Skip to main content

नाटक मंचन


रंगमंचमा देखा परे
देखापरिरहेका छन्
एक पछि अर्का
रंगी विरंगी खलनायकहरू
जसेको हर भूमिका प्रायोजित हुन्छ
नकारात्मक हुन्छ
जसमा हर कथा
दुखान्त हुन्छ
सुखान्त कथा बोकेको
एउटा पनि नाटक
मंचन भएको छैन
अझसम्म
यस रंगमंचमा
इतिहास दोहोरिरहेछ
पटक पटक
पmरक ढंगले होइन
उस्तै उस्तै ढंगले
केही फरक भए पनि
मात्रामा होला केही फरक
गुणमा होइन
दिक्क लागिसक्यो
उही नाटक
एउटै नाटक
पटक पटक दोहोरिहँदा
पात्र फेरिए पनि
भूमिका नफेरिंदा
अभिनय नफेरिंदा
संवाद नफेरिंदा
संदेश नफेरिंदा
मध्यान्तर भए पनि
बीच बीचमा
कथाले कुनै नयाँ मोड नलिंदा
कथाले कुनै नयाँ गति  नलिंदा
पर्दा खसालिए पनि
बीच बीचमा
कथामा कुनै हेरफेर नहुँदा
परिवर्तन नहुँदा
दृश्यमा कुनै नवीनता नहुँदा
अति भयो
अति भयो
कति हेरिहने एउटै नौटैकी नाटक
दोहोराई दोहोराई
कति हेरिरहने एउटै दृश्य परिदृश्य
दोहोराई दोहोराई
अब त बन्द गर नौटंकी नाटक
खसाल पर्दा
रचिनु पर्दछ
अब नयाँ कथा
रचिनु पर्दछ अव नयाँ इतिहास
मंचन गरिनु पर्दछ
अब नयाँ पात्र
देखा पर्नु पर्दछ
अब युग नायक
नयाँ भ्मिकामा
प्रस्तुत गरिनु पर्दछ
अब नयाँ दृश्य परिदृश्य
हुनु पर्दछ
अब सर्वथा नयाँ प्रस्तुति
सर्वथा  नयाँ कथा
जसमा नयाँ  राग अनुराग होस्
जसमा सुखान्तको आशा होस्
जसमा नयाँ गति होस्
जसमा नयाँ शक्ति होस्
जसले सुख शान्ति प्रगति ल्याओस्
जसले प्रवाह गरोस् नयाँ संंदेश
जसले संचार गरोस् नयाँ उर्जा
मन मनमा
जन जनमा 
जसले निर्माण गरोस् नयाँ संसार
जुन खडा होस्
एकदमै नयाँ जगमा ।
२४–३–२०७७



       
 
 

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...