कति कातर बन्यो बलियाको बनेको बलियो सरकार
बलियाको बरु गर्दछ ऊ उद्धार कम्जोरकै शिकार
चाल्छ हर कदम ऊ बनी विदेशीं कै गुलाम मतियार
कवि लेखकको कलम पनि ठान्छ ऊ धारिलो हतियार
किसानको कुटो र कोदालोसित पनि कति धेरै तर्सिन्छ
देखे कतै कसी मुठी श्रमिक उठेमा उनैमाथि बर्सिन्छ
साचो कृुरा बोल्ने बुद्धिजीवीको मुखमा बाँधेर काला टाला
लम्बाउन खोज्दछ आयु आफ्नो काढेर बिरोधीका नै छाला
लेखे पनि स्वतन्त्रता र अधिकारका कुरा संविधानमा जति
बिरोधीे मतकोे सम्मान गर्ने धैर्यता छैन उसमा रति
आस्थाका आधारमा बाँच्न पाउने हक खोई यहाँ व्यक्तिको
कतिसम्म रहने हो मृुलुकमा रजाइ फासीवादी शक्तिको
भाँचिएलान् नि कुनै दिन हान्ने मार्ने गोरुका पनि सिङ
जति गरै पनि होक्का अहिले सिउरी खेल्दै हाक्दै ठूलो डिङ
विशाल विशाल साम्राज्य त ढले भने यिनको त के कुरा
ढिलो वा चाँडो अवश्य हुन्छ शहीदको सपना सारा पृुरा ।
७–१–२०७७
Comments
Post a Comment