Skip to main content

कोरोनाको जमाना



कस्तो जमाना आयो यस्तो
मान्छेसित  मान्छे डराउनु पर्ने
मान्छेसित मान्छे तर्सिनु पर्ने
मान्छेसित  मान्छे आतंकित हुनु पर्ने
त्रसित हुनु पनेए
भयभीत हुनु पर्ने
मान्छेदेखि मान्छे पर पर भाग्नु पर्ने
मान्छे समाजिक प्राणी भएर पनि
मान्छेसित  मान्छे दूर दूर रहनु पर्ने
मान्छे देखि मान्छृलाई भेट्न परे पनि
निश्चित दुरी  कायम गर्नु पर्ने
मान्छेले मान्छे भेट्दा
गरम जोशीका साथमा हात मिलाउन नहुने
गला मिलाउने नहुने
आत्मीयता दर्शाउनु नपाउने
परैबाट नमस्कार भनेर
चित्त बुझाउनु पर्ने
संतोष मान्नु पर्ने
खुशी हुनु पर्ने
कस्तो जमाना आयो यस्तो
सचेत अचेत रुपमा
मान्छे मान्छेको सम्पर्कमा आएको भएमा
जान अन्जानमा
मान्छेले मान्छेलाई स्पर्श गरेको भएमा
अथवा स्पर्श गर्दै नगरेको  भए पनि
स्पर्श गरेको जस्तो लागेको भएमा
स्पर्श गरेको नगरेको यकीन हुन नसकेको भएमा
शकै गर्नु पर्ने
तर्सिनु पर्ने
जान अन्जान
यता उता
कतै कतै
कुनै कोरोना संक्रमित मान्छेसित छोइए कि भनेर
सुन पानी छर्के पनि चोखो नहुने 
ग्ांंगा जल  छर्के पनि पत्रित्र हुन नसक्ने
जति गाईको गहत  छर्के पनि
घर गाडी मान्छे जे होस्
डिस्इन्फेक्टेड हुनै नसक्ने
सानोटाइज्ड नहुने
कस्तो जमाना आयो यस्तो 
मान्छेदेखि मान्छे नै होशियार हुनु पर्ने
मान्छेदेखि मान्छे सावधान हुनु पर्ने
बसुदेव कुटुम्बकमका महान भावनलाई पनि
ठाडै लत्याउनु पर्ने
तिलांजति दिनु पर्ने
अतिथि देवको भानवालाई पनि
परित्याग गर्नु पर्ने
घरमा पाहुना पर्छन कि भनेर पीर मानिरहनु पर्ने
साथी भाइ बन्धु वान्धव
कुनै पनि आत्मीयजन भेटघाट गर्न
गफगाफ गर्न
नआइदिए हृँदो जस्तो लाग्ने
आइहाले संक्रमित गराएर गए कि जस्तो लाग्ने
मान्छे मान्छेसित  डराउने कुरा त परै जाओस्
मान्छे आफ्नै हातसित  पनि डराउनुृ पर्ने
हातलाई घरी घरी साबुन पानीले धोइरहनु पर्ने
पखाली रहनु पर्ने
आफ्नो हातले आफ्नै मुख मुसार्न पनि नहुने
जति चिल्चिलाए पनि
आफ्ना कान आँखा नाक
हातले स्पर्थ नै गनै नहुने
झुक्किरु आफ्नो हात मुखतिर जान्छ कि भनेर
चौबिसै घण्टा चौकन्ना रहनु पर्ने
सर्तक र सजग रहनु पर्ने
चैत बैशाखको गर्मीमा
चिसो पाउने पिउने इच्छा भए पनि
मन बाँध्नु पर्ने
तातै पानी पिउनु पर्ने
कस्ता जमाना आयो यस्तो
एउटा कोठामा बन्दी भएर बस्नु पर्ने
क्वाराइन्टाएनमा बस्नु पर्ने
आइसोलेसनमा बस्नु पर्ने
आफ्नै प्रिय निवासलाई पनि
होम क्वाराइन्टाइन बनाउनु पर्ने
आइसोलेसन बार्ड बनाउनु पर्ने
आफ्नै घरमा पनि जेल जीवन बिताउनु पर्ने
खुला आकाशमृुनि
खुला सडकमा
छाती खोलेर हिंडडुल गर्न नपाइने
संविधानमा अभिव्ःयक्तको स्वतन्त्रता भए पनि
कुरा चपाएर बोल्नु पर्ने
संविधानमा सूचना जान्न पाउनु पर्ने अधिकार तोकिएको भए पनि
सूचना चुहाएको कसुृरमा दण्डित  हुनु पर्ने
सूचनालाई सकेसम्म गोप्य राख्नु पर्ने
सूचना प्रसारित गरे पनि
गोलमटोल भाषामा प्रसारित गर्नु पर्ने
नरो वा कुञ्जरो अस्थामा हतोहतको भाषामा बोल्नु पर्ने
तथ्यांकको नाममा मिथ्यांक जारी गर्नुे पर्ने
कस्तो जमाना आयो यस्तो 
एउटा महादेशदेखि अर्का महादेशबाट अलग हुनु पर्ने
एउटा देशबाट अर्को देश अलग हुुनु पर्ने
एउटा प्रान्तबाट अर्को प्रान्त  अलग रहनु पर्ने
एउटा जिल्लाबाट अर्को जिल्लामा आवात जावात रोक्नु पर्ने
एउटा गाउँबाट अर्को गाउँमा छिर्नै नपाइने
एउटा टोलबाट अर्का टोलमा प्रवेश गर्नै नपाइने
एउटा घरबाट अर्को घरमा जानै नपाइने
जो जहाँ छ त्यही खडा हुनु पर्ने
ऋडिनु पर्ने
हाःल्ट हुनु पर्ने
चल्न चल्बलाउन नपाइने
कस्तो जमाना आयो यस्तो
ग्लोबल होमको बेला
एउटा कुनामा थन्किएर
टेबलमाथि राखिएको ग्व्लोबतिर
नजर लगाउनृु पर्ने
जिउँदो मान्छे  त खतरा भयो भयो  जिउँदा मान्छेका लागि
मरेको मान्छे  पनि  खतरा हुने जिउँदो मान्छेका लागि पनि
जिउँमा मान्छेसित दुरी कायम गर ेजस्तै
मरेका मान्छेसित  पनि दुृरी कायम गर्नु पर्ने
जिउँदा मान्छेसित  जिउँदा मान्छे डराए जस्तै
मरेको मान्छ ेसित पनि जिउँदा मान्छे डराउनु पर्ने
भ्वाप्प नजिक पर्न नहुने
फूल दाम चढाए पनि
परैबाट सित्त फाल्नु पर्ने
कस्तो जमाना ओयो यस्तो
मन्दिरमा भगवानको पूसा आजा प्रतिबन्धित
गुम्बामा  बुद्धको योग ध्यान  प्रतिबन्धत
गुरुद्वारमा गुरुनानकको अर्चना प्रतिबन्धित
चर्चमा यिशुकोे प्राथना प्रतिबन्धित
मस्जिदमा नमाज पाठ प्रतिबन्धित 
पार्टीका भेला सभा सम्मेलन प्रतिबन्धित
सरकारका काम काज प्रतिबन्धित
स्कूल कलेज विश्वविद्यायय प्रतिबन्धित
पठन पाठन परीक्षा प्रतिबन्धित
सडकमा आन्दोलन प्रतिबन्धित
देशका क्रान्ति प्रतिबन्धित
सविधानका हक अधिकार सब प्रतिबन्धित
 निलम्बित
कस्तो जमाना आयो यस्तो
रोगीदेखि डाक्टर भयभीत
डाक्टरदेखि रोगी भयभीत
व्यापारीदखि ग्राहक त्रसित
ग्राहकदेखि व्यापारी त्रसित
क्र्मचारीदेखि सेवाग्राही त्रसित
सेवाग्राहीदेखि कर्मचारी त्रसित
क्स्तो जमाना आयो यस्तो
बाँच्नको लागि अमृत पान गरे पनि
बिष पान गरे जस्ता लाग्ने
पौष्टिक आहार सेवन गरे पनि
आफ्नो प्र।तरोधात्मक शक्ति ह्रास भए जस्तो लाग्ने
मान्छे रोगले भन्दा पनि भयले मर्छ कि जस्तो लाग्ने
बनको बाघले खाओस् नखाओस् मनको बाघले खाला जस्तो लाग्ने
कस्तो जमाना आयो यस्तो
पटरीबाट उत्रेको मानव जीवन
फेरि आफ्नै पुरानो पटरीमा फकिैन्न कि जस्तो लाग्ने
मान्छेसित  मान्छे घुलमिल हुने दिन आउन्न कि जस्तो पनि लाग्ने
मान्छे सामाजिक प्राणी होइन कि जस्तो पनि लाग्ने
मानव समाजकै अन्त्य भएको जस्तो पनि लाग्ने
मानव सभ्यता कै अन्त्य भएको जस्तो लाग्ने
कस्तो जमाना आयो यस्तो
कहिले आफूलाई कालापानीमा कुँजिएको जस्तो लाग्ने
कहिले आफूलाई साइबेरियमा पठाइएको जस्तो लाग्ने
कहिले आफूलाई युग युगमा चद्वानमा पाता कमेर पल्टाइएको जस्तो लाग्ने
कहिले आफूलाई चारपाटा मुडेर डाँडा कटइाएको जस्तो लाग्ने
कहिले आफूलाई स्वर्गलोकबाट पाताल पुरीमा खसालिएको जस्तो लाग्ने
कहिले आफूलाई १४ बर्षको बनवास पछि एक बर्षको गुप्तवास बसेको जस्तो लाग्ने
कहिले आफूलाई  अपरिचित बाउन्नहरूेको झोल तन्काएर २० बर्ष लामो निंदमा हराए जस्तो लाग्ने
कहिले आफुलाई युद्धमा बेपत्ता भएको योद्धा जस्तो लाग्ने
कस्तो जमाना आयो यस्तो
कस्तो रोग हो यो
पहिचान हुनै नसकेको
यसको निदान के हो थाहा नै नभएको
रोगको भ्याक्सिन बन्नै नसकेको
रोगको औषधि हुँदै नभएको
जति झारफूक गरे पनि
जति पानी मन्तरेर पिलाए पनि
जति जडीबुटी थिचेर खुवाए पनि
जति  लामा झाक्री गरे  पनि
जति दोबाटोमा पात्लो फाले पनि
जति धुप धजा उठाए पनि
धति देबी देवताको भाकल गरे पनि
जति ग्रह शान्ति गरे पनि
जाप पाठ लगाए पनि
मत्रोच्चाहरण गरे पनि
होम हवन गरे पनि
सप्ताह पुराण लगाए पनि
भजन किर्तन गरे पनि
तीर्थ बर्त गरे पनि
उपवास बसे पनि
कोरोनाको दशा ग्रहले
सजिलै  छुट्टी देला जस्तो लागेन
अरु महामारी जस्ते
उन्मूलन त होला यसको पनि कुनै दिन
जरैदेखि
फेरि पनि यतिबेला
कोरोना हाबी छ विश्वभरि
शायद भन्दै छ
हामी सबैलाई
मसित खेलबाड नगर
मलाई नजिस्काऊ
मलाई कमजोर नठान
मसित पैठेजोरी नखेल
मसित कुस्ती खेल्छु नभन
कोरोनाको अखाडामा हाम नफाल
मसित तर्केर बस
मबाट जोगिएर बस
मेरो सामुन्ने नपर
म जहाँ छु तिमी त्यहाँ नआऊ
याद गर
तिमी मेरो सम्पर्कमा आयो भने
तिमी मेरो मुठीमा पर्यो भने
म तिमीलाई मेरो काखीमा च्यापेर
महिनौ राख्न पनि सक्दछु
तिम्रो ज्यानै नलिए पनि
दुख त निकै दिन्छु दिन्छु
तिम्रो होस हवास लिन पनि सक्दछु
तिम्रो सातो पनि म खान सक्दछु
यसैले
तिमी मदेखि जति टाढा उति सुरक्षित
बाँच आफू मदेखि र बचाऊ अरुलाई पनि
कस्तो जमाना आयो यस्तो ।

८–१–२०७७
२०–४–२०२०













                                                   



Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा