Skip to main content

नागरिकता कानूनको सम्बन्धमा


 
धनपति उपाध्याय मेरा अत्यन्त आत्मीय मित्र थिए । उनी वामबुद्धिजीवी र प्रतिष्ठत अधिवक्ताको रुपमा परिचित थिए । उनी एकजना सच्चा देशभक्त थिए । हामीबीच प्राय भेटघाटमा कुराकानी हुने विषय राष्ट्रियताको सवाल नै थियो । उनी मेरो सम्पर्कबाट नै नेकपा मालेमा संगठित भएका हुन् । यो कुरा प्रदीप नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यतिबेला प्रदीय नेपाल नेकपा मालेको लुम्बिनी इन्चार्ज थिए ।
म्ेोरो धनपति उपाध्यायििसत नेपाली नागरिकताको विषयमा पनि कुराकानी हुन्थ्यो । उनी मसित भन्दथे श्री ५ को सरकारले नागरिकता वितरण गरेर ठूलो गल्ती गरेको छ । नेपाली नागरिकता वितरण गर्ने कुृराले धेरै इंडियनहरूले नेपाली नागरिकता प्राप्त गर्ने छन् र बैद्यता प्राप्त गरेर नेपालमा बस्ने छन् । अन्ततः यो नेपालको लागि प्रत्युत्पादक कुरो हुने छ । भारतले आफ्ना नागरिकलाई नेपालले जस्तो नागरिकता वितरण गर्दैन ।,  भोटर लिस्ट राशन कार्ड आदिलाई त्यहाँको स्थायी बासिन्दाको रुपमा लिइन्छ । यसले गर्दा पुस्तौ पुस्तौंदेखि भारतमा बसेका नेपाली भारतीय नागरिकलाई पनि विदेशी भनी जतिबेला पनि धपाउन सकिन्छ ।  तर पछि यिनै धनपति उपाध्याय नेपाली नागरिकता आयोगका अध्यक्ष बनाइए । यिनकै सुझाव सल्लाह अनुसार नागरिकता सम्बन्धी कानून बनाइयो । यो आयोग धनपति आयोगको रुपले चिनिन्छ । धनपति आयोगले धेरै भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन मदत नै गर्यो ।  पंचायतकालमा बरु विदेशीहरूले नेपाली नागरिकता  सजिलै प्राप्त गर्न सक्दैनथे । बहुदलकालमा विदेशीहरूलाई नागरिकता पोस्कर बाँडे जस्तै बाँडियो ।  ०ं६२ –०६३ पछि ४० लाख भारतीयहरू धाक धम्की प्रलोभन पैसा आदिका बलमा झुटा विबरण भरेर  नेपाली नागरिकता प्राप्त गरे भनिन्छ । कुरा  के हो यस विषयमा छानबीन हुन जरुरी छ । नागरिकता निकै नै संवेदनशील विषय हो ।  नेपाल र भारतबीच खुला सीमा रहेको  र जुन सुकै इंडियन नागरिक जतिबेला चाह्यो उतिबेला नेपाल प्रवेश गर्न सक्ने र विभिन्न च्यानल प्रयोग गरेर सजिलै नेपाली नागरिकता प्राप्त गर्न सक्ने हुनाले त्यसले गर्दा  भोेलि नेपाललाई फिजी वा सिक्किम बन्न सक्ने खतरा बढ्न सक्दछ । खुला सीमाबाट तीन करोड नेपाली भारतमा गएर उतै भारतीय नागरिक भएर बसे पनि उनीहरू त्यहाँ चामलमा धानबा वियाँ जस्तै हराउन सक्नेछन् । तर  त्यहाँबाट तीन करोड भारतीय नेपाल प्रवेश गरेर नेपाली नागरिक भए भने नेपालको भविष्य के होला ?
हिजो नेपाली चेली भारतमा विवाह गरेर गए भने उनीहरूले भारतीय नागरिकता सरहको निस्सा लिनको लागि निवेदन दिन पनि ७ बर्ष कुर्न पर्ने व्यवस्था छ । पाकिस्तानमा विदेशी चेलीले ५ बर्ष कुर्नु पर्दछ । बंगलादेशमा २ बर्ष कुर्नु पर्दछ । अफगानिस्तानमा ७ बर्ष कुर्नु पर्दछ ।  माल्दिभमा १२ बर्ष कुुर्नु पर्दछ । फेरि मुस्लिम धर्म ग्रहण गर्नु पर्दछ । भूटानमा विवाह पछि बच्चा जन्मेर त्यस बच्चाले नागरिकता प्राप्त गरे पछि मात्र आमाले नागरिकता प्राप्त गर्न सक्दछ ,। अस्ट्रेलिया इंगलैंड वा अमेरिकामा पी आर वा ग्रिन कार्ड प्राप्त गर्न सालाखाला ८ बर्र्ष जति  कुर्न पर्दछ ।  विदेशी चेलीले नेपाली नागरिकसित  विबाह गरेमा बिम्बात्मक भाषामा भन्दा एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने देश विश्वमा शायद नेपाली एक्लो होला ।
विदेशी चेलीलाई वा कुनै विदेशी चेलालाई कहिले नागरिकता दिने भन्ने विषयमा कुनै निश्चित बैज्ञानिक नियम छैन । हरेक मुलुकले आफ्नो राष्ट्रिय हित अनृुसार विदेशीलाई पनि नागरिकता प्रदान गर्न सकिने कानूनी व्यवस्था गर्नें गरेको पाइन्छ । जृुन देशहरूमा जनसंख्या कम हुन्छन् उनीहरूले. बडीभन्दा बडी विदेशी नागरिकलाई आफ्नो देशमा नागरिकता दिन्छन् । नागरिकता लिनको लागि आह्वान गर्दछन् । तर दुई विशाल देश चीन र भारतको बीचमा दुई ढुंगाको तरुल जस्तो रहेको एउटा सानो देश नेपालले फिजी र सिक्किमको घटनाबाट पाठ सिकेर नेपालका वंशज नागरिकको संरचनालई प्रतिकूल असर पार्ने गरी अंगीकृत नागरिकताको संख्यालाई नियन्त्रण गर्ने उपाय अब पनि सोचेन र हिजो जस्तो विदेशी चेलीको एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता थमाउने परम्परालाई कायम राख्ने हो भने यो मुलुकमा सरिता गिरी जन्मिने खतरा बढ्छ ।  खतरा रहन्छ । यसैले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले विदेशी चेलीलाई नेपाली नागरिकसित विबाह गरेको  सात बर्ष पछि मात्र नेपाली नेपाली नागरिकता दिने र त्योभन्दा पहिले उनीहरूको सामाजिक आर्थिक शैक्षिक सांस्कृतिक गाँठा फुकाउन अस्थायी परिचय पत्र प्रदान गर्ने जुन व्यवस्था गर्ने नीति लिएको छ त्यो स्वागत योग्य नै छ । यस कुरालाई आम नेपाली नागरिकले स्वागत नै गरेका छन् । तर आकाश नै खस्ने भयो भने जस्तै केही मधेसवादी दलका केही नेता वा सांसद तिलको पहाड बनाउँदै त्यसको बिरोधमा आगो बाल्ने गरी आन्दोलन गर्ने बिचार प्रकट गरिरहेका छन् । रोटी बेटीका सम्बन्धमा खलल पुग्ने भयो भन्दै बिरोधका स्वर उराल्न लागेका छन् । लोकतन्त्रमा विरोध गर्न पाइन्छ । अनुचित कुरा हो भने त्यसलाई खारेज गर्न पनि सकिन्छ । तर यी मधेसवादी दलका नेताले आफ्नी  छोरी भारतमा विवाह भएर गएमा भारतको नागरिकताको लागि प्रक्रिया चलाउन पनि ७ बर्ष लाग्ने कुरामा कुनै चिन्ता र चासो राखेका हुँदैनन् । अचम्भको कुरा त यो छ । छोरीको चिन्ता छैन । बुहारीको पिरलो ।
विदेशी महिलासित विवाह गर्ने नेपाली नागरिक तराईका मधेसी मात्र होइनन् । उनहरूका लागि मात्र नागरिकता ऐन संसोधन हृुन थालेको होइन ।  पहाडी र हिमाली नेपाली नागरिकको लागि पनि यो लागू हृन्छ । तराईका मधेसी नागरिकले मात्र सीमापारि विवाह गर्दैनन् । पश्चिम नेपालका नेपाली नागरिकले गढवाल कुमाउतिर पनि सोली डोली चलाउँछन् ।  हिमाली भेगमा नेपाली नागरिकले चीनतिर पनि सोली डोली चलाएका देख्न सकिन्छ । पूर्वी नपालका नेपाली नागरिकले सिक्किम दार्जीलिङ  तथा पूर्वोतर भारतमा सोली डोली चलाएको. अवस्था छ । कुरा त्यति मात्र होइन  ग्लोबल होमका यो युगमा विश्वभरि छरिएका नेपाली नागरिकले कुनै पनि कुनाका चेलीसित बिवाह गरी नेपालमा बुहारी बनाई ल्याएका हुन सक्छन् । त्यतातिरबाट आएका नेपाली बुहारीले पनि नेपाली नागरिकता प्राप्त गर्न ७ बर्ष नै कुर्नु पर्ने हुृन्छ । तर उनीहरूले. केही मधेसवादी नेताले जस्तै बिरोधको स्वर उरालेको देखिन्न । हिमाली पहाडी नेपाली नागरिकले मात्र होइन  तराईका वशज मधिसे नेपाली नागरिकले समेत यसलाई स्वागत गरेको देखिन्छ । यसैल मधेसवादी दल तथा कांगेसले समेत यसको विरोध गर्नुमा कृुनै औचित्य छ जस्तो लाग्दैन मलाई त ।  कुनै पनि कुरालाई साप्रदायिक तरिकाले सोच्न्ु र त्यस प्रकारको क्रियाकलाप गर्नु नेपाल र नेपाली नागरिकको हितमा हुँदैन । 
हामी नेपाली नागरिकले नेपाली नागरिकताको सम्बन्धमा चर्चा गर्दा विस्तारवादी भारत वा विस्तारवादी भारतीय शासकको छिमेकी मुलुकप्रति र विशेष गरी नेपालप्रतिको नीतिलाई मध्येनजरमा नराखी कुनै पनि कृरा सोंच्न सक्दैनौं । हामीलाई थाहा छ हाम्रो छिमेकी भारतको कुृनै पनि छिमेकीसित समधुर सम्बन्ध छैन । उसले श्रीलंकलाई टुक्राउन खोज्यो ।  यसले गर्दा श्रीलंकाले ठूलो जनधनको क्षति बेहोर्न पर्यो । खुदै भारतको प्रधानमंत्री राजीव गान्धीले समेत ज्यान गुमाउन पर्यो ,। भारतले पूर्वी पाकिस्तानलाई पश्चिम पाकिस्तानबाट टुक्राएर बंगलादेश बनाउनमा हस्तक्षेपकारी भूमिका खेल्यो । स्वतन्त्र देश सिक्किमलाई निर्लज्ज तरिकाले र  षडयन्त्रपूर्ण ढंगले क्याप्प निल्यो । भुटानलाई आफ्नो मुठीमा बन्द  गरेर राखेको. छ । कालापानी लिपुलेक लिम्पियाधृुरा सुस्ता लगायत ७१ ठाउँमा भारतले नेपालका भूभाग अतिक्रमण गरेको छ ।  नेपालमा भूगागमा इंडियन फोज राखेका छ । पाकिस्तान र चीनसित पनि यसको  युद्धको अवस्था विद्यमान रहेको छ ।
गोर्खा पल्टनको बलले गर्दा नै भारत पाकिस्तान र चिनसित पनि उसले युद्ध गर्ने आँट गर्दछ । उसले .जुनसुकै युद्धमा पनि गोर्खा पल्टनलाई अघि सार्दछ । भारतको पक्षमा युद्ध गर्दा हजारौं हजार गोर्खालीले ज्यान गुमाउन परेको. अवस्था छ । हालै  लद्दाखको गवलानमा पूर्वी नेपालका ओझाले ज्यान गुमाउनु पर्यो । काश्मिरमा गुल्मीका हवल्दार दीपक कार्कीले ज्यान गुमाउन पर्यो । एकातिर भारतको सीमामा गोर्खालीको रगत  बग्दछ भने अर्कोतिर  तिनै गोर्खालीको भूमि भारतीय विस्तारवादले अतिक्रमण गर्दछ । कव्जा गर्दछ ।
भन्न त भारत नेपाल र भारतबीच युगौं युगदेखि समधुर सम्बन्ध छ भन्दछ । तर  भारतीय विस्तारवादको नेपालसित कहिले पनि सुमधुर सम्बन्ध रहेको. छैन । भारतको लागि नेपालीहरू जहिले पनि र जहाँ पनि आँखाका कसिंगर देखिन्छन् ।
मेघालयबाट नेपालीहरू लखेटिए तिनको संरक्षण भारत सरकारले गरेन । आसामबाट नेपाली लखेटिए । त्यसको संरक्षण भारत सरकारले गरेन ।  आसाम मेघालयबाट लखेटिएका भारतीय नेपालीलाई काकडभित्ता ल्याएर छोडिदियो । भूटानबाट लाखौं भुटान िनेपाली निकालिए । तिनलाई भारतले काँकडभित्ता ल्याएर छोडिदियो । फेरि भारतको बाटो हुँदै आफ्नो देश भूटानमा  फर्किन दिएन । मेची पुल पार गर्नै दिएन । गाली हानेर रोक्यो । दर्जीलिङका नेपालीह्रूको गोर्खालंैण्डको मांगलाई लाठी बुट र बन्दुकको बलमा दवायो । हालमा आसाममा १ लाख आसामे नेपाली अनागरिक भएका छन् ।
पहिले पहिलो पूर्वोत्तर भारतमा नेपालबाट नेपाली बेरोटटोक आवात  जावत गर्न सक्दथे । अव सक्दैनन् । नेपालीहरू आसामतिर लागे श्रीरामपुृरबाट उनीहरूलाई नेपाल फर्काउन थालियो । मेघालय जान थाले उनीहरूलाई बर्नीहाटबाट फर्काउन थालियो । नेपालीहरू नागालैण्ड जान परेमा निश्चित दिनको लागि इनर लाइन परमिट लिनु पर्ने हुन्छ । नेपाली नागरिकहरू सिक्किम जान परेमा नेपाली नागरिकता चौकीमा बुझाएर जान पर्दछ ,। भारतको यो निित उसको स्वार्थ अनुरुपको होला । भारत यो चाहँदेन कि नेपालीहरू भारतमा स्थायी रुपले बसोबासो गरुन् । बसेको भए पनि निस्काशित हउन् । विस्थापित हउन् । तर यही भारत जति सक्दो ज्यादा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपाललाई फिजी वा सिक्किम बनाउन चाहन्छ । मधेसवादी दलका केही नेता नेपाली नागरिक भए पनि भारतीय विस्तारवादको स्वार्थ अनुरुप काम गन चाहन्छन् । भारतीय विस्तारवादले मधेसवादी दल मार्फत मात्र होइन नेपाली कांग्रेसका नेतालाई पनि आफ्ना दलालका रुपमा प्रयोग गरिरहको छ । यहाँसम्म कि बर्तमान सत्ताधारी नेपाल कम्युनिष्ट पाटीभित्र पनि भारतीय विस्तारवादका दलाल हृुन सक्दछन् ,।  उनीहरू देश र जनताको हतमा भन्दा पनि भारतीय विस्तारवादका स्वार्थ अनुरुप उसकै ईशारमा काम गर्दछन । विदेशी चेलीलाई ७ बर्ष पछि नागरिकता दिने कुराका विरोधपछि  नेपाल र नेपाली नागरिकको स्वार्थ होइन विस्तारवादी भारतको स्वार्थले काम गरेको. छ । यतिबेला भारतीय विस्तारवाद मख्यत नेपालको फिजीकरण वा सिक्किीमीकरणको लागि हिन्दी भाषा र ज्यादा ज्यादा भारतीय नागरिकलाई नेपाली नागरिक बनाउने कुरालाई विशेष ध्यान दिएको बुझिन्छ । मधेसवादी नेताले त्यही स्वार्थको प्रतिनिधित्व गरेका छन् । होइन भने मधेसी जनताले घरमा दैनिन्दिन बोलिने. मैथिली भोजपुरी अवधि आदि भाषालाई प्रोत्साहित नगरेर हिन्दीलाई प्रोत्साहित गर्ने थिएन । भारतले आफ्नै. मृुलृुकमा सम्पर्क वा कार्यालयको भाषा बनाउन नसकेको हिन्दीलाई मधेसवादी नेताका मार्फत नेपालमाथि थोपर्न खोजेको स्पष्ट छ ।
११–३–२०७७

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...