Skip to main content

के पी ओलीबारे भ्रम र यथार्थ


 
के पी ओली झापा आन्दोलनका नेता हुन् भन्ने कुरामा कुनै विवाद छैन । तर ओली झापा आन्दोलनका नायक होइनन् । के पी ओली एक दशकभन्दा लामो समय जेल बसे भन्ने कुरामा पनि कुनै विवाद छैन । जेलभित्रको जेल अर्थात गोलघरमा यिनले बषौं बिताउन परेको कुरामा पनि कुनै विवाद छैन । मैले जेलमा उनको जीवन शैली निकै नकारात्मक रहेको कुरा पनिे सुनेको थिएँ । उनलाई जेलबाट बाहिर स्वतन्त्रतापूर्वक घुमफेर गर्ने छुट भएको कुरा पनि मैले सुनेको थिएँ  । उनको जेलमा छँदा पनि सिडिओ र अंचलाधीससित पनि निकै राम्रो सम्बन्ध रहेको कुृरा  मैले सुनेको थिएँ । यी कुरालाई भने उनीबारेको सत प्रतिशत सही आरोपको रुपमा मैले किन लिन चाहन्न भने यी कुरा पुुष्टि गर्ने मसित  कुनै सबूत  प्रमाण छैन । केही सयम उनीसित सधैं जेल जीवन व्यतीत गरेका जुन मित्रले मलाई  यी सब कुरा भने तिनी अहिले हामीबीच छैनन् । उनले भनेको कुराका कति सत्यता थियो वा छ त्यस सम्बन्न्धमा मैले कुनै चासो राखिन । खोजी पनि गरिनं । खोजी गर्न आवश्यक पनि ठानिनं । तर पनि त्यसले गर्दा पनि  मेरो के पी ओलीप्रतिको छवि राम्रो बनेन् । व्यक्तिगत रुपमा ०४५–०४६— ०४७ सालतिर के पी ओली लुम्बिनी अंचलको इन्चार्ज रहँदा म यिनकै नेतृत्वको मातहतमा थिएँ  । मैले नेकपा माले पाटीं यिनी लृुम्बिनी अंचलको इन्चार्ज भएका ेबेलामा आयोगद्वारा संविधान लेख्ने सन्दर्भमा उनलाई नै मौखिक जानकारी दिएर छोडेको हुृँ । त्यतिबेला पार्टीका महासचिव झलनाथ खनाल थिए । मैले पार्टी परित्याग गरेको माले कालमा हो । म कहिले एमाले भइनं ।  मैले पार्टी छोडे पछि प्रत्यक्ष रुपमा एमाले हाल नेकपाका नेतामध्ये  बामदेव गौतमलाई े१ पटक बुटबलमा बाटोमा, झलनाथ खनाललाई एकपल्ट काठमाण्डौमा साहित्य कार्यक्रमबाट वाहिरिंदा  र के पी ओलीलाई दुई पटक एकपल्ट भैरहवामा र अर्को पटक बुटबलमा भेटेको छु । भेट हार्दिक नै थियो । के पी ओलीसित मेरो कहिले नराम्रो सम्बन्ध भएन । भन्न खोजेको कुरा हो म बैचारिक कारण बाहेक के पी ओलीप्रति नकारात्मक भाव राख्दिनं । उनले पनि मप्रति कुनै नराम्रो व्यवहार गरेको मलाई थाहा छैन ।
मान्छेहरू के पी ओलीलाई महान रुाष्ट्रवादी नेताको रुपमा चित्रण गर्दछन् । म यस कृुरामा सहमत छैन । राष्ट्रघाती महाकाली सन्धिमा फ्रन्ट लाइनमा उत्रेर त्यसको पक्षपोषण गर्ने एकजना पात्र वा खलनायक के पी  ओली नै ह्न् । राष्ट्रघाती महाकाली सन्धिका अरु खलनायक पात्र हुन् माधव नेपाल , शेरबहादुर देउवा रामचन्द्र पौडेल, पशुृपति  शमशेर तथा डा प्रकाश चन्द लोहनी । त्यतिबेला महाकाली सन्धिबाट नेपाललाई बर्षेनी १ खरब २० अरब फाइदा हुन्छ भनेर कुर्लिने के पी ओली नै हुन् । खोई त नेपाललाई त्यसबाट एक सुका पाइदा भएको ? पशुपति शमसेरले पनि भनेका थिए महाकाली सन्धि भयो भने सूर्य पश्चिमतिरबाट उदाउँछ । खोई त सूर्य पश्चिमतिरबाट उदाएको ?
भारत नेपालको तुलनामा जति शक्तिशाली भए पनि हामी विश्वमा  जलसैोतको लागि दोस्रो धनी देश भएको कारणले भारतका हर चुनौतीको सामना पानी कै बलमा गर्न सक्दथ्यौं । तर हाम्रा मुलुकका शासकले हाम्रा सबै प्रमुख नदी नाला भारतको चरण कमलमा राखिदिएका छन् । बेचिदिएका छन् । हाम्रै मुलुकको नदी नालामाथि हाम्रै अधिकार छैन । हाम्रा मुलुकका नदीका पानीमाथि हाम्रो अधिकार छैन ।  हामी हाम्रा  बग्ने नदीका पानीका स्वामी रहेका छैनौ । यो भन्दा विजोगको स्थिति हाम्रो अर्को के हुन सक्दछ । यही भएर कवि युद्ध प्रसाद मिश्रले भनेका छन् – बारीका तटबाट बग्दछ कुलो रित्तो छ हाम्रो घडा ।                                                           
हामीलाई थाहा छ मातृका प्रसाद कोइरालाले कोशी बेचे । वी पी कोइरालाले गण्डकी बेचे । गिरिजा प्रसाद कोइरालाले टनकपुर बेचे । कांग्रेस एमाले राप्रपाले एकीकृत महिाकाली सन्धिको नाममा महाकाली बेचे । कांग्रेस एमाले र राप्रपाले महाकाली बेच्दा नेपाली जनता निकै जागरुक थिए । महाकाली नदी बेच्न हुँदैन भनेर देशव्यापी रुपमा आन्दोलन गरेका थिए ।  जलस्रोतविद् दीपक ज्ञवालीले भनेका थिए भारतले विजूली उत्पादन हेतुले महाकाली सन्धि गर्न खोजेको होइन । नेपालका जलस्रोतमाथि कब्जा गर्न महाकाली नदीमा सन्धि गरेको हो । भारतको समय उर्जा होइन । बिद्युत होइन । पानी हो । यसैले भारतको नेपालको पानीमाथि आधिपत्य जमाउने  गरी महाकाल िसन्धि गर्न हुँदैन । उनले यो पनि भनेका थिए महाकाली सन्धि गर्नु भनेको महाकाली नदीको कन्यादान हो । दशभरका जागरुक जनता तथा बुद्धिजीवी बर्गले राष्ट्रघाती महाकामली सन्धिको विरुद्धमा देशव्यापी आन्दोलन चलाइरहेको सन्दर्भमा मध्यरातमा महाकाली सन्धि गरिएको थियो । महाकाली सन्धि शेरबहादुर देउवाको पालामा भएको हो । एमाले तयार नभएको भए महाकाली सन्धि हुने थिएन । एमालेका पनि आधा नेतृत्व यसका विपरीतमा नै थियो । तर ओलीकै पहलमा   षडयन्त्रपूर्वक  बहुमत बनाएर एमालेलाई पनि सन्धिका पक्षमा उभ्याइयो । त्यतिबेला मशालका नवराज सुवदी र बामपन्थी नता पद्दरन्त तुलाधर लगायत ५ जनाले मात्र यसको पक्षमा मतदान गरेका होइनन् ।
व्रिटिशको पालामा भारतले नेपालको भूभाग ओगटेर शारदा व्यारेज बनाएको थियो ।शारदा व्यारेजले ओगटेको नेपालको भूभाग भरिको भूभाग भारतले कुृनै ठाउँमा दिने शर्त थियो ।  कबृुल अनुसार त्यस्तो भूभाग नेपाललाई दिएको कुनै प्रमाण छैन । यस्तो स्थितिमा शारदा व्यारेज सम्बन्धको सन्धि समाप्त भए पछि भारतले नेपालको त्यो भाग फिर्त गर्नुृ पर्दथ्यो । यस सम्बन्धमा जानकार बुद्धिजीवीले कुरा उठाएका पनि थिए । तर सत्ता मौन रह्यो । सत्ताधारी दल मौन रहे ।
गिरिजाप्रसाद कोइरालाले ससझदारीको नाममा टनकपुर सन्धि गरेका थिए । सर्वोच्च अदालतले  समझारी होइन सन्धि हो भने पछि दुई तिहाई बहुमतले त्यसलाई संसदबाट पास  गर्नु पर्दथ्यो । यसैबेला माधव नेपालले भारतसित मिलेर एकीकृत महाकाली सन्धिकोृ अवधारणालाई अघि बढाए । प्याकेजमा सन्धि गर्ने भने । पंचश्वर परियोजनालाई अघि बढाए ।   व्यापक विरोधको बीचमा टनकपुर पंचेश्वर परियोजना सबैलाई एकसाथ मिलाएर एकीकृत महाकाली सन्धि गरिएको थियो । छलछाम गरेर गरिएको टनकपुर सन्धिलाई बैद्यता दिइयो । शारदा व्यारेजको सवाल ओझेलमा पारियो ।
सुगौली सन्धि अनुसार महाकाली पारि नेपालका महाराजा नजाने भनिएको थियो । त्यसको अर्थ हुन्प्थ्यो महाकाली नेपालको एकलौटी नदी थिया । तर राष्ट्रघाती महाकाली सन्धि गर्दा  महाकाली नदी साझा हो पानी आधा आधा हो भन्ने रारा लगाएको भए पनि त्यसलाई साझा नदीको दर्जा पनि नदिएर भारतको पोल्टामा ९६ प्रतिशत पानी र नेपालको पोल्टामा मात्र ४ प्रतिशत पानी पारियो । यो नै राष्ट्रघात थियो । घारे राष्टं«घात ।  महाकाली सन्धि गर्दा कालापानीबाट भारतीय सेना हट्न पर्दछ भन्ने शर्त राखिएन । त्यसमा जोर दिएको भए सन्धि गर्ने दाउमा भारत कालापानीबाट भारतीय सेना हटाउन पनि बाध्य हुन सक्दथ्यो । अन्यथा राष्ट्रघाती महाकाली सन्धि गरिने थिएन । हुने थिएन । अर्को कुरा महाकाली सन्धि गर्ने सन्दर्भमा महाकाली नदीको मुहान लिम्पियाधृरा हो भन्ने कुरामा भारतलाई बाध्य पार्न सकिने संभावना थियो ।  त्यस संभावनालाई पनि उपयोग गरिएन । चेतन जंग हिमालीले लिम्पियाधुरा लिपुलेक कालापानीका कुृरा उठाए पनि सरकारले सुनेन । सत्ताधारी पार्टींं वा विपक्षले यसको कुनै वास्ता गरेन । जलस्रोतविद्ले भने अनुसार पैचेश्वर परियाजना भारतको रुचि र आवश्यकताको विषय थिएन  । यसैले उसले यसप्रति रुचि लिएन । चासो राखेन । महाकालीको पानीमाथि एकलौटे कव्जा गर्नु थियो । गर्यो । नेपालले पानी पनि गुमायो । जमीन पनि गुमायो । महाकाली सन्धिमा सबभन्दा बढी पक्षपोषण र बकाललत गर्ने के पी ओली नै हुृन् । यसको लागि उनी दण्डित हुनु पर्ने । झन् पुरस्कृत भएका छन् । राष्ट्रघाती भएर पनि राष्ट्रवादी नेताको पगरी समेत गुथाइएका छन्।  निश्चित रुपमा जस्तो कि माथि भनियो राष्ट्रघाती महालकाली सन्धिका खलनायकमा शेरबहादुृर देउवा, रामचन्द्र पौडेल, माधव नेपाल, पशुपति शमशेर र डां प्रकाश चन्द्र लोहनी सबभन्दा बढी
चर्चित पात्र हृुन् । कुपात्र हुन् । तर पनि महाकाली सन्धिले नेपाललाई बर्षेनी एक खरब २० अरब लाभ हुन्छ भनेर जनताको आँखामा छारो हाल्ने के पी ओली सबभन्दा बढी आलोचित पात्र हुन पुगेका छन् । यसैले उनलाई राष्टवादी नेताको रुपमा हुर्नु र बुझ्नु एउटा भ्रम मात्र हो ।
मोदीको नाकाबन्दीको बेलामा उनी बाध्य भएर राष्ट्रवादी भएका हुन् । तर  नाकाबन्दीको बेलामा पंचायतकालमा मरीचमानसिंहले जति  दह्रो अडान लिन सकेका होइनन् ।,तथापि जनतामा ओली राष्ट्रवादी नेता हुन् भन्ने भ्रम पर्यो । त्यस भ्रमले ओलीलाई सत्ताको सिंहासनमा पुरायो । अमेरिका ट्रम्स, भारतका मोदी र नेपालका ओली फासीवादी चरित्र भएका नेता हुन् । फरफ यही छ ट्रम्सले साम्राज्यवादी शक्तिलाई प्रतिनिधित्व गर्दछन् । मोदीले विस्तारवादी शक्तिलाई प्रतिनिधित्व गर्दछन् । ओलीले दलाल पूंजीवादी शक्तिलाई । उनीहरूमा लोकतान्त्रिक चरित्र छैन । उनीहरूले कसैका कुरा सुन्दैनन् । उनीहरू शक्तिको भाषामा मात्र बोल्दछन् । उनीहरू आफूलाई सर्वेसर्वा ठान्दछन् । फ्रान्सका लुई चौधह राजाले जस्तै राज्य भनेको मै हुँ भन्ने बिचार पाल्दछन् । पछि जनताले लुई चौधहको टाउको गिलिटिनमा राखेर छिनी दिएका थिए । गिडी दिएका थिए । टाउको भकुण्डो खेलिदिएका थिए । आखिर जनतामाथि कोही हुँदैन । केही हुँदेन ।
भ्रष्टाचारलाई शुण्य सहनशीलतामा झार्दछु भनेर शेखी गर्ने प्रधानमंंत्री ओलीले  भ्रष्टाचारीलाई अंगालो हालेर बसेका छन् । काँध चढाई राखेका छन् । भ्रष्टाचारीलाई कुखुराले चल्लालाई छोपे जस्तै छोपेर बसेका छन् । तर प्रसंग राष्ट्रवादी नेताको रुपमा ओलीको चर्चा चलेकोले अनियन्त्रित भ्रष्टाचारको सवाललाई यस लेखको विषय बस्तु बनाउन उचित हुँदैन ।
यतिबेला लिम्यिाधुरा लिपुलेक र कालापानीलाई नेपालको नक्शमा समावेश गरी नयाँ नक्शा संसदबाट पारित गरेकोमा के पी ओलीको हाई हाई भएको छ । जय जयकार भएको छ । राम्रै्र कुरा हो । तर यो यसको लागि उनले नाख ठाडो पार्ने र  गर्व गर्ने खासै कारण  छैन ।  भारतले लिम्पियाधुरा लिपुलेक र कालापानी भारतकोे नक्शामा पारेर प्रकाशित गरिसके पछि र नेपालको भूमिबाट मानसरोवर जान ेबाटो खनेर उद्घाटन गरिसके पछि उनले यी क्षेत्रलाई आफ्नो देशको नक्शामा समावेश गरेर प्रकाशित गर्नु एउटा बाध्यकारी परिस्थिति भएको थियो । तर उनी त्यसको लागि  तयार थिएनन् । सडकमा त्यही कुरा शान्तिपूर्वक उठाउने आन्दोलनकारीका टाउका फोर्ने पनि ओली नै हुन् । ओली सरकार नै हो । ओलीलाई त  भारतको साँध सीमा पनि थाहा थिएन । भारतले नेपालको भूभाग हुँदै बाटो खनेको पनि थाहा थिएन । भलनाथ खनालको भनाइ अनृुसार लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रलाई नयाँ नेपालको नक्शामा समावेश गरेर प्रकाशित गर्न ओली राजी थिएनन् । पार्टीको दवावमा उनी अघि बढेका हुन् । यसैले पनि उनलाई ठूलो राष्ट्रवादी नेताको रुपमा प्रस्तुत  गर्नुृ एउटा ठूलो भ्रम हुन्छ ।,
हिजोसम्म के पी ओलीलाई भारतको दलालको रुपमा बुझिंदै आइएको अवस्था थियो । मोदी अमेरिकाको दलाल भए पछि ओली पनि भारतसितै अमेरिकाको एजेन्ट भइसकेका रहेछन् । मान्छेहरू पििहलेदेखि ने शेरबहादुर देउवालाई अमेरिकी एजेन्ट भन्दथे । शेरवहादुर देउवाको एमसीसी प्रेमले पनि त्यही यथार्थ जनाउँछ । यतिबेला एमसीसीलाई जसरी भए पनि संसदबाट पास गर्नु पर्दछ भन्ने मामिलामा जति  देउवा र ओली कुर्लेका छन् त्यति अरु कोही कुर्लेको देखिन्न । एमसीसी त राष्ट्रघाती महाकाली सन्धिभन्दा हजारौं गुना खतरनाक परियोजना हो । यो अमेरिकाको नेपाललाई आफ्नो उपनिवेश बनाउने र चीन बिरुद्धको युद्ध मोर्चा बनाउने परियोजना हो ।  कार्यक्रम हो । यो नयाँ  इष्ट इंडिया कम्पनी हो । यो मात्र नेपालको विकास गर्न प्रदान गरिने आर्थिक सहयोग वा अनुदान होइन । इन्डोपेसिफिक स्टाट्रेजिक सामरिक रणनीतिको अभिन्न अंग हो । एमसीसी जुन सुकै नाम रंग मात्रा वा अंशको रुपमा नेपालमा प्रवेश गरेयो भने त्यो नेृपाललाई ध्वस्त पारेर छोड्नेछ । विस्तारवादी भारतसित दोस्तीको लगनगाँठो कसेर आउने एमसीसी चीनलाई घेर्ने र समाप्त पार्ने लक्ष्य राख्दछ । यस स्थितिमा यदि नेपालले एमसीसीलाई बाजा गाजा बजाउँदै डोलीमा चढाएर नेपाल भित्र प्रवेश गराउँछ भने चीनलाई चिढाउने र दुश्मनको पंक्तिमा राख्ने काम गर्दछ । यसैले नेपाललाई सार्वभौम स्वतन्त्र र स्वाधीन राख्न चाहने कुनै पनि देशभक्त  नेपालीले एमसीसीलाई स्वीकर गर्न चाहँदैन । देशभक्त बुद्धिजीवीको अभिव्यक्ति र सडक आन्दोलनले यही संदश दिन्छ । तर पनि शेरबहादुर देउवासित चोचो मोचो मिलाउँदै के पी ओली एमसीसी पास गराउने ज्यान फालेर लागेको देखिएका ेछ । आफ्नै पार्टी पंक्ति समेतबाट एमसीसीको धुँवाधार विरोध हुँदा समेत के पी ओली एमसीसीसित सति जान दाम्लो छिनालेर लागेको देखिन्छ । एमसीसीको बकालत गर्ने कुनै पनि व्यक्ति यो मुलुकको निम्ति गद्दार र अमेरिकाका दलाल हा े। यस्तो व्यक्तिलाई पनि राष्ट्रवादी नेताको रुपमा हेर्नु र पेश गर्नु सत्यलाई बंगाउनृ र भ्रमको खेती गर्नु मात्र होे । परिस्थिति तथा जन दबाबले गर्दा बेला बखतमा ओलीलाई राष्ट्रवादी कदम चाल्न वाध्य हुनु परेको छ । त्यस्तो कदम स्वागतयाग्य पनि छ । तर ओलीलाई सारमा हेर्ने हो भने उनी राष्ट्रवादी नेता यस कारण पनि होइनन् कि उनले यो मुलुकमा राष्ट्रघाती महाकाली सन्धिमा सबभन्दा ठूलो खलनायकको भूमिका खेलेर राष्ट्रप्रति अक्षम्य अपराध गरेका छन् । ओलीलाई राष्ट्रघाती महाकाली सन्धि र एमसीसीबाट अलग गराएर बुझ्न र चिन्न सकिन्न ।ओलीका पनि षडयन्त्रमा गरिएको महाकाली सन्धिलाई मान्ने हो भने त हामीले धेरै कु्रा  गुमाउनुृ पर्ने अवस्था पनि आउन सक्दछ । यो कुरा बेग्र्लै हो कि हामी नेपाली सबै प्रकारका असमान सन्धिको खारेजीको पक्षमा छौं । महाकाली सन्धि पनि खारेज हुनु पर्दछ । आखिर महाकाली सन्धिबाट नेपालले के पायो ? बरु उल्र्टै धेरै कुरा गुमायो ।
२१–३–२०७७

















































         



       र्
 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास