Skip to main content

एमसीसीको विरोधमा देश



दुनियाँलाई थाहा भएकै कुरा हो कि अमेरिकी साम्राज्यवादले जुन जुन देशको उद्धार गर्दछु भनेर सेना पठायो त्यहाँ जरो गाडेर बस्यो । अड्डा जमाएर बस्यो । हो चि मिन्हको वियनामले मात्र बषौं बषौंसम्म डटेर लडेर आफ्नो भूभागबाट अमेरिकी सेनालाई लखेट्यो । यो अपवाद हो । नेपालमा यो वा त्यो बहानामा अमेरिकी सेना पस्यो भने त्यसलाई भगाउन सजिलो कुरा हुन सक्दैन । हाम्रो मुलुकको सरकारले कालापानीमा कब्जा जमाएर बसेको भारतीय सेनालाई त हटाएर आफ्नो भूभाग फिर्ता गराउन सकेको छैन भने अमेरिकी सेनाको कुरा के गर्नु ।  इराकको संसदले अमेरिकी सेनालाइ इराक छोड्न भनेर आदेश दियो । अमेरिकी सेनाले सुनेको छैन ।  हेक्का राख्नु पर्ने कुरा यो छ कि इराक नेपालभन्दा धेरै शक्तिशाली छ । यतिबेला साम्राज्यवादी अमेरिकालाई टक्कर दिने फिडरल कास्ट्रोको क्वुवा हो । उत्तर कोरिया हो । इरान हो । रुस र चीन पनि अमेरिकाले हेप्न नसक्ने मुलुक हुन् । बाँकी संसारलाई अमेरिकाले गन्दैन । टेर्दैन । यतिबेला अमेरिकाको लागि सबभन्दा ठूलो चुनौती चीन बनेको छ । उदयमान शक्ति चीन । चीनले हिजोको सोभियत  संघको स्थान लिंदैछ ।यसैले पनि विश्वको उदयमान शक्ति चीनलाई घेर्ने रणनीति अन्तर्गत एमसीसीको जामा लगाएर नेपालमा घोषित अघोषित रुपमा आईपीएसको अंग बन्दै प्रवश गर्न खोज्दैछ । उसरी हिजो शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीलाइ एमसीसीलाई नेपाल प्रवेश गराउन प्रवशको ढोका खोलिदिएको अवस्था छ । यसैबीचमा दुई तिहाइको ओली नेतृत्वको कम्युनिष्ट सरकारका विदेश मंत्री प्रदीय ज्ञवालीले अमेरिका पुगेर नै एमसीसीलाई नेपालमा स्वागत गर्न सही धस्काइसकेको अवस्था छ । यतिबेला केही बिकका दल नेता बुद्धिजीवी पत्रकार आदि वाहेका सिंगो राष्ट्र एमसीसीको विपक्षमा खडा भएको स्थिति छ ।  एमसीसीलाई नेपाल भित्राए यो मुलुक अफगानिस्तान इराक सिरिया रुवाण्डा बन्न सक्दछ भन्दै  समेत र देशभक्त नेपालीले खबरदार गर्दा गर्दै पनि ओली सरकार त्यसलाई संसदबाट पास गराउन टोपी फालेर लागेको अवस्था छ । यतिबेलाको नेपालमा सबभन्दा बढी एमसीसीलाई संसदबाट पास गराउन के पी ओली, शेरबहादुर देउवा कमल थापा र प्रदीप ज्ञवालीहरू दाम्लो छिनालेर लागेको अवस्था छ ।
चारैतिर यसको तीव्र बिरोध भए पछि केपी ओलीको सरकार त्यसलाई फेरि सिंगार पटार गरेर नुवाई धुवाई चोखाइ संसदबाट पास गराउने जमर्को गरको देखिन्छ । यसो नहोस् भनेर बेला नघर्किदै खवरदारी गर्नु हरेक सचेत  देशभक्त नेपालीको कर्तव्य हो ।
अहिले एमसीसी नेपालमा प्रवेश गराएमा यो मुलुकको कायापल्ट हुन्छ भनेर यसका पक्षधर बकालत गरिरहेका छन् । यसको अर्थ त यही हो एमसीसीले ५१ अरब रकम नेपाललाई अनुदानको रुपमा ( यो रकम अमेरिकाले अमेरिकाको रणनीति सफल पार्ने पूर्वाधार तयार पार्न भक्तल ेदेवतालाई चढाएको प्रसादी आफैले खाए जस्तै दिने भनेको अनुदान हो ) नेपाललाई नदिएमा यो मुलुकको विकास नै हुँदैन । यो मुलुक समृद्ध हुँदैन । यथार्थमा यो भन्दा बढी रकम त यो देशको बिकासको लागि एनसीएलले नतिरेको कर असुल गरे प्राप्त हुन सक्दछ । अमेरिका कुनै देशमा विकास गर्न होइन विनास गर्न   प्रवेश गर्दछ ,।  कांग्रेस र राप्रपाले नबुझे पनि आफुलाई कम्युनिष्टको मूल धार बताउने केपी ओलीहरूले के कुरा बुझ्नु पर्ने लेनिनले भनेका छन् साम्राज्यवादको अर्थ  हो युद्ध । विनाशकारी प्रथम विश्व युद्ध पनि साम्राज्यवादी स्वार्थका कारणले भएको हो । विनाशकारी दोस्रो विश्व युद्ध पनि साम्राज्यवादी स्वार्थ कै कारण भएको हो ।
एमसीसी भनेको अमेरिकाले नेपाललाई स्वतन्त्रतापूर्वक नेपालको बिकास गर्न दिने रकम होइन । यो रकम लिएर नेपालले तुईन बिस्थापित गरेर झुलुंगे पुल हाल्न सक्दैन । यो रकम लिएर नेपालले हुम्ला जुम्लामा कुनै ठूलो आधुनिक सुख सुविधा सम्पन्न अस्पताल बनाउन सक्दैनन् । यो रकम लिएर नेपालले कुनै कल कारखाना उद्योग धन्दा स्थापित गर्न पाउँदैन । यो रकम लिएर नेपालले कृषि क्षेत्रको बिकासको लागि कुनै परियोजना संचालन गर्न सक्दैन । यो रकम लिएर नेपालले दुर्गम क्षेत्रमा बाटो घाटो बनाउन सक्दैन । यो रकम लिएर नेपालले विदेश पलायन भएका युवक युवतीलाई रोजगार दिनलाई कुनै रोजगारमूलक कार्यक्रम संचालन गर्न सक्दैन । यो रकम त अमेरिकाका आफ्नो सैन्य रणनीति लागू गर्न शक्तिशाली विजुली लाइन जडान गर्ने तथा रणनैतिक महत्वको सडक बिस्तार गर्ने प्रयोजनको लागि हो । यो कुरा यसका बेचिएका आत्मसर्पणवादी पार्टी दल वा बुद्धिजीवीहरूले नबुझेको त अवश्य होइन । तर आफ्नो मुलुककोभन्दा पनि   ेअमेरिकी साम्राज्यवादको हित चिताउने संस्था वा व्यक्तिले उसको पक्षमा वकालत गर्नु बुझ्न सकिने कुरा हो ।
हिजो राष्ट्रघाती महाकाली सन्धि हुँदा यस सन्धिले पश्चिमबाट सूर्य उदाउँछ र मुलुकलाई यसले १ खबर २० अरब फायदा हुन्छ भन्ने व्यक्ति के पी शर्मा ओली नै हुन् । त्यतिबेला जलस्रोतविद्हरूले भनेका थिए  महाकाली सन्धि गर्न हुँदैन । भारतले महाकाली सन्धि विद्युतको लागि गर्ने होइन । नेपालको पानीमाथि एकलौटे अधिकार जमाउनको लागि महाकाली सन्धि गर्न चाहेको हो । यो कुरा सत्य साबित भयो । भारतले राष्ट्रघाती महाकाली सन्धि गरेर नेपालको पानीमाथिको अधिकार जमायो । नेपालको पानी डोलाएर लग्यो । नेपालको भूभागसमेत कब्जा गर्यो । यतिबेला नेपाल हेरेको हेरी । नेपाली नागरिकलाई टनकपुरको बाँधमा  आफ्नै भूमिमा उभिएर आफ्नै भूमिको फोटो खिच्ने अधिकार समेत छैन ।
यिनै राष्ट्रघाती महकाकाली सन्धिका एक प्रमुख पात्र के पी ओली  यतिबेला देश विकासका नाममा एमसीसी भित्राएर देशको बिनास गर्ने बाटोमा लागेका छन् । किन ? प्रश्न गंभीर छ ।
जनताको चर्को बिरोध हुन थाले पछि ओली सरकार यसलाई सुधारिएको पंचायतलाई जस्तै सुधारिएको एमसीसीलाई नेपाल भित्राउन खोज्दैछन् । कुरा प्रष्ट छ एमसीसीलाई सुधार्ने ताकत के पी ओली सरकारसित छैन । हुँदैन । यो पत्यारलाग्दो कुरा हुँदा पनि होइन । अर्को कुरा अमेरिका जुनसुकै बहानामा नेपाल प्रवेश गरे पछि उसलाई नियन्त्रणमा राख्ने ताकत यसलाई भित्राउने सरकार वा सत्तापक्षको नहुन सक्दछ । जस्तो कि संसारको इतिहासले बताएको छ । एकपल्ट अमेरिका पस्यो भने पस्यो पस्यो । अड्डा जमाएर बस्यो बस्यो । भारतलाई आफ्नो भूमिबाट हटाउन नसक्ने सरकारले अमेरिकालाई हटाउन सक्ने कुरै भएन ।
साम्राज्यवादले हरेक देशमा आफ्ना दलाल पालेको पोसेको र हुर्काएको हुन्छ । उनीहरू प्रमुख काम नै साम्राज्यवादको पक्षमा बोल्नु वा त्यसको बकालत गर्नु हो । जसको सीता खायो उसैका गीता गायोको मार्गदर्शक सिद्धान्तबाट उनीहरू उत्प्रेरित भएका हुन्छन् । प्रशिक्षित भएका हुन्छन् ,  संचालित भएका हुन्छन् । उनीहरूले आफ्ना अन्नदाताको पक्षमा बोलेर पनि आफ्नो नूनको सोझो गरेका हुन्छन् । आफ्नो अन्न दार्ताको कुकर्मका सम्बन्धमा नबोलेर पनि उनीहरू मालिकको सेवा गरेका हुन्छन् । अमेरिकाकाले नेपालमा एमसीसी भित्राउन खोज्दा त्यसलाई सहजीकरण गर्न उसले पालेको पोसेका वा हुर्काएका एजेन्टहरूले सिधै वा घमाउरो पाराले साम्राज्यवादी अमेरिकाको स्वार्थको पक्षपोषण गरिरहेका हुन्छन् । यतिबेला यस्तो दृश्य स्पष्ट रुपमा देखा परेका छन् ।
यतिबेला यो मुलुक एससीसीका पक्ष र विपक्षमा खडा भएको दृश्य स्पष्ट देखिन्छ । हो एमसीसी राष्ट्रवादी नेपाली र राष्ट्रघाती नेपालीका राम्ररी पहिचान गर्न सकिने एउटा कसी हो भन्न सकिन्छ । वास्तविक अर्थमा देशको बिकास गर्न चाहने शक्तिले सकेसम्मको शक्ति लगाएरु एमसीसीको विरोध गरेको अवस्था छ भने राष्ट्रघाती शक्ति त्यसको पक्षमा बकालत गर्न टुप्पी फालेर लागेको छ । जहाँ एमसीसी के हो भन्ने कुरा नबुझेका मान्छेको अर्कै कुरा हो । जहाँसम्म एमसीसी के हो भन्ने कुरा बुझी बुझी पनि बुझ पचाइरहेका छन् उनीहरूको कुरा  पनि अर्कै हो ।
एमसीसीको बारेमा हामीले बुझ्नु पर्ने कुरा के हो भने अमेरिकाले भिखारीहरूको देश ( नेताको प्रबृत्ति देखेर ) लाई पैसाको मुठोले बशीभूत पारेर आफ्नो निहित स्वार्थ पुरा गर्न सकिन्छ भनेर नै एमसीसीको कोशेली थमाउन खोजेको हो ।  हुन त एमसीसीलाई नेपाल भित्राउन अमेरिकाले यसका ठेकदारहरूलाई के कति रकम नजाराको रुपमा चढायो त्यो आम जनतालाई थाहा हुन सक्ने कुरा होइन । यो कुरा त कि दिनेलाई थाहा हुने भो कि पाउनेलाई । कुरा यस्तो हुँदैनथ्यो भने अमेरिकाले नेपालका नेताहरूलाई केही रकम बोहोनी बट्टाकाृ रुपमा पेश नगरी यस्तो खतरनाक योजनामा हात हाल्ने थिएन ।  सत्ताका वरिपरि भएका नेताहरूलाई आफ्नो मुठीमा नलिई यस्तो खतरनाक रणनीति नेपालमा लागू गर्न कम्मर कसेर लाग्ने थिएनन् ।
मलाई अझ पनि के लाग्दछ  भने जनताको चर्का विरोधको कारणले बर्तमान सरकारले एमसीसी पास गराउन संसदमा पेश गर्ने हिम्मत गर्दैन । दुस्साहस गर्दैन । यस कारण पनि कि सत्ताधारी पार्टीभित्र पनि भीमरावल तथा  देव गुरुङ जस्ता एमसीसी विरोधी नेता छन् । तर उनीहरू पनि दबाबमा वा कुनै प्रलोभनमा परेर सुधारिएको एमसीसीलाई संसदबाट पास गराउन सिफारिस गर्न सक्दछन् । यस्तो नहोस् । यदि कुनै कारणले भीम रावल र देव गुरुङले धर्म छोडे भने एमसीसी संसदमा पेश हुन पनि सक्ला । पास हुन पनि सक्ला । तर यस कुराले नेपालको बिकासलाई होइन विनाशलाई किन पनि निम्त्याउँछ भने अन्ततः एमसीसी कै कारण नेपाल भित्री र बाहिरी द्वन्द्वमा फस्ने छ । त्यसले चीन र अमेरिकालाई युद्ध भूमिमा तान्न सक्ने छ । यस अवस्थामा नेपाल युद्धको मैदान बन्न सक्ने छ । नेपाल युद्ध भूमिमा परिणत भएर ध्वस्त हुन सक्नेछ ।  नेपाल विनाशको चरम बिन्दुमा पुग्न सक्ने छ  । शायद बर्तमान सरकारले एमसीसीले देशको बिकास गर्छ भनेको कुरा पनि यही हो ।
२४–१०–२०२०













Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...