Skip to main content

अयोध्या र बाल्मिकी आश्रम


 
मेरा मित्र अधिबक्ता धनपति उपाध्यायले एक दिन कुरै कुरामा मसित भनेका थिए – मलाई  समाजशास्त्रमा एम ए दिएर र पी एच डी गर्न मन लागेको छ । पी एच डी कुनै ठूलो कुरा होइन । अहिले पनि मैले कुनै विषयमा पी एच डीको थिसिज लेखेर दिन सक्दछु । तर एम ए गर्न आवश्यक छ । धनपति  उपाध्यायको एकेडेकी क्यारिएर उत्साहबर्धक थियो । उनले आसामको बार्डबाट नवौं स्थानमा एच एल सी उत्तीर्ण गरेका थिए । गुवाहाटी विश्वविद्यालयबाट पी युृ साइन्स विषय लिएर नवौं स्थान प्राप्त गरेर पास गरेका थिए । गुहावटीको प्रसिद्ध कटन कलेजबाट वी एस सी पास गरेका थिए । गुवाहाटी विश्वविद्यालयबाट एम एस सी पढ्दा पढ्दै उनी नेपाल आएर प्रथम डिभिजनमा प्रथम हुँदै वी एल पास गरेका थिए । मलाई के पनि थाहा थियो भने उनले अंग्रेजी भाषामा कथा पनि लेखेका थिए ।  उनको शैक्षिक पृष्टभूमि थाहा पाएको हुनाले नै  मैले उनलाई भनेको थिएँ तपाइंको अंग्रेजी भाषा राम्रो छ । अंग्रेजीमा एम ए गर्नुहोस् ।  धनपति अंग्रेजीमा एम ए गर्न  तयार भए । गोरखपुर विश्वविद्यायलबाट अंग्रेजीमा एम ए दिन चाहन्थे । प्राइभेट एम ए दिने व्यवस्था रहनेछ । दिल्ली गएको बेलामा अंग्रेजीमा एम ए दिने सम्बन्धमा म धनपति उपाध्यायसित आगरा विश्वविद्यायलमा पनि पुगेको थिएँ । फेरि लखनउ गएको बेलामा म धनपति उपाध्यायसित परीक्षाकै कुरालाई लिएर लखनऊ युनिवर्सिटीमा पनि पुगेको थिएँ । दुबै ठाउँमा गार्डले धनपति  उपाध्यायलाई एम ए प्राइभेट परीक्षा दिने सम्बन्धमा गएको विद्याथीै होइन कि कुनै ठूलो पद ओगटेको अफिसर होला भन्ने अनुमान गरेर स्यालुट ठोकेका थिए । अन्ततः धनपति उपाध्यायले अवध विश्वविद्यायलबाट अंग्रेजीमा एम ए दिने निधो भयो र भैरहवा क्याम्पसका लाइबेरियन मणिराम भट्टराईसित  म अयोध्धा गएको थिएँ । धनपति उपाध्याय र मणिराम भट्टराईले अयोध्या स्थित अवध विश्वविद्यालयबाट अंग्रेजीमा एम ए दिए र उत्तीर्ण पनि भए ।  धनपति उपाध्यायले राम्रै अंक प्राप्त गरेका थिए ।
धनपति उपाध्याय र मणिराम भट्टराईलाई साथ दिन अयोध्या पुग्दा हामीले रामको जन्म भूमि मानिएको अयोध्यामा प्रवेश गरका थियौं । दरवारका अवलोकन गरेका थियौं । यहाँ राम जन्मेका थिए भनिएको थियो । यहाँ  दशरथ राम आदिसित सम्बन्धित  यी यी चीज हुन् भनिएको थियो । ती सब चीजको बडो रुचिसाथ अवलोकन गरे पनि मैले कुनै पनि कुरा विश्वास गरेको थिइनं । सोचेको थिएँ  मान्छेले मान्छेलाई नै कति बेवकुफ बनाउन सक्दोरहेछ । प्रस्तुत गर्नेले नहुने कुरा पनि प्रस्तुत गर्दछ । विश्वास गर्नेले नहुने कुरा पनि विश्वास गर्दछ । तर मैले यसको कृुने खण्डन मण्डन पनि गरिनं । खासै चर्चा पनि गरिनं । यो प्रस्तुत लेखको एउटा प्रसंग हो ।
यो लेखको अर्को प्रसंग हो म बुटवल क्याम्सका प्राध्यापकहरूसित  त्रिबेणीमा पिकनिक गएको बेलाको प्रसंग । मान्छेहरू पिकनिक गएको बेला खाना पकाउनमा मस्त र व्यस्त रहन्छन् । म वरिपरि डुल्न मन पराउँछु । यही कुरा त्रिबेणीमा पिकनिक जाँदा दोहोरिएको थियो । म , ऋषिराम भुसाल र केही साथीहरू नजिकैको बाल्मिकी आश्रम जान हिंड्यौं । मैले अयोध्उाको अवलोकन गरे. जस्तै बाल्मिकी आश्रमको अवलोकन गरें । भनिएको थियो यहाँ बसेर बाल्मिीकीले लब कृुशलाई शिक्षा दिन्थे । यो सीताले पिस्ने गरेको लोहोरो हो । यहाँ सीता भासिएकी थिइन । आदि इत्यादि ।  मैले यी कुरामा कुनै सत्यता भएको मानिन । मान्ने कुरा पनि  थिएन आखिर । म कानूनको विद्यार्थी पनि भएको हुनाले भनिएको सत्यलाई पनि समर्थन  गर्ने अर्को कुनै प्रमाण नभए विश्वासमा लिन सक्दिनथे. ।  सीताले पिस्ने गरेको लोहोर त्यही नै हो भनेर पुष्टि गर्ने कुनै अर्को साक्षी प्रमाण थिएन ।  .हुन सक्ने कुरा  पनि भएन । तथापि मैले यस कृराको पनि कुनै खण्डन मण्डन गरिनं  ।  चर्चा परिचर्चा गरिनं ।  त्यसको आवश्यकता पनि ठानिनं ।
म द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने व्यक्ति हुँ  । म माक्र्सवादमा विश्वास गर्ने व्यत्ति हुँ  । म विज्ञानवादी चिन्तनमा विश्वास गर्ने व्यक्ति हूँ । म अबतारवादमा विश्वास नगर्ने मान्छे हुँ  । यस अर्थमा म रामलाई भगवानको अवतार मान्न सक्दिनथें । दोस्रो कुरो मलाई के थाहा थियो भने रामायण इतिहास होइन । माइथोलोजी हो । कविको कल्पनाको सृजना हो । यसैले यसको ऐतिहासिक घटना र स्थलसित गोरु बेचेको पनि साइनो हु्ँदैन भन्ने मान्उत राख्दथें म । यद्पि मिथ वा माइथोलिजीमा बर्णित कुनै स्थान वास्तविक हुन पनि सक्दछन् । जस्तो कि हामीले काल्पनिक कथा लेखे पनि ठाउँ त  वास्तविक नै हुन्छन् । स्थान त वास्तविक नै हुन्छन् । हामीले कथामा पोखरा भनांैला । पोखरा भएकै ठाउँ हो । हामीले कथामा बुटबल भनौंला । बुटबल भएकै ठाउँ हो ।  तर माइथोलोजीमा बर्णित सबै ठाउँको भौतिक उपस्थिति हुन्छ भन्ने कुरा  साँचो होइन । उदाहरणको लागि हामी स्वर्ग नर्क र पातालको कुरा गर्दछौं । तिनको भौतिक उपस्थिति हामी देखाउन सक्दैनौं । मिल्टनले आफ्नो महाकाव्य पाराडाइज लस्टमा हेवन गार्डेन अफ इडन र पातालको पाण्डेमोनियमको बर्णन गरेका छन् । यी ठाउँ कोरा काल्पनिक हुन् । कतै खोजेर पाइदैनन् । अवश्य बेला बेलामा संसदमा मारपिट होहल्ला भयो भने त्यसलाई पान्डेमोनियम भनिन्छ । नेपालको संसद पनि बेला बखतमा पाण्डेमोनियम हुने गरेको छ । इटालीका महाकवि दाँतेले आफ्नो महाकाव्य डिभाइन कमेडीमा इन्फेर्नो,पुर्गाटोरी र पाराडिसोको बर्णन गरेका छन् । यी पनि काल्पनिक स्थान हुन् ।  प्रमेथियसले स्वर्गबाट आगो चोरेर ल्याएको कुरा ग्रिक माइथोलिजीमा पाइन्छ । यो पनि काल्पनिक स्वर्ग हो । जोनाथन स्विफ्टको लिलिपुट कुनै भौतिक रुपमा अवस्थित द्वीप होइन । काल्पनिक ठाउँ  हो । प्राचीन ग्रिकका कवि होमरका इलियड र ओडेसी इटालीका कवि बर्जिलको यनियड, संस्कृतका महाकाव्य बाल्मिकीको रायमायण बेद व्यासको  महाभारत आदि काल्पनिक कथा हुन् ।  माइथोलोजीका विषयबस्तु हुन् । त्यहाँ बर्णित  कति ठाउँ सही पनि हुृन सक्दछन् । भन्नुको अर्थ हो तिनको कतै भौतिक अस्तित्व पनि हुन सक्दछ । तर कति ठाउँ कोरा काल्पनिक हुन्छन् । दन्त्य कथा पनि काल्पनिक ठाउँ वा समयको चर्चा हुन्छ ।  एका देशमा काल्पनिक देश हो । अंग्रेजीमा हामीले वन्स अपन अ टाइम भन्दछौं । यो काल्पनिक समय हो । त्यसरी नै नेपालीमा पनि उहिलेबाट दन्त्य कथा  शुरु गर्दछौं त्यो पनि काल्पनिक समय हो । माइथोलोजी वा मिथ इतिहास होइन । इतिहास मिथ वा  माइथोलोजी होइन । माइथोलोजीको युग इतिहासको यृुग भन्दा अघि हो । पृरानो हो । सत्य घटनामा वा तथ्यमा आधारित भनिने इतिहासका कृरा त हामी सही तरिकाले प्रस्तुत गर्न सकिरहेका छैनौं भने कोरा  कल्पनामा आधारित माइथोलोजीका कुरालाई हामी कसरी सत्य कुराको रुपमा ग्रहण गर्न सक्दछौं ?
यदपि एरिस्टोटलले कल्पनामा आधारित साहित्यलाई इतिहास र दर्शनभन्दा पनि अझ बढी सत्य मानेका छन् । त्यसको कारण छ ।  उनले यसो भनेको कारण के हो भने कथा उपन्यास वा साहित्य सत्य घटनामा आधारित नभए पनि हामीलाई त्यो आफ्नै जीवनको यथार्थ कथा जस्तो लाग्दछ । इतिहास सत्य घटनामा आधारित  भए पनि हामीलाई आफ्नो जीवनको कथा जस्तो लाग्दैन ।
मान्छेहरूले धार्मिक ग्रन्थमा विश्वास गर्ने कुरा आध्यात्मवादी चिन्तनले गर्दा हो । बैज्ञानिक चिन्तनको अभावले हो । जब जब मान्छेमा बैज्ञानिक चेतना बढ्दै जान्छ उनीहरू अन्धविश्वासी चिन्तनबाट मुक्त हुँदै जान्छन् । धार्मिक चिन्तन वा आस्थाबाट मुक्त  हुँदै जान्छन् । यस सम्बन्धमा  लेनिनले भनेका कुृरा  मननयोग्य छन् । लेनिनले भनेका छन् कम्युनिष्टहरू द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछन् । विज्ञानमा विश्वास गर्दछन् । यसैले उनीहरू धर्म मान्दैनन् । भगवानको अस्तित्वलाई मान्दैनन् । तर कम्युनिष्ट व्यवस्थामा सबै कम्युनिष्ट हुँदैनन् । कम्युनिष्ट व्यवस्थामा पनि धर्म वा भगवानमा विश्वास गर्ने धेरै जनता हुन्छन् । व्यक्ति हुन्छन् । उनीहरू धर्म मान्दछन् । ईश्वरको अस्तित्वलाई स्वीकिार  गर्दछन् ।  यो उनीहरूको स्वतन्त्रताको कुरा हो । माक्र्सवादले धर्म मान्ने छुट पनि दिन्छ । धर्म नमान्ने छुट पनि दिन्छ । माक्सैवादले भगवानमा विश्वास गर्ने छुट पनि दिन्छ । भगवानमा विश्वास नगर्ने छुट पनि दिन्छ ।  माक्र्सवाद भन्दछ धर्म वा भगवान मान्ने वा नमान्ने विषयलाई राज्यको विषय बनाइनृु हुँदैन । त्यो नितान्त व्यक्तित मान्यताको बिषय हुृनु पर्दछ । अर्को कुरा धर्मको नाममा शोषण गर्न भने पाइदैन । त्यो  छुट कसैलाई छैन  ।
लेनिन के पनि भन्दछन् भने माक्र्सवादले कसैलाई पनि जबरजस्ती धर्म नमान भन्दैन । भगवानमा विश्वास नगर पनि भन्दैन । माक्र्सवाद भन्दछ धर्म मान्ने कुरा  वा भगवानमा विश्वास गर्ने कुरा कसैले घोषणा गरेर हटाउने. वा छुटाउने. विषय होइन । माक्र्सवादको काम हो मान्छेलाई अन्धविश्वासी चिन्तनबारे शिक्षा दिक्षा दिनु । बैज्ञानिक कुरा बताउनृु । जब मान्छेमा बैज्ञानिक शिक्षा वा ज्ञान बढ्दै जान्छ उनीहरू धर्ममा आस्था राख्न छाड्दै जान्छन् । भगवानप्रतिको आस्था वा विश्वास हट्दै र घट्दै जान्छ । धर्मप्रतिको आस्था वा भगवानप्रतिको विश्वास आफै हराएर  जाने कुरा हो । कसैले कुनै एक दिन घोषणा गरेर समाप्त पार्ने कुरा होइन ।
कम्युनिष्टहरूले धर्म वा ईश्वरको अस्तित्वमा विश्वास नगरे पनि अरुको आस्था वा  विश्वासमाथि चोट पुराउने काम गर्दैनन् । गर्र्नु पनि हुँदैन ।
बाइबलको मान्यता थियो सूर्य पृथ्वीको वरिपरि घुम्दछ । जब सोहो शताब्दीमा ब्रुनोले सूर्य पृथ्वीको वरिपरि होइन कि पृथ्वी नै सूर्यको वरिपरि घुम्दछ भने चर्चले उनलार्ई खुला मंचमा सार्वजनिक रुपमा जिउ्रँदै जलाएको थियो. । तर अन्तत ः चर्चले बैज्ञानिक सत्यलाई स्वीकार गर्नु पर्यो र अहिले आएर चर्चले  बु्रनोसित क्षमा याचना गर्नु पर्यो ।
सत्य भन्ने कुरा कसैले जबरजस्ती कुतर्क गरेर वा पाखुरा सुर्केर जित्ने कुरा होइन ।  सत्य भनेको कुरा अनुमान र अन्दाजको भरमा भन्ने कुरा पनि होइन ।  माक्र्सवाद तथ्यबाट सत्य पता लगाउने कुरामा विश्वास गर्दछ ।  फेरि सत्य समय सापेक्ष हुन्छ । देश काल परिस्थिति सापेक्ष हुन्छ । जुन कुरा अमेरिकाको लागि सत्य हुन्छ त्यो नेपालको लागि सत्य नहुन सक्दछ । अमेरिकाको रात नेपालको लागि दिन हुन सक्दछ । जुन कुरा हिमालको लागि सत्य हुन्छ त्यो तराईको लागि सत्य नहुन सक्दछ । तराईमा गर्मी हुँदा हिमालमा चिसो हुृन सक्दछ । जृुन कुरा हिजो सत्य थियो आज असत्य पनि हृुन सक्दछ । हिजो सूर्य पृथ्वीको वरिपरि घुम्दछ भन्ने कुरा सत्य थियो । आज पृथ्वी सूर्यको वरिपरि घुम्दछ भन्ने कुरा सत्य हो ।  यही भएर अंग्रेजीका माक्र्सवादी सौन्दयशास्त्री क्रिष्टोफर काडबेलले भनेका छन् – जब इन्जिन पुरानो हुन्छ ब्रेक हुन्छ । जव ज्ञान पुृरानो हुन्छ भ्रम हुन्छ ।

.३–४–२०७७




Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास