Skip to main content

एमसीसीको विरोधमा देश



दुनियाँलाई थाहा भएकै कुरा हो कि अमेरिकी साम्राज्यवादले जुन जुन देशको उद्धार गर्दछु भनेर सेना पठायो त्यहाँ जरो गाडेर बस्यो । अड्डा जमाएर बस्यो । हो चि मिन्हको वियनामले मात्र बषौं बषौंसम्म डटेर लडेर आफ्नो भूभागबाट अमेरिकी सेनालाई लखेट्यो । यो अपवाद हो । नेपालमा यो वा त्यो बहानामा अमेरिकी सेना पस्यो भने त्यसलाई भगाउन सजिलो कुरा हुन सक्दैन । हाम्रो मुलुकको सरकारले कालापानीमा कब्जा जमाएर बसेको भारतीय सेनालाई त हटाएर आफ्नो भूभाग फिर्ता गराउन सकेको छैन भने अमेरिकी सेनाको कुरा के गर्नु ।  इराकको संसदले अमेरिकी सेनालाइ इराक छोड्न भनेर आदेश दियो । अमेरिकी सेनाले सुनेको छैन ।  हेक्का राख्नु पर्ने कुरा यो छ कि इराक नेपालभन्दा धेरै शक्तिशाली छ । यतिबेला साम्राज्यवादी अमेरिकालाई टक्कर दिने फिडरल कास्ट्रोको क्वुवा हो । उत्तर कोरिया हो । इरान हो । रुस र चीन पनि अमेरिकाले हेप्न नसक्ने मुलुक हुन् । बाँकी संसारलाई अमेरिकाले गन्दैन । टेर्दैन । यतिबेला अमेरिकाको लागि सबभन्दा ठूलो चुनौती चीन बनेको छ । उदयमान शक्ति चीन । चीनले हिजोको सोभियत  संघको स्थान लिंदैछ ।यसैले पनि विश्वको उदयमान शक्ति चीनलाई घेर्ने रणनीति अन्तर्गत एमसीसीको जामा लगाएर नेपालमा घोषित अघोषित रुपमा आईपीएसको अंग बन्दै प्रवश गर्न खोज्दैछ । उसरी हिजो शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीलाइ एमसीसीलाई नेपाल प्रवेश गराउन प्रवशको ढोका खोलिदिएको अवस्था छ । यसैबीचमा दुई तिहाइको ओली नेतृत्वको कम्युनिष्ट सरकारका विदेश मंत्री प्रदीय ज्ञवालीले अमेरिका पुगेर नै एमसीसीलाई नेपालमा स्वागत गर्न सही धस्काइसकेको अवस्था छ । यतिबेला केही बिकका दल नेता बुद्धिजीवी पत्रकार आदि वाहेका सिंगो राष्ट्र एमसीसीको विपक्षमा खडा भएको स्थिति छ ।  एमसीसीलाई नेपाल भित्राए यो मुलुक अफगानिस्तान इराक सिरिया रुवाण्डा बन्न सक्दछ भन्दै  समेत र देशभक्त नेपालीले खबरदार गर्दा गर्दै पनि ओली सरकार त्यसलाई संसदबाट पास गराउन टोपी फालेर लागेको अवस्था छ । यतिबेलाको नेपालमा सबभन्दा बढी एमसीसीलाई संसदबाट पास गराउन के पी ओली, शेरबहादुर देउवा कमल थापा र प्रदीप ज्ञवालीहरू दाम्लो छिनालेर लागेको अवस्था छ ।
चारैतिर यसको तीव्र बिरोध भए पछि केपी ओलीको सरकार त्यसलाई फेरि सिंगार पटार गरेर नुवाई धुवाई चोखाइ संसदबाट पास गराउने जमर्को गरको देखिन्छ । यसो नहोस् भनेर बेला नघर्किदै खवरदारी गर्नु हरेक सचेत  देशभक्त नेपालीको कर्तव्य हो ।
अहिले एमसीसी नेपालमा प्रवेश गराएमा यो मुलुकको कायापल्ट हुन्छ भनेर यसका पक्षधर बकालत गरिरहेका छन् । यसको अर्थ त यही हो एमसीसीले ५१ अरब रकम नेपाललाई अनुदानको रुपमा ( यो रकम अमेरिकाले अमेरिकाको रणनीति सफल पार्ने पूर्वाधार तयार पार्न भक्तल ेदेवतालाई चढाएको प्रसादी आफैले खाए जस्तै दिने भनेको अनुदान हो ) नेपाललाई नदिएमा यो मुलुकको विकास नै हुँदैन । यो मुलुक समृद्ध हुँदैन । यथार्थमा यो भन्दा बढी रकम त यो देशको बिकासको लागि एनसीएलले नतिरेको कर असुल गरे प्राप्त हुन सक्दछ । अमेरिका कुनै देशमा विकास गर्न होइन विनास गर्न   प्रवेश गर्दछ ,।  कांग्रेस र राप्रपाले नबुझे पनि आफुलाई कम्युनिष्टको मूल धार बताउने केपी ओलीहरूले के कुरा बुझ्नु पर्ने लेनिनले भनेका छन् साम्राज्यवादको अर्थ  हो युद्ध । विनाशकारी प्रथम विश्व युद्ध पनि साम्राज्यवादी स्वार्थका कारणले भएको हो । विनाशकारी दोस्रो विश्व युद्ध पनि साम्राज्यवादी स्वार्थ कै कारण भएको हो ।
एमसीसी भनेको अमेरिकाले नेपाललाई स्वतन्त्रतापूर्वक नेपालको बिकास गर्न दिने रकम होइन । यो रकम लिएर नेपालले तुईन बिस्थापित गरेर झुलुंगे पुल हाल्न सक्दैन । यो रकम लिएर नेपालले हुम्ला जुम्लामा कुनै ठूलो आधुनिक सुख सुविधा सम्पन्न अस्पताल बनाउन सक्दैनन् । यो रकम लिएर नेपालले कुनै कल कारखाना उद्योग धन्दा स्थापित गर्न पाउँदैन । यो रकम लिएर नेपालले कृषि क्षेत्रको बिकासको लागि कुनै परियोजना संचालन गर्न सक्दैन । यो रकम लिएर नेपालले दुर्गम क्षेत्रमा बाटो घाटो बनाउन सक्दैन । यो रकम लिएर नेपालले विदेश पलायन भएका युवक युवतीलाई रोजगार दिनलाई कुनै रोजगारमूलक कार्यक्रम संचालन गर्न सक्दैन । यो रकम त अमेरिकाका आफ्नो सैन्य रणनीति लागू गर्न शक्तिशाली विजुली लाइन जडान गर्ने तथा रणनैतिक महत्वको सडक बिस्तार गर्ने प्रयोजनको लागि हो । यो कुरा यसका बेचिएका आत्मसर्पणवादी पार्टी दल वा बुद्धिजीवीहरूले नबुझेको त अवश्य होइन । तर आफ्नो मुलुककोभन्दा पनि   ेअमेरिकी साम्राज्यवादको हित चिताउने संस्था वा व्यक्तिले उसको पक्षमा वकालत गर्नु बुझ्न सकिने कुरा हो ।
हिजो राष्ट्रघाती महाकाली सन्धि हुँदा यस सन्धिले पश्चिमबाट सूर्य उदाउँछ र मुलुकलाई यसले १ खबर २० अरब फायदा हुन्छ भन्ने व्यक्ति के पी शर्मा ओली नै हुन् । त्यतिबेला जलस्रोतविद्हरूले भनेका थिए  महाकाली सन्धि गर्न हुँदैन । भारतले महाकाली सन्धि विद्युतको लागि गर्ने होइन । नेपालको पानीमाथि एकलौटे अधिकार जमाउनको लागि महाकाली सन्धि गर्न चाहेको हो । यो कुरा सत्य साबित भयो । भारतले राष्ट्रघाती महाकाली सन्धि गरेर नेपालको पानीमाथिको अधिकार जमायो । नेपालको पानी डोलाएर लग्यो । नेपालको भूभागसमेत कब्जा गर्यो । यतिबेला नेपाल हेरेको हेरी । नेपाली नागरिकलाई टनकपुरको बाँधमा  आफ्नै भूमिमा उभिएर आफ्नै भूमिको फोटो खिच्ने अधिकार समेत छैन ।
यिनै राष्ट्रघाती महकाकाली सन्धिका एक प्रमुख पात्र के पी ओली  यतिबेला देश विकासका नाममा एमसीसी भित्राएर देशको बिनास गर्ने बाटोमा लागेका छन् । किन ? प्रश्न गंभीर छ ।
जनताको चर्को बिरोध हुन थाले पछि ओली सरकार यसलाई सुधारिएको पंचायतलाई जस्तै सुधारिएको एमसीसीलाई नेपाल भित्राउन खोज्दैछन् । कुरा प्रष्ट छ एमसीसीलाई सुधार्ने ताकत के पी ओली सरकारसित छैन । हुँदैन । यो पत्यारलाग्दो कुरा हुँदा पनि होइन । अर्को कुरा अमेरिका जुनसुकै बहानामा नेपाल प्रवेश गरे पछि उसलाई नियन्त्रणमा राख्ने ताकत यसलाई भित्राउने सरकार वा सत्तापक्षको नहुन सक्दछ । जस्तो कि संसारको इतिहासले बताएको छ । एकपल्ट अमेरिका पस्यो भने पस्यो पस्यो । अड्डा जमाएर बस्यो बस्यो । भारतलाई आफ्नो भूमिबाट हटाउन नसक्ने सरकारले अमेरिकालाई हटाउन सक्ने कुरै भएन ।
साम्राज्यवादले हरेक देशमा आफ्ना दलाल पालेको पोसेको र हुर्काएको हुन्छ । उनीहरू प्रमुख काम नै साम्राज्यवादको पक्षमा बोल्नु वा त्यसको बकालत गर्नु हो । जसको सीता खायो उसैका गीता गायोको मार्गदर्शक सिद्धान्तबाट उनीहरू उत्प्रेरित भएका हुन्छन् । प्रशिक्षित भएका हुन्छन् ,  संचालित भएका हुन्छन् । उनीहरूले आफ्ना अन्नदाताको पक्षमा बोलेर पनि आफ्नो नूनको सोझो गरेका हुन्छन् । आफ्नो अन्न दार्ताको कुकर्मका सम्बन्धमा नबोलेर पनि उनीहरू मालिकको सेवा गरेका हुन्छन् । अमेरिकाकाले नेपालमा एमसीसी भित्राउन खोज्दा त्यसलाई सहजीकरण गर्न उसले पालेको पोसेका वा हुर्काएका एजेन्टहरूले सिधै वा घमाउरो पाराले साम्राज्यवादी अमेरिकाको स्वार्थको पक्षपोषण गरिरहेका हुन्छन् । यतिबेला यस्तो दृश्य स्पष्ट रुपमा देखा परेका छन् ।
यतिबेला यो मुलुक एससीसीका पक्ष र विपक्षमा खडा भएको दृश्य स्पष्ट देखिन्छ । हो एमसीसी राष्ट्रवादी नेपाली र राष्ट्रघाती नेपालीका राम्ररी पहिचान गर्न सकिने एउटा कसी हो भन्न सकिन्छ । वास्तविक अर्थमा देशको बिकास गर्न चाहने शक्तिले सकेसम्मको शक्ति लगाएरु एमसीसीको विरोध गरेको अवस्था छ भने राष्ट्रघाती शक्ति त्यसको पक्षमा बकालत गर्न टुप्पी फालेर लागेको छ । जहाँ एमसीसी के हो भन्ने कुरा नबुझेका मान्छेको अर्कै कुरा हो । जहाँसम्म एमसीसी के हो भन्ने कुरा बुझी बुझी पनि बुझ पचाइरहेका छन् उनीहरूको कुरा  पनि अर्कै हो ।
एमसीसीको बारेमा हामीले बुझ्नु पर्ने कुरा के हो भने अमेरिकाले भिखारीहरूको देश ( नेताको प्रबृत्ति देखेर ) लाई पैसाको मुठोले बशीभूत पारेर आफ्नो निहित स्वार्थ पुरा गर्न सकिन्छ भनेर नै एमसीसीको कोशेली थमाउन खोजेको हो ।  हुन त एमसीसीलाई नेपाल भित्राउन अमेरिकाले यसका ठेकदारहरूलाई के कति रकम नजाराको रुपमा चढायो त्यो आम जनतालाई थाहा हुन सक्ने कुरा होइन । यो कुरा त कि दिनेलाई थाहा हुने भो कि पाउनेलाई । कुरा यस्तो हुँदैनथ्यो भने अमेरिकाले नेपालका नेताहरूलाई केही रकम बोहोनी बट्टाकाृ रुपमा पेश नगरी यस्तो खतरनाक योजनामा हात हाल्ने थिएन ।  सत्ताका वरिपरि भएका नेताहरूलाई आफ्नो मुठीमा नलिई यस्तो खतरनाक रणनीति नेपालमा लागू गर्न कम्मर कसेर लाग्ने थिएनन् ।
मलाई अझ पनि के लाग्दछ  भने जनताको चर्का विरोधको कारणले बर्तमान सरकारले एमसीसी पास गराउन संसदमा पेश गर्ने हिम्मत गर्दैन । दुस्साहस गर्दैन । यस कारण पनि कि सत्ताधारी पार्टीभित्र पनि भीमरावल तथा  देव गुरुङ जस्ता एमसीसी विरोधी नेता छन् । तर उनीहरू पनि दबाबमा वा कुनै प्रलोभनमा परेर सुधारिएको एमसीसीलाई संसदबाट पास गराउन सिफारिस गर्न सक्दछन् । यस्तो नहोस् । यदि कुनै कारणले भीम रावल र देव गुरुङले धर्म छोडे भने एमसीसी संसदमा पेश हुन पनि सक्ला । पास हुन पनि सक्ला । तर यस कुराले नेपालको बिकासलाई होइन विनाशलाई किन पनि निम्त्याउँछ भने अन्ततः एमसीसी कै कारण नेपाल भित्री र बाहिरी द्वन्द्वमा फस्ने छ । त्यसले चीन र अमेरिकालाई युद्ध भूमिमा तान्न सक्ने छ । यस अवस्थामा नेपाल युद्धको मैदान बन्न सक्ने छ । नेपाल युद्ध भूमिमा परिणत भएर ध्वस्त हुन सक्नेछ ।  नेपाल विनाशको चरम बिन्दुमा पुग्न सक्ने छ  । शायद बर्तमान सरकारले एमसीसीले देशको बिकास गर्छ भनेको कुरा पनि यही हो ।
२४–१०–२०२०













Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...