Skip to main content

लोकतन्त्रको लीला



लोकतन्त्र भन्नु मात्र निरंकुश तन्त्र छ मुलुकमा हावी
चल्दछन् शासक विदेशी कै गोटी बनी छैन हातमा चाबी
मालिकका सामृु लम्पसार पर्छन् यिनी जनतामा दमन
हुँदैन कहिले जंगली राजमा कुनै सुख चैन अमन
ठूलालाई लाग्दैन कुनै पनि कानून सानालाई त ऐन
न्याय निसाफ पनि मुलुकमा फरक समान किन छैन
अपराधी हिंड्छन् सडकमा साँढे सरी निदोर्ष जति जेल
झुठा मुद्दा लगार्ई दवाउने बिरोधी  उही पुरानो खेल
आफूले त नमाने पनि हुने  आदेश अदालतको कुनै
अदालतको आदेशले छुट्दा पनि त  बन्दी थुनेको थुनै
फासीवाद यो मुलुकमा यसरी अब कति दिन चल्दछ
बर्रबरताले नाघे पछि सीमा सब  आगो पक्का बल्दछ
कलम कुची संगीत कलाका दुश्मन भजनेका त भक्त
बचाउन आफ्नो जर्जर सत्ता पुरानो  बगाए कति रक्त   
नदी नाला बेचेर खाए यिनले सबै आलो र पालो गरी
कल कारखाना पनि बेची खाए सारा  आफ्नै बपौती सरी
कालापानी लिपुलेक लिम्पिया धृुराको गाँठो खेोल्न नसक्ने
सीमा साँध मिच्दा शत्रुले पाइलंै पछि किन बोल्न नसक्ने
कस्ता शासक भए यिनीहरू देशका  साह्रै तल झरेका
खाली नराखी अरुका लागि कुनै ठाउँ आफ्नै मान्छे भरेका
जता हेर्यो उतै सबै यिनकै नाता गोता अरुको छ्रैन काम
युवा शक्ति छ बैदेशिक रोजगारमा  शुण्य छ घर गाम
बग्छ रगत पसिना अर्कैको देशमा  बाँझो छ खेत बारी
मर्दा पर्दा पाइन्न  गुहार कतै पनि  दुख कष्ट छ भारी
लाश आउँदा बन्द बाकसमा घरमा   चल्दछ रुवावासी
नेपाल आमाका सन्तानलाई बन्नु पर्ने किन सधै.प्रवासी
कुर्सीमा बस्ने मान्छेँ फेरिए पनि यहाँ  व्यवस्था  फेरिएन
कालो शासन  कालरात्रिको खोई किन  कहिले केरिएन
कुँडा करकट बढार्न इतिहासको सुनामी चल्नु पर्छ 
जग बसाल्न नयाँ व्यवस्थाको त यहाँ पुरानो  ढल्नु पर्छ
खरानीमाथि नै खडा हुनेछ महल नवीन समाजको
दूर हुनेछन् दुर्दिन गरीब दुखीका रुप फेरी आजको ।

४–१–२०७७













Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...