Skip to main content

श्रीमतीको बेदना


मेरा प्यारा श्रीमान्को खोजीमा
तिम्रा कुन ढोका घच्घचाइने र मैले
तिम्रा कुन कैदखाना चाहारिन र मैले
तिम्रा कुन मुकामहरूमा बिन्ती बिसाइन र मैले
तर खोई त मैले केही अत्तोपत्तो पाएको
तर खोई  त मैले मेरो गंभीर प्रश्नको
कुनै एउटा चित्त बmुभ्दो जबाब पाएको
ज्यृुँदै राखेका छौ कि  मेरा श्रीमानलाई
कुनै काल कोठरीमा अझै
मारेर फालिसक्यो कि कुनै अज्ञात ठाउँमा उहिले नै
खोई त तिमीले मुख खोलेको
खोई त कुरो के हो तिमीले मलाई भन्न सकेको
बन्दुकको राजमा बन्दुको मात्र भाषा बुझ्ने भएर पो हो कि
खाई  त तिमीले मेरो हार गुहार सुन्न सकेको
भर्खर पाठशाला धाउन थालेको मेरो छोराले
बा खोई भन्दा
कुनै न कुनै एउष्टा जबाव त दिनै पर्दछ मैले
भर्खर तोते बोली बोल्न थालेकी
मेरी सानी छोरीले
बाबा भन्दा
कुनै न कुनै कुृरा त भन्नै पर्दछ मैले
तिमीहरू जस्तै मुख भएर पनि
म्क भएर त बस्न हुँदैन मैले
तीमीहरू जस्तो कान भएर पनि
बहिरो भएर त बस्न मिल्दैन मैले
बन्दुक बोकेर पनि बहादुर होइन
कायर बनेका बहादुरहरू हो
साँचो कुरा बोल्ने हिम्मत  तिम्रो आखिर हुँदैन किन
रहस्यै रहस्यको पर्दा खोल्ने साहस तिमो आखिर हुँदैन किन
हे दुनियाँ जान्दछ
नरभक्षी बाघका पंजामा परेका मान्छेहरू
शायद नै सकुशल घर फर्किएलान्
बिरलै नै सकुशल घर फर्किएलान्
सही सलामत घर फर्किएलान्
भोको स्यालका पंजामा परेका चल्लाहरू
शायद नै जीवित रहिरहन्छन्
शायद नै कालको मुखबाट खोरमा फर्किन्छन्
फेरि पनि
सास छवञ्जेल आश रहिरहने हुनाले
मर्दो जिउँदोको खोजी गर्नु परेको हो
आफ्नै नाँगा आँखाले लाश नदेखुञ्जेल
मारिएकै भए पनि सास अझै बाँकी छ कि भन्नु परेको हो
पिैय पतिको जीवन रक्षाको लागि
सबैसित हार गुहार गर्दै हिंडेकी एउटी लाचार पत्नीले
यसराजका अघि पनि
दमयन्तीले जस्तै
अलाप बिलाप गर्नु परेको हो
बेपत्ता पतिको प्राणको भिख माग्न परेको हो
तर अब कति दिनसम्म म
अन्योल र अनिश्चितताको बन्दी भएर बाँचिरहने
तर अझ कति दिनसम्म मैले
आफ्नो संत्रस्त मनलाई आश्वस्त पारिरहने
तर अब कति दिनसम्म मैले
मेरा आफ्नै सन्ततिका आँखामा पर्दा लगाउँदै
झूठको इतिासका पाना पल्टाएर पढाइरहने
भ्रममा राखिरहने
पति वियोगले बिक्षिप्त भएर रुँदा रुँदा
आँशु पनि सकिसकेका छन् मेरा अब त
फूल जस्तो कोमल हृदय पनि
ढुंगा जस्तै कठोर भैसकेको छ मेरो अब त
शायद पति वियोगले पनि बिचलित नहुने जस्ती भैसकेकी छु म अब  त
आफ्नो कब्जामा रहेको एउटा निरिह व्यक्तिलाई पनि
बेपत्ता पारेर
वा कुनै मुडभेडको कथा रचेर
बीरताको बहीखातामा आफ्नो नाम दर्ता गर्दै
छातीमा बहादुरीका पदक झुण्डाउन अभ्यस्त
ए बीर गोर्खालीका सन्तान हो
बीर बलभद्र र भक्ति थापाका सन्तान हो
जिउँदै छन् मेरा पति अझै पनि कतै तिम्रा अभेद्य खोरहरूमा भने
जिउँदै छन् भन्न सक्दैनौं किन
कसूर नै गरेका छन् उनले कुनै गंभीर भने
कतै तिम्रा खुल्ला इजलाशमा खडा गर्न सक्दैनौं किन
के कसूर  गरे उनले
कुन कानूनको कुन धारा उपधारा वा दफा अन्तर्गत
के सजाय पाए उनले
के सजाय गर्यौ तिमीले
के सजाय दियौ तिमीले
किन सार्वजनिक रुपमा भन्न सक्दैनौं
कुरो के हो
किन देश र दुनियाँलाई बताउन सक्दैनौं
मारेकै हौ तिमीले मेरा पतिलाई भने
बहादुरीसाथ मारे. भन
म हातमा सारा चुरा फोरिदिन्छु
म सिउँदोको सारा सिंन्धुर पुछिदिन्छु
बिधवा हुँ भने म विधुवा नै भएर बसिदिन्छु
दया नामका ेकुनै बस्तु  बाँकी छ अझ पनि तिम्रा हृदयमा कुनै कुनामा भने
मानवता नामको नामका कुनै अंश जीवित छ अझै पनि तिम्रा मुटुकामा कुनै अन्तर कुन्तरमा भने
ममाथि ठूलो कृपा गरेर
देखाइदिन सक्दछौ भने मेरा पतिको लाश कतै
सडेकै किन नहोस्
गलेकै किन नहोस्
माखा भन्केकै किन नहोस्
अस्थिपंजर मात्र किन नहोस्
कंकाल मात्र किन नहोस्
अन्तिम दर्शन गर्दछु म
बचेको रहेछ एक थोपा आँशु अझ पनि कतै भने
उनकै नाममा बगाउँछु म
भेटे कतै फूल पाती भने
उनकै नाममा चढाउँछु म
आफ्नो परम्परा अनुसार
आफ्नो रीति थिति बिधि बिधान अनुसार
उनको अन्तिम संस्कार गर्दछु म
उनको मृत्यु आत्माको चीर शान्तिको लागि
प्रार्थना गर्दछु म
र मन कठोर पार्दै भनिदिन्छु
मन दह्रो बनउँदे भनिदिन्छु
घोषणा गरिदिन्छु
मेरा छोरा छोरीलाई
नरभक्षी बाघका पंजामा परेका  तिम्रा बुबा
अब कहिले घर फर्किदैनन्
बाबु हो
आशा मार
माया मार
बिर्स ।
२५–२–२०६१
७–६–२००४
(  टिप्पणी ः यो कविता लेखेको मलाई  थाहा थिएन । कतै कुनै पत्रिकामा प्रकाशित गरे कि गरिर्न त्यो पनि थाहा छैन । कोरोनाले लक आउट भएको बेलामा पुराना पत्र पत्रिका कागज पत्र व्यवस्थित गर्ने क्रममा आज १६ बैशाख २०७७ का दिन मेरै हस्ताक्षरमा लेखेर फालेको अवस्थामा ज्ञानु केसील भेटर तपाईको कविता भन्दै मलाई दिइन् । कविता पढें । मेरै हस्ताक्षर र बिचारसित मिल्दछ । यसैले यसलाई आजै टाइप गरेर पोष्ट गर्दैछु । सुझाब सल्लाह पाउँ । – दिल साहनी )










Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...