Skip to main content

सवाल नागरिकताको



कुनै पनि देशको नागरिकता नीति त्यस देशको हित र स्वार्थ अनुरुप नै हुन्छ । नागरिसकता सम्बन्धमा कुनै अन्तराष्ट्रिय बैज्ञानिक नियम छैन । हुन पनि सक्दैन । जुन देशको जनसंख्या थोरै हुन्छ त्यसले अरु देशको नागरिकलाई सजिलै तरिकाले नागरिकता प्रदान गर्दछ । आफ्नो देशको जनसंख्या बढाउन उसले त्यसो गर्दछ । तर जुन देशको जनसंख्या ज्यादा छ उसले विदेशीलाई नागरिकता दिने सवालमा कठोर नीति लिन्छ । त्यो उसको राष्ट्रिय स्वार्थ अनुरुपको नीति हुन्छ । कुरा हुन्छ ।
नेपाल भारततिर तीनतिर खुृला सीमा भएको देश हो । नेपालबाट कुनै पनि नेपाली खुला सीमा हुँदै भारतमा गएर काम गर्न सक्दछ । बसोबासो गर्न सक्दछ । त्यसरी नै कुनै पनि भारतीय नागरिक खुला सीमाको प्रयोग गर्दै नेपाल आउन सक्दछ । नेपालमा काम गर्न सक्दछ । नेपालको नागरिकता निित  खुकुलो र कर्मचारी भ्रष्ट भएका हुनाले पैसामा नागरिकता किन बेच पनि हुने गर्दछ । अर्कोतर भारतको नेपालसित रोटी बेटीको सम्बन्ध भएको हुनाले भारतीय नागरिक समेतलाई ससुराले छोरो बनाएर नागरिकता दिलाएका उदाहरण पनि भेटिन्छन् । थाहा लागे कारवाही भए गरिए पनि थाहा नपाइका धेरै मुद्दा हुन्छन् । अर्कोतिर ०६२ – ०६३ पछि भारतीय नागरिकलाई पनि जबरजस्ती नेपाली नागरिक बनाएको अवस्था छ । ४० लाख गैर नेपालीले नेपाली नागरिकता पाए भन्ने कुरो पनि छ । यो छानबीनको विषय हो । तर नेपालमा भारत र नेपालको पनि दोहोरो नागरिकता लिने व्यक्तिको कमी  छैन । भारतकै नेताले भनेका छन् हजारौं हजार  भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । उनी दुबै देशको निर्वाचनमा भाग लिन्छन् । दुबै देशको उम्मेदवार भएर उठ्छन् पनि । यो नेपाल सरकारको कमजोर नागरिकता नीतिको प्रमाण हो । पंचायत कालमा नेपाली नागरिकता यस्तो सस्तो थिएन ।  बहुदल काल र अझ गणतन्त्रकालमा नेपाली नागरिकता पोस्कर जस्तै बाँडिएको छ । अर्कोतिर कुरा यो पनि छ र्कयांैं नेपाली नागरिकता पाउनु पर्ने नेपालीले पनि नागरिकता प्राप्त  गर्न सकेका छैनन् । यहाँसम्म कि धिरेन्द्रकी छोरी समेतले नेपाली नागरिकता नपाएको कुरा मिडियामा आएको थियो । साँचो कुरा गर्ने हो भने नेपालमा भारतीय नागरिकलाई बरु नेपाली नागरिकता प्राप्त गर्न सजिलो होला । नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्न गाह्रो छ ।
भारतीय नागरिकलाई जति  सक्दो भारतीय नागरिकता दिलाउने पक्षमा मधेसवादी दल देखिन्छन् । यो भारतीय विस्तारवादको स्वार्थ अनुरुपको कुरा पनि हो । भारतीय विस्तारवाद जति  सक्दो भारतीय नागरिकलाई नेपाली नागरिक बनाई  नपालका बशज नागरिकको तुलनामा अंगीकृत नागरिकको संंख्या बढाई नेपाललाई सिक्किम वा फिजी बनाउन चाहन्छ । भारतको मान्यता के छ भने वंशज नेपाली नागरिकको तुलनामा अंगीकृत  नेपाली नागरिक भारतप्रति झुकाउ राख्दछन् । उनीहरूको मतले नेपाललाई सिक्किम वा फिजी बनाउन सकिन्छ ।
सिक्किममा संसदमा भोटिङ हुँदा एकाधलाई  छोडेर सबै सिक्किमलाई भारतमा गाभ्न पर्दछ भन्ने सांसदहरूको बाहु्ल्यता बनाइएको थियो । त्यो भूमिका भारतले खेलेको थियो ।  लेन्डुप दोर्जलाई त  मोहरा मात्र बनाइदिएको थियो । लेन्डुप दोर्जेले भारतीय विस्तारवादका शासकहरूको कपटी चाल बुझेको भए ऊ इतिहासको कलंक हुने थिएन होला शायद । सिक्किमका संसदमा आफ्ना दलाललाई जिताए पछि उसलाई सिक्किम भारतमा गाभ्ने विषयमा बाजी मार्न कुनै अप्ठ्यारो परेन । अर्कोतिर भारतीय सेनाले सिक्किमी राजाका कमजोर सेनालाई एक मिनटमा नै आफ्नो कावूमा ल्यायो । भारतीय हस्तक्षेपको विरुद्धमा लड्ने कुनै एउटा क्षेत्री मात्र भयो ।
भारतीय विस्तारवाद नेपालमाथि चौतर्फी हमला गरिरहेको छ । एउटा हमला जनसंख्यामा हस्क्षेपको हमला पनि हो । यस सम्बन्धमा  उसले जतिसक्दो ज्यादा भारतीय नागरिकलाई नेपाली नागरिक बनाउन चाहन्छ जसले गर्दा उसलाई नेपालको संसदमा खेल्न सजिलो होस् र भोलि नेपाललाई सिक्किम बनाउन पनि सजिलो बनोस् । यस मामिलामा भारतीय विस्तारवादका दलालहरू सक्रिय देखिन्छन् ।
तर यस लेखमा मैले चर्चा गर्न खोजेको कुरा भने भारतीय चेलीको नेपाली नागरिकसित  बिवाह भयो भने उनलाई तत्कालै अंगीकृत  नागरिकता दिने कि केही बर्ष पर्खेर नागरिकता दिने भन्ने सवाल हो । नेपाली चेली भारतमा विवाह गरेर गएमा भारतले ७ बर्ष पछि मात्र भारतीय नागरिकको दर्जा दिन्छ । नेपालले पनि भारतले जस्तै भारतीय चेलीलाई बिबाह गरेको सात बर्ष पछि नेपाली अंगीकृत नागरिकता दिंदा ठीकै कुरा हुन्छ । भारतीय चेली नेपाली नागरिकसित विबाह गरेर नेपालमा आएमा र भारतीय नागरिकता परित्याग गरेमा उनीहरूले नेपाली अंंगीकृत  नागरिकता नपाउने भन्ने कुरा हुँदैन । जहाँसम्म अंगीकृत नागरिकले माथिल्लो तहका संवेदनशील पद प्राप्त गर्ने कुरो छ त्यसमा गंभीर हुनै पर्दछ । भारतीय चेलीले  नेपाली नागरिकसित बिवाह गर्नुको अर्थ कुनै राजनेतिक पद वा नियुक्त प्राप्त गर्दछु भनेर निश्चय होइन । बिवाह पारिवारिक जीवन हो ।  पारिवारिक जीवनको लागि नै विवाह गरिन्छ । ठूला ठूला राजनैतिक पद प्राप्त गर्न भनेर होइन । यस्तो कुरा पछि विकसित हुन भने सक्दछ ।
जहाँसम्म नेपाली चेलीले विदेशी नागरिकसित  बिवाह गरे पछि उनको श्रीमानले पनि नेपाली नागरिकता पाउनु पर्दछ भन्ने कुरालाई पुरुष र महिलाबीचको समानताको आधारमा उठाउने गरिएको सवाल छ यो त्यति युक्तिसंगत देखिन्न । यो हाम्रो संस्कृति र परम्परा अनुसार पनि युक्तिसंगत कुरा देखिन्न । यसले त घर ज्वाईको संस्कृति र परम्परालाई निम्त्याउँछ । कुरा त्यति मात्र होइन नेपालको जनसंख्या बृद्धिमा नकारातम्क प्रभाव पार्दछ । नेपालको जनसंख्या दिन दुना रात चौगुना बढ्न पुग्दछ । छोराले विदेशी नागरिक महिला विबाह गर्यो भने बुहारी बनाएर नेपालमा भित्राउने ।  छोरीले विदेशी नागरिकसित  बिबाह गरेमा घर ज्वाई बनाएर नेपाल भित्राउने । सबैलाई नेपाली नागरिक बनाउने ।  अपवाद वा विशेष अवस्थाको रुपमा भने यस्ता कु्रो जायज मान्न सकिएला । कुनै महिलाले विदेशी व्यक्तिसित बिवाह गरे पनि तिनले नेपाली नागरिकता नत्याग्न सक्दछन् । जस्तै सुजाता कोइराला ।  जस्तै म्यानमारकी आथ साँग सुकी । कुनै महिला विदेशी नागरिकसित बिवाह गरे आफ्नो देश छोडेर पतिको घरमा आई बस्न सक्दछन् । जस्तै सोनिया गान्धी ।
जे होस् , हरेकले आफ्नो आफ्नो देशको स्वार्थ अनुरुपको नागरिकता नीति अवलम्बन गर्न जरुरी छ ।  अपवादको रुपमा हामी विदेशी ज्याईलाई पनि नेपाली नागरिकता दिन सकौंला । तर यसलाई आम  नीति बनाउन सकिन्न । भारत र नेपालको सन्दर्भमा  त झन् सकिन्न । यसले नेपालको जनसंख्या मात्र होइन राजनीतिमा पनि प्रतिकूल असर पार्न सक्दछ । हामीले ख्याल गर्नु पर्ने कुरा क हुन्छ भने सबै अंगीकृत नागरिक सरिता गिरी हुँदैनन् । फेरि पनि सरिता ागिरी हुन्छन् कि भन्ने भय त रहिरहने भयो ।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले विदेशी चेलीले नेपाली नागरिकसित बिवाह गरे भने उनीहरूले आफना्े माइती देशको नागरिकता त्यागेमा ७ बर्षमा नेपाली अंगीकृत नागरिकता दिन सकिने जुन कुरा गरेको छ त्यो नेपाल र नेपाली नागरिकको हितमा छ ।  यसमा मधेसवादी दल मात्र होइन नेपाली कांग्रेस समेत  तगारो बनेको देखिन्छ । मधेसवादी दल र नेपाली कांग्रेसले भारतीय विस्तारवादको नेपाललाई सिक्किमीकरण गर्ने चाहने स्वार्थ अनुरुपको कुरा र काम गर्दछन् भन्ने कुरा स्पष्ट छ ।
निश्चित रुपमा कति महिला अधिकारवादीलाई मेरो यो बिचार अनुृचित लाग्न सक्दछ । यो विभेदभावकारी पनि देखिन सक्दछ । तर विशिष्ट अवस्थामा रहेको नेपाल र नेपाली जनताको हितमा हामीले बिचार गर्दा यस्तो दृष्टिकोण पनि बनाउनृु पर्ने हुन जान्छ । हाम्रो गलत  नागरिकता नीतिले मुलुक सिक्किम वा फिजी हुन पुग्यो भने के ह््न्छ ?
फेरि महिला पुरुषबीचको समानताको अव धारणालाई पनि सापेक्षतामा हेर्नु पर्दछ । यही भएर त होला हरेक ठाउँमा ३८ प्रतिशत  महिलाको उपस्थितिलाई समानताको संज्ञा दिइएको । ।अहिले महिलाहरूको ३८ प्रतिशत उपस्थिति पनि पुग्न नसकेको अवस्था छ । भोलि ५० प्रतिशत उपस्थिति पनि कम हुन सक्दछ । समानताको विचारलाई निरपेक्ष रुपमा होइन सापेक्षतामा बुझ्नु पर्दछ ।
नागरिकता नीतिले मुलुकको भविष्यमा दुरगामी प्रभाव पार्ने हुनाले यसलाई हल्का रुपले लिनु हुँदैन  । यसमाथि राष्ट्रिय बहस चल्न  र उचित नीति अवलम्बन गर्न आवश्यक हुन्छ ।
७–३–२०७७         

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...