Skip to main content

मदिसे सिउँडी


साहित्यमा क्याक्टसको निकै धेरै बर्णन पाइन्छ । बखान पाइन्छ । चर्चा पाइन्छ । क्याक्टस विश्व साहित्यमा पाइने एउटा जोरदार बिम्ब् हो । क्याक्टस सुन्दा निकै गह्र्ुगो शब्द जस्तो लाग्दछ । तर नेपालीमा यसलाई सिउँडी भन्दछन् । मलाई लाग्दछ नेपाली साहित्यमा सिउँडीको खासै कुनै महत्व छैन । चर्चा परिचर्चा छैन । अहिले आएर मैले थरि थरिका क्याक्टस देख्न पाएको छु । मैले कहिले सोचेको पनि थिइनं क्याक्टस यति धेरै प्रकारका हुन्छन् । मैले सानामा मेरै घर वरिपरि देखको सिउँडी मलाई सामान्य सिउँडी लाग्दथ्यो । तर अहिले आएर चाल पाएँ  सिउडी त थरि थरिका हुँदा रहेछन् । भनौं क्याक्टस त थरि थरिका हुँदा रहेछन् । अहिले मेरो घरमा दुई थरिका क्याक्टस छन् । एउटा त  उही हाम्रो गाउँ घरको सिउँडी भनिने क्याक्टस । अर्को हाम्रो गाउँ घरमा नहुने क्याक्टस । यो भूगोल जस्तो गोलो गोली हुन्छ र निकै सुन्दर देखिन्छ ।
मैले गल्कोटमा मेरै गाउँ  घरमा दुई किसिमका सिउँडी देखेको थिएँ  । मैले चर्चा गर्न खोजेको सिउँडी मैले गाउँ घरमा देखेको सिउंडी मध्ये दोस्रो खाल सिउँडी हो । पहिलो खालेको सिउँडी भने मेरो घरको नजिक बाटामाथि दाई ( जसको परिवारलाई दौलते साहनी भन्ने पनि गरिन्थ्यो ) का बारेमा थियो । उनको गाई भैंसी फुकाएर चराउन लैजाने गल्ली ( निकास ) मा थियो । बास्तवमा उनको गल्ली र हाम्रो गल्ली एक प्रकारले साझा गल्ली थियो । दोभानमा दुई नदी जोडिए जस्तै जब बाटामाथि दाईको गल्ली र हाम्रो गल्ली हाम्रो गोठ अगाडि आएर जोडिन्थे साझा गल्ली शुरु हुन्थ्यो । हाम्रो बारीतिर अग्लो पर्खाल थियो । उनको बारीतिर सिउँडीको बार थियो । यसको अर्थ के हुन्थ्यो भने म घरबाट निस्किनासाथ सिउँडीको दर्शन गर्न पुग्दथें ।  जस्तो कि मैले माथि नै भनिसकें मैले चर्चा गर्न खोजेको यो सिउँडी होइन । दोस्रो प्रकारको  सिउँडी हो ।
एक दिन मैले समाचार सुन्दै थिएँ ।  कृषि समाचार । किसान भन्दै थिए उनले विदेशबाट सिकेर आफ्नो जग्गामा सिउँडीको खेत गिर्न थालेका छन् । उनले संभवत पिलिपिन्स वा मलेसियाबाट सिउँडीको  खेती गर्ने ज्ञान प्राप्त  गरेका रहेछन् । उनको भनाइ थियो सिउँडीको खेतीले लाखौं करोडौ रुपियाँको आमदानी गर्न सकिन्छ । सिउँडीको फल स्वादिष्ट हुन्छ । स्वास्थकर हुन्छ । पौष्टिक हृन्छ । महंगो पैसामा बिक्दछ । ती किसानले सिउँडीको फल काटेर पत्रकारलाई खान दिए । आफूले पनि खाए । उनले आशा प्रकट गरे सिउँडीको खेती नेपालमा फस्टाउन सक्दछ । त्यसले अरबौं खरबौं आय आर्जन गर्न सक्दछ ।
उनको यस भनाइले मलाई फेरि मेरै गाउँमा पुरायो । गल्कोटमा पुरायो । मैले यस लेखमा चर्चा गर्न खोजेको दोस्रोे प्रकारको सिउँडीमा ध्यान पुरायो ।  हाम्रो गाउँमा सिरवारे छरछरे मुनि हुलुवाखोलामा एउटा सिउँडीका निकै ठूलो गाँज थियो । भm्यांग थियो । त्यो बार बन्देज गर्न लगाएको सिउँडीको गाँज होइन । थिएन । सिउँडीको झाङ थिएन । होइन ।  म सानामा खास गरी बुबासित माथि घर हुलुवा र तल आँगाखेत दोकानमा ओहोर दोहोर गर्दा हुलुवा खोलामा गाँजिएको सिउँडीको ठूलो झाँग देख्दथे । बेला बखतमा त्यस सिउँडीको गाँजमा रंगीन प्रकारको फल लागेको पनि देख्दथें । मैले त्यतिबेला के पनि सुन्दथें भने सिउँडीको फल खान हुन्छ । निकै मीठो हुन्छ । तर पनि मैले सिउँडीको फल चाखिन । खाइन । मलाई लाग्दथ्यो सिउँडी जस्ताको फल खान हुँदैन । सिउँडी कु्नै फलफूलको रुख होइन । यो औसलु वा चौतारी  (  चुत्रो ) जस्तो चीज होइन । मलाई के पनि लाग्दथ्यो भने सिउँडीको फलमा  विष हुन्छ होला ।  त्यसले मान्छेलाई मार्न पनि सक्दो हो ।
त्यस पछि मैेले त्यस सिउँडीको बारेमा खासै केही कुरा  सोचिनं । त्यसलाई बिर्सिदै गएँ  । म बीच बीचमा गल्कोट हुलुवातिर गए पनि हुलुवा खोलाको सिउँडीको गाँजको विषयमा मेरो ध्यान गएन । त्यो मेरो बिस्मृतिको विषय बस्तु बन्न गयो । हालै कूलपूजाको सन्दर्भमा म गल्कोट पुगेको थिएँ । रातिमा स्कारपीमा त्यही हुलुवा खोलामाथिको छरछरेको बाटो हुँदै हुलुवा  पुगेको थिएँ  । दिउँसो भएको भए मेरा आँखा  हुलुवा खोलामा भएको सिउँडीको झांग भए तिर दगुर्दा हुन शायद । उसरी त्यतिबेला मेरो मनमा मैले केटाकेटी छँदा देख्ने गरेको सिउँडीको झांग मेरो स्मृतिमा नरहेको हुनाले त्यतातिर  आँखा  नजान पनि सक्दथे । रातिको बेलामा आँखा गए पनि देख्न सकिने कुरो भएन त्यो ।
मैले सिउँडीको बार त धेरै ठाउँमा देखेको थिएँ  । तर मैले गल्कोटको कुनै अर्को ठाउँमा वा  म पुगेका कुनै जिल्ला वा ठाउँमा त्यस किसिमको सिउँडीको झांग थियो थिएन मेरो जानकारीमा छैन । भए पनि मैले कतै देखेको संझना छैन । यसैले मेरो मनमा त्यस्तो सिउँडीको बन त नभनौं झांग कसरी हुलुवा खोलाको बगलमा भयो त्यो मैले बुझ्न सकिरहेको छैन  । मलाई त्यो सिउँडी आफै त्यहाँ  उम्रिएन होला । उत्पन्न भएन  होला । कसैले त्यहाँ  त्याएर लगाएको होला । त्यस सिउँडीको गाँजको आफ्नै कथा होला । आफ्नै इतिहास होला । लिखित इतिहास नभए पनि मौखिक इतिहास होला । निश्चित रुपमा यो अध्ययन र अनुसन्धानको विषय बस्तु पनि बनेको होला । जे होस्, यस सिउँडीलाई मदिसे सिउँडी भन्छन् जस्तो त मलाई लागिरहेको थियो । तर म यसको नाम बारे निश्चित हुन भने सकिनं ।  मैले भाइ नरेशसित पनि यस सिउँडीको विशाल झांगका बारेमा कुरा गरे.ं । भाइले केटाकेटीमा गल्कोटमा छँदा त्यस सिउँडीका फल तासेर खाएको कुरा पनि चाल पाएँ  । त्यसको फल निकै मीठो हृुने कुरा  पनि चाल पाएँ  । तर त्यस सिउँडीलाई के भन्दछन् भन्ने बारेमा भाइसित कुराकानी गरिनं । मलाई थाहा थियो हामीभन्दा बहिनी कृष्णा कुमारीलाई  पहाडमा धेरै बसेको हुनाले पहाडका धेरै कुरा थाहा हुन्थ्यो । मैले हुलुवा खोलामा भएको सिउँडीको गाँजको बारेमा चर्चा गर्दै त्यसको नाम पनि सोधें । बहिनीले मुखबाट तुरुन्त जबाब आयो – मदिसे सिउँडी । मलाई निश्चित भयो मैले त्यस सिउँडीलाई मदिसे सिउँडी भन्दथे भन्ने कुरा  ठीक ढंगले संझिरहेको रहेछु । म सोंच्दछु कहाँबाट कहिले पुगेको होला गल्कोटमा मदिसे सिउँडी । त्यसको इतिहास पनि उही अन्दाज र अनुमानकै विषय  होला जसरी नेपालमा प्रवेश गर्ने विभिन्न जात जातिको इतिहास अन्दाज र अनुमान कै विषय बनेको छ ।
मलाई अहिले कता कता लाग्दैछ कतै गल्कोटको हुलुवा खोलामा गाँजिएको मदिसे सिउँडी कतै दक्षिण पूर्वी एशियाबाट बसाइ सर्दै आएको त होइन ।
जे होस्, सिउँडीको हामी नेपालीको जीवनमा ठूलो महत्व छ । यो हामीलाई नभई नहुने कुरा  हो । यो हाम्रो संस्कृतिको अभिन्न अंग हो । नेपाली समाजमा पुरुष होस्  वा महिला अथवा बालक होस् वा बालिका उसको कान अनिवार्य रुपमा छेड्नु पर्दछ । बालिकाको कान गहना लगाउनको लागि पनि छेडिन्छ होला । बालकको कान मुन्द्रा लगाउन पनि छेड्न सकिन्छ । मुन्द्रा नगाए पनि  अनिवार्य कान छेड्न  पर्दछ  । म सानामा कान छेड्ने पक्षमा थिइनंं । डराएर पनि होला । तर पनि आमाले कान छेड्नै पर्दछ भनेर बहिनीसित मेरा कान पनि जवरजस्ती छेडिदिनु भएको थियो । कान छेडे पछि सिन्का राख्नु पर्दथ्यो । सिन्का नराखे कान बुझिने डर हुन्थ्यो । कान पाक्न पनि आवश्यक थियो । तर मैले सिन्का राखिनं । मेरो कान पाक्दा पनि पाकेन । कान छेडेको प्वाल बिस्तारै बुझिदे गयो । यसरी बुझिदै गयो कि अन्तमा कान छेडेको कुृनै दाग समेत रहेन । मेरो कान छेडेको नछेडी भयो । मैले यहाँ प्रष्ट पार्नु पर्ने कुरा के हा भने मेरो कान सिउँडीको काँडाले छेडिएको थियो ।  सिउँडीको काँडा कान छेड्न नभई नहुने कुरा  हो । यस अर्थमा यो  हाम्रो समाजको निकै महत्वपूर्ण कुरा हो । हाम्रा संविधानविद्लाई यति कुरा थाहा भएको भए उनीहरूले  गाई गुराँस र डाँफे चरीलाई नेपालको संविधानमा ठाउँ  दिए जस्तै सिउँडीलाई पनि अवश्य ठाउँ  दिन्थे होला । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड भन्ने यस्तै कुरा हो शायद ।
१३–३–२०७७

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास