Skip to main content

Posts

Showing posts from July, 2020

अयोध्या र बाल्मिकी आश्रम

  मेरा मित्र अधिबक्ता धनपति उपाध्यायले एक दिन कुरै कुरामा मसित भनेका थिए – मलाई  समाजशास्त्रमा एम ए दिएर र पी एच डी गर्न मन लागेको छ । पी एच डी कुनै ठूलो कुरा होइन । अहिले पनि मैले कुनै विषयमा पी एच डीको थिसिज लेखेर दिन सक्दछु । तर एम ए गर्न आवश्यक छ । धनपति  उपाध्यायको एकेडेकी क्यारिएर उत्साहबर्धक थियो । उनले आसामको बार्डबाट नवौं स्थानमा एच एल सी उत्तीर्ण गरेका थिए । गुवाहाटी विश्वविद्यालयबाट पी युृ साइन्स विषय लिएर नवौं स्थान प्राप्त गरेर पास गरेका थिए । गुहावटीको प्रसिद्ध कटन कलेजबाट वी एस सी पास गरेका थिए । गुवाहाटी विश्वविद्यालयबाट एम एस सी पढ्दा पढ्दै उनी नेपाल आएर प्रथम डिभिजनमा प्रथम हुँदै वी एल पास गरेका थिए । मलाई के पनि थाहा थियो भने उनले अंग्रेजी भाषामा कथा पनि लेखेका थिए ।  उनको शैक्षिक पृष्टभूमि थाहा पाएको हुनाले नै  मैले उनलाई भनेको थिएँ तपाइंको अंग्रेजी भाषा राम्रो छ । अंग्रेजीमा एम ए गर्नुहोस् ।  धनपति अंग्रेजीमा एम ए गर्न  तयार भए । गोरखपुर विश्वविद्यायलबाट अंग्रेजीमा एम ए दिन चाहन्थे । प्राइभेट एम ए दिने व्यवस्था रहनेछ । दिल्ली गएको बेलामा अंग्रेजीमा एम ए दिने सम्

नाटक मंचन

रंगमंचमा देखा परे देखापरिरहेका छन् एक पछि अर्का रंगी विरंगी खलनायकहरू जसेको हर भूमिका प्रायोजित हुन्छ नकारात्मक हुन्छ जसमा हर कथा दुखान्त हुन्छ सुखान्त कथा बोकेको एउटा पनि नाटक मंचन भएको छैन अझसम्म यस रंगमंचमा इतिहास दोहोरिरहेछ पटक पटक पmरक ढंगले होइन उस्तै उस्तै ढंगले केही फरक भए पनि मात्रामा होला केही फरक गुणमा होइन दिक्क लागिसक्यो उही नाटक एउटै नाटक पटक पटक दोहोरिहँदा पात्र फेरिए पनि भूमिका नफेरिंदा अभिनय नफेरिंदा संवाद नफेरिंदा संदेश नफेरिंदा मध्यान्तर भए पनि बीच बीचमा कथाले कुनै नयाँ मोड नलिंदा कथाले कुनै नयाँ गति  नलिंदा पर्दा खसालिए पनि बीच बीचमा कथामा कुनै हेरफेर नहुँदा परिवर्तन नहुँदा दृश्यमा कुनै नवीनता नहुँदा अति भयो अति भयो कति हेरिहने एउटै नौटैकी नाटक दोहोराई दोहोराई कति हेरिरहने एउटै दृश्य परिदृश्य दोहोराई दोहोराई अब त बन्द गर नौटंकी नाटक खसाल पर्दा रचिनु पर्दछ अब नयाँ कथा रचिनु पर्दछ अव नयाँ इतिहास मंचन गरिनु पर्दछ अब नयाँ पात्र देखा पर्नु पर्दछ अब युग नायक नयाँ भ्मिकामा प्रस्तुत गरिनु पर्दछ अब नयाँ दृश्य परिदृश्य

के पी ओलीबारे भ्रम र यथार्थ

  के पी ओली झापा आन्दोलनका नेता हुन् भन्ने कुरामा कुनै विवाद छैन । तर ओली झापा आन्दोलनका नायक होइनन् । के पी ओली एक दशकभन्दा लामो समय जेल बसे भन्ने कुरामा पनि कुनै विवाद छैन । जेलभित्रको जेल अर्थात गोलघरमा यिनले बषौं बिताउन परेको कुरामा पनि कुनै विवाद छैन । मैले जेलमा उनको जीवन शैली निकै नकारात्मक रहेको कुरा पनिे सुनेको थिएँ । उनलाई जेलबाट बाहिर स्वतन्त्रतापूर्वक घुमफेर गर्ने छुट भएको कुरा पनि मैले सुनेको थिएँ  । उनको जेलमा छँदा पनि सिडिओ र अंचलाधीससित पनि निकै राम्रो सम्बन्ध रहेको कुृरा  मैले सुनेको थिएँ । यी कुरालाई भने उनीबारेको सत प्रतिशत सही आरोपको रुपमा मैले किन लिन चाहन्न भने यी कुरा पुुष्टि गर्ने मसित  कुनै सबूत  प्रमाण छैन । केही सयम उनीसित सधैं जेल जीवन व्यतीत गरेका जुन मित्रले मलाई  यी सब कुरा भने तिनी अहिले हामीबीच छैनन् । उनले भनेको कुराका कति सत्यता थियो वा छ त्यस सम्बन्न्धमा मैले कुनै चासो राखिन । खोजी पनि गरिनं । खोजी गर्न आवश्यक पनि ठानिनं । तर पनि त्यसले गर्दा पनि  मेरो के पी ओलीप्रतिको छवि राम्रो बनेन् । व्यक्तिगत रुपमा ०४५–०४६— ०४७ सालतिर के पी ओली लुम्बिनी अंचलक

चाहिदेन एमसीसी

भो भो चाहिदैन एमसीसी फिर्ता नै गरे हुन्छ कसैका बाउको एमसीसी बिर्ता नठाने हुन्छ बन्दैन देश यसले बरु  ध्वस्त हुन सक्दछ सेना प्रवेश गर्दा जनता त्रस्त हृुन सक्दछ पसे पछि अमेरिकी सेना फिर्ता नै कहाँ हुन्छ हेर्दा हेर्दै मुलुकै उसको बिर्ता हुन सक्दछ समय छँदे हामी नेपाली जाग्न सक्नु पर्दछ खारेज गर्न एमसीसी नै लाग्नु सक्नु पर्दछ नयाँ इष्ट इंडिया कम्पनी ठाने हुन्छ हामीले आए पछि जान्न भन्ने कुरा जाने हुन्छ हामीले सियो भई छिर्रेी एमसीसी हाती भई निस्किन्छ फूलको बोट बिरुवामा यो काँडा भई चस्किन्छ चुसेर खोक्रो पार्दछ देश जनता जति दास त्रार्सै त्रासमा उनीहरूल फेर्नु पर्दछ सास टाढा हुन सक्दछ देशको मुक्तिका फेरि आश बन्न सक्दछ देश बीरको जिउँदो एक लाश डाँडै कटाउने गरी  फालौं  एमसीसीको लुतो हुली भुत पिचास घरमा  पछि नहोस् पछुृतो । १८–३–२०७७