,
जे होस्, दर्शनको प्रमख कार्य वा उद्देश्य नै सत्यको अन्वेषण गर्नु हो । सत्यलाई स्थापित गर्न खोज्नु हो । असत्यको खण्डन मण्ंडन र सत्यको उद्घाटन तथा स्थापना गर्नु दर्शनको लक्ष्य तथा दिशा हो ।सत्य सम्बन्धी अवधारणा बुझ्नलाई हामी हिन्दीका उपन्यासकार भगबती चरण बर्माको प्रसिद्ध उपन्यास चित्रलेखालाई पनि अघि सार्न सक्दछौं । यस उपन्यासको बिषय बस्तु पाप र पुण्यको अन्वेषण गर्नु र त्यसबारेको निष्कर्षको रिपोर्र्टिङ गर्नु हो । यस उन्यासका प्रमुख पात्र हुन् गुरु महाप्रभु रत्नाकार , शिष्य श्वेतांक र विशालदेव,सामन्त बीजगूप्त,योगी कुमारगिरि तथा चित्रलेखा । सत्य पता लगाउनको लागि महाप्रभु रत्नाकारले आफ्नो एउटा शिष्य श्वेतांकलाई सामन्त बीजगुप्त र अर्का शिष्य विशालदेवलाई योगी कुमारगिरि कहाँ पठाउँछन् । चित्रलेखाको सम्बन्ध सामन्त बीजगुप्त र योगी कुमारगिरि दुबैसित हुन्छ । दुबै शिष्यले गुरुले पठाएका पात्रका समीपमा तोकिएको अवधिभरि बस्दछन् र उनीहरूले रिपोर्टमा आफ्नो अलग अलग परस्परमा विरोधी अवधारणा व्यक्त गर्दछन् । निष्कर्ष पेश गर्दछन् । कुरा के भने श्वेतांकका दृष्टिमा सामन्त बीजगुप्त राम्रो व्यक्ति । योगी कुमारगिरि भ्रष्ट पतीत व्यक्ति । बिशालदेवको दृष्टिमा सामन्त वीजगुप्त भ्रष्ट पतीत व्यक्ति । योगी कुमारगिरि असल व्यक्ति । एउटा शिष्यको दृष्टिमा सामन्त वीजगुप्तले पुण्य कार्य गरेको योगी कुमारगिरिले पाप कार्य गरेको । अर्को शिष्यको दृष्टिमा सामन्त बीजगुप्तले पाप कार्य गरेको । योगी कुमारगिरिले पुण्य कार्य गरेको । दुबै शिष्यका परस्पर विरोधी रिपोर्ट सुने पछि महाप्रभु रत्नाकारले ती रिपोर्टको निष्कर्ष निकाल्दै भन्छन् – संसारमा न कुनै पुण्य छ न कुनै पाप । पाप र पुण्य मान्छेको अवधारणा मात्र हो । एउटा समाजले जसलाई पाप भन्दछ अर्को समाजले त्यसलाई पुण्य पनि भन्न सक्दछ । त्यसरी नै एउटा समाजले जसलाई पुण्य भन्दछ अर्को समाजले त्यसलाई पाप पनि भन्न सक्दछ । यसरी भगबती चरण बर्माको चर्चित उपन्यास चित्रलेखाले हामीलाई सत्य के हो बुझ्नलाई सहयोग गर्न सक्दछ ।
१८–९–२०७६
Comments
Post a Comment