Skip to main content

कथाकार माया ठकुरी

आख्यानकार लीलबहादुर क्षेत्रीलाई मैले गुवाहाटीमा उनकै आफ्नै निवासमा भेट्दा उनले मलाई भनेका थिए पंचायतले आफ्नो रजत जयन्तीको अवसर पारेर २०३९ सालमा भारतीय  नेपाली कथाको पुस्तक प्रकाशित गरेको रहेछ । त्यसमा तपाइको पनि कथा परेको छ ।  लीलबहादुर क्षेत्रीबाट यो सूचना पाए पछि मैले भारतीय नेपाली कथाको पुस्तक प्राप्त गरेर हेरें । त्यसमा मेरो पसिनाको गन्ध शीर्षकमा कथा समावेश गरिएको रहेछ । यसको सम्पादन गरेका थिए प्रा. दयाराम श्रेष्ठ संभवले । उनले मेरो त्यो कथा रुपरेखाबाट लिएका रहेछन् । तब मात्र मलाई थाहा  भयो ंझण्डै एक दशक अघि रुपरेखामा पसिनाको गन्ध कथा पकाशित भएको रहेछ । हुन त एकपल्ट मलाई कुरै कुरामा आसामका साहित्यकार श्यामबहादुर लिवाङले  भनेका थिए तपाइंका रचना रुपरेखामा प्रकाशित भएको छ । तर मैले त्योे कुरालाई पत्याएको थिइनं । विश्वास गरेको थिइनं । पछि मैले यो कुरा विर्सें पनि । सम्पादक दयाराम श्रेष्ठ र्सभवले त्यस कथाको स्रोत उल्लेख गर्दै भनेका रहेछन्– रुपरेखा–९३ (  २०२५ ंसाल , पृष्ठ २–४.ं)बाट । त्यतिबेला उत्तम कुँबरको सम्पादनमा प्रकाशित रुपरेखा पत्रिका नेपाली साहित्यको बहुचर्चित उच्च स्तरीय साहित्यिक पत्रिका मानिन्थ्यो । त्यतिबेलाका काठमाण्डौ र दार्जीलिङका चर्चित साहित्यकारका रचना रुपरेखामा छापिन्थे । आसाम मेघालयतिर रुपरेखा प्राप्त गर्न गाह्रो थियो ।  कुनै कुनै रुपरेखाका र्अक कहिलेकाहीं घुम्दै फिर्दै आसाम मेघालयसम्म पुग्दथे । जे होस् मेरो त्यो मनोृवैज्ञानिक कथालाई उत्तम कुँबरले निकै महत्व दिएर प्रकाशित गरेका रहेछन् । मेरो उत्तम कुँबरसित कहिले भेटघाट भएन । कुनै संवाद भएन । मैले कहिल उनलाई नजिकबाट चिन्ने जान्ने मौका पाइनं । उत्तम कुँबरको चर्चित पुस्तक हो स्रष्टा र साहित्य ।

भारतीय कथाका कथाहरूका सम्पादक दयाराम संभव श्रेष्ठले मेघालयबाट चार जना कथाकारलाई  समावेश गरेका रहेछन् । ती कथाकार हुन् अर्जुन निरौला, दिल साहनी, पोखरेल पीताम्बर र माया ठकुरी । ती कथा यी थिए – अर्जुन निरौलाको – ए्उटा रात बितेपछि, दिल साहनीको– पसिनाको गन्ध, पोखरेल पिताम्बरको–हडडी केवल हड्डी र माया ठकुरीको –पिरामिड । मैले यस लेखमा विशेष चर्चा गर्न खोजेको माया ठकुरीको हो । चर्चित कथाकार माया ठकुरी ।

माया ठकुरीको जन्म लखनऊमा २ जुलाई १९४६ मा भएको हो । त्यतिबेला उनका बुबा आमा जागीरको सिलासिलामा लखनऊमा थिए । उनी आमा बुबासित जागीरकै दौरानमा  शिलाङ पुगिकी हुन् । शिलाङ पुराएकी हुन् । उनको साहित्यिक जीवन शिलाङबाट नै शुर भयो । शिलाङ नै उनको साहित्यिक जीवनको फृुलबारी बन्यो । पछि उनी नेपाल प्रवेश गरिनंं् ।  बुटबल पाल्पा पोखरा हुँदै अन्ततः उनी काठमाण्डौमा ठहरिन पुगिन् । काठमाण्डौकी निवासी भइन् ।  काठमाण्डौकी बाििसन्दा भइन् । शिलाङबाट साहित्यिक जीवन शुरु गरेकी माया ठकुरी काठमाण्डौ पुग्दा नपुग्दै पारिजात, बानिरा गिरी र प्रेमा शाह पछिकी चर्चित तथा स्थापित महिला हस्ताक्षर भएकी छन् । उनी पारिजात जस्तै प्रतिबद्ध माक्र्सवादी लेखिका त अवश्य होइनन् तर झुकाव भने त्यतातिर भएको पाइन्छ । देखिन्छ ।  उसरी उनी तल्लो बर्गकै उपेक्षित पात्र पात्राका पीडालाई आफ्नो कथाको विषय बस्तु बनाउने गरेकी  छन् । यस कारण पनि उनी लोकप्रिय कथाकार बनेकी हुन् ।          

जहाँसम्म मलाई संंझना छ मैले माया ठकुरीको नाम म लोकरा नयाँ राबरघारी, दरंग जिल्ला ( हाल शोणितपुर ) असम रहँदा बस्दाको बेलादेखि सुन्न जान्न थालेको हुँ । खास गरी मैले उनको नाम सर्वप्रथम भवानी भिक्षुको विशेष पहल र उपस्थितिमा स्थापित          नेपाली साहित्यकार सम्पर्क समिति, शिलाङबाट  प्रकाशित तथा प्रा गोपीनारायण प्रधानद्वारा सम्पादित आशा पत्रिकामा छापिएको कविता बौलाहीबाट सुनेको तथा जानेको हुँ । यो पत्रिका १९६४ मा प्रकाशित भएको थियो ।  पछि म शिलाङ पुगे पछि माया ठकुरीसित राम्ररी परिचय भयो । भेटघाट  चिनाजानी भयो । त्यतिबेला शिलाङमा एक दर्जन जति कथाकारहरूले कथा विधामा कलम चलाउँदथे । माया ठकुरी तिनै शिलाङका एक दर्जन कथाकारमध्ये एक थिइन् । एक हुन् । त्यतिबेला शिलाङ्मा  कथा लेखनमा निकै सक्रिय रहेका व्यक्तिहरू थिए संतुलाल शंकर, कमल क्षेत्री बगाले , अर्जुन निरौला, बिक्रमबीर थापा, दुर्गाप्रसाद अधिकारी, माया ठकुरी, पोखरेल पीताम्बर, जंगबहादुर थापा ,कमल राई, सरस्वती राई, राम कुमारी लामा, तुलसी क्षेत्री, बिक्रम थापा आदि । यी कथाकारहरूमा निरन्तर कथा विधामा कलम चलाउने व्यक्ति हृन् अर्जुन निरौला , बिक्रमबीर थापा, दृुर्गाप्रसाद अधिकारी र माया ठकुरी ।

मैले असममा छँदादेखि नै कथा विधामा कलम चलाउन थालेको थिएँ । शिलाङमा बस्ने  थाले पछि कथा लेखनका साथसाथै विभिन्न समाचारपत्र र साहित्यिक पत्रिकाको सम्पादनमा आवद्ध भएको थिएँ । फेरि म नेपाली साहित्य परिषद्को मुल सचिवको रुपमा पनि क्रियाशील थिएँ । शिलाङका साहित्यकारहरूसित घनिष्ठ सम्बन्ध    राख्ने सन्र्दभमा मेरो माया ठकुरीसित पनि बराबर भेटघाट भइरहन्थ्यो । साहित्य विशेष गरी कथा विधाका बारेमा चर्चा परिचर्चा भइरहन्थ्यो । उनले कथा लेखनमा विशेष रुचि राख्ने हुनाल पनि म बराबर उनीबाट कथाको माग गरिरहन्थें । कथा लेख्न आग्रह गरिरहन्थें । माया ठकुरीले लेखेका कथा शिलाङबाट प्रकाशित हुने र स्वयं म सम्पादक रहेको पत्रिका मादल र कथामंचमा प्रकाशित भएका छन् । उनका कथा कृष्ण प्रसाद ज्ञवालीको सम्पादनमा प्रकाशित हुने सुमन पत्रिकामा पनि छापिएका छन् । कुरा के भने माया ठकुरी शिलाङमा छँदादेखि नै एकजना सफल महिला कथाकारको रुपमा स्थापित  भइसकेकी थिइन् । नेपालमा आए पछि उनले अझ बढी स्पेश पाउन सकिन् ।  अझ बढी चर्चा पाउन सकिन् । अझ बढी मान्यता पाउन थालिन् । 

मलाई संभना छ मैले पंचायतकालमा लोकभाषाको शैलीमा एउटा कथा मिमासा लेखेको थिएँ । प्रकाशित गरेको थिएँ । त्यो कथा सरल थियो । बाल कथा जस्तो थियो ।  त्यतिबेला माया ठकुरी पोखराको गण्डकी बोर्डिङमा शिक्षिका थिइन् । उनले मेरो त्यो कथा पढेकी रहिछन् । मलाई भनेकी थिइन् । मलाई तपाइंको त्यो कथा किै मन पर्यो । बाल बालिकाले पनि सजिलै बुझ्न सक्ने । मैले स्कूलको सूचना पाटीमा राखिदिएकी छु त्यो कथा । मेरी छोरीले निकै राम्रो मानेकी छन् तपाइंको कथा ।  

कथाका अतिरिक्त माया ठकुरी गीत लेख्छिन् र गीत गाउँछिन्  पनि ।  तर गीत संगीत उनको कलाको मूल विषय भने होइन । उनी सही अर्थमा कथाकार नै हुन् । कथाकारितमा चर्चित भएकी माया ठकृुरी विभिन्न साहित्यिक प्रतिष्ठानबाट सम्मानित भएकी छन् । पुरस्कृत भएकी छन् । उनले अहिलेसम्म आधा दर्जन जति कथा संग्रह प्रकाशित गरेकी छिन् । उनका प्रकाशित कथा कृतिहरू यस प्रकारका छन् – नजुरेको जोरी ( २०३७ ), गमलाको फूल ( १०३३ ), साँधु तरेपछि ( २०३९ ), चौतारी साक्षी छ (  २०४६ ) र माया ठकुरीका कथाहरू (  २०४ं८ ) । माया ठकुरीका एउटा गीत संग्रह–इन्द्रधनुष ( २ ०६१ ) मा पनि प्रकाशित भएको देखिन्छ ।

माया ठकुरी अहिलेसम्म यी पुरस्कारबाट सम्ँमानित भएकी देखिन्छन् –रत्नश्री सुवर्णृ पुरस्कार ( २०३५ ) ,  नेपाली कथा पुरस्कार ( १९४१ ) , शिक्षा पुरस्कार ( २०४४ ) ,मैना पुरस्कार ( २०६१ ) तथा खिल शर्मा –राजीव लोचन जोशी स्मरक पुरस्कार ( २०६३ ) ।        

हाल माया ठकुरी नेपाल प्रज्ञा प्रतिष्ठामा संलग्न रहेर  साहित्य सृजनमा क्रियाशील रहेकी छन् । 

३०–४–२०७७


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...