Skip to main content

कलियुगका कम्युनिष्टहरू अयोध्याको खोजतलाशमा

एउटा चिनिया कथामा भनिएको छ – एक जना विद्यार्थीले आफ्नो सारा धन सम्पति ड्रेगनको शिकार कसरी गर्ने भन्ने कला कौशल सिक्नमा खर्च गरेछ । ऊ अन्ततः ड्रेगनको शिकार कसरी गर्ने भन्ने विद्यामा पारंगत भएछ । तर उसले आफूले जीवनमा सारा धन सम्पति स्वाहा पारेर ड्रेृगनको शिकार गर्ने आफ्नो कला कौशललाई व्यवहारिक जीवनमा उतार्न सकेनछ । उसको सारा लगानी बेकार भएछ । खेर गएछ । डुबेछ । उसले आफ्नो त्यति महंगो ज्ञान कला कौशल ड्रेगनको शिकार गर्नमा किन प्रयोग गर्न पाएनछ भने चिनियाँ लोककथाको ड्रेगन त स्वर्गको काल्पनिक प्राणी रहेछ । ऊ पृथ्वीमा आउने त कुनै सवाल आउँदो रहेनछ ।

मलाई गुरु के पी ओलीले रामको जन्मभूमि अयोध्या बारे दिएको व्रह्रम ज्ञान चिनिया लोक कथामा बर्णित काल्पनिक स्वर्गमा बास गर्ने ड्रृेगनको जस्तो लागिरहेको छ । जसरी शिकार खेल्न चिनियाँ बिद्यार्थीले चारै चौ्ररास खोज्यो  र कहिी पनि पाएन । यस कारण पनि पहिलो कुृरो त ड्रेगन धरतीको होइन काल्पनिक स्वर्गको  प्राणी थियो । दोस्रो कुरो ड्रेगन जिउँदो जाग्दो प्राणी नभएर काल्पनिक स्वर्गको काल्पनिक प्राणी थियो । अध्ययन अनुृसन्धानको आधारमाभन्दा पनि कमरेड के पी ओलीले राम्रो जाँच पडताल नगरीअन्दाज अनुृमानको भरमा रामलाई नपाली नागरिकता प्रदान गरिदिए । उनको जन्मभूमि चितवनको नजिकै पर्सा जिल्लामा पर्ने ठोरी हो भनिदिए । उनका शिष्यहरूले गुरु के पी ओलीको उद्घोषणालाई ब्रह्मज्ञानको रुपमा लिए ।  देववाणीको रुपमा लिए । बाइबलको रुपमा लिए । किनभने क्रिस्तानहरूले बाइबलमा शब्दलाई ईश्वरका शब्द मान्दछन् । बाइबल कुनै मान्छेले लेखेको वा कथेको कुृरा होइन । बाइबलमा वर्णित हरेक शब्द ईश्वरका बाणी हो भन्दछन्। मान्दछन् ।

रामायण महाभारत इतिहासका ग्रन्थ होइनन् । मिथ हुन्् । माइथोलोजीका बर्णित कथा हुन् । यसैले हामीले पृथ्वीनारायण शाहलाई जस्तै रामलाई र गोरखालाई अयोध्यामा खोजेर भेट्न सक्दैनौं । तर कलियुृगका कम्युनिष्ट मिथलाई पनि इतिहास ठान्दछन् र काल्पनिक व्यक्ति वा ठाउँलाई पनि यथार्थं कुरो ठानेर दिउँसै बत्ती बालेर खोज्न थाल्दछन् । यद्पि आध्यात्मवादीहरूले मिथलाई पनि इंतिहास मानेर रामलाई इंडियन वा नेपाली भनेर झगडा गर्न सक्दछन् । अयोध्यालाई पाकिस्तान भारत वा नेपालमा छ पनि भन्न सक्दछन् । उनीहरूको यस्तो आस्था विश्वास वा भक्ति स्वाभाविक नै हो । हामीले उनीहरूको यस्ता आस्था विश्वास वा मान्यतालाई तर्क बा तथ्यका आधारमा भत्काउन सक्दैनौं । जबरजस्ती भत्काउन आवश्यक पनि छैन । आफूलाई भौतिकवादी बताउने कम्युनिष्टहरूले मिथका रामलाई पनि नेपाली थिए भन्नु र उनको जन्म स्थल अयोध्या नेपालको पर्सामां भन्नु आफंैमां आश्चर्य मान्ने कुरा हुन सक्दछ । हो मिथमा बर्णित कति ठाउँहरू अस्तित्वमा रहे  भएका पनि हुन सक्दछन् । किनभने काल्पनिक लोककथाको बर्णन पनि कुनै न कुृनै स्थान र कुनै  न कुनै परिवेशमा गरिएकोे पाइन्छ । हामीलाई थाहा छ बीरसिक्काको कथा काल्पनिक हो । पात्र पात्रा पनि काल्पनिक हुन । तर पनि त्यसमा बर्णित स्थान भूगोलमा भएकै पनि छन् । यसैले बाइबलमा बर्णित आदम र ईभका बासस्थान इडेनको गार्डेन काल्पनिक भए जस्तै रामको जन्म स्थान भनिएको अयोध्या काल्पनिक पनि हृुन सक्दछ अथवा शिवको बासस्थान ठानिएको कैलाश पर्वत बास्तविक पनि हुृन सक्दछ जुन यतिबेला चीनमा पर्दछ । यसैले आफूलाई खोटा होइन खाटी कम्युनिष्ट हौं भन्ने प्राणीहरूले वा कमरेडहरूले रामको राष्ट्रियता र जन्म स्थानका खोजी गर्दै समय शक्ति  खर्च गर्नुभन्दा माक्र्सादको गहिरो अध्ययन र अनृुसन्धानमा शक्ति र समय खर्च गर्नुृ असल फलदायी काम हुन्थ्यो कि ?

कमरेड के पी ओलीले शायद आफ्नो गंभीर अभ्ययन वा चिन्तन मनन र ध्यान पछि जनकपुृरकी सीताको विवाह चार दिनमा पनि डिंडेर नपुगिने अयोध्यामा सुृसम्पन्न हुृन संभव थिएन भन्ने दिव्य ज्ञान प्राप्त गरेको देखियो । कुृरा त साँचा हो । रावणले उठाउन नसकेको शिवधनृुष सीताले सजिलै उठाउने राख्ने गर्दथिइन् भनिएकोे छ । यति भारी धनुृष सजिलै उठाउन सक्ने सीतालाई रावणले कसरी भगाएर लान सक्यो त ? तर्क गर्नु पर्निे कुृरा त यो पनि त हो । संसारमा कतै पनि बानरको सना  निर्माण गर्न सकेको इतिहास छैत्त , राँवणसित लड्न कसरी बानर सेना संभव भयो त प्रश्न यस्तो.पनि गर्न सकन्छ ।  हनुृमानले कसरी पहाड बोकेर ल्याउन सके ? तर्क गर्ने ठाउँ यो पनि हो. । लक्ष्मणले रेखा खिच्दैमा त्यसले कसरी इलेिक्ट्रक फिट गरेको तारले जस्तै काम गनै सक्यो ? रावणका कसरी दशवटा टाउका भए ः यस्ता दशवटा टाउका भएका मान्छे वा राक्षस त अझसम्मको जीव विज्ञानले पता लगाएको छैन ।  तर्क गर्नृ पर्ने कुरात यो पनि होला ? रामायणमा यस्ता तर्क गर्नृु पर्ने ठाउँ हजारौ छन् । धर्ममा आस्था राख्ने व्यक्तिले यस्ता प्रश्नप्रति प्रश्न वा तर्क गर्नुृ पर्ने कुनै आवश्यकता ठान्दैनन् । उनीहरूसित यी सब प्रश्नको  एउटै. उत्तर हुन्छ –यो. सब र्इंश्वरकोे. लीला हो । ईश्वरको लीला अपरम्पार छ । यसैले त मिथमा जति असंभव कुरा गरे पनि संभव मानिन्छ । भनिन्छ पवन पुत्र हनुमानले सानामा सूर्यलाई फल सम्झेर मुखमा राखेर निल्न थालेका थिए रे । महाभारतमा कर्णलाई सूर्य पुत्र मानिन्छ । महाभारत मिथ भएको हुनाले यस सम्बन्धमा कसैले  तर्क गर्दैन । कृष्णले अर्जुनलाई छाती च्यातेर बिराट रुप देखाएछन् । सारा विश्व ब्रह्माण्ड उनीभित्र रहे भएको तस्बीर देखाएछन् । यस कुृरामा पनि तर्क गर्नृु पर्ने कुनै ठाउँ छैन । भगवानको लीला । यो कुरा  बेग्र्ल हो कि माक्र्सवाद वा विज्ञानमा विश्वास गर्ने मान्छेले यस्ता कुृरामा कुनै महत्व दिंदैनन् । यस्ता कुरा कत्ति विश्वास गर्दैनन् ।

हाम्रो मुलुक वा यो विश्यमा भगवानमा विश्वास नगर्ने मान्छहरूको भन्दा पनि भगवानमा विश्वास गर्ने मान्छेहरूको संख्या ठूलो छ । धेरै छ । यो एउटा स्थापित सत्य हो ।

रामलाई भगनान मान्नेहरूले रामलाई मान्छे मान्दा मान्दै पनि भगवानको अवतार मान्दछन् । उनीहरू अवतारबादमा विश्वास गर्दछन् । रामायणलाई मिथ होइन इतिहास ठान्दछन् । उनीहरूको यस्तो मान्यतालाई कम्युनिष्टहरूले सम्मान नै गर्दछन् । कम्युनिष्ट के ठान्दछन् भने रामायण एउटा मिथ भएको हुनाले रामको कुनै खास जन्मस्थान नहुन पनि सक्दछ । अथवा रामायण एउटा मिथ भएको हुनाले रामको जन्म जहाँ भएको. भन्दा पनि हृन्छ । भए पनि जसरी रामलाई भगवान वा भगवानको अवतार मान्नेहरू कम्यृुनिष्टका कृरा पताउँदैनन् त्यसरी  नै कम्युनिष्टहरू पनि अबतारवादमा विश्वास गर्ने आध्यात्मवादीहरू वा ईश्वरवादका कुरामा खासै विश्सास गर्दैनन् ।  जे होस्,  दुबै विश्वास गर्न र विश्वास नगर्न  स्वतन्त्र छन् । 

जसले रामलाई भगवानको  अवतार मान्दछन् र उनको जन्म अयोध्यामा भएकोे हो भन्ने कुरा ठान्दछन्् ृउनीहरू अयोध्या अयोध्यामा छ कि , पाकिस्तानमा छ कि नपालको ठोरीमा अन्यौलमा रहेका छन् । अयोध्या चितवनको माडीतिर छ कि अन्येत्र कतै छ भनेर धुमधाम खोज तलास गर्ने छन् । आफ्नो सारा श्रम शक्ति धन सम्पति खर्च गर्ने छन् । तर कथा उही चिनिया विद्यार्थीको ड्रेगनको शिकार खेल्ने कथा जस्ता पनि हुन सक्दछ । कुरो दिनभरि करायो दक्षिणा हरायोमा पनि टुंगिन सक्दछ । उसरी उनीहरू यो खोज तलाश वा अभ्यास  सिसीफसको कसरतमा  परिणत पनि हुन सक्दछ ।

२३–४–२०७७


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...