आफू आफैलाई ठूलो ठानी शेखी नझारे हुन्छ
जबरजस्ती जंंगे पिलर गुम नपारे हुन्छ
रगतले कोरेकोे सीमा त्यो मेटाउन सक्छ को
बीर गोर्खालाई वीरतामा भेटाउन सक्छ को
हामी नलडेको युद्ध कुनै आखिर कहँ पो छ
हामीले हारेको युद्ध कुनै आखिर कहाँ पो छ
मार्न र मर्नलाई डराउने हाम्रो जात होइन
शत्रुका अगाडि उठाउने हाम्रो हात होइन
लिपुलेक लिम्यिाधुरा अनि कालापानी हाम्रै हो
खुरुक्क यी ठाउँ खालि गरी फिर्ता गर्नु राम्रो हो
मिले मिल्छ कुरा बार्ताबाटै नमिले माथि जान्छ
र्र्हर्छाै हामी कसले कसरी हाम्रो जमीन खान्छ
लड्न परे लड्छौ हामी बरु मर्न परे मर्दछौं
युद्धको मैदानबाट अब कहाँ पछि सर्दछौं
लड्दै जाँदा हामी हुन सक्छ अझ ठूलो झगडा
पुग्न सक्दछ दाबी हाम्रो त टिस्टादेखि कांगडा ।
२–३–२०७७
Comments
Post a Comment