Skip to main content

चल उड जा रे पंक्षी



पंडित बाबुराम भट्टराई थनथनको लागि प्रसिद्ध छन् । उनका थनथन खलील जिब्रानका भन्दा सरल तर पनि चोटिला हुन्छन् । मलाई कार्टुन, व्यंग चित्र तथा पंडितजीको थनथन मन पर्दछ । म उहिले धर्मयुग पढ्दा ढब्बुजीको व्यंग चित्र पढ्ने गर्दथें । मन  पराउ“थें ।
हालै मैले सैनामैनामा पंडित बाबुराम भट्टराईको थनथन पढें । त्यसमा उल्लेख गरिएको एउटा हिन्दी गीतले मलाई केही खल्लो गरायो । खल्लो गीत खल्लो भएर होइन पंडित बाबुराम भट्टराईले एउटा फिल्मको गीत अर्को फिल्मको गीत भनिदिएको हुनाले । हुन त –चल उड जा रे पंक्षी कि अब यह देश हुआ बेगाना ,खतम हुअ‍े दिन उस डाली पर जिस पर तेरा बसेरा था – गीतलाई उनले शायद मुृगले आजमको गीत भनेर जोगिने अलिकति बाटो पनि बनाएका छन् । तर पनि उनले मुगले आजमको गीत हो कि भन्नुभन्दा मलाई एउटा हिन्दी फिल्मको गीतको संझना हुन्छ भनिदिएको भए आफूलाई कुनै गाल पर्ने कुरा हुने थिएन । जे होस्, पं बाबुराम भट्टराईले सबै कुरा जान्ने कुरा भएन । पंडित बाबुरामका के कुरा । कस्तै खू“खार पंडितले पनि सबै कुरा त जान्दै जान्दैनन् । जान्नै सक्दैनन् ।
प्राचीनकालमा प्रसिद्ध समालोचक होरेसले एक ठाउ“मा भनेका छन् –होमर पनि चुक्न सक्दछन् । ठूला लेखक कवि वा समालोचक भए भन्दैमा उनीहरुले सबै कुरा जान्दछन् भन्ने कुरा होइन । यसैले पनि पं बाबुराम भट्टराईले भाभी फिल्मको गीतलाई शायद मुगले आजमको गीत हो कि भन्नु कुनै अनौठौ कुरो भएन । एकपल्ट आमा दिदी बहिनी गीतमा पनि यस्तै खिचलो जस्तो भएको थियो ।  आमा दिदी बहिनी गीत एकदेव ज्ञवालीले लेखेको हो भन्ने कुरा प्रष्ट जान्नेलाई अरु कसैले लेखेको हो भन्दा त्यो खटकिने कुरो हुन जान्छ । मलाई त्यो गीत एकदेव ज्ञवालीले लेखेको हो भन्ने कुरा सोह्रै आना थाहा भएको हुनाले मैले एउटा लेख लेखेर त्यस सम्बन्धमा चर्चा चलाएको थिए“ । यो गीत जे बी टुहुरेले गाउ“दा पछिल्ला केही पंक्ति भने उनले थपेको बुझिन्छ । तै पनि त्यसको आधारमा यो गीत जे वी टुहुरे वा अरु कसैले लेखेको हो भन्ने कुरा त आउ“दैन । जे होस् , पं बाबुराम भट्टराईले यो चल उड जा रे पंक्षी गीत मोहमद रफीले गाएको हुन् भनेको कुरा भने ठीक सदर सा“चो हो ।
मैले जमानामा भाभी फिल्म हेरेको थिए“ । यो गीत त्यही भाभी फिल्मको हो । त्यसमा बलराज साहनीको प्रमुख भूमिका थियो । जहा“सम्म म स्मरण गर्न सक्दछ यो गीतमा अभिनय गर्ने बलराज साहनी हुन् । उनले यस गीतमा अभिनय गरेको दृश्य अहिले पनि मेरा आ“खामा ताजा नै छ । शायद गीतको कारणले पनि मेरा स्मृतिपटलमा त्यो दृश्य ताजा हुन पुगेको हो । भाभी फिल्म बनेको थियो १९५७ मा ।
बलराज साहनी हिन्दी फिल्मका एक हस्ती हुन् । उनले लगभग सात आठ दर्जन जति फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेका केही चर्चित फिल्महरु यी हुन्– धरती के लाल ( १९४६ ),गुडिया ( १९४७ ), राही ( १९५३ ),दो बिगा जमीन (  १९५३  ,औलाद ( १९५४ ), प्रदेशी ( १९५७ ), भाभी (  १९५७ , सोने की चिडिया ( १९५८ ), घर  संसार ( १९५८ ), छोटी बहन ( १९५९ ) ,दिल भी तेरा हम भी तेरे (  १९६०) , भाभी की चुडिया“ ( १९६१ ), काबुलीवाला ( १९६१ ),
शादी ( १९६१ ,पुनरमिलन ( १९६४ ), हकीकत  ( १९६४ ),वक्त ( १९६५ ) ,आसरा ( १९६६ ),आए दिन बहार के ( १९६६ ), घर की चिराग (  १९६७ ) ,नील कमल ( १९६७ ),इज्जत ( १९६८ ),दुनिया ( १९६८ ) , एक फूल दो माली ( १९६९) ), दो रास्ते ( १९६९ ),नया“ रास्ता ( १९७० ) , मेरे हमसफर ( १९७० ),होली आई रे ( १९७० ),घर घर की कहानी ( १९७० , धरती ( १९७० ),गरम हावा ( १९७३ ),हस्ते जखम (  १९७३ )   , आदि ।नानक दुखिया सब संसार ( १९७० ) बलराज साहनीको पंजाबी भाषाको अभियन गरिएको फिल्म हो ।
बलराज साहनीको दो बिघा जमीनले क्यानिस ( फ्रँन्स) मा भएको अन्तराष्ट्रिय फिल्म उत्सवमा अन्तराष्ट्रिय  पुरस्कार समेत प्राप्त गरेको थियो ।
१९६२ मा भारत र चीनको युद्ध हु“दा कैदमा परी चीन पुराइएका आसाम राइफलका सिपाही महाबीर राईले भनेका थिए उनीहरुलाई चीनमा कैदमा बस्दा बलराज साहनीको दो बिघा जमीन फिल्म देखाइएको थियो ।
बलराज साहनी पंजावी हुन् । उनको जन्म बर्तमान पाकिस्तानको रावलपिंडीमा पर्ने भेरामा १९१३ मा भएको थियो । उनको वास्तविक नाम युधिष्ठिर साहनी थियो । उनी अध्ययनको लागि लाहोर गएका थिए  । उनले पछि पंजाब विश्व विद्यालयबाट अंग्रेजीमा एम ए गरेका थिए ।उनको दमयन्ती साहनीसित विबाह भएको थियो । १९३० तिर आफ्नी पत्नीसित बलराज साहनी रबिन्द्र नाथ टैगोरले स्थापना गरेको शान्ति निकेतनको विश्व भारती विश्वविद्यालयमा हिन्दी र अंग्रजी पढाउनका लागि नियुक्त भएका थिए ।त्यतिबेला नै उनका छोरा परिक्षित साहनीको जन्म भएको थियो । उनी १९३८तिर महात्मा गान्धीसित काम गर्न गए । पछि महात्मा गान्धीको सहयोगले उनले बिबिसीमा हिन्दी समाचार वाचकको पद प्राप्त गरेर इंगलैण्ड पुगेका थिए ।
बलराज साहनीको अभिनयमा निकै रुचि थियो । यसैले उनले हिन्दी र पछि पंजाबी फिल्ममा काम गर्न थाले ।
बलराज साहनीकी श्रीमती दमयन्ती साहनी पनि अभिनयमा रुचि लिन्थिइन् । उनले गुडिया फिल्ममा अभिनय गरेकी थिइन् । दमयन्ती साहनीको युवास्थामा नै १९४७ मा मृत्यु हुन भएको थियो । उनले पछि सन्तोष चन्दकसित बिवाह गरेका थिए ।
परिक्षित साहनीले रुसबाट फिल्ममा तालिम लिएका थिए । उनले पनि हिन्दी फिल्ममा अभिनय गरेका छन् । तर उनी आफ्ना बाबु बलराज साहनी जत्तिको लोकप्रिय हुन सकेनन् । उनले खेलेको केही प्रसिद्ध हिन्दी फिल्महरु यी हुन्– पवित्र पापी ( १९७०), मिली ( १९७५ ), काला पत्थर ( १९७९ ), लगे रहो मुन्ना भाई ( २००६ ),उमाराव जान  ( २००६ ) आदि । आजभोलि परक्षित साहनी बढी टिभी सिरियलमा खेलिरहेका छन् । उजले खेलेका कति प्रसिद्ध टिभी सिरियल यी हुन् –गुल गुलशन गुल्फाम (  १९८७ ), हिना (  १९९८–२००३ ) ,द ग्रेट मराठा आदि ।
बलराज साहनी एकजना ठूला लेखक पनि थिए । साहित्यकार पनि थिए । उनले अंग्रेजी र  पंजाबी भाषामा लेखेका छन् । उनले लेखेका केही पुस्तकहरुको नाम यस प्रकारका छन् – मेरा पाकिस्तानी सफर ,मेरा रुसी सफरनामा ( १९६९ ) , An autobiography ( 1979 ) ।
मेरा रुसी सफरनामाको लागि उनले रुसबाट सोभियत लैण्ड नेहरु पुरस्कार प्राप्त गरेका थिए । उनले भारत सरकारबाट पद्श्री पुरस्कार (  १९६९ ) मा प्राप्त गरेका थिए ।
हिन्दीका प्रसिद्ध कथाकार तथा उपन्यासकार भीष्म साहनी (  १९१५ –२००३ ) बलराज साहनीको भाइ हुन् । अंग्रेजीमा एम ए गरेका भीष्म साहनी संस्कृति पंजावी हिन्दी उद्र्दू र रुसी भाषाका बिद्धान थिए । उनी १९५७ देखि १९६३ सम्म मास्कोमा बसेका थिए । उनले त्यतिबेला रुसी भाषाबाट हिन्दीमा दुई दर्जन जति पुस्तक अनुवाद गरेका थिए । भीष्म साहनीको प्रसिद्ध उपन्यास तमास हो । यसले पाकिस्तान र हिन्दुस्तानको विभाजन हुने बेलाको व्यथालाई अभिव्यक्त गरेको छ ।यसको फिल्म पनि बनेको छ ।उनले साहित्यको लागि धेरै नै पुरस्कार प्राप्त गरेका छन् । उनले प्राप्त गरेका केही पुरस्कार हुन्– शिरोमणि लेखक पुरस्कार (  १९७९ ), तमसको लागि उत्तरप्रदेशको सरकारको पुरस्कार (  १९७५  ),अफ्रो एशिसन राइटर्स एशोसिएनबाट लोटस अवार्ड ( १९८१ ) , सोभियत लैण्ड नेहरु पुरस्कार (  १९८३ ) ,साहित्य एकादमीबाट पद्म भूषण पुरस्कार ( १९९८ ) आदि  ।
भीष्म साहनी प्रगतिशील लेखक संघका जेनेरल सेक्रेटरी थिए । माक्र्सवादीका प्रसिद्ध नाटककार सफदर हासमीलाई उनको नाटक हल्ला बोलो खेलिरहेको बेलामा सरकारी गुन्डाहरुले  आक्रमण गरेर हत्या गरेको तेस्रो दिन भीष्म साहनीको नेतृत्वमा प्रगतिशील साहित्यकारहरुको एक टोली हत्या भएकै स्थलमा आएर हल्ला बोलो सडक नाटक पुनः मंचन गरेको थियो । पा“च हजारभन्दा बढी ठाउ“मा खेलिएको यस नाटकमा सफदर हासमीको श्रीमतीले आफन पतिको हत्या भएको तेस्रो दिन त्यही नाटकमा त्यही ठाउ“मा अभिनय गरेर प्रतिक्रियावादीहरुलाई ठूलो चुनौती दिएकी थिइन् ।
बलराज साहनी कम्युनिष्ट पार्टी अफ इन्डियको भातृ संगठन अल इन्डिया युथ फेडरेसनका प्रथम सभापति निर्वाचित भएका थिए । बलराज साहनीको माक्र्सवादप्रति ठूूलो आस्था थियो । उनले मर्ने बेलामा भनेका थिए – उनको कुनै काज क्रिया गर्न पर्दैन ।  उनको लाशमाथि कम्युनिष्ट पार्टीको झण्डा ओडाइदिए पुग्छ ।
आफ्नो आत्मकथामा बलराज साहनीले दास क्यापिटलको निकै प्रशंसा गरेका छन् । उनले माक्र्सवादलाई बैज्ञानिक दर्शन मानेका छन् । भनेका छन् माक्र्सवादले जुन सुकै समस्याहरुको पनि समाधान गर्न सक्दछ । उनको भनाइमा लेखकहरुले समाजशास्त्रीले जस्तै माक्र्सवादका अध्ययन गर्न आवश्यक छ । उनी अंग्रेजीमा लेखेको आफ्नो आत्मकथामा भन्छन् –

 Marx's Das Capital has a profound effect on me . It was as if I had found a solution to a major problem . I realize that acting is just one of the several vocations that men follow . Just as a carpenter or an engineer meets a specific physical requirement of his fellow-citizens by supplying them with a table or a machine , a playwright or an actor satisfies their psychological urge through his play or his role . Both types of works are equally useful to society; there cannot be any "gradation"  between them ..
Those who have no idea of what Marxism is about think that it is a mere political theory . This is, of course, an erroneous idea . In effect, Marxism is a philosophy which can analyze every aspect of worldly life from the scientific point of view . An artiste is ever curious to know how much significance society attaches to his art, and he cannot help asking himself, " Do I occupy a place in society in keeping with this significance ?" In this respect, it is Marxism which shows one the right way . I believe that in this modern age , the study of Marxism is as important to an artiste as it is to a sociologist
@%–!!–)^*


  



 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा