Skip to main content

तेन्जिङ शेर्पासितको भेटबार्ता



 
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज्यो खैजडी झम्केर नाच्यो मृुजुरा
धर्मराजा थापाले गाएको यो गीत मैले सानैदेखि सुन्दै आएको हुृँ । २०१० साल १६ जेठमा  एडमण्ड हिलेरीसित  सगरमाथाको चुचुरोमा पुग्ने तेन्जिङ शेर्पालाई संसारको सबभन्दा ठूलो हिम चुचुरो सगरमाथा आरोहण गर्ने सौभाग्य मिलेको थियो । त्यतिबेला नै धर्मराजा थापाले तेन्जिङ  शेर्पाको प्रशंसामा यो गीत लेखेका थिए । गाएका थिए । त्यसमा नेपाली जातिको गौरव र खुशी प्रकट गरेका थिए ।
त्यतिबेला प्रख्यात व्यक्तित्वलाई भेट गर्ने मेरो अभिलाषा रहेको हुँदा १९७२ मा दार्जीलिङमा विराट साहित्य सेमिनारमा भाग लिन गएको सन्दर्भमा मैले केही आसाम मेघालयतिरबाट त्यहाँ भाग लिन गएका साहित्यिकार साथीहरूसित सामुहिक रुपमा तेन्जिङ शेर्पालाई भेट्ने प्रस्ताव राखें जसलाई उनीहरूले हार्दिकतापूवर्क स्वीकार गरे ।
हामीहरू दल बाँधेर तेन्जिङ शेर्पालाई भेट्न माउन्टिरिङ इन्सिच्युटमा पुग्यौं । त्यसरी दल बाँधर जानममा हामी धर्म भूसाल,ईश्वरी प्रसाद खनाल, गोपालबहादुर नेपाली, श्यामबहादुर लिवाङ आदि थियौं । हाम्रो अगाडि एउटा कृत्रिम अग्लो पहाड देखिन्थ्यो । आडमा तेन्जिङ शेर्पाको कार्यालय रहेछ । त्यहाँ म्युजियम पनि रहेछ । त्यस म्युजियमा तेन्जिङ शेर्पाले सगरमाथाको आरोहण गर्दा लगाएका लुगा पनि राखिएका थिए । प्रयोग भएका चीजबीज पनि राखिएका थिए । हामीले हरेक चीजको रुचिपूर्वक अवलोकन गरेका थियौं ।
हामी तेन्जिङ शेर्पाको माउन्टिेरिङ इन्सिच्युटमा पुग्दा उनी त्यहाँ उपस्थित थिएनन् । सोधपुछ गर्दा हामीलाई थाहा भयो उनी घरमा नै छन् । हामीले घरमा फोन गर्यौं । भन्यौं हामी आसाम मेघालयतिरबाट आएका नेपाली हौं । हामी तेन्जिङ शेर्पालाई भेट्न माउन्टिरिङ इन्सिच्युटमा उपस्थित भएका छौं । उताबाट महिलाको जबाब आयो उहाँ आउँदै हुनुहुन्छ । तेन्जिङ शेर्पा आउँदै गरेको खबरले हामीहरू निकै उत्साहित भयौं ।  हामी सबै उहाँलाई भेट्न बेचैन थियौं । बेचैन रह्यौं ।
एक छिनको प्रतीक्षापछि तेनजिङ शेर्पा हामी सामु देखा परे । उनी हँसिलो मुद्रामा थिए । उनी फटाफट हिंडेका  देखिन्थ्यो । उनको हिंडाइमा सिपाहीको जस्तो जोश थियो । फृुर्तीं थियो । भनौं उनी निकै स्मार्ट देखिन्थे । भर्खर नै सगरमाथा चढ्लान् जस्ता देखिन्थे । कार्यालयमा प्रवेश गर्नासाथ उनले हामीसित बडो गर्मजोशीका साथमा हात मिलाए । तन्केर हात मिलाए । हामीले एक एक गर्दै उनीसित हात मिलायौं ।  आफूहरूलाई उनी सामु परिचित गरायौं । हामीले तेन्जिङ शेर्पालाई भेट्न पाएकोमा खुशी अनुभूत गर्यौं । गौरव अनुभूत गर्यौं । यस अर्थमा पनि हामीले हाम्रो यस दार्जीलिङको यात्रा सफल मान्यौं । सफल ठान्यौं ।
हुन त हामीले तेन्जिङ शेर्पालाई भेट्न खोजेको उनको अन्तरबार्ता लिन होइन । उनीसित भेटबार्ता गर्न होइन । फेरि पनि त्यतिबेला म शिलाङबाट प्रकाशित हुने मादल नयाँ चेतना लगायत विबिध पत्र पत्रिकाको सम्पादक भएको हुनाले ममा चर्चित व्यक्तिको अन्तरवार्ता लिने प्रवृत्ति बिकसित भएको थियो । निश्चित रुपमा अन्तरबार्ता आफूले  प्रकाशित गर्ने पत्र पत्रिकामा महत्वपूर्ण सामाग्री हुन पुग्दथ्यो ।
मैले त्यतिबेला तेन्जिङ शेर्पासित अन्तरवार्ता गरेको प्रश्न र  उनले दिएका उत्तर अहिले स्मरण गरेर लेख्न पर्दा केही कृुरा तलमाथि परेको र केही बिर्सिनसम्म पुगेको कुरा मैले मेरो ब्लगमा यसको पोस्ट पढेर छुटेका वा तलमाथि गरेका कुरा   हाल अस्ट्रेलिमा रहनु भएका मेरा मित्र धर्मलाल भूसालले स्मरण गराइदिएको हुृँदा त्यसलाई केही परिमार्जित गरेर प्रस्तुत गरेको छु । मैले त्यतिबेला लिएको अन्तर्र्वाता कुनै योजनाबद्ध अन्तर्वातो थिएन । मैले त्यतिबेला उनीबाट थाहा पाउन जिज्ञासा राखेका प्रश्न र उनले दिएको उत्तर मैले एउटा कागजमा टिपेको थिएँ । तर मैल टिपे अनुसार उक्त अन्तर्वार्तालाई कतै प्रकाशित गरिनं । आफूले शिलाङबाट सम्पादन गरेका पत्र पत्रिका पनि प्रकाशित गरिनं । हाल मैले टिपेको अन्तर्वाता कहाँ छ मलाई थाहा छैन । शिलाङमा  छोडिएको पनि हुन सक्दछ । तिल कार्कीको घरमा  छोडेका बाकसमा हुन पनि सक्दछ । नहुन पनि सक्दछ । तर मैले लिएको अन्तरवार्ता मेरा मित्र श्यामबहादुर लिवाङले त्यतिबेला डिब्रगढ आसामतिरबाट निस्किने पत्रिकामा प्रकाशित गरेका रहेछन् ।  शायद मैले सार्वजनिक रुपमा लिएको अन्तरवार्ता भएको हुनाले उनले आफूले प्रकाशित गर्ने पत्रिकाको सामाग्री बनाएछन् त्यस अन्तरवार्तालाई । अहिले श्वामबहादुर लिवाङले प्रकाशित गरेको अन्तर्वार्ता मसित उपलब्ध नभएको हुनाले यो लेख तयार पार्दा मैले त्यो सामाग्री प्रयोग गर्न पाइनं । यसैले मैलै मेरै स्मरण शक्ति र मित्र धर्मलाल भूसालको स्मरणका समेतको सहयोग लिई यस लेखलाई यस्तो रुप दिन सकेको हुँ ।
मैले तेन्जिङ शेर्पासित लिएको अन्तरबार्ता सम्बन्धमा मैले यसभन्दा पहिले लेखेको र  बिभिन्न पत्रिका प्रकाशित गरेको छु पनि । भए पनि यतिबेला मैले विगतमा तेन्जिङ शेर्पासितको भेट र अन्तरवार्ताबारे लेख लेखेर बुटबल र काठमाण्डौका राष्ट्रिय स्तरका पत्र पत्रिकामा प्रकाशित गरेको भए पनि यतिबेला ती सब सामाग्री मसित सजिलै उपलब्ध नभएकोले मैले पुनःमेरो तेन्जिङ शेर्पासितको भेटबार्ता सम्बन्धमा यो लेख लेख्न परेको हो । यसैले मैले तेन्जिङ शेर्पासितको भेटबार्ताका सम्बन्धमा लेखेको यो लेख नै पहिलो भने होइन ।
निश्चित रुपमा मैले तेन्जिङ शेर्पासित लिएको अन्तरवार्ता अरु अन्तरबार्ताभन्दा फरक थियो । यस कारणले कि मैले यो अन्तरवार्ता कुराकानी गर्ने शैलीमा लिएको थिएँ । कुराकानी कै दौरानमा लिएको थिएँ । हुन त कुराकानी पनि एक प्रकारको अन्तरवार्ता नै हुन्छ । यत्ति हो कुराकानी दोहोरो अन्तरवार्ता पनि हुृन सक्दछ । एक अर्काबीचको अन्तरवार्ता । पारस्परिक अन्तरवार्ता । तर यो यस रुपको भने थिएन ।   
समय बित्दै जाँदा कति कुरा बिर्सन नचाहे पनि बिर्सिन पुगिनेरहेछ । फेरि कति कुरा मनमा गढेर रही रहँदारहेछन् । जरा गाढेर बस्दा रहेछन् । डेरा जमाएर बसेका हुने रहेछन् । यत्ति हो सम्झेर लेख्दा केही कुरा तलमाथि पनि पर्न सक्दारहेछन् । हो सामुहिक रुपमा लिएको अन्र्तबार्ता वा गरेको कुराकानी भने कुनै एकले बिर्से पनि कुनै अर्कोले सम्झेको हुन सक्दोरहेछ ।
म तेन्जिङ शेर्पासित नेपाली भाषामा नै बोलिरहेको थिएँ र प्रश्न पनि नेपाली भाषामा नै राखेको थिएँ । उनले मलाई नेपाली भाषा र कतिबेला अंग्रेजी भाषामा जबाब दिएका थिए । मैले के अनुभव गरें भने तेन्जिङ शेर्पा नेपाली भाषामा बोल्दा हाम्रै नेपालका शेर्पा बस्तीका लेख पढ  नगरेका साधारण शेर्पाहरू बोलेको जस्तो लाग्दथ्यो । उनको बोली भाषा दार्जीलिङको नेपाली भाषा जस्तो पनि देखिन्नथ्यो । लाग्दैनथ्यो । तेन्जिङ शेर्पाको नेपाली बोली भाषालाई दार्जीलिङतिरको नेपाली बोली भाषाले कुनै असर पार्न सकेको थिएन । प्रभाव जमाउन सकेको थिएन । तर उनी अंग्रेजी भाषा भने पढे लेखेका मान्छेको जस्तो थियो । उनको अंग्रेजी भाषामा फ्लो थियो । टोन स्तरीय थियो । उच्चहरण सही  थियो  ।  कुरा के भने उनको नेपाली भाषाभन्दा अंंग्रेजी भाषा धेरै शुद्ध तथा आकर्षक थियो । उनी नेपाली भाषामाभन्दा अंग्रेजी भाषामा फर्र बोल्न सक्दथे । सहज तरिकाले बोल्न सक्दथे । आफ्ना बिचार र भावना व्यक्त गर्न सक्दथे । उनी नेपाली भाषा बाल्दा अनपढ मान्छे बोले जस्तो लाग्दथ्यो भने अंग्रेजी भाषा बोल्दा निकै पढेलेखेको शिक्षित व्यक्ति जस्तो ।
म शिलाङमा छँदा नै केही समय पहिले तेन्जिङ शेर्पा गुवाहाटीतिर आएको कृुरा मैले सुनेको थिएँ । यसैले मैले तेन्जिङ शेर्पालाई सोधेको थिएँ –तपाइ हालै आसाम गुहावटीतिर जानु भएको थाहा पाएको थिएँ । तपाई आसाम गुवाहाटीतिर जानुको खास कारण के थियो । उनले मेरो यो प्रश्नको निकै छोटो उत्तर दिएका थिए । उनले भनेका थिए —  म आसामतिर जानुको खास कारण हो त्यहाँ हाम्रा मान्छे छन् ।
मैले तेन्जिङ शेर्पालाई माउन्टिरिङ इन्सिच्युट सम्बन्धमा उनको चासो  रुचि र प्रेरणाका बारेमा सोधेको प्रश्नको जबाबमा उनले भनेका थिए – म सानो छँदा सोह्रखम्बुमा भेडा चराउन जान्थें । सामुन्ने अग्लो पहाड सगरमाथा देखे पछि त्यहाँ चढ्ने र शिखरमा पुग्ने मेरो ईच्छा हृुन्थ्यो । मेरो रुचि र प्रेरणाको स्रोत त्यही हो ।
मैले तेन्जिङ शेपालाई सोधेका प्रश्न थियो– तपाइं नेपालको मान्छे भएर पनि किन भारतमा आएर बस्न थाल्नुभयो ? मेरो यस प्रश्नको उत्तरमा उनले भनेका थिए चाहेको त थिएँ म नेपालमा नै बस्न । तर मलाई त्यतिबेलाको नेपालको सरकारले कुनै सहयोग गरेन । प्रोत्साहित गरेन । पं जवाहारलाल नेहरुले मलाई भारतमा बोलाउनु भयो ।  यो माउन्टिेरिङ इन्सीच्युट खोलिदिनु भयो । मलाई यसको जिम्मा लगाउनु भयो ।, भन्नु भयो – तेन्जिङ शेर्पा तिमीले यहाँबाट   पाउन्टिरिङको तालिम दिएर हजारौं तेन्जिङ शेर्पा जन्माउनु पर्दछ । अहिले म नेहरुको त्यही सपनालाई पुरा गर्ने काममा लागेको छु ।
मैले तेन्जिङ  शेर्पालाई सोधेको अर्को प्रश्न थियो–   तपाईले सगरमाथाको शिखरमा पुग्दा कस्तो अनुभव गर्नु भयो ?  यस प्रश्नको जबाव उनले अंग्रेजी भाषामा दिए । उनले भने सगरमाथाको चुचरोमा पुग्दा उनी यति  हर्षित भएका थिए कि उनले कुनै कुरा सोंच्न नै सकेनन् । मैले सम्झेसम्म उनले अंग्रेजीमा अभिव्यक्त गरेको वाक्य कुरा यस्ता थिए  – आई आज सो मच ओभरज्वाएड एण्ड एक्साइटेड दैट आई  कुड नट थिन्क एनी थिङ एल्स । आई वाज थिन्कलेस । हामीलाई बुझ्न कुनै गाह्रो भएन त्यस क्षणमा सफलताले हर्ष बिभोर हुँदा मान्छेले केही कृुरा पनि सोच्न सक्ने रहेनछ । ऊ एक प्रकारले चिन्तन शुण्यको अवस्थामा पुग्दोरहेछ । थिन्कलेसनेसको अवस्थामा पुग्दोरहेछ । त्यतिबेला परम सफलताको खुशीले सबै कुरालाई छायामा पार्दोरहेछ । निश्चित रुपमा यो उनको मनोदशाको मनोबैज्ञानिक अनुभूतिको सजीव अभिव्यक्ति थियो ।
हामीसित कैमरा नभएको हुनाले हामीले तेन्जिङ शेर्पासित सामूहिक फोटो खिच्न सकेनौं । आजभोलि जस्तो हरेक व्यक्तिको हातमा मोबाइल हुने भए हामीले अवश्य पनि तेन्जिङ शेर्पासित फोटो खिच्ने थियौ । जे होस, तेन्जिङ शेर्पाले हामीलार्ई आफ्नो फोटो दिएका थिए । अहिले त्यो फोटो कहाँ पुग्यो मलाई थाहा छैन । माउन्टिेरिङ इन्सिच्युटमा बसेर चिया पिई तेन्जिङ शेर्पाबाट विदा लिएका थियौं ।
२२–१२–२०७६
४–४–२०२०



                                                           

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा