Skip to main content

जीवराज आश्रितको सम्झनामा



जीवराज आश्रितसित मेरो सर्वप्रथम भेट बनारसमा भएको हो । त्यतिबेला हामी पुष्पलालको नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध थियौं । संगठित थियौं । उनी नेपालभित्र काभ गर्दथे । म नेपाल बाहिर ।  जीवराज आश्रित म किन नजकिएँ भने उनको घर गुल्मीको चन्द्रकोट हो भन्ने कुरा उनले मलाई बताएँ । मेरो घर बाग्लुङको गल्कोट । चन्द्रकोट र गल्कोट एउटा डाँडावारि र पारि पर्दथे । जोडिएका जिल्ला । जोडिएका ठाउँ । हुन सक्दछ जीवराज आश्रित पनि मसित मेरो घर गल्कोट भएको कारणले पनि नजकिए ।शुरु शुरुमा उनी मसित भेट हुँदा ठट्टा रमाइलोको भाषामा कुराकानी गर्दथे । म नेपालमा आए पछि त उनको र मेरो लगातार भेटघाट भइरहन्थ्यो । पार्टीले उनलाई कृुशल संगठक भन्दथ्यो । ठान्दथ्यो । हुन पनि संगठन गर्ने मामिलामा उनी निकै कृुशल थिए । दक्ष थिए । जीवरजा आश्रितको रुचि बिचारमा भन्दा पनि पार्टी संगठनलाई बिस्तार गर्नमा नै बढी केन्द्रित देखिन्थ्यो ।
मेरो बामदेव गौतमसित सर्वप्रथम परिचय गराउने व्यक्ति नै जीवराज आश्रित  हुन् । म त्यतिेबेला पोखराको पी एन क्याम्पसमा अग्रेजीको शिक्षकको रुपमा नियृुक्त भएको थिएँ । पी एन क्याम्पसमा म कमर्श र बिज्ञान कक्षामा अध्यापन गर्दथें । त्यतिबेला पी एन क्याम्पसमा सोमनाथ प्यासी र हरिपथिक विद्याल्र्थी नेताको रुपमा क्रियाशील थिए । खगराज अधिकारी त्यतिबेला विज्ञान र्सकायमा अध्ययन गर्दथ जहाँ मैले अ‍ैग्रेजीको कक्षा लिन्थें ।  मलाई र्सझना छ खगराज अधिकारीले संभवत नदी पारिको हाई स्कुलमा प्रधान अध्यापकलाई कालो मोसो दलिदिएको हुनाले कमरेड बामदेव गौतमले उनको निकै प्रशंसा  गरेका थिए । 
एक दिन एकजना विद्यार्थीले मलाई पी एन क्याम्पसको छात्रवासमा पुराए । त्यहाँ  जीवराज आश्रित र  बामदेव गौतम रहेछन् । कमरेड जीवराज आश्रितले मेरो परिचय बामदेव गौतमसित गराएँ । भने उहाँ  कमरेड बिमल हुनुहुन्छ । पछि कमरेड बिमल गिरिश कमरेडको रुपमा चिनिन्थे । अहिले त उनी बामदेव गौतमको नामले चिनिन्छन् । जीवराज आश्रितले मेरो परिचय बामदेव गौतमलाई गराउनसाथ उनी फुर्तीसाथ जुरुक्क उठे र दह्रो गरी मसित हात मिलाए । लाल समला कमरेड भन्दै मुठी उचाले । कमरेड जीवपराज आश्रितले मलाई भने तपाईले यहाँ कमरेड बिमलको सम्पर्कमा रही काम गर्नु होला ।
कमरेड बिमलले मलाई सर्वप्रथम पोखराको टाउन कमिटिमा बसेर
काम गर्ने जिम्मा दिएका थिए । मेैले विशेष गरी बुद्धिजीवीहरूका बचिमा रहेर काम गर्नु पर्दथ्यो ।  त्यतिबेला पी एन क्याम्पसमा अखिल र नेवी संघबीच भिडन्त भइरहन्थ्यो । ढुंगा हानहान भइरहन्थ्यो । कुटाकुट भइरहन्थ्यो ।  विद्यार्थीबीच ढृुंगा हानहान हुँदा प्राध्यापकहरू धाइते हुने धेरै संभावना थियो । नेवी संघले हानेको ढृुगा लागेर सोमनाथ प्यासी घाइते भएका थिए । रक्त्याम्मे भएका थिए ।
जीवराज आश्रितले नै  म पोखरा क्याम्पसमा अध्यापन गरिरहेको अवस्थामा मेरो परिचय कमरेड जयसित गराएका थिए । जीवराज आश्रितले मलाई जय कमरेड भन्ने व्यक्ति नै सी पी मैनाली हुन भन्ने कुरा  नखोले पनि जय कमरेड निश्चित रुपमा सी पी मैनाली र्नै हुन् भन्ने कुरा  अन्दाज गर्न कुनै गाह्रो परेन ।  नेकमा मालेका महासचिव हृुन भन्ने कृुरा ठहर गर्न कुनै गाह्रो परेन । यस कारण कि कमरेड जय कमरेड जीवराज आश्रितभन्दा माथिल्ला स्तरका कमरेड हुन भन्ने कुरा म सजिलै बुझ्न सक्दथे. ।  पछि मलाई थाहा भयो मेरो अनुमान गलत रहेनछ । कमरेड जय नै कमरेड सी पी मैनाली रहेछन् । मैले पहिलो पल्ट भेट्द सी पी मैनाली निकै फुर्तिला र गंभीर पनि देखिन्थे । उनले मसित  लामो समयसम्म कुराकानी गरेका थिए ।
म भैरहवा र बुटबलमा बस्न थाले पछि पनि कमरेड जीवराज आश्रिसित मेरो जीवित  सम्बन्ध भइरह्यो ।  म रुपन्देहीको जिल्ला कमिटिमा  रहेर काम गर्दा एउटा मिटिङ्मा जीवरान आश्रितले टिप्पणी गर्दै भनेको कुरा स्मरण गर्दछु । उनले भनेका थिए – पोखरामा कमरेड बामदेव गौतमसित टक्कर लिंदै बहस गर्ने तपाइं कमरेड किन यहाँ  मौन जस्तै बस्नुहुन्छ ? बहसमा भाग लिनृहृुन्न ।
जे होस्, पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संगठित हुृँदा जीवराज आश्रित र म संगै थियौं । तर उनले नेपालमा सशस्त्र क्रान्ति गर्ने भन्दै मुक्तिमोर्चा समूहको नाममा पुष्पलालको पार्टीमा विद्रोह गर्दा  म उनको साथमा थिइनं । भइनं ।  पछि नेपाल आएर नेकपा मालेमा संगठित भए पछि जविराज आश्रित कै नेतृेत्वको पार्टीमा म  थिएँ  । तर जब कमरेड जीवराज आश्रित मदन भण्डारीको बहुदलीय जनवादमा लागे म उनीदेखि टाढा भएँ  । उनी मदेखि टाढाँ  भए । हाम्रो डाँडा वारि र डाँडा पारिको सम्बन्धले कुनै काम गरेन । आखिर बिचारलेनै हामीलाई नजिक वा टाढा गराउँदो रहेछ । पुराउँदो रहेछ । हुन नेपाल कम्युनिष्ट पार्टीमा त्यतिबेला इलाकाबादी कमरेड पनि थिए । जातिवादी कमरेड पनि थिए ।
ेकुरा ०३७÷०३८ सालतिरको हो । त्यतिबेला म नेकपा मालेको गण्डकी धवलागिरी क्षेत्रीय संगठनमा रहेर राजनीतिमा क्रियाशील रहेको थिए । त्यतिबेला जीवराज आश्रित लुम्बिनी अंचल क्षेत्र बाहेक गण्डकी धवलागिरि क्षेत्रका पनि इन्चार्ज थिए । वामदेव गौतम गण्डकी धवलागिरी क्षेत्रको सचिव थिए । त्यस क्षेत्रका खास खास मिटिङ हुँदा क्षेत्रीय इन्चार्जको रुपमा जीवराज आश्रतको उपस्थिति हुन्थ्यो ।
त्यतिबेला एउटा कार्यक्रममा भाग लिन आउँदा जीवराज आश्रितले भनेका थिए– उनी ठूलो कालबाट बाँचेर आएका छन् । ठूलो दुर्घटनाबाट बचेर आएका छन् । उनी बसमा चढेर पोखरातिर आउँदै रहेछन् ।  बसमा यात्रु निकै धेरै रहेछन् । बस ओभरलोड रहेछ । मान्छे खाँदिएर बसेका रहेछन् । यसैले जीवराज आश्रित राम्दीको पुलवारि नै बसबाट ओर्लेछन् । करीब पाँच मिनट पछि राम्दीको पुल पार गर्नासाथ बस कालीगण्डीमा खसेर लगभग १०० जना यात्रुको मृत्यु भएछ । आश्रितले हामीलाई बताएका थिए कुनि किन उनको मनले  बसमा खाँदिर जानुभन्दा ओर्लन ठीक ठानेछ र उनी राम्दी वारि नै ओर्लेछन् । यसैले भन्न सकिन्थ्यो त्यतिबेला जीवराज आश्रित संयोगले मात्र दुर्घटनाबाट बचेका हुन् ।
एकपल्ट स्याञ्जामा गण्डकी धवलागिरी क्षेत्रीय कमिटिको धेरै दिनसम्म भूमिगत रुपमा बैठक बसेको थियो ।  बंैठक पछि हामीहरू नाग डाँडा तल खोलाको एउटा रहमा पौडी खेलेको थियौं ,। खोला भेटेमा मलाई निकै पौडिन मन लाग्दथ्यो । त्यहाँ पनि शायद मेरै आग्रहमा होला हामी रहमा पौडिन  थाल्यौं । हामीसित पौडिनेहरूमा को को थिए त्यो त मलाई संझना छैन । तर तिनमा जीवराज आश्रित त थिए नै । अरु बामदेव  गौतम, त्रिलोचन ढकाल,  डी आर लामिछाने, धर्मदत्त देवकोटा, देवबहादुर पौडेल क्षेत्री ,केशवलाल  श्रेष्ठमध्ये का  को थिए मलाई त्यति संझना छैन । जीवराज आश्रित पोडिनुमा सिपालु थिए । हामी निकै बेर निलो रहमा पौडेका थियौं ।
यिनै जीवराज आश्रितको मदन भण्डारीसहित पछि दास ढृुंगामा दुर्घटनामा परेर मृत्यु भयो । तर धेरै मान्छे यसलाई हत्या पनि भन्दछन् । यथार्थ कुरो के हो अझ बाििहर आएको छैन । दास ढुंगा रहस्यको रुपमा रहेको छ ।  नेपालमा धेरै घटना रहस्यको रुपमा रहन्छन् ।  आखिर दरबार हत्याकाण्ड पनि त अझसम्म रहस्यको रुपमा नै त रहेको छ । 
म सोंच्दछु यदि मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी सिधै   नारायणीमा खसेको भए जीवराज आश्रित  पौडेर पनि बाहिर निस्किन सक्दथे होला । किन पनि भने जीवराज आश्रित पौडिनमा सिपालु थिए । मदन भण्डारीलाई मैले बनारसमा विद्यार्थीकालमा भेटेको भए पनि उनी पौडिनमा कत्तिको सिपालु थिए मलाई थाहा छैन । तर बनारसमा बसेर पढ्ने धेरै जसो बिद्यार्थी गंगामा पौडी खेल्दथे र पौडिनमा उनीहरू निकै सिपालु थिए । ा म पनि बनारस पुगेको बेलामा गंगा नदीमा पौडी खेल्न निकै पौडी खेल्ने गर्दथें ।  यसैले हामी अन्दाज गर्न सक्दछौं मदन भण्डारी पनि पौडिनमा सिपालुु थिए होला । गाडी चालक अमर लामालाई काँडाले पनि नकोतर्नु र मदन भण्डारी र जीवराज आश्रितको मृत्यु हुनु आफैमा रहस्मय छ ।
९–२–२०७७       

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...