धनपति उपाध्याय मेरा अत्यन्त आत्मीय मित्र थिए । उनी वामबुद्धिजीवी र प्रतिष्ठत अधिवक्ताको रुपमा परिचित थिए । उनी एकजना सच्चा देशभक्त थिए । हामीबीच प्राय भेटघाटमा कुराकानी हुने विषय राष्ट्रियताको सवाल नै थियो । उनी मेरो सम्पर्कबाट नै नेकपा मालेमा संगठित भएका हुन् । यो कुरा प्रदीप नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यतिबेला प्रदीय नेपाल नेकपा मालेको लुम्बिनी इन्चार्ज थिए । म्ेोरो धनपति उपाध्यायििसत नेपाली नागरिकताको विषयमा पनि कुराकानी हुन्थ्यो । उनी मसित भन्दथे श्री ५ को सरकारले नागरिकता वितरण गरेर ठूलो गल्ती गरेको छ । नेपाली नागरिकता वितरण गर्ने कुृराले धेरै इंडियनहरूले नेपाली नागरिकता प्राप्त गर्ने छन् र बैद्यता प्राप्त गरेर नेपालमा बस्ने छन् । अन्ततः यो नेपालको लागि प्रत्युत्पादक कुरो हुने छ । भारतले आफ्ना नागरिकलाई नेपालले जस्तो नागरिकता वितरण गर्दैन ।, भोटर लिस्ट राशन कार्ड आदिलाई त्यहाँको स्थायी बासिन्दाको रुपमा लिइन्छ । यसले गर्दा पुस्तौ पुस्तौंदेखि भारतमा बसेका नेपाली भारतीय नागरिकलाई पनि विदेशी भनी जतिबेला पनि धपाउन सकिन्छ । तर पछि यिनै धनपति उपाध्याय नेपाली नागरि