Skip to main content

कथाकार माया ठकुरी

आख्यानकार लीलबहादुर क्षेत्रीलाई मैले गुवाहाटीमा उनकै आफ्नै निवासमा भेट्दा उनले मलाई भनेका थिए पंचायतले आफ्नो रजत जयन्तीको अवसर पारेर २०३९ सालमा भारतीय  नेपाली कथाको पुस्तक प्रकाशित गरेको रहेछ । त्यसमा तपाइको पनि कथा परेको छ ।  लीलबहादुर क्षेत्रीबाट यो सूचना पाए पछि मैले भारतीय नेपाली कथाको पुस्तक प्राप्त गरेर हेरें । त्यसमा मेरो पसिनाको गन्ध शीर्षकमा कथा समावेश गरिएको रहेछ । यसको सम्पादन गरेका थिए प्रा. दयाराम श्रेष्ठ संभवले । उनले मेरो त्यो कथा रुपरेखाबाट लिएका रहेछन् । तब मात्र मलाई थाहा  भयो ंझण्डै एक दशक अघि रुपरेखामा पसिनाको गन्ध कथा पकाशित भएको रहेछ । हुन त एकपल्ट मलाई कुरै कुरामा आसामका साहित्यकार श्यामबहादुर लिवाङले  भनेका थिए तपाइंका रचना रुपरेखामा प्रकाशित भएको छ । तर मैले त्योे कुरालाई पत्याएको थिइनं । विश्वास गरेको थिइनं । पछि मैले यो कुरा विर्सें पनि । सम्पादक दयाराम श्रेष्ठ र्सभवले त्यस कथाको स्रोत उल्लेख गर्दै भनेका रहेछन्– रुपरेखा–९३ (  २०२५ ंसाल , पृष्ठ २–४.ं)बाट । त्यतिबेला उत्तम कुँबरको सम्पादनमा प्रकाशित रुपरेखा पत्रिका नेपाली साहित्यको बहुचर्चित उच्च स्तरीय साहित्यिक पत्रिका मानिन्थ्यो । त्यतिबेलाका काठमाण्डौ र दार्जीलिङका चर्चित साहित्यकारका रचना रुपरेखामा छापिन्थे । आसाम मेघालयतिर रुपरेखा प्राप्त गर्न गाह्रो थियो ।  कुनै कुनै रुपरेखाका र्अक कहिलेकाहीं घुम्दै फिर्दै आसाम मेघालयसम्म पुग्दथे । जे होस् मेरो त्यो मनोृवैज्ञानिक कथालाई उत्तम कुँबरले निकै महत्व दिएर प्रकाशित गरेका रहेछन् । मेरो उत्तम कुँबरसित कहिले भेटघाट भएन । कुनै संवाद भएन । मैले कहिल उनलाई नजिकबाट चिन्ने जान्ने मौका पाइनं । उत्तम कुँबरको चर्चित पुस्तक हो स्रष्टा र साहित्य ।

भारतीय कथाका कथाहरूका सम्पादक दयाराम संभव श्रेष्ठले मेघालयबाट चार जना कथाकारलाई  समावेश गरेका रहेछन् । ती कथाकार हुन् अर्जुन निरौला, दिल साहनी, पोखरेल पीताम्बर र माया ठकुरी । ती कथा यी थिए – अर्जुन निरौलाको – ए्उटा रात बितेपछि, दिल साहनीको– पसिनाको गन्ध, पोखरेल पिताम्बरको–हडडी केवल हड्डी र माया ठकुरीको –पिरामिड । मैले यस लेखमा विशेष चर्चा गर्न खोजेको माया ठकुरीको हो । चर्चित कथाकार माया ठकुरी ।

माया ठकुरीको जन्म लखनऊमा २ जुलाई १९४६ मा भएको हो । त्यतिबेला उनका बुबा आमा जागीरको सिलासिलामा लखनऊमा थिए । उनी आमा बुबासित जागीरकै दौरानमा  शिलाङ पुगिकी हुन् । शिलाङ पुराएकी हुन् । उनको साहित्यिक जीवन शिलाङबाट नै शुर भयो । शिलाङ नै उनको साहित्यिक जीवनको फृुलबारी बन्यो । पछि उनी नेपाल प्रवेश गरिनंं् ।  बुटबल पाल्पा पोखरा हुँदै अन्ततः उनी काठमाण्डौमा ठहरिन पुगिन् । काठमाण्डौकी निवासी भइन् ।  काठमाण्डौकी बाििसन्दा भइन् । शिलाङबाट साहित्यिक जीवन शुरु गरेकी माया ठकुरी काठमाण्डौ पुग्दा नपुग्दै पारिजात, बानिरा गिरी र प्रेमा शाह पछिकी चर्चित तथा स्थापित महिला हस्ताक्षर भएकी छन् । उनी पारिजात जस्तै प्रतिबद्ध माक्र्सवादी लेखिका त अवश्य होइनन् तर झुकाव भने त्यतातिर भएको पाइन्छ । देखिन्छ ।  उसरी उनी तल्लो बर्गकै उपेक्षित पात्र पात्राका पीडालाई आफ्नो कथाको विषय बस्तु बनाउने गरेकी  छन् । यस कारण पनि उनी लोकप्रिय कथाकार बनेकी हुन् ।          

जहाँसम्म मलाई संंझना छ मैले माया ठकुरीको नाम म लोकरा नयाँ राबरघारी, दरंग जिल्ला ( हाल शोणितपुर ) असम रहँदा बस्दाको बेलादेखि सुन्न जान्न थालेको हुँ । खास गरी मैले उनको नाम सर्वप्रथम भवानी भिक्षुको विशेष पहल र उपस्थितिमा स्थापित          नेपाली साहित्यकार सम्पर्क समिति, शिलाङबाट  प्रकाशित तथा प्रा गोपीनारायण प्रधानद्वारा सम्पादित आशा पत्रिकामा छापिएको कविता बौलाहीबाट सुनेको तथा जानेको हुँ । यो पत्रिका १९६४ मा प्रकाशित भएको थियो ।  पछि म शिलाङ पुगे पछि माया ठकुरीसित राम्ररी परिचय भयो । भेटघाट  चिनाजानी भयो । त्यतिबेला शिलाङमा एक दर्जन जति कथाकारहरूले कथा विधामा कलम चलाउँदथे । माया ठकुरी तिनै शिलाङका एक दर्जन कथाकारमध्ये एक थिइन् । एक हुन् । त्यतिबेला शिलाङ्मा  कथा लेखनमा निकै सक्रिय रहेका व्यक्तिहरू थिए संतुलाल शंकर, कमल क्षेत्री बगाले , अर्जुन निरौला, बिक्रमबीर थापा, दुर्गाप्रसाद अधिकारी, माया ठकुरी, पोखरेल पीताम्बर, जंगबहादुर थापा ,कमल राई, सरस्वती राई, राम कुमारी लामा, तुलसी क्षेत्री, बिक्रम थापा आदि । यी कथाकारहरूमा निरन्तर कथा विधामा कलम चलाउने व्यक्ति हृन् अर्जुन निरौला , बिक्रमबीर थापा, दृुर्गाप्रसाद अधिकारी र माया ठकुरी ।

मैले असममा छँदादेखि नै कथा विधामा कलम चलाउन थालेको थिएँ । शिलाङमा बस्ने  थाले पछि कथा लेखनका साथसाथै विभिन्न समाचारपत्र र साहित्यिक पत्रिकाको सम्पादनमा आवद्ध भएको थिएँ । फेरि म नेपाली साहित्य परिषद्को मुल सचिवको रुपमा पनि क्रियाशील थिएँ । शिलाङका साहित्यकारहरूसित घनिष्ठ सम्बन्ध    राख्ने सन्र्दभमा मेरो माया ठकुरीसित पनि बराबर भेटघाट भइरहन्थ्यो । साहित्य विशेष गरी कथा विधाका बारेमा चर्चा परिचर्चा भइरहन्थ्यो । उनले कथा लेखनमा विशेष रुचि राख्ने हुनाल पनि म बराबर उनीबाट कथाको माग गरिरहन्थें । कथा लेख्न आग्रह गरिरहन्थें । माया ठकुरीले लेखेका कथा शिलाङबाट प्रकाशित हुने र स्वयं म सम्पादक रहेको पत्रिका मादल र कथामंचमा प्रकाशित भएका छन् । उनका कथा कृष्ण प्रसाद ज्ञवालीको सम्पादनमा प्रकाशित हुने सुमन पत्रिकामा पनि छापिएका छन् । कुरा के भने माया ठकुरी शिलाङमा छँदादेखि नै एकजना सफल महिला कथाकारको रुपमा स्थापित  भइसकेकी थिइन् । नेपालमा आए पछि उनले अझ बढी स्पेश पाउन सकिन् ।  अझ बढी चर्चा पाउन सकिन् । अझ बढी मान्यता पाउन थालिन् । 

मलाई संभना छ मैले पंचायतकालमा लोकभाषाको शैलीमा एउटा कथा मिमासा लेखेको थिएँ । प्रकाशित गरेको थिएँ । त्यो कथा सरल थियो । बाल कथा जस्तो थियो ।  त्यतिबेला माया ठकुरी पोखराको गण्डकी बोर्डिङमा शिक्षिका थिइन् । उनले मेरो त्यो कथा पढेकी रहिछन् । मलाई भनेकी थिइन् । मलाई तपाइंको त्यो कथा किै मन पर्यो । बाल बालिकाले पनि सजिलै बुझ्न सक्ने । मैले स्कूलको सूचना पाटीमा राखिदिएकी छु त्यो कथा । मेरी छोरीले निकै राम्रो मानेकी छन् तपाइंको कथा ।  

कथाका अतिरिक्त माया ठकुरी गीत लेख्छिन् र गीत गाउँछिन्  पनि ।  तर गीत संगीत उनको कलाको मूल विषय भने होइन । उनी सही अर्थमा कथाकार नै हुन् । कथाकारितमा चर्चित भएकी माया ठकृुरी विभिन्न साहित्यिक प्रतिष्ठानबाट सम्मानित भएकी छन् । पुरस्कृत भएकी छन् । उनले अहिलेसम्म आधा दर्जन जति कथा संग्रह प्रकाशित गरेकी छिन् । उनका प्रकाशित कथा कृतिहरू यस प्रकारका छन् – नजुरेको जोरी ( २०३७ ), गमलाको फूल ( १०३३ ), साँधु तरेपछि ( २०३९ ), चौतारी साक्षी छ (  २०४६ ) र माया ठकुरीका कथाहरू (  २०४ं८ ) । माया ठकुरीका एउटा गीत संग्रह–इन्द्रधनुष ( २ ०६१ ) मा पनि प्रकाशित भएको देखिन्छ ।

माया ठकुरी अहिलेसम्म यी पुरस्कारबाट सम्ँमानित भएकी देखिन्छन् –रत्नश्री सुवर्णृ पुरस्कार ( २०३५ ) ,  नेपाली कथा पुरस्कार ( १९४१ ) , शिक्षा पुरस्कार ( २०४४ ) ,मैना पुरस्कार ( २०६१ ) तथा खिल शर्मा –राजीव लोचन जोशी स्मरक पुरस्कार ( २०६३ ) ।        

हाल माया ठकुरी नेपाल प्रज्ञा प्रतिष्ठामा संलग्न रहेर  साहित्य सृजनमा क्रियाशील रहेकी छन् । 

३०–४–२०७७


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा