Skip to main content

आख्यानकार बिक्रमबीर थापा

शिलाङ पहिले अविभाजित आसामको राजधानी थियो । हाल यो मेघालयको राजधानी भएको छ । शिलाङ मेघालयको मात्र होइन हिजो अविभाजित आसामको पनि नेपाली भाषा साहित्यको केन्द्र रहेको थियो । .शिलाङले धेरै नेपाली साहित्यकार लेखक कवि आख्यानकार तथा कलाकारलाई जन्म दिएको छ । शिलाङबाट नेपाली भाषामा धेरै नै पत्र पत्रिका तथा पुस्तक प्रकाशित  भैसकेका छन् । शिलाङमा धेरै नै साहित्य कला सम्बन्धी संघ संस्था गठित  तथा सक्रिय रहेका छन् । यो कृुरा बेग्लै हो कि हिजोको तुलनामा आज शिलाङ भाषा साहित्यको क्षेत्रमा केही सुस्ताएको जस्तो देखिन्छ । तर यसको अर्थ शिलाङ  नेपाली भाषा साहित्यको क्षेत्रमा निस्क्रिय रहेको छ भन्ने  कुरा होृइन । यत्ति हो यसको विकासको गतिको तीब्रतामा केही कमी आएको छ ।

म साठीको दशकमा शिलाङ पुगेको थिएँ र सत्तरीको दशकसम्म शिलाङमा रहेर मृख्यत नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय रहेको थिएँ ।  साठीका र सत्तरीको दशक शिलाङ कथा लेखनको क्षेत्रमा निकै सक्रिय र अघि थियो । विशेष गरी साठीको दशकको पछिल्लो चरण कथा लेखनमा अझ बडी सक्रिय थियो । त्यतिबेला शिलाङका कथा लेखनका क्षेत्रमा पुराना हस्ती भोलानाथ  गुरुङ , बबुर राना र डि आर सुब्बाले कथा लेखनको क्षेत्रबाट बिश्राम लिएको अवस्था भए पनि संतुलाल शंकर, कमल क्षेत्री बगाले, अर्जुन निरौला,् माया ठकुरी, दुर्गा प्रसाद अधिकारी, बिक्रमबीर थापा , जंगबहादुर थापा , पोखरेल पीताम्बर, बलाराम पोखरेल आदि कथाकारको रुपमा सक्रिय परिचित र स्थापित व्यक्तित्व  थिए । उसरी कथा लेखनमा तुलसी क्षेत्री, बिक्रम थापा, गंगा जोशी, सरस्वती गुरुङ राई , कमल राई , भुवानन्द पाण्डे, दिनेश शर्मा, राम कृुमारी लामा,ईन्द्रबहादुर थापा आदिले पनि कलम चलाएको देखिन्छ । धन केशर गुरुङले हाँस्य ब्यंगात्मक  ंएउटा मात्र कथा अब म विवाह गर्दिन लेखे पनि उनका नाम राम्रो कथाकारमा लिन सकिन्छ ।. धनकेशर गुरुङको कथा मादलमा प्रकाशित भएको थियो । त्यसरी नै दलबहादुर घलेले एउटा मात्र हाँस्य व्यंग कथा व्याजसितकी स्वास्नी लेखे पनि उनको नाम पनि राम्रो कथाकारमा लिन सकिन्छ । दल बहादुर गूरुङको व्याजसितको स्वास्नी मेरै सम्पादकत्वमा कथामंचमा प्रकाशित भएको थियो । जे होस् त्यो समय कथा लेखनको दृष्टिकोणले शिलाङ निकै सक्रिय थियो । सालाखाला एक दजैन जति कथाकार कथा लेखनमा प्रतिबद्ध रहेका थिए । कटिबद्ध रहेका थिए । समयको अन्तरालमा शिलाङका आख्यानकारहरूमा हिजोको अवस्था यथावत कायम रहन सकेन ।  अहिले आएर हेर्दा त्यतिबेलाका कथा लेख्नेहरूमा अहिले पनि सक्रिय रहेका देखिन्छन् माया ठकुरी,  दुर्गाप्रसाद अधिकारी र बिक्रमबीर थापा । यत्ति हो यतिबेला माया ठकुरी काठमाण्डौबासी भएकी छन् । दुर्गा प्रसाद अधिकारी बुटबलबासी भएका छन् । बिक्रमबीर थापा भने बीचमा लाहुरे  भएर ठाउ्रँ  ठाउँमा पुगे र बसे पनि यतिबेला शिलाङकै बासिन्दा भएका छन् । शिलाङकै बासिन्दा रहेका छन् । उनको लेखनमा शिथिलता आएको छैन ।  उनको जागुरतामा कुनै कमी आएको छैन ।  सैनिक जीवनबाट अबकाश लिए पछि उनी साहित्य र कलाको साधनामा समर्पित रहेका छन् ।  साहित्य र कलालाई आफ्नो जीवनको अभिन्न अंग बनाएका छन् । 

मैले यस लेखमा चर्चा गर्न थालेका व्यक्तित्व हुन् यिनै बिक्रमकबीर थापा ।

त्यतिबेला शिलाङको गोर्खा ठाकुरबाडीमा स्थित गोर्खा पाठशाला तथा नेपाली कन्या पाठशालामा प्रायजसो साहित्यिक गोष्ठी हुने गर्दथे । ती साहित्य गोष्ठीमा कथा वाचन गर्ने एक कथाकार थिए बिक्रमबीर थापा । मलाई बिक्रमबीर  थापा निकै जोशिला तथा हँसिला युवक लाग्दथे । हामीबीच आत्मीय सम्बन्ध थियो ।  शिलाङमा कथा लेखन र बाचन  गर्दा गर्दै उनी अचानक  गायब भए । हराए । उनी पल्टनमा भर्ती भए्् । लाहुरे बने । कलम र कुची चलाउने हातले बन्दक चलाउन थाले । 

बिक्रमबीर थापाको जन्म शिलाङको बाह्रपन्थरमा २२ फरवरी १९५० मा भएको हो । उनका बुबाको नाम रघुबीर थापा र आमाको नाम हो कौशल्या देबी । घरको आर्थिक स्थिति कमजोर भएको हुनाले आफ्नो पढाइ बीचमा नै छोडेर बिक्रमबीर थापा १९६८ मा भारतीय सेनामा भर्ती भएका थिए र १९७१ सालमा बंगलादेशको लडाइमा भाग लिएका शिए । शारीरिक अवस्थाका कारणले उनले सैनिक जीवन लामो समयसम्म बिताउन सकेनन् । उनले १९८३ मा भारतीय सेनाबाट अवकाल लिएका थिए । 

सेनाबाट अवकाश लिए पछि उनी साहित्य सृजन र चित्रकारितामा सक्रिय देखिन्छन् । पत्रकारितामा सक्रिय देखिन्छन् । आख्यानकारको रुपमा स्थापित बिक्रमबीर थापाका दुईबटा उपन्यास बिगतको परिवेशभित्र ( १९८३ ) र टिस्तादेखि सतलजसम्म ं( १९८६ ) मा प्रकाशित भएका छन् । उनको कथा संग्रह बिशौं शताब्दीकी मोनालिसा १९९७ मा प्रकाशित भएको थियो । यही बिशौं शताब्दीकी मोनालिसाको प्रकाशनको सिलसिलामा बनारस आएका बिक्रमबीर थापा मलाई भेट्न रेक्शा चढेर सिधै बुटबल बहुमुखी क्याम्पसमा पुगेका थिए । यो १९५३ को कुरा हो । केही दिन मसित बुटबलमा बसेका बिक्रमबीर थापाले भैरहवामा रहेका आफ्ना आफन्तीलाई पनि भेटेका थिए । बुटबलको केही दिनको बसाइ पछि उनी काठमाण्डौ हुँदै शिलाङ फर्केका हुन् । त्यस पछि हाम्रो भेट भएको छैन । म उनको हालको अवस्था र स्थितिको बारेमा अनभिज्ञ छु । मैले यस लेखमा उल्लेख गरेका कृरा मेरो पुरानै जानकारीमा आधारित  रहेका छन् । यसैले केही सुचना फरक पर्न पनि सक्दछन् । फरक नपरे पनि अधुृरा हुन सक्दछन् ।

अझसम्म अविवाहित  जीवन व्यतीत गरेका बिक्रमबीर थापाले आफ्नो सम्पूर्ण जीवन साहित्य सृजना र चित्रकारितामा व्यतीत गर्न चाहेको देखिन्छ । बुझिन्छ ।  उनी आख्यान लेखनमा जति चर्चित छन् त्यतिै नै चर्चित छन् चित्रकारितामा ।  उनले पशुपतिको ६ह ४ फिटको तेल चित्र बनाएका छन् । यसलाई उनको उत्कृष्ट चित्रकारिता मानिन्छ । सृजना मानिन्छ ।  नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय विक्रमबीर थापाले गुवाहाटीको अल इंडिया रेडियोबाट नेपाली गीत पनि प्रसारित गरेका छन् । एउटा शहर उनको प्रकाशोन्मुख कविता संग्रह हो ।  बिक्रमबीर थापाको ध्यान पत्रकारिता क्षेत्रमा पनि केन्द्रित रहेको देखिन्छ  । उनले शिलाङबाट युगदृष्टि र युगान्तर साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । 

साहित्य र कला क्षेत्रमा निरन्तर सक्रिय रहेका बिक्रमबीर थापा विभिन्न पुरस्कारबाट सम्मानित भएका देखिन्छन् । विभू्रििषत भएका  छन् । उनले १९८५ मा नेपालबाट रत्नश्री स्वर्ण पुरस्कार पाएका छन् । उनले १९९२ मा सिक्किमबाट स्रष्टा पुरस्कार प्राप्त गरेका छन् ।  उनले १९९५ मा असमबाट हरिभक्त कटुवाल स्मृति पुरस्कार प्राप्त गरेका छन् । बिक्रमबीर थापा १९९९ मा भारत सरकारले ख्यातिप्राप्त विभिन्न भाषी साहित्यकारहरूलाई प्रदान गर्ने साहित्यिक पुरस्कार साहित्य एकाडमी पुरस्कारबाट पनि सम्मानित भएका छन् । यो पृुरस्कार भारतीय साहित्यकारहरूले प्राप्त गर्ने उच्च पृुरस्कार मानिन्छ । उनले यो पुरस्कार उनको कथा संग्रह विशौं शताब्दीकी मोनालिसाको लागि प्राप्त गरेका हुन् । भारत सरकारको साहित्य एकेडमीले यो पृरस्कार विभिन्न भाषाका कुनै एक लेखकलाई विभिन्न विधामा प्रत्येक बर्ष प्रदान गर्दछ । नेपाली भाषामा सर्बप्रथम यो पुरस्कार १९७७ मा इन्द्रबहादुर राईलाई उनको समालोचनात्मक पुस्तक नेपाली उपन्यासका आधारहरूका लागि प्रदान गरिएको थियो । अहिलेसम्म ४१ ंजना भारतीय नेपाली भाषाका साहित्यरहरू विभिन्न विधामा यस पुरस्कारबाट सम्मानित  भएका छन् । 

बिक्रमबीर थापाको हिन्दी भाषामा पनि राम्रै दखल छ । उनले यदाकदा हिन्दी पत्र पत्रिका पनि आफ्ना लेख रचना र अनुवाद प्रकाशित  गरेका छन् । यतिबेलाको शिलाङमा साहित्य सृजनको क्षेत्रमा निकै नै  सक्रिय रहेका व्यक्तिहरूमध्ये एकजना बिक्रमबीर थापा पनि हुन् । 

२८–४–२०७७

१२–८–२०२०



                                             


 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा