कोरानाको आक्रमणले मच्चाउन थाल्यो चौतर्फी हाहाकार
गर्ने त होइन यसले कतै विश्वमा ठूलै नर संहार
ठुल्ठूला साम्राज्य समेत थाले हल्लिन सानाका के कुरा
ह्ुँदैन थाहा कसलाई कहाँ कसरुी यसले हान्यो छुरा
फैलियो कोराना चारैतिर संसारमा दावा अनल सरी
लियो बरै अन्धा धुन्धा कति हो कतिको जीवन लीला हरी
औषधि छैन बनिसकेको अझै कतै समय लाग्न सक्छ
चलेमा हामी मानी नीित नियम सारा कोरोना भाग्न सक्छ
दियो मानव सभ्यतालाई नै यसले निकै ठूलो चुनौती्
चकित पार्दै सारा विश्वलाई यसले देखायो आफ्नोे शक्ति
नआएका त कहाँ हुन् र पहिले पनि दानबी महामारी
बिजयी बनेकै हो मानव जाति अंततःसंकट ठला टारी
अन्ध विश्वासले होइन बिज्ञानले मात्र चिर्न सक्छ तुँवालो
अन्धकार फंैलिए पनि जगमा आज भोलि हुन्छ उज्यालो ।
२–१–२०७७ ( १५–४–२०२० )
Comments
Post a Comment