लोकतन्त्र भन्नु मात्र निरंकुश तन्त्र छ मुलुकमा हावी
चल्दछन् शासक विदेशी कै गोटी बनी छैन हातमा चाबी
मालिकका सामृु लम्पसार पर्छन् यिनी जनतामा दमन
हुँदैन कहिले जंगली राजमा कुनै सुख चैन अमन
ठूलालाई लाग्दैन कुनै पनि कानून सानालाई त ऐन
न्याय निसाफ पनि मुलुकमा फरक समान किन छैन
अपराधी हिंड्छन् सडकमा साँढे सरी निदोर्ष जति जेल
झुठा मुद्दा लगार्ई दवाउने बिरोधी उही पुरानो खेल
आफूले त नमाने पनि हुने आदेश अदालतको कुनै
अदालतको आदेशले छुट्दा पनि त बन्दी थुनेको थुनै
फासीवाद यो मुलुकमा यसरी अब कति दिन चल्दछ
बर्रबरताले नाघे पछि सीमा सब आगो पक्का बल्दछ
कलम कुची संगीत कलाका दुश्मन भजनेका त भक्त
बचाउन आफ्नो जर्जर सत्ता पुरानो बगाए कति रक्त
नदी नाला बेचेर खाए यिनले सबै आलो र पालो गरी
कल कारखाना पनि बेची खाए सारा आफ्नै बपौती सरी
कालापानी लिपुलेक लिम्पिया धृुराको गाँठो खेोल्न नसक्ने
सीमा साँध मिच्दा शत्रुले पाइलंै पछि किन बोल्न नसक्ने
कस्ता शासक भए यिनीहरू देशका साह्रै तल झरेका
खाली नराखी अरुका लागि कुनै ठाउँ आफ्नै मान्छे भरेका
जता हेर्यो उतै सबै यिनकै नाता गोता अरुको छ्रैन काम
युवा शक्ति छ बैदेशिक रोजगारमा शुण्य छ घर गाम
बग्छ रगत पसिना अर्कैको देशमा बाँझो छ खेत बारी
मर्दा पर्दा पाइन्न गुहार कतै पनि दुख कष्ट छ भारी
लाश आउँदा बन्द बाकसमा घरमा चल्दछ रुवावासी
नेपाल आमाका सन्तानलाई बन्नु पर्ने किन सधै.प्रवासी
कुर्सीमा बस्ने मान्छेँ फेरिए पनि यहाँ व्यवस्था फेरिएन
कालो शासन कालरात्रिको खोई किन कहिले केरिएन
कुँडा करकट बढार्न इतिहासको सुनामी चल्नु पर्छ
जग बसाल्न नयाँ व्यवस्थाको त यहाँ पुरानो ढल्नु पर्छ
खरानीमाथि नै खडा हुनेछ महल नवीन समाजको
दूर हुनेछन् दुर्दिन गरीब दुखीका रुप फेरी आजको ।
४–१–२०७७
्
्
Comments
Post a Comment