Skip to main content

तेउवामा अन्तराष्ट्रिय १६ दिने मूर्तिकला कार्यशाला





म जब सानो थिएँ  दुई राजाहरूको शासन अन्तर्गत थिएँ । नेपालका राजा र गल्कोटका राजा । गल्कोट ऐतिहासिक ठाउँ हो । ऐतिहासिक ठाउँ  यस अर्थमा कि गल्कोट बाइसे चौबिसे राज्यमध्ये एक राज्य हो । गल्कोटका अन्तिम राजा भरथबम मल्ल थिए । उनको  गल्कोट राज्य चौधह सालतिर आएर खारेज भयो । म केटाकेटी छँदा राणा शैलीमा बनेको गल्कोटे राजाको दरबार दरममा थियो । अहिले गल्कोट राजा सुनसान दरबार हरिचौरमा छ ।  कारण के भने हामी जसलाई केटाकेटीमा दरम नामले चिन्दथ्यौं अहिले आएर हरिचौर नामले चिन्दछौं । ठाउँ नफेरिए पनि नाउँ  फेरिएको छ । गल्कोटे राजा भरथबम मल्लकी रानीको नाउँ हो चैतन्य देबी । चैतन्य देबी सुवर्ण शमसेरकी दिदी हुन् । मैले सानामा गल्कोटकी रानी चैतन्य देबीलाई देख्ने मौका पाएको थिएँ ।  बुबाका गल्कोटे राजा र रानीसित राम्रो सम्बन्ध र सम्पर्क भएको हुनाले पनि होला उनी रिडी बुटबल हुँदै घुमाउरो बाटो काठमाण्डौ जान्थिइन् । त्यसरी घुमाउरो बाटो हुँदै काठमाण्डौतिर जाने बेलामा मिनमा चढेर हिंड्दा उनको मिन (  पालकी ) हाम्रो आँगाखेतको दोकानमा अडिएको र उनी मिनबाट निस्केर केही बेर बुबाहरूसित  कुराकानी गरेको दृश्य अझै पनि मेरो स्मृतिपटमा घुमिरहन्छ । दरममा गल्कोटे राजा रानीका नाममा बनेको स्कूल थियो । त्यस स्कूलको नाम थियो भरथ चैतन्य मिडिल स्कूल । शुरुमा आमाले मलाई यही स्कूलमा पुराएर भर्ना गरिदिनु भएको थियोे । मलाई घरबाट हिंडेर स्कूल पुग्न १ घण्टा लाग्दथ्यो । त्यतिबेला गल्कोटे राजाको दरबारमा निकै चहल पहल थियो ।  गल्कोटे राजाको अड्डा अदालत  थियो । पुलिस थिए ।  कर्मचारी थिए । डिठ्ठा बिचारी थिए । गल्कोटे राजा खारेजमा  परे जस्तै मैले पढेको भरत चैतन्य मिडिल स्कूल पनि खारेजीमा परेको छ । यतिबेला भरथ चैतन्य मिडिल स्कूल  अस्तित्वमा छैन । भरतबम मल्लका माइला छोरा थिर बम मल्ल ०७ सालमा शहीद भएका हुन् । म भरत चैतन्य मिडिल स्कूलमा पढ्दा कुराकानी गरेको सुनेको थिएँ भरतबम मल्लका माइला छोरा थिर बम मल्ललाई उनका मामाले गोली हानी मारेका हुन् । पछि बल्ल मैले चाल पाएँ  आई एस सीसम्मको अध्ययन गरेका थिर बम मल्लले देहरादुनबाट मिलिटरी अफिसरको तालिम पुरा गरेका थिए । उनलाई उनका मामा सूवर्ण शमसेरले कलकत्ता बोलाए र बिरगंज आक्रमणको जिम्मा दिएर पठाए ।  थिरबम मल्लको कमाण्डमा ०७ सालमा बिरगंज कव्जा भयो । तर उनले भाषण गरिरहँदा कतैबाट उनीमाथि गोली  चल्यो । टाउकामो गोली लागेका भरथबम मल्ललाई भारतको नजिकैको डन्कन हस्पिटलमा पुराइयो । त्यही उनको मृत्यु भयो । पछि मैले बुझें राणाहरूका सिपाहीले उनको हत्या गरेको हुँदा मामाले मारको भनिएको रहेछ ।
गल्कोटे राजाको केही बर्ष अघि मात्र मृत्यु भएको थियो ।  उनी २०१५ सालको आमा चुनावमा नेपाली कांग्रेसको टिकटमा चुनाव  लडेका थिए र एम पी बनेका थिए । अहिले गल्कोटे राजाका शाखा सन्तान काठमाण्डौमा बस्दछन् । नेपाली कांग्रेसमा नै छन् ।, गल्कोटे राजाका दरबार भूतबंगलाको रुपमा रहेको छ । संरक्षक बिहिन अवस्थामा । बेबारिस अवस्थामा ।

तर मैले यहाँ चर्चा गर्न खोजेका कुरा भने टेउवाको हो । टेउवामा हुन थालेको अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठीका हो ।  टेउवा साविक हरिचौर गाविस हाल गल्कोट नगरपालिका भित्र पर्दछ । यो घुम्टेको काखमा पर्दछ । म जन्मेको गाउँको नाउँ हुलुवा हो ।   साहनी डाँडा । हुलुवा साविक मल्म गाविसमा हाल गल्कोट नगरपालिकामा पर्दछ ।  हुलुवाको शिरमा पर्दछ तेउवा । म जन्मेको     गाउँको ठीक सिरानमा । तर म कहिले तेउवा पुगेको छैन । म तेउवा नपुगे पनि आमाहरूका मुखबाट तेउवाको बारेमा धेरै कुरा सुनेको छु ।
आमा भन्नुहुन्थ्यो तेउवामा राजाहरूको दरबार थियो । उहिले राजाहरूका दरबार अग्ला अग्ला डाँडामा हुने गर्दथे । त्यतिबेला रणनैतिक दृष्टिकोणले अग्ला अग्ला डाँडा महत्वपूर्ण ठाउँ मानिन्थे । कुनै बेला तेउवाका राजामाथि आक्रमण भएछ । राजा  दरबारका कैयौं बस्तु तल हुर्राएर त्यहाँबाट भागेछन् । अहिले पनि तेउवाका राजाले फालेका बस्तुहरू तल तल भेटिन्छन् रे । तेउवामा राजाको दरबारको जग भग्नावेश अवस्थामा देख्न पाइन्छ रे ।
त्यतिबेला गल्कोटका खास गरी मल्म सातसय र हुलुवातिरका मान्छेहरू औल र लेकमा खेतीपाती गर्दथे । औल र लेक गर्ने  गर्दथे । कोही कोही परिवार औलमा दुख भए लेकमा गएर बस्दथे । जबकि अहिले लेकमा मान्छे समेत औलतिर नै झर्न थालेका छन् । बेसीतिर नै बसाइ सर्न थालेका छन् । धानखेतीलाई घडेरीमा रुपान्तर गरेका छन् । प्लटिङ गरेर खेतहरू बेच बिखन गर्न थालेका छन् ।  गल्कोटमा लेक भन्नाले ताराखोला ,ईदी अर्गल  झिर्का पाण्डुखानी, रमुवा तेउवा झुले जिमिरे थालेपखरा रोहिनपानी, चोराहा जस्ता ठाउँलाई बुझिन्छ । आमा मलाई भन्नुहुन्थो बुबाले आमालाई  तेउवा गएर खेतीपाती गरौं भन्नु भएछ । आमा त्यसको लागि तयार हुनु भएनछ । तेउवामा निकै जुका लाग्दथे । आमा जुकादेखि निकै डराउनु हुन्थ्यो ।  हाम्रा गाउँतिरका थोरै मान्छे  मात्र तेउवामा गएर बसेका थिए रे ।  घुम्टेको काखमा बसेको तेउवा साविक मल्म गाबिसदेखि साविक हरिचोैर गाविससम्म फैलिएको थियो । अहिले यो गल्कोट नगरपालिकाको भूगोलभित्र पर्दछ ।

यही तेउवामा यतिबेला अन्तराष्ट्रिय आधुनिक मूर्तिकलाको कार्यशाला गोष्ठी संचालन गरिएको छ । कार्यशाला गोष्ठी चलिरहेको छ । यसको आयोजना गल्कोट कला प्रतिष्ठानले गरेको हो ।  स्वदेश र विदेशबाट मूर्तिकला कार्यशाला गोष्ठीमा सहभागाी हुने मूर्तिकारहरूको लागि टेन्टका आवास, शौचालय पार्किङ विजुली पानी तथा खानपान आदिको राम्रो व्यवस्था गरिएको कुरा बुझिएको छ । मूर्ति बनाउनको लागि तल दरम खोलाका ढुंगा माथि टेउवामा ओसारिएको छ । थुपारिएको छ ।
अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्यमंत्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । यो कार्यशाला गोष्ठी फागुन ५ गतेबाट प्रारम्भ भएर १६ दिनसम्म चलिरहनेछ । यो फागुन २१ गतेसम्म संचालन हुने छ । यसमा  १० विदेशीसहित १५ मूर्तिकारहरू सहभागी हुनेछन् ।
धार्मिक प्रतीकको रुपमा गणेश र बुद्धका मूर्ति बाहेक मानव सभ्यता भेष भूषा संस्कृति आदि कुरा झल्काउने मूर्ति बनाउने योजना रहेको बुझिएको छ । तेउवालाई मूर्तिहरूको संग्रालयको बगैंचा बनाउने लक्ष्य राखिएको छ । यस कार्यलाई अघि बढाउन विशेष भूमिका ललितकलाका विद्यार्थी मूर्तिकार ओम खत्री र पूर्व सांसद पूर्णबहादुर रानाको रहेको कुरा चाल पाइको छ । मूर्तिकार ओम खत्री यस कार्यशाला गोष्ठी तथा समारोहका संयोजक रहेका छन् । यसको लागि गण्डकी प्रदेश सरकारको खास सहयोग रहेको कुरा पनि थाहा भएको छ ।
कार्यशाला गोष्ठीमा नेपालबाट सहभागी हुनेहरू मूर्तिकारहरू हुन् – प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी एवं राजु पिथाकोटे । यसमा सहभागी हुने विदेशी मूर्तिकारहरू हुन् – जापानका जुन इचिरो सुगिमोतो, चीनका लिउ याङ्ग, इटावाका बिटिनो फ्रान्सेनी,फ्रान्सका जिवियर्स गोंजालेज, ताइवानका लिनलि जेन,केयानाडाकी जुली ग्ल्यास्पी,भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमिङ्गर, ब्राजिलका जर्ज लुइज र युक्रेनका ल्युङ्मेलले । भनिएको छ तेउवाको अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठीमा भाग लिन २०५ मूर्तिकारले आवेदन दिएकोमा १५ जनालाई मात्र छनांैट गरिएको थियो । छनौट विशेष गरी त्रिभुवन विश्व विद्यायलका केन्द्रिय ललितकला विधागका विज्ञहरूले गरेको बुझिएको छ ।   कार्यशालाको तयारीको लागि ८७ लाख जति रकम खर्च भैसकेको र कार्यक्रम सम्पन्न गराउनका लागि थप १ करोड ४२ लाख खर्च आवश्यक पर्ने कुृरा बताइएको छ । अहिलेसम्म स्थानीय स्तरमा व्यक्तिगत रुपमा भीम कुमारी काउचाबाट ५लाख, पूर्णबहादुृर रानाबाट ३ लाख,तिलबहादुर खत्रीबाट ३ लाख,शान्ति श्रीसबाट ३ लाख, दलबहादुर पुनबाट १ लाख १० हजार, यमबहादुर श्रीसबाट १ लाख र फमलाल निउरेबाट १ लाख रुपियाँ प्राप्त भएको  कुरा जनाइएको छ ।
धेरै बर्षदेखि उपेक्षाको अवस्थामा रहेको तेउवा अब गल्कोटको गहना हुने कुरा निश्चित छ । तेउवाको सबभन्दा ठूलो विशेषता के छ  भने यो अग्लो डाँडामा मैदान भएर बसेको छ । तेउवाबाट गल्कोटको चारैचौरास देख्न सकिन्छ । कोल्टे परेका ठाउँहरू पनि देख्न सकिन्छ । तेउवाबाट गल्कोट उपत्यका र त्यहाँको बजारहरू राम्ररी अवलोकन गर्न सकिन्छ । दरम खोला बगिरहेको मनोरम दृश्य देख्न सकिन्छ । तल तरेली परेका खेत फांँट देख्न सकिन्छ । हामी तेउवालाई भ्यू टावर वा गल्कोटको धराहराको रुपमा लिन पनि सक्दछौं । उसरी गल्कोटको भ्यू प्वाइन्ट त घुम्टेको लेक नै हो जहाँबाट हिमालदेखि तराईको मैदानसम्मको अवलोकन गर्न सकिन्छ ।



हिजो दुर्गगको पनि दुर्गम बनेको तेउवालाई मोटर बाटो र पानी बिजुलीले जोडे पछि त्यसले आधुनिक रुप धारण गर्ने कुरा  भैहाल्यो । उसरी केही बर्षयता तेउवा गल्कोटको पिकनिक स्थल पनि बनिसकेका अवस्था छ । त्यतिबेला हामी केटाकेटी हुँदा आफ्नै बारीमा बनभोज खान्थ्यौं ।  समाज एकै ठाउँमा अडिएर बस्ने रहेनछ । त्यही भएर होला हाम्रो बारीमा बनभोज खाने परम्परा हराइसकेकोछ र टाढा टाढा रमणीय ठाउँमा पिकनिक जाने परम्परा बसिसकेको छ । अब तेउवा पिकनिस स्थल मात्र बनेन । यो त  अन्तराष्ट्रिय महत्वको मूर्तिकलाको संग्रालय नै बन्ने भो । तेउवामा आयोजित मूर्तिकला कार्यशाला सहभागी हुन २०५ आयोजनमा परेकोमा १५ आवेदनले मात्र स्वीकृति पाएछन् । फेरि फेरि तेउवामा अर्को यस्तै अन्तराष्ट्रिय स्तरको मूर्तिकला कार्यशाला संचालन गर्न संभव भएमा यसले अझ व्यापकता पाउन सक्दथ्यो । उसरी यही अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला कम महत्वको कुरा होइन ।
०९– ११–२०७६








































































































                               

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास