Skip to main content

आख्यानकार बिक्रमबीर थापा

शिलाङ पहिले अविभाजित आसामको राजधानी थियो । हाल यो मेघालयको राजधानी भएको छ । शिलाङ मेघालयको मात्र होइन हिजो अविभाजित आसामको पनि नेपाली भाषा साहित्यको केन्द्र रहेको थियो । .शिलाङले धेरै नेपाली साहित्यकार लेखक कवि आख्यानकार तथा कलाकारलाई जन्म दिएको छ । शिलाङबाट नेपाली भाषामा धेरै नै पत्र पत्रिका तथा पुस्तक प्रकाशित  भैसकेका छन् । शिलाङमा धेरै नै साहित्य कला सम्बन्धी संघ संस्था गठित  तथा सक्रिय रहेका छन् । यो कृुरा बेग्लै हो कि हिजोको तुलनामा आज शिलाङ भाषा साहित्यको क्षेत्रमा केही सुस्ताएको जस्तो देखिन्छ । तर यसको अर्थ शिलाङ  नेपाली भाषा साहित्यको क्षेत्रमा निस्क्रिय रहेको छ भन्ने  कुरा होृइन । यत्ति हो यसको विकासको गतिको तीब्रतामा केही कमी आएको छ ।

म साठीको दशकमा शिलाङ पुगेको थिएँ र सत्तरीको दशकसम्म शिलाङमा रहेर मृख्यत नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय रहेको थिएँ ।  साठीका र सत्तरीको दशक शिलाङ कथा लेखनको क्षेत्रमा निकै सक्रिय र अघि थियो । विशेष गरी साठीको दशकको पछिल्लो चरण कथा लेखनमा अझ बडी सक्रिय थियो । त्यतिबेला शिलाङका कथा लेखनका क्षेत्रमा पुराना हस्ती भोलानाथ  गुरुङ , बबुर राना र डि आर सुब्बाले कथा लेखनको क्षेत्रबाट बिश्राम लिएको अवस्था भए पनि संतुलाल शंकर, कमल क्षेत्री बगाले, अर्जुन निरौला,् माया ठकुरी, दुर्गा प्रसाद अधिकारी, बिक्रमबीर थापा , जंगबहादुर थापा , पोखरेल पीताम्बर, बलाराम पोखरेल आदि कथाकारको रुपमा सक्रिय परिचित र स्थापित व्यक्तित्व  थिए । उसरी कथा लेखनमा तुलसी क्षेत्री, बिक्रम थापा, गंगा जोशी, सरस्वती गुरुङ राई , कमल राई , भुवानन्द पाण्डे, दिनेश शर्मा, राम कृुमारी लामा,ईन्द्रबहादुर थापा आदिले पनि कलम चलाएको देखिन्छ । धन केशर गुरुङले हाँस्य ब्यंगात्मक  ंएउटा मात्र कथा अब म विवाह गर्दिन लेखे पनि उनका नाम राम्रो कथाकारमा लिन सकिन्छ ।. धनकेशर गुरुङको कथा मादलमा प्रकाशित भएको थियो । त्यसरी नै दलबहादुर घलेले एउटा मात्र हाँस्य व्यंग कथा व्याजसितकी स्वास्नी लेखे पनि उनको नाम पनि राम्रो कथाकारमा लिन सकिन्छ । दल बहादुर गूरुङको व्याजसितको स्वास्नी मेरै सम्पादकत्वमा कथामंचमा प्रकाशित भएको थियो । जे होस् त्यो समय कथा लेखनको दृष्टिकोणले शिलाङ निकै सक्रिय थियो । सालाखाला एक दजैन जति कथाकार कथा लेखनमा प्रतिबद्ध रहेका थिए । कटिबद्ध रहेका थिए । समयको अन्तरालमा शिलाङका आख्यानकारहरूमा हिजोको अवस्था यथावत कायम रहन सकेन ।  अहिले आएर हेर्दा त्यतिबेलाका कथा लेख्नेहरूमा अहिले पनि सक्रिय रहेका देखिन्छन् माया ठकुरी,  दुर्गाप्रसाद अधिकारी र बिक्रमबीर थापा । यत्ति हो यतिबेला माया ठकुरी काठमाण्डौबासी भएकी छन् । दुर्गा प्रसाद अधिकारी बुटबलबासी भएका छन् । बिक्रमबीर थापा भने बीचमा लाहुरे  भएर ठाउ्रँ  ठाउँमा पुगे र बसे पनि यतिबेला शिलाङकै बासिन्दा भएका छन् । शिलाङकै बासिन्दा रहेका छन् । उनको लेखनमा शिथिलता आएको छैन ।  उनको जागुरतामा कुनै कमी आएको छैन ।  सैनिक जीवनबाट अबकाश लिए पछि उनी साहित्य र कलाको साधनामा समर्पित रहेका छन् ।  साहित्य र कलालाई आफ्नो जीवनको अभिन्न अंग बनाएका छन् । 

मैले यस लेखमा चर्चा गर्न थालेका व्यक्तित्व हुन् यिनै बिक्रमकबीर थापा ।

त्यतिबेला शिलाङको गोर्खा ठाकुरबाडीमा स्थित गोर्खा पाठशाला तथा नेपाली कन्या पाठशालामा प्रायजसो साहित्यिक गोष्ठी हुने गर्दथे । ती साहित्य गोष्ठीमा कथा वाचन गर्ने एक कथाकार थिए बिक्रमबीर थापा । मलाई बिक्रमबीर  थापा निकै जोशिला तथा हँसिला युवक लाग्दथे । हामीबीच आत्मीय सम्बन्ध थियो ।  शिलाङमा कथा लेखन र बाचन  गर्दा गर्दै उनी अचानक  गायब भए । हराए । उनी पल्टनमा भर्ती भए्् । लाहुरे बने । कलम र कुची चलाउने हातले बन्दक चलाउन थाले । 

बिक्रमबीर थापाको जन्म शिलाङको बाह्रपन्थरमा २२ फरवरी १९५० मा भएको हो । उनका बुबाको नाम रघुबीर थापा र आमाको नाम हो कौशल्या देबी । घरको आर्थिक स्थिति कमजोर भएको हुनाले आफ्नो पढाइ बीचमा नै छोडेर बिक्रमबीर थापा १९६८ मा भारतीय सेनामा भर्ती भएका थिए र १९७१ सालमा बंगलादेशको लडाइमा भाग लिएका शिए । शारीरिक अवस्थाका कारणले उनले सैनिक जीवन लामो समयसम्म बिताउन सकेनन् । उनले १९८३ मा भारतीय सेनाबाट अवकाल लिएका थिए । 

सेनाबाट अवकाश लिए पछि उनी साहित्य सृजन र चित्रकारितामा सक्रिय देखिन्छन् । पत्रकारितामा सक्रिय देखिन्छन् । आख्यानकारको रुपमा स्थापित बिक्रमबीर थापाका दुईबटा उपन्यास बिगतको परिवेशभित्र ( १९८३ ) र टिस्तादेखि सतलजसम्म ं( १९८६ ) मा प्रकाशित भएका छन् । उनको कथा संग्रह बिशौं शताब्दीकी मोनालिसा १९९७ मा प्रकाशित भएको थियो । यही बिशौं शताब्दीकी मोनालिसाको प्रकाशनको सिलसिलामा बनारस आएका बिक्रमबीर थापा मलाई भेट्न रेक्शा चढेर सिधै बुटबल बहुमुखी क्याम्पसमा पुगेका थिए । यो १९५३ को कुरा हो । केही दिन मसित बुटबलमा बसेका बिक्रमबीर थापाले भैरहवामा रहेका आफ्ना आफन्तीलाई पनि भेटेका थिए । बुटबलको केही दिनको बसाइ पछि उनी काठमाण्डौ हुँदै शिलाङ फर्केका हुन् । त्यस पछि हाम्रो भेट भएको छैन । म उनको हालको अवस्था र स्थितिको बारेमा अनभिज्ञ छु । मैले यस लेखमा उल्लेख गरेका कृरा मेरो पुरानै जानकारीमा आधारित  रहेका छन् । यसैले केही सुचना फरक पर्न पनि सक्दछन् । फरक नपरे पनि अधुृरा हुन सक्दछन् ।

अझसम्म अविवाहित  जीवन व्यतीत गरेका बिक्रमबीर थापाले आफ्नो सम्पूर्ण जीवन साहित्य सृजना र चित्रकारितामा व्यतीत गर्न चाहेको देखिन्छ । बुझिन्छ ।  उनी आख्यान लेखनमा जति चर्चित छन् त्यतिै नै चर्चित छन् चित्रकारितामा ।  उनले पशुपतिको ६ह ४ फिटको तेल चित्र बनाएका छन् । यसलाई उनको उत्कृष्ट चित्रकारिता मानिन्छ । सृजना मानिन्छ ।  नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय विक्रमबीर थापाले गुवाहाटीको अल इंडिया रेडियोबाट नेपाली गीत पनि प्रसारित गरेका छन् । एउटा शहर उनको प्रकाशोन्मुख कविता संग्रह हो ।  बिक्रमबीर थापाको ध्यान पत्रकारिता क्षेत्रमा पनि केन्द्रित रहेको देखिन्छ  । उनले शिलाङबाट युगदृष्टि र युगान्तर साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । 

साहित्य र कला क्षेत्रमा निरन्तर सक्रिय रहेका बिक्रमबीर थापा विभिन्न पुरस्कारबाट सम्मानित भएका देखिन्छन् । विभू्रििषत भएका  छन् । उनले १९८५ मा नेपालबाट रत्नश्री स्वर्ण पुरस्कार पाएका छन् । उनले १९९२ मा सिक्किमबाट स्रष्टा पुरस्कार प्राप्त गरेका छन् ।  उनले १९९५ मा असमबाट हरिभक्त कटुवाल स्मृति पुरस्कार प्राप्त गरेका छन् । बिक्रमबीर थापा १९९९ मा भारत सरकारले ख्यातिप्राप्त विभिन्न भाषी साहित्यकारहरूलाई प्रदान गर्ने साहित्यिक पुरस्कार साहित्य एकाडमी पुरस्कारबाट पनि सम्मानित भएका छन् । यो पृुरस्कार भारतीय साहित्यकारहरूले प्राप्त गर्ने उच्च पृुरस्कार मानिन्छ । उनले यो पुरस्कार उनको कथा संग्रह विशौं शताब्दीकी मोनालिसाको लागि प्राप्त गरेका हुन् । भारत सरकारको साहित्य एकेडमीले यो पृरस्कार विभिन्न भाषाका कुनै एक लेखकलाई विभिन्न विधामा प्रत्येक बर्ष प्रदान गर्दछ । नेपाली भाषामा सर्बप्रथम यो पुरस्कार १९७७ मा इन्द्रबहादुर राईलाई उनको समालोचनात्मक पुस्तक नेपाली उपन्यासका आधारहरूका लागि प्रदान गरिएको थियो । अहिलेसम्म ४१ ंजना भारतीय नेपाली भाषाका साहित्यरहरू विभिन्न विधामा यस पुरस्कारबाट सम्मानित  भएका छन् । 

बिक्रमबीर थापाको हिन्दी भाषामा पनि राम्रै दखल छ । उनले यदाकदा हिन्दी पत्र पत्रिका पनि आफ्ना लेख रचना र अनुवाद प्रकाशित  गरेका छन् । यतिबेलाको शिलाङमा साहित्य सृजनको क्षेत्रमा निकै नै  सक्रिय रहेका व्यक्तिहरूमध्ये एकजना बिक्रमबीर थापा पनि हुन् । 

२८–४–२०७७

१२–८–२०२०



                                             


 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...