भो भो चाहिदैन एमसीसी फिर्ता नै गरे हुन्छ
कसैका बाउको एमसीसी बिर्ता नठाने हुन्छ
बन्दैन देश यसले बरु ध्वस्त हुन सक्दछ
सेना प्रवेश गर्दा जनता त्रस्त हृुन सक्दछ
पसे पछि अमेरिकी सेना फिर्ता नै कहाँ हुन्छ
हेर्दा हेर्दै मुलुकै उसको बिर्ता हुन सक्दछ
समय छँदे हामी नेपाली जाग्न सक्नु पर्दछ
खारेज गर्न एमसीसी नै लाग्नु सक्नु पर्दछ
नयाँ इष्ट इंडिया कम्पनी ठाने हुन्छ हामीले
आए पछि जान्न भन्ने कुरा जाने हुन्छ हामीले
सियो भई छिर्रेी एमसीसी हाती भई निस्किन्छ
फूलको बोट बिरुवामा यो काँडा भई चस्किन्छ
चुसेर खोक्रो पार्दछ देश जनता जति दास
त्रार्सै त्रासमा उनीहरूल फेर्नु पर्दछ सास
टाढा हुन सक्दछ देशको मुक्तिका फेरि आश
बन्न सक्दछ देश बीरको जिउँदो एक लाश
डाँडै कटाउने गरी फालौं एमसीसीको लुतो
हुली भुत पिचास घरमा पछि नहोस् पछुृतो ।
१८–३–२०७७
Comments
Post a Comment