Skip to main content

सरिता गिरीको हिन्दी मोह

 
सरिता गिरीले लिम्पिया धृुरा लिपुलेक र कालापानी नेपालको भूभागलाई नेपालको नक्शामा पारेर नयाँ नक्शा प्रकाशित गर्दा सरकारले भारत र चीनसित बार्ता गर्नु पर्दथ्यो भन्ने जस्ता देशद्रोही बिचार व्यक्त गरिन् । भारतले कालापानी लिपुलेक र लिम्पियाधुरा भारतको नक्शामा पारेर प्रकाशित गर्दा नेपाललाई सोध्न नपर्ने
 ? बीचमा कुनि कसले षडयन्त्र गरेर नेपालको चुच्चे नक्शा लुकाएर बिना चुच्चोको नक्शा प्रकाशित गरेकोमा त्यसलाई सच्चाएर आफ्नै पुरानो नक्शा प्रकाशित गर्दा भारतको किन अनुमति  लिनु पर्ने ? भारत  वा चीनलाई किन सोध्नु पर्ने ?  तर यहाँ मैले यस कुराको चर्चा गर्न खोजेको होइन । चर्चा गर्न खोजेको हो उनले संसदबाट बोल्दा हिन्दी भाषाको प्रयोग गरेको कुरालाई लिएर । नेपाली संसदमा हिन्दी भाषा बोल्नु विखण्डनकारी सोंचबाट उत्प्रेरित भएको कु्रा हो  ।  नेपाली संसदमा हिन्दी भाषाको प्रयोग गर्नु भनेको नेपाली संसदको सांसद भएर नेपाली संसदकै उपहास गरेको हो । नेपाली संसदमा हिन्दी बोलेर नेपाल र नेपाली जनतालाई होइन भारत र भारतका विस्तारवादी चिन्तन राख्ने शासकलाई खुशी पार्न खोजेको हो । उनीहरूको चाकरी र चापलुसी गर्न खोजेको हो । उनीहरूको दलाली गर्न खोजेको हो । जुन नेपाली भाषाले हिमाल पहाड र  तरार्इंलाई एक सुत्रमा बाँधेर बलियो नेपालको राष्ट्रियता, भूअखण्डता, सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता तथा स्वाभिानलाई उच्च राख्ने भावना र विचार राख्दछ त्यसमाथि ठेस पृुराउन खोजेको  हो । हिन्दी नेपालको भाषा होइन । नेपालमो १२३ भन्दा बडी भाषा बोलिन्छन् तिनमा हिन्दी पर्दैन । नेपालमा हिन्दी बुझ्ने मान्छे छन् । तर घरमा आमा बुवा छोरा छोरीसित हिन्दी बोल्ने नेपाली नागरिके छैनन् । नेपाली समाज छैन । नेपालमा मैथिली भाषा बोल्ने नेपाली नागरिक छन् । मैथिली भाषा भारतमा बोलिए पनि नेपालमा पनि बोलिन्छ । यसैले मैथिली नेपालको भाषा हो । त्यसरी नै भोजपु्री र अवधि पनि भारतमा बोलिने भाषा भए पनि नेपालमा पनि बोलिन्छ । नेपालको तराईमा मातृभाषाको रुपमा भोजपुरी र अवधि भाषा बोलिन्छ । त्यसैले भोजपुरी र अवधि नेपाल कै भाषा हुन् । यदि कुनै सांसदलाई नेपाली भाषा आउँदैन भने मैथिली भाषामा बोले पनि हुन्छ ।  भोजपृुरी भाषामा बोले पनि हुन्छ । अवधि भाषामा बोले पनि हुन्छ । हो यदि नेपाली नागरिकसित बिवाह गरेकी भारतीय चेलीलाई हिन्दी बाहेक अरु कुनै भाषा आउँदैन भने हिन्दीमा बोल्दा पनि हुन्छ । यद्पि त्यस्तो व्यवस्था  संविधानमा नै गर्दा राम्रो हुन्छ । तर सरिता गिरीको यो अवस्था होइन । उनलाई नेपाली भाषा राम्ररी बोल्न आउँछ । उनलाई संसदमा नेपाली भाषा बोल्न मन लागेन भने मैथिली भाषामा बोलेको भए पनि त्यो सुपाच्य कृुरा हुन सक्दथ्यो । संसदमा नेवार सांसद नेवारीमा, लिम्वु सांसद लिम्बु भाषामा गुरुङ सांसद गुरुङ भाषामा मगर सांसद मगर भाषामा थारु सांसद थारु भाषामा बोल्न नसक्ने होइन । तर पनि उनीहरूले नेपाली भाषा नै प्रयोग गर्दछन् जसलाई संविधानले नेपालको काम काजको भाषा वा सम्पर्क भाषाको रुपमा स्वीकृत गरेको छ । नेपालको कार्यालयको भाषा मानेको छ ।
सरिता गिरीले भनिन् खस  भाषा हिजो अस्तीको भाषा हो । तर हिन्दी भाषाको इतिहास निकै लामो छ ।  नेपाली संसदमा हिन्दी बोल्ने सरिता गिरीलाई हिन्दी भाषाको  इतिहास नै थाहा छैन रहेछ । साँच्चै कुरा गर्ने हो भने हिन्दी भाषा भारतको सबभन्दा कान्छो भाषा हो । यसको इतिहास डेढ सय बर्षको पनि छैन । जब कि बंगाली भाषाको इतिहास ७ सय बर्षभन्दा पृरानो छ । आसामी आषाको इतिहास पनि ६ सय बर्षभन्दा पुरानो छ । दक्षिणका भाषा तामिल तेलुगु मलायलम कन्नड भाषाको इतिहास हजार दुई हजार बर्षभन्दा पुरानो छ । हिन्दी भाषा दिल्लीको वरिपरि मेरठमा बोलिने भाषा हो । यसको खास नाम खडी बोली हो । भारतेन्दु हरिश्चन्द (  १८५०÷१८८५ ) जस्ता लेखकले हिन्दी भाषामा पत्रिका सुधा प्रकाशित गर्नाका साथसाथै हिन्दीमा लेखेर यस भाषालाई स्थापित गर्ने प्रयास गरेका हुन् । हिन्दीका उपन्यास सम्राट प्रेम चन्द (  १८८०÷१८३६) ले पहिले उद्र्दू भाषामा कथा लेख्दथे । पछि हिन्दी भाषामा कथा उपन्यास लेख्न थालेका हुन् । महाकवि गोस्वामी तुलसी  दास (  १४९७÷१६२३ ) को महाकाल्य रामचरित्रमानस अवधि भाषामा लेखिएको थियो ।  हिन्दी भाषामा होइन । त्यतिबेला हिन्दी भाषाको जन्म पनि भएको थिएन । खस भाषा जसको इतिहास ६÷७ सय बर्ष पुरानो छ त्यललाई हिन्दी भाषाभन्दा कान्छो भाषा ठान्नु हास्यास्पद कुरा हो । ज्ञानहिनताको परिचय हो । हिन्दी भाषाको इतिहासभन्दा  त भानुभक्त आचार्य (  १८१४÷१८६८ ) जेठा थिए ।  भानुभक्तले रामायण १८५३ मा लेखेर पुरा गरेका थिए ।  रामायण उनका अनुवाद कृति नै थियो ।  उनले बाल्मिकीको रामायणलाई आफ्नै मौलिकतामा अनृुवाद गरेका थिए । 
हिन्दी भाषा अझ पनि भारत सरकारको लेखापढीको भाषा हुन सकेको छैन । काम काजको भाषा हुन सकेको छैन । सम्पर्क भाषा हुन सकेको  काम काजको भाषा हुन सकेको छैन । सम्पर्क भाषा हुन सकेको छैन । भारत सरकारले आजभन्दा ५० बर्ष अघि भारतमा अंग्रेजी भाषालाई हटाएर हिन्दी भाषालाई प्रयोग गर्ने आदेश दिएको थियो । तर त्यो आदेशको बंगाल र खास गरी दक्षिण भारतबाट यति चर्को बिरोध भयो कि उसले आफ्नो निर्णय फिर्ता लिन पर्यो । हिन्दी भाषाको प्रयोगको बिरोधमा दक्षिणमा केही व्यक्तिहरूले आत्मदाह समेत गरेका थिए । अहिले पनि भारत सरकारको अफिसियल भाषा अंग्रैजी नै हो । हिन्दी होइन । भारत सरकारले भारतमा नै राम्ररी लागू गर्न नसकेको हिन्दी भाषालाई उसले नेपालमा लागू गराउन चाहन्छ र सरिता गिरी जस्ता देशद्रोही व्यक्ति विस्तावादी भारतको स्वरसित स्वर मिलाउँदै निर्लज्ज रुपमा हिन्दी भाषाको पक्षमा बलकालत गर्दछन् । कुरा सरिता गिरीको मात्र होइन । सर्वोच्च अदालतमा नेपाली भाषामा नै मृुद्दा मामिला सुनवाई गरेर  नेपाली भाषमा नै फैसला समेत लेखेका लक्ष्मण लाल कर्ण संंसदमा हिन्दी भाषामा बोल्दछन् । यिनलाई बिखण्डनकारी देश द्रोही भन्ने कि नभन्ने ? शायद उनले जागिरेको रुपमा नेपाली भाषामा बोल्ने र नेताको रुपमा हिन्दी भाषामा बोल्ने कसम खाएका रहेछन् । यिनले संसदमा नेपाली भाषामा बोल्न  नचाहे पनि मैथिली भाषामा बोलेको भए पनि राम्रै हन्थ्यो । यिनको मातृभाषा मैथिली हो । जसले आफ्नै मातृभाषालाई उपेक्षा गर्दछ उसले केलाई नेपालको सम्पर्क भाषा  नेपाली भाषालार्ई कदर गरोस् । सरिता गिरीको भन्दा पनि अझ बढी नेपाली भाषाप्रतिको उपहास त लक्ष्मर्ण लाल कर्णले गरेको  देखिन्छ ।  कति मधेसी नेताले संसदमा हिन्दीमा बोल्दथे । आजभोलि उनीहरूले नेपाली भाषामा नै बोल्न थालेका छन् । यो राम्रो कुरा  हो । उनीहरूले नेपाली भाषामा बोल्न नचाहेमा मैथिली भोजपुरी अथवा अवधि माषामा बोले पनि हुन्छ । यी भाषा तराईबासी नेपाली नागरिकले बोल्नै भाषा नै हुन् ।
नेपाली भाषा नेपालको मात्र भाषा होइन । यो भारतको पनि भाषा  हो । भारतको संविधानको अष्टम अनुसूचिमा मान्यता पाएको भाषा हो । भारतमा झण्डै एक करोड नेपालीले (  आजभोलि गोर्खाली भन्न थालेका छन् ) बोल्ने भाषा हो । दार्जीलिङका नेपाली नेपाली भाषामा नै कृुराकानी गर्दछन् । देहरादुनका नेपाली नेपाली भाषामा नै कुराकानी गर्दछन् । पूर्वाचल भारत आसम मेघालय अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर त्रिपुृरा मिजोरामका नेपाली नेपाली  भाषा नै कुारकानी गर्दछन् । सिक्किममा नेपाली नेपाली भाषामा ने कुराकानी गर्दछन् । सिक्किमको लेखापढीको भाषा नेपाली हो । दार्जीलिङको लेखापढीको भाषा नेपाली हो । आसामले ६ कक्षासम्म नेपाली भाषामा अध्ययन गर्न सकिने अनुमति दिएको छ । बी ए सम्म एक विषय नेपाली पढ्न पाइन्छ । आसामको गुवाहाटी विश्वविद्यायलले नेपाली बिषयमा एम ए का कक्षा संचालन गरेको छ । मेघालय नागालैण्ड मणिपुर मिजोराम आदिका कलेजमा वी ए सम्म एक विषय नेपाली पढ्न पाइन्छ ।  नर्थ बंगाल विश्वविद्यायल र बनारस हिन्दु विश्वविद्यायबाट नेपाली विषयमा एम ए पढ्न सकिन्छ । नेपाली बिषयमा पी एच डी गर्न सकिन्छ । सिक्किम विश्व विद्याययमा  नेपाली भाषा अध्ययन गर्न सकिन्छ । .भारतीय नेपालीले नेपाली भाषामा सयौं पत्र पत्रिकाको प्रकाशन गरेका छन् । लेखकहरूले हजारौ पुस्तक नेपाली भाषामा प्रकाशित  गरेका छन् । कुनै समयमा नेपालभन्दा दार्जीलिङ नेपाली भाषा साहित्यको क्षेत्रमा धेरै अघि थियो । भनिन्थ्यो हिजो जुन कुरा दार्जीलिङले जान्दथ्यो आज बल्ल नेपालीले जान्दछ ।
भवानी भिक्षु नेपाली भाषामा साहित्य लेखेर स्थापित तथा चर्चित भएका छन् । भवानी भिक्षुले नै शिलाङमा पुगेर नेपाली साहित्यकार सम्पर्क समितिको स्थापना गरेका थिए ।  उनको कपिलबस्तुमा स्मारिका समेत बनेको छ । मणिपुृर विश्वविद्यायलमा हिन्दीका प्राध्यापक स्वं डा चन्देश्वर. दुवेले नेपाली भाषामा ३० बटा जति किताब लेखका छन् । उनको जन्म बिहारमा भएको थियो । मणिपुर विश्वविद्यायमा हिन्दीको प्राध्यापक नियृुक्त हुनुभन्दा अघि दुई चार बर्ष उनले नेपालका कलेजमा अध्यापन गरेका थिए । त्यतिबेला नै नेपाली भाषा  सिकेका थिए । दार्जीलिङ गर्वमेन्ट कलेजका प्राध्यापक भरत यादवको नेपालसित गोरु बेचेको पनि साइनो थिएन । तर उनले राजनीतिशास्त्र बाहेक नेपाली भाषामा पनि एम ए पास गरेका थिए । उनले दार्जीलिङबाट नेपाली साहित्यिक पत्रिका हिमालोकको सम्पादन गर्दथे । उनी नेपाली साहित्कार पनि हुन् । पंडित राहुल सांकृतायनले लक्ष्मीप्रसाद देवकोटा कविताको अध्ययन गरेर लेखेका थिए हिन्दीका तीन प्रसिद्ध कवि पंत  प्रसाद निरालामा पाइने गुण एउटै देवकोटमा पाइन्छ । राहुल सांस्कृतायन नेपाली नागरिक थिएनन् । भारतीय नागरिक थिए । सरिता गिरी र लक्ष्मण लाल कर्णले नेपाली भाषाको अनादर र उपेक्षा गर्दैमा यसको महत्व र गरिमा कम हुने होइन । बरु उनीहरू आफै नेपाली समाजमा अनादरित र उपेक्षित हुँदै जानेछन् ।
भनिन्थ्यो नेहरुले १७ बटा भाषा जान्दथे । नेहरु अध्ययनशील व्यक्ति थिए । उनले जहाज वा रेलवमा अध्ययन गर्दा पढ्ने समय निकाल्दथे । धेरै जसो अध्ययन र लेखन त उनले जेलबाट गरेका हुन् ।  बुबाको चिठी छोरीलाई भन्ने लामो लेख उनले जेलबाट नै लेखेका हुन् । यो चिठी छोरीलाई बैज्ञानिक ज्ञान दिन लेखिएको थियो ।
इन्दिरा गान्धी जब शिलाङमा त्यहाँको जनसमूहलाई सम्बोधन गर्दथिइन् अंग्रेजी धाषा प्रयोग गर्दथिइन् । शिलाङ मेघालयका शिक्षाका माध्ययम र कार्यालयको लेखापढीको भाषा अंग्रेजी नै हो ।  आफ्नो भाषणको अन्त्यमा उनले खसिया भाषामा खुबलाई सिबुन भन्दथिइन् । खुबलाई सिबुन भनेको खसिया भाषामा अभिवादन गर्ने शब्द पनि हो । धन्यवाद भन्ने शब्द पनि हो ।  दुई शब्द खसिया भाषामा बोलेर उनले खसियाको मन जित्ने प्रयास गर्दथिइन् । सरिता गिरी नेपालको संसदमा नेपाली भाषामा बोलेर नेपाल र नेपाली जनतालाई खुशी पार्नुभन्दा हिन्दी भाषमा बोलेर भारतका विस्तारवादी शासकलाई खुशी पार्नु आफ्नो धर्म ठान्छिन् शायद ।
३१–२–२०७७
                                                                                                     





Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास