Skip to main content

कालापानीतिरका कुरा



मोदी सरकारको नाकाबन्दीको बेलामा कतिपय भारतीय पत्रकारले त्यतिबेलाका प्रधानमंत्री के पी ओलीलाई नेपालको सबभन्दा साहसी प्रधानमंत्रीको रुपमा चित्रण गरेका थिए । भारतको नाकाबन्दीको सामना गर्ने सवालमा पूर्व प्रधानमंत्री मरीचमान सिहले जति पनि   तत्कालीन प्रधानमंत्री के पी ओलीले दह्रो अडान लिन सकेका थिएनन् दह्रो कदम उठाउन सकेका थिएनन् । भए पनि उनको त्यस अडानलाई राष्ट्रवादी  अडान नै मानियो । जनताले त्यस कदमलाई त्यस रुपमा बुझे । उनलार्ई अत्यधिक मत दिएर जिताए पनि । मुलुकको अत्यधिक बहुमत भएको प्रधानमंत्री बनाए पनि । यद्पी संसदीय निर्वाचन खास गरी भारत र नेपालको संसदीय निर्वाचन जनमतले भन्दा पनि धनमतले जित्ने निर्वाचन हो भन्ने कुरामा मलाई रतिभर संदेह र्छैन । नेपालका चर्चित नेताहरूमा  चित्रबहादुर केसी पनि अत्यन्त स्वच्छ  छवि भएका इमान्दार नेता मानिन्छन् ।  तर उनले पनि एमालेको समर्थन बिना चुनाव जित्न सकेको कुनै  इतिहास छैन ।
यतिबेला के पी ओलीले नेपालको विस्तारवादी भारतद्वारा अधिक्रमित  नेपालको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको नयाँ  नक्शामा समावेश गरेर प्रकाशित गरेकोमा पनि उनलाई नेपालको सबभन्दा साहसी प्रधानमंत्रीको रुपमा प्रस्तुत गर्न थालिएको छ । यो कुरा  सही होइन । उनले भारतले नेपालको अतिक्रमित  भूभागलाई आफ्ना मुलुकमा समावेश गरेर भारतको नयाँ राजनैतिक  नक्शा जारी गरेको सन्दर्भमा र नेपालसित कुनै सरोकार नराखी नेपालको भूभाग हुँदै चीनलाई जोड्ने सडक निर्माण गरेर विश्व कोरोनाले छटपटिएको अवसर छोपी त्यस सडकको उद्घाटन गरेको सन्दर्भमा नेपालमा बिस्तारवादी भारतको कदमको बिरुद्धमा सडक तातेको र कुम्भकरणको निंदमा प्रधान मंत्री ओली सुतेको आरोप लागेको अवस्थामा उनको कुर्सी समेत  जाने भयले पनि उत्प्रेरित भएर आफ्नो ढल्न थालेको कुर्सीलाई जोगाउन उनले नेपालको भारतद्वारा   अतिक्रमति भूभागलाई नेपालको नक्शामा समावेग गरेर जुन नक्शा े प्रकाशित गरे त्यो उनको अदम्य साहस,दूरदर्शिता वा राष्ट्रवादी चिन्तनको परिणाम भने अवश्य होइन । तर उनको यो कदम जन आवाज अनुकूलको छ । ऐतिहासिक छ । प्रशंसा गर्ने लायक पनि छ ।  देश विदेशका राष्ट्रवादी जनताको माग र दबाब अनुरुप छ ।  तर यति कुराको लागि मात्र हामीले सम्पूर्ण भूमिका के पी ओलीको भएको भन्यौं भने त्यो भयंकर भुलको कुरा  हुने छ । यो के पी ओली विबिध कारणले अत्यन्त कमजोर भएको र आफ्नो कुर्सी समेत जान थालेको अवस्थामा एउटा  चौका हानेको मात्र हो । भन्न  त छक्कै हानेको पनि  भन्न सकिएला ।
के पी ओली राष्ट्रबादी नेता होइनन् भन्ने कुरा त विगतको महाकाली सन्धिले बताएको छ । प्रमाणित गरिसकेको छ ।  अपर कर्नाली सन्धिले बताएकोछ । अरुण तेस्रो सन्धिले बताएको छ । अहिले आएर उनले एमसीसी पास गर्न मरिहत्ते गरेको कुराले पनि बुझाएको छ ।  एम सी सी पास गरेको अवस्थामा के पी ओलीलाई एक नम्बर दलालको रुपमा चिन्हित गर्ने छ ।  त्यस पछि  त हिजोदेखि नै भारत पीडित नेपाल अमेरिका पीडित पनि हुन जाने छ ।  तर पनि मेरो यो लेखको उद्देश्य के पी ओलीको बिरोधमा लेखिएको होइन ।  मैले यस लेखबाट विरोध गर्न खोजेको भारतीय बिस्तारवादको नेपालमाथिको हस्तक्षेप अतिक्रमण  तथा थिचोमिचोको बिरोधमा हो ।
नेपालले भारतलाई मित्र राष्ट्र मानेको सन्दर्भमा भारतीय विस्तारवाद नेपालको शत्रु हो भन्नुको अर्थ भारतीय जनता हामी नेपालीका शत्रु हुुन् भन्ने निष्कर्ष निस्किदैन । निस्किनु पनि हुँदैन । कति भारतीय जनता भ्रमवश नेपालका दुस्मन जस्ता देखिए पनि यथार्थ कुरा  बुझे उनीहरू पनि नेपालमा असल मित्र हुन सक्दछन् भन्ने कुरामा हामी विश्वस्त हुन सक्दछौं ।  म संझिन्छु जतिबेला म शिलाङमा थिएँ र हाम्रो अनुरोधमा पुष्पसाल शिलाङमा पुगेका थिए त्यतिबेला उनले आसाम गुवाहाटीका आसामी बामपन्थी बुद्धिजीवीहरूसित विशेष सम्बन्ध बढाएका थिए ।  त्यतिबेला उनले गुहावाटी विश्वविद्यालयका बामबुद्धिजीवी अंग्रेजी विभाग प्रमुख डा..प्रोफेसर हिरेन गुवाईलाई पनिे भेटेका रहेछन् । यो कुरा स्वयं बाम बुद्धिजीवी डा प्रोफेसर हिरेन गुहाईले एक भेटमा प्रकट गरेका थिए । त्यतिबेला नै पुष्पलालले आसामका अर्का बाम बुद्धिजीवी आसाम ट्रिबुअन दैनिक अंग्रेजी पत्रिकाका उप सम्पादक के फुकनलाई पनि भेटेका रहेछन् । पुष्पलालले नै मेरो भेट गुवाहाटीमा के फुकनसित  गराएका थिए । पुष्पलालले भनेका थिए मैले के फुकनसित  मिलेर नेपाल भारत जनमंत्री संघलाई अघि बढाउन आवश्यक छ । जब भोलि नेपाली जनताले नेपालमा क्रान्ति  गर्न थाल्नेछन् त्यतिबेला नेपालको प्रतिक्रियावादी व्यवस्थालाई टिकाउन र क्रान्तिकारी आन्दोलनलाई दबाउन भारतको प्रतिक्रियावादी सरकारले हस्तक्षेत्र गर्नेछ ।  त्यस अवस्थामा भारत  भुमिबाट नै भारतीय विस्तारवादको थिचोमिचो र हस्तक्षेपको बिरुद्धमा बोल्ने जनता हामीले भारतभूमिमा पनि तयार गराउनुृ पर्दछ । हामी चाहन्छौंं भारतको प्रतिक्रियावादी सरकारले नेपालमाथि थिचोमिचो र हस्तक्षेप गर्न थाले त्यसको बिरुद्धमा भारतीय न्यायप्रिय  जनता पनि बोेलुँन् । यसले गर्दा हामी निकै बलिया हुन्छा्रै ।
यतिबेला भारतले कालापानी लिपृुलेख र लिम्यिाधुृरा  भारतको आफ्नो राजनैतिक नक्शाििभत्र पारेर नयाँ  नक्शा प्रकाशित गर्नाका साथसाथै नपालको भूमि हृुँदै चीन जाने बाटोको उद्घाटन गरेको सन्दर्भमा भारतका पीतकारहरूले कालापानी लिपुलेक र लिम्पियाधृुराका सम्बन्धमा भारतकै भुमि हो भन्दै भ्रम छरिरहेको अवस्थामा आनन्द स्वरुप जस्ता भारतीय पत्रकारले त्यो भूमि नेपालकै भनेर नेपालको पक्षमा र भारतीय विस्तारवादको पिपक्षमा बोले । यसरी बोल्ने कलाकार पनि निस्के । प्राध्यापक पनि निस्के । भनौं भारतीय जनता पनि निस्के । चीजजाई हामीले सही ढंगले बुझाउन सकेमा भारतीय जनताले नेपालको पक्षमा आवाज उठाउन सक्दछन् भन्ने कुरामा हामी विश्वस्त हुन सक्दछा्रै ।
भारतीय विस्तारवादले कालापानी सुस्ता लगायत ७१ ठाउँमा सीमा अतिक्रमित गरेको छ भन्ने सीमाविद्को दावी छ ।  यसमा सत्यता छ । तर भारत नेपालको कब्जा गरेको जमीनलाई आफ्नै जमीन हो भनिदिन्छ । दिनलाई रात  पार्न खोज्दछ । सत्यको मृुख थुन्न खोज्दछ ।
सुगौली सन्धिको भाषाले लिम्पियाधुरा लिपुलेक कालापानी नेपालको  भूभाग हो भन्न े कुरा छर्लङ पारेको छ ।  तर फटाहाले जाली कागज  तयार पारेर गरीब जनताको बास उठाए जस्तै भारतीय विस्तारवादले नकली काली नदी खडा गरेर नेपालको ३७२ किलोमिटर जमीन हडप्न खोजिरहेको  छ । कब्जा गरेको छ ।  सीमाविद्को दावी छ भारतले नेपालको अतिक्रमित गरेको कालापानी लिपुलेख र लिम्पयाधुराको जमीनको क्षेत्रफल संसारमा ४० साना देशको क्षेत्रफलभन्दा ठूलो छ । 
हुन त नेपालको सीमा सुगौली सन्धि पूर्व पश्चिमा किल्ला कांगडा र पुर्वमा तिष्टासम्म पुगेको थियो । व्रिटिशसितको सुगौली सन्धिले नेपालको सीमा खुम्चाइदियो । यो महाकाली र मेची नदीमा सीमित भयो । व्रिटिशले.आफ्नो उपनिवेश छोडर जाँदा नेपालको भूमि नेपाललाई फर्कादिनु पर्ने हो । तर त्यस्तो गरिएन । अहिले नेपालले कांगडादेखि टिस्टासम्मको भूभाग फिर्ता  गर्नुृ मागलाई उठाएको छैन । यद्पि केही पक्षबाट हिजोको विशाल नेपालको माग पनि उठाइरहेको अवस्था पनि छ । संयृक्त राष्ट्रसम्म यो माग पुगेको छ पनि । तर यतिबेला के पी ओलीको सरकारले भारतको अतिक्रमणबाट फिर्ता गराउन खोजेको भूभाग भने कालापानी लिम्पियाधृरा र लिपुलेकले चर्चेको ३७२ किलोमिटर भूभाग हो । १९६२ को भारत र चीनबीच भएको यृद्धमा चीनबाट पराजित भएको भारतीय सेना कालापानीमा शरण लिने पुगेका र ्रत्यतिबेलाको सरकारल अस्थायी रुपमा बस्न दिएको बुझिन्छ । तर भारतले रणनेतिक महत्वमा रहेको कालापानी क्षेत्रमाथि आफ्नो विस्तारवादी गिद्दे नजर गाडेको र नेपालको त्यस क्षेत्रमा आफ्नो सैनिक व्यारेक खडा गरी स्थायी रुपमा बस्न थालेको सन्दर्भमा उसलाई त्यहाँबाट हट्नु पर्ने माग हिजोदेखि नै राखिदै आएको हो । यो वा त्यो बहानामा नेपालमा भारतीय सैनिक राखेर आफ्नो प्रभुत्व कायम  गर्ने महत्वांक्षा बोकेको भारतीय विस्तावादी सरकारले उत्तर तर्फ राखेका चेकपोष्ष्ट त कीर्तिनिधि विष्ट प्रधानमंत्री भएको बेलाम हटाइएको थियो । तर कालापानीमा बसेको भारतीय सेना त्यहाँबाट हटेको देखिएन । अहिले त बिस्तारवाद िभारतले सत्य र तथ्यलाई बंगाएर नेपालको भूभाग आफ्नो नयाँ नक्शामित्र पारेर  नेपालको भूभाग हुँदै चीनसित व्यापारिक मार्ग खोल्ने लक्ष्य राखी नेपालको भूभाग मिचेर बनाएको सडकको उद्घाटन समेत गरेको छ  ।  भारतीय विस्तावरवादको यस हर्कतलाई रोक्न नेपाल जाग्न  तात्न र आफ्नो भारतीय विस्तारावदबाट अतिक्रमित भएको भूभाग फिर्ता गराउन ज्यान फालेरु लाग्नु पर्ने भएको छ । नेपालका शासकहरू विदेशी प्रभु खास गरी भारतीय विस्तारवादका दलाल भए पनि आम नागरिक र बुद्धिजीवी आफ्नो मुलुकको माटोलाई प्राणभन्दा प्यारो बस्तु ठान्दछन् । मातृभूमिको रक्षार्थ उनीहरू जुनसुकै चुनौतीको पनि सामना गर्न  तयार छन् ।   चाहन त नेपाली जनता शान्तिपूर्ण ढंगले कुटनैतिक माध्ययबाट नै नेपालको अतिक्रमित भूमि फिर्ता गराउन चाहन्छन् । भारतसित कुनै पनि प्रकारको युद्ध गर्न चाहँदैनन् । तर आफ्नो अतिक्रमित भूभाग फिर्ता गराउन जुनसुकै चुनौतीको सामना गर्न पनि तयार छ्न् ।  अर्कोतिर भारत त्यति सजिलै नेपालको भूभाग नेपाललाई फिर्ता गर्ला भन्ने कुरामा देशभक्त नेपाली विश्वस्त हुन सकेका छैनन् । विश्वस्त हुन सक्दैनन् पनि । फेरि पनि के कृुरा  साँचो हो भने नेपालले ढिलो चाँडो आफ्नो अतिक्रमित  जमीन फिर्ता गराइछाड्दछ । त्यसको लाििग ऊ जुन सुकै कुर्बानी दिन पनि  तयार छ ।
नेपालले भारतप्रति नरमी नीति अक्तियार गरकोले पनि भारतेले नेपालको एक पक्षि अर्को भूभाग कब्जा गर्दै गएको हो । फेरि नेपाल र भारतबीचको सीमा खुला रहेकोले पनि भारतीय विस्तारवादलाई नेपालको जमीनमाथि कब्जा जमाउँदै जान सजिलो भएको हो । अर्कोतिर नेपालले आफ्नो सीमानामा सुरक्षा बल नराखेको र आफ्नो जमीनको बेवास्ता गरेकोले भारतीय विस्तारवाद नेपालको भूभागमाथि कव्जा जमाउँदै जान हौसिएको हो । भारतले बंगलादेशको सीमा पनि अतिक्रमण गर्न खोज्दा बंगलादेशका सुरक्षा फौजले गोली चलाई अतिक्रमणकारीलाई   ढालिदिएको हुृनाले पनि  भारत तातिएर बंगलादेशसित  सीमा समर्झौता गर्न वाध्य भएको हो । तर नेपाल सरकारले त्यस हदसम्म प्रतिरोध गरेन ।  जन स्तरबाट प्रतिरोध हुँदा उनीहरू भारतीय एस एस वीद्वारा कुटिए पनि । मारिए पनि । चीनीया फौजले नेपाली सुरक्षा फौजमाथि भूलवश गोली चलाउँदा मृत्यु भएकोमा नेपाल सरकारसित  माफी माग्यो र क्षतिपूर्ति समेत  तिर्यो ।  तर भारतीय विस्तारवादले सीमानामा नेपालीलाई घाइते तुल्याए पनि वा मारे पनि कहिले माफी मागेन । क्षतिपूर्ति दिने कृुरा त कल्पना पनि नगरौं ।
तर अब नेपाल हिजो जस्तो खुम्चिएर वा दविएर बस्ने मनस्थितिमा छैन । अब नेपाल र नेपालीलाई भारतीय विस्तारवादको तोप गोला र एटम बमले पनि तर्साउन सक्दैन । भारतीय लडाकू जहाज बमगोला बोकेर नेपालको आकाशमा जति चक्कर लगाए पनि स्वाभिमानी नेपालीको मुटु हल्ल्mिदैन । हो नेपालमा पनि  एक होइन सयौं लेन्डुप दोर्जे छन् । तर नेपाली लेन्डुप दोर्जेलाई सही ठेगानमा ल्याउन नेपाली जनताले जानेका छन् । अघि नै चर्चा गरिसक्यौं के पी ओलीले त्यसै नेपालको नयाँ  नक्शा जारी गरेका होइनन् । उनले देशभक्त नेपाली जनताको आदेश मानेका हुन् । कुर्सी जोगाउनको लागि भए पनि ।
एकाध  हाम्रै नेपाली बुद्धिजीवी वा नेता र भारतीय विस्तारवादका चम्चाहरूबाट भनेको सुनियो नेपालले कालापानी लिपुलेख र लिम्पियाधुरालार्ई आफ्नो नेपालको नयाँ नक्शामा समावेश गरेर जारी गर्नु उसको लागि निकै भारी पर्न सक्दछ । यही कुरो हामी भारतीय विपस्तारवादका दूतहरूलाई भन्न सक्दछौं नेपालको अतिक्रमित भूभाग  चुपचाप नेपाललाई फिर्ता गर्नुको सट्टा नेपालमाथि जुनसुकै प्रकारले दबाव दिनु वा आक्रमण गर्नु भारतको लागि निकै भारी पर्न सक्दछ । पहिलो कुरो  त नेपाल भारतीय विस्तारवादको हर चुनौतीको सामना गर्न तयार छ । दोस्रो अन्तरराष्ट्रिय जगत  मात्र होइन भारतका न्यायप्रिय जनता पनि नेपालको साथमा छन् ।  उनीहरू नेपाल र नेपालीको पक्षमा बोल्न थालिसकेका पनि छन्। अर्को कुरा भारतीय विस्तारवादलाई लाग्दो हो नाकाबन्दी लगाएर नेपाल र नेपालीको नाकमा नाथ्रो लगाउन सकिन्छ ।  नेपाल र नेपालीलाई गलाउन  थकाउन र  ठेगान लगाउन सकिन्छ । भारतीय विस्तारवादले बुझ्नु पर्दछ यो २००७ सालको नेपाल होइन । यो २०७७ सालेको नेपाल हो ।  अब नेपाललाई फकाएर फुलाएर झुक्काएर वा थर्काएर दवाएर तर्साएर नेपालको एक इंच पनि जमीन हडप्न सकिन्न । नेपाललाई भूटानको अवस्थामा राख्न सकिन्न । नेपाललाई सिक्किम बनाउन सकिन्न । हिजोसम्म वीर गोर्खालीहरू साम्राज्यवादको पक्षमा पनि लडेका हृुँदा हुन् । विस्तारवादको पक्षमा पनि लडेका हृुँदा हुन् । तर जब भारतीय विस्तारवाद यिनै नूनको सोझो गर्ने बीर गोर्खालीको देशमा अतिक्रमण गर्न थाल्दछ त्यो उनीहरूका लागि सह्य हुने कुरो हुन सक्दैन ।  दक्षिण एशियामा भारतीय विस्तारवादको धेरै दादागिरी चल्यो ।  अब त्यो कायम रहिरहन सक्दैन । छिमेकीलाई दबाएर राज गरेर वा छिमेकी भूभाग जबरजस्ती कब्जा गरेर राज गर्ने दिन गए अब भारतीय विस्तारवादका । यो कुरा  भारतीय विस्तारवादले जति  छिटो बृुझ्दछ त्यो उसका छिमेकी देशहरूलाई मात्र  होइन स्वयं भारतको लागि पनि राम्रो कुरा  हृुन जान्छ ।
ठीक छ भारतीय विस्तारवादले नेपालको अतिक्रमित  भूभाग आजको भोलि फिर्ता नगर्ला । नेपाललाई फिर्ता गर्न निकै समय पनि लाग्ला । तर पनि के कुरा  लेखेर राख्दा हुन्छ भने नेपाल एक इन्च जमीन पनि भारतीय विस्तारवादको कब्जामा रहन दिने पक्षमा छैन । नेपाल हर मोर्चाबाट आफ्नो जमीन फिर्ता गराउन संघर्षरत रहिरहने छ । यो उसको दायित्व पनि हो । कर्तव्य पनि हो । भारतीय विस्तारवादलाई के कुराको हेक्का हुन जरुरी छ भने सही तर्कको सामुन्ने कुतर्क टिक्दैन । फेरि सत्य तथ्यको अगाडि कुनै पनि तर्क काम लाग्दैन ।
निश्चित रुपमा भारतीय विस्तारवाद नेपाललाई गलाउन र आफ्नो अडानबाट पछि हटाउन अनेक दबावमूलक कार्यक्रम अघि बढाउन सक्दछ । सबभन्दा ठूलो दबाब नाकाबन्दी हृुन सक्दछ । तर नेपालले बिगतमा पनि कैयौं पटक भारतीय विस्तारवादको नाकाबन्दी सामना गर्दै आएको हो । भोलि पनि सामना गर्दै जानेछ । भारतीय नाकाबन्दीले नेपाललाई भन्दा पनि  सबभन्दा बढी घाटा भारतीय विस्तारवादको अर्थतन्त्रलाई हुन्छ । नेपाल आत्मनिर्भर बन्दै जान्छ । अर्कोतिर भारतीय नाकाबन्दीलाई चिर्न कुनै अर्को बिकल्प खोज्न सक्दछ । रोज्न सक्दछ ।
कालापानी लिपुलेक र लिम्पियाधुृरा सुस्ता लगायतका भारतले कब्जा गरेका भूभाग फिर्ता गराउन जे जति समय लागे पनि नेपाल अब हात  बाँधेर बस्नु हुँदैन । चुप्प लागेर बस्न हुँदैन ।आफ्नो भूमिको रक्षाको लागि नेपालले सीमामा स्थायी रुपमा शशस्त्र बल  तेनाथ गर्नै पर्दछ । ढिलो चाँडा भारतसित जोेडिएको सीमामा काँडे तार लगाउन जरुरी छ । नेपाल भारतबीचको सीमा खुला राख्न हुँदैन । नेपाली नागरिक भारत जान परेमा पास पोर्ट नलागे पनि निश्चित दिनको लागि प्रवेश पास लगाउने व्यवस्था मिलाउनै पर्दछ । भारतीय नागरिक नेपाल प्रवेश गर्दा पनि  निश्बित समयको लागि प्रवेश पास उपलब्ध गराउनु पदंछ । दुबे देशमा नागरिकहरूका आवाज जावातलाई सहज र सरल बनान सकिन्छ ।  नागालैण्डमा नपालीलाई जान पर्यो भने निश्चित दिनको लाििगे इनर लाइन परमिट लिनु पर्दछ । सिक्किमा नेपाली नागरिक जानु पर्यो भने नेपाली नागरिकता चौकीमा बुझाएर जानु पर्दछ  । तर नेपाल र भारतका खुला सीमा भएको हुनाले यस्तो सीमाबाट जो पनि सजिलै छिर्न सक्दछन् । सज्जन मात्र होइन चोर चण्डाल पनि सजिलै छिर्न सक्दछन्। बार पार गर्न सक्दछन् । मातृभूमिको रक्षाको लागि नपालले सैनिक शक्ति बढाउन जरुरी छ । हरेक नेपाली नागरिकले सैनिक तालिम लिएकैै हृुनुपर्दछ । हरेक नेपाली गाउँ बस्तीलाई सैनिक व्यारेकको रुपमा विकास गर्न आवश्यक छ । भारतीय विस्तारवाद बन्दुकको बलमा नेपालको भूभागमाथि नांगो नाच नाच्न चाहन्छ भने त्यसको मुँहतोड जबाब दिन नेपाल तयारी अवस्थामा रहन आवश्यक छ । खुशीको कुरा क छ भने नेपालको न्यायपूर्ण लडाईमा भारतका न्यायप्रिय बुद्धिजीवी र जनताको साथ पनि नेपाल र नेपालीप्रति नै छ । आज भारतीय विस्तारवादको नेपालप्रतिको ज्यादतीको बिरोधमा भारतीय न्यायप्रिय व्यक्तित्व बोल्न  थालिसकेका छन् । हाम्रो यस न्यायपूर्ण लडाईमा हामी एक्लै छैनौं । देश वाहिर र देशभित्रका हामी देशभक्त नेपाली त एक ठाउँमा छौ नै भारतीय न्यायप्रिय जनताको पनि हाम्रो साथमा छन् ।

१२–२–२०७७
                                                                                                                                                                                                                                                   

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा