Skip to main content

Posts

Showing posts from August, 2020

तीज गीत

 अहिलेको तीजमा बरु दर खान्न बरिलै अहिलेको तीजमा बरु माइत जान्न बरिलै माइत जाउँ भने दाजै कोरोना कै डर कोरोना लागेको जीवनको खोई के भर  बाँचे पछि अर्को साल फेरि तीज आउँछ  माइत गई दर खाने मौका फेरि पाउँछ  माइत नजाँर्दमा आकाशै खस्ने त  होइन  यो साल त  बरिलै म त  माइत गइन कोरोनाले परेन यो साल त बरै साइत  चेली बिना हुने भो कठै सुनो सुनो माइत यो सालको तीज त चेली बिनाकै हुने भो  माइतीको मन त बरिलै साह्रै नै रुने भो यो ज्यान मारा कोरोना. कहाँबाट आयो  कोरोनाले संसारलाई साह्रै नै सतायो  मान्छेसित मान्छे हजुर  टाढा रहन पर्ने  मान्छेले नि मान्छे छोए कोरोना सर्ने   माइत जाने चेली पनि घरमै बस भन्छ  मै हँ भन्नेलाई पनि  कोरोना कहाँ गन्छ  यस पालीको तीज हामी घरमै बसी मनाउँ बाटो छेकेको कोरोनाले माइतीलाई जनाउँ । ३२–४–२०७७                             

कथाकार माया ठकुरी

आख्यानकार लीलबहादुर क्षेत्रीलाई मैले गुवाहाटीमा उनकै आफ्नै निवासमा भेट्दा उनले मलाई भनेका थिए पंचायतले आफ्नो रजत जयन्तीको अवसर पारेर २०३९ सालमा भारतीय  नेपाली कथाको पुस्तक प्रकाशित गरेको रहेछ । त्यसमा तपाइको पनि कथा परेको छ ।  लीलबहादुर क्षेत्रीबाट यो सूचना पाए पछि मैले भारतीय नेपाली कथाको पुस्तक प्राप्त गरेर हेरें । त्यसमा मेरो पसिनाको गन्ध शीर्षकमा कथा समावेश गरिएको रहेछ । यसको सम्पादन गरेका थिए प्रा. दयाराम श्रेष्ठ संभवले । उनले मेरो त्यो कथा रुपरेखाबाट लिएका रहेछन् । तब मात्र मलाई थाहा  भयो ंझण्डै एक दशक अघि रुपरेखामा पसिनाको गन्ध कथा पकाशित भएको रहेछ । हुन त एकपल्ट मलाई कुरै कुरामा आसामका साहित्यकार श्यामबहादुर लिवाङले  भनेका थिए तपाइंका रचना रुपरेखामा प्रकाशित भएको छ । तर मैले त्योे कुरालाई पत्याएको थिइनं । विश्वास गरेको थिइनं । पछि मैले यो कुरा विर्सें पनि । सम्पादक दयाराम श्रेष्ठ र्सभवले त्यस कथाको स्रोत उल्लेख गर्दै भनेका रहेछन्– रुपरेखा–९३ (  २०२५ ंसाल , पृष्ठ २–४.ं)बाट । त्यतिबेला उत्तम कुँबरको सम्पादनमा प्रकाशित रुपरेखा पत्रिका नेपाली साहित्यको बहुचर्चित उच्च स्तरीय साहित्य

आख्यानकार बिक्रमबीर थापा

शिलाङ पहिले अविभाजित आसामको राजधानी थियो । हाल यो मेघालयको राजधानी भएको छ । शिलाङ मेघालयको मात्र होइन हिजो अविभाजित आसामको पनि नेपाली भाषा साहित्यको केन्द्र रहेको थियो । .शिलाङले धेरै नेपाली साहित्यकार लेखक कवि आख्यानकार तथा कलाकारलाई जन्म दिएको छ । शिलाङबाट नेपाली भाषामा धेरै नै पत्र पत्रिका तथा पुस्तक प्रकाशित  भैसकेका छन् । शिलाङमा धेरै नै साहित्य कला सम्बन्धी संघ संस्था गठित  तथा सक्रिय रहेका छन् । यो कृुरा बेग्लै हो कि हिजोको तुलनामा आज शिलाङ भाषा साहित्यको क्षेत्रमा केही सुस्ताएको जस्तो देखिन्छ । तर यसको अर्थ शिलाङ  नेपाली भाषा साहित्यको क्षेत्रमा निस्क्रिय रहेको छ भन्ने  कुरा होृइन । यत्ति हो यसको विकासको गतिको तीब्रतामा केही कमी आएको छ । म साठीको दशकमा शिलाङ पुगेको थिएँ र सत्तरीको दशकसम्म शिलाङमा रहेर मृख्यत नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय रहेको थिएँ ।  साठीका र सत्तरीको दशक शिलाङ कथा लेखनको क्षेत्रमा निकै सक्रिय र अघि थियो । विशेष गरी साठीको दशकको पछिल्लो चरण कथा लेखनमा अझ बडी सक्रिय थियो । त्यतिबेला शिलाङका कथा लेखनका क्षेत्रमा पुराना हस्ती भोलानाथ  गुरुङ , बबुर राना र

कलियुगका कम्युनिष्टहरू अयोध्याको खोजतलाशमा

एउटा चिनिया कथामा भनिएको छ – एक जना विद्यार्थीले आफ्नो सारा धन सम्पति ड्रेगनको शिकार कसरी गर्ने भन्ने कला कौशल सिक्नमा खर्च गरेछ । ऊ अन्ततः ड्रेगनको शिकार कसरी गर्ने भन्ने विद्यामा पारंगत भएछ । तर उसले आफूले जीवनमा सारा धन सम्पति स्वाहा पारेर ड्रेृगनको शिकार गर्ने आफ्नो कला कौशललाई व्यवहारिक जीवनमा उतार्न सकेनछ । उसको सारा लगानी बेकार भएछ । खेर गएछ । डुबेछ । उसले आफ्नो त्यति महंगो ज्ञान कला कौशल ड्रेगनको शिकार गर्नमा किन प्रयोग गर्न पाएनछ भने चिनियाँ लोककथाको ड्रेगन त स्वर्गको काल्पनिक प्राणी रहेछ । ऊ पृथ्वीमा आउने त कुनै सवाल आउँदो रहेनछ । मलाई गुरु के पी ओलीले रामको जन्मभूमि अयोध्या बारे दिएको व्रह्रम ज्ञान चिनिया लोक कथामा बर्णित काल्पनिक स्वर्गमा बास गर्ने ड्रृेगनको जस्तो लागिरहेको छ । जसरी शिकार खेल्न चिनियाँ बिद्यार्थीले चारै चौ्ररास खोज्यो  र कहिी पनि पाएन । यस कारण पनि पहिलो कुृरो त ड्रेगन धरतीको होइन काल्पनिक स्वर्गको  प्राणी थियो । दोस्रो कुरो ड्रेगन जिउँदो जाग्दो प्राणी नभएर काल्पनिक स्वर्गको काल्पनिक प्राणी थियो । अध्ययन अनुृसन्धानको आधारमाभन्दा पनि कमरेड के पी ओलीले राम्रो