अहिलेको तीजमा बरु दर खान्न बरिलै
अहिलेको तीजमा बरु माइत जान्न बरिलै
माइत जाउँ भने दाजै कोरोना कै डर
कोरोना लागेको जीवनको खोई के भर
बाँचे पछि अर्को साल फेरि तीज आउँछ
माइत गई दर खाने मौका फेरि पाउँछ
माइत नजाँर्दमा आकाशै खस्ने त होइन
यो साल त बरिलै म त माइत गइन
कोरोनाले परेन यो साल त बरै साइत
चेली बिना हुने भो कठै सुनो सुनो माइत
यो सालको तीज त चेली बिनाकै हुने भो
माइतीको मन त बरिलै साह्रै नै रुने भो
यो ज्यान मारा कोरोना. कहाँबाट आयो
कोरोनाले संसारलाई साह्रै नै सतायो
मान्छेसित मान्छे हजुर टाढा रहन पर्ने
मान्छेले नि मान्छे छोए कोरोना सर्ने
माइत जाने चेली पनि घरमै बस भन्छ
मै हँ भन्नेलाई पनि कोरोना कहाँ गन्छ
यस पालीको तीज हामी घरमै बसी मनाउँ
बाटो छेकेको कोरोनाले माइतीलाई जनाउँ ।
३२–४–२०७७
Comments
Post a Comment