Skip to main content

बिसौं शताब्दीकी मोनालिसा

हिन्दीक िसन्त कवि कबीर दासले भनेका छन् –    

साँचै कोई न पतियायं झूठें जग पतियाय

गली गली गोरस फिरै मदिरा  बैठे बिकाय

साँचो कुरा कसैले पत्याउँदैन । झूठो कुरा सारा संंसारले पत्याँउँछ । दही बिक्री गर्नुू परेमा गली गली घुम्नु पर्दछ । डुृल्नु पर्दछ । तर जाँड रक्सी घर बसी बसी बेच्न सकिन्छ । 

अहिले यही हालत हाम्रो साहित्य र कलाको छ । हाम्रो समाजमा साहित्यिक कृति न छाप्ने प्रकाशक सित्तिमित्ति मिल्दछ न पढ्ने पाठक । कसैले ऋण धन गरेर कुनै साहित्यिक कृति प्रकाशित गर्यो भने त्यसलाई बिक्री गर्न घर घर डुल्दा पनि  किन्ने पाठक पाउन गाह्रो छ । तर कसैले रक्सी शराबको भट्टी पसल वा बार खोल्यो भने खाने मान्छेको भीड लाग्दछ । पृुराउनै गाह्रो । कबीर दासले आजभन्दा सात सय बर्ष अघि कबीर दासले जुन कुरा व्यक्त गरे आज पनि उत्तिकै सत्य हुन गएको छ । 

धनी मान्छे सित्तिमित्ति साहित्यकार हुँदैनन् । उनीहरू  धन कमाउनुमा नैे मस्त र व्यस्त हुन्छन् । रहन्छन् ।  साहित्य सृजना  गर्ने मान्छे गरीब हुन्छन् । उनीहरूसित आफूले सृजना गरेको पुस्तक प्रकाशित गर्ने मन भए पनि धन हुँैदैन  । उनीहरूले जसरी तसरी पुस्तक प्रकाशित गरे भने पनि ती पुस्तक घरमा नै चाङ्ग लगाएर राख्नु पर्ने हुन्छ । बासकमा थुनेर राख्नु पर्ने हृुन्छ ।  होम पुस्तकालय बनाउनु पर्ने हुृन्छ । यस व्थथाबाट सारा नेपाली साहित्य जगत पीडित छ भन्ने कुरा बिक्रमबीर थापाको भूमिकाबाट पनि प्रष्ट हुन्छ । नेपाली साहित्यमा लेखक कवि आफै रचनाकार , आफै प्रकाशक , आफै बितरक, आफै बिक्रेता र अझ आफै पाठक समेत हुनु पर्दछ । निश्चित रुपमा लेखक कविले बहु भुमिकामा अभिनय गर्नु पर्दछ । 

बिक्रमबीर थापा आफ्नो पढाइ छोडेर फौजमा भर्ती हुन पुगे ।  लाहुरे हुन पुगे ।  लडाईको बेलामा बगलादेश पुगे । कार्गिल  पुगे । अरुणाचल पुगे । कहाँ पुगेनन् र । तर अँततः उनी शारिरीक रुपले अस्वस्थ भएकोले उनले फौजी नोकरी छोडेर आफ्नो घर शिलाङ फर्कें ।  बिक्रमबीर थापा भानुभक्त जस्तै घरका धनी होइनन् । सानैै उमेरमा बाबु आमा गुमाएकोले दाई भाउज्युको सहयोगमा अघि बढेका व्यक्ति हुन् । घरको आर्थिक स्थिति कमजोर भएकोले उनले बीचमा नै पढाइ छोड्नु् पर्यो ।  फौजमा भर्ती हुनु पर्यो । लाहुरे हुनु पर्यो ।  फौजमा छँदा कलम र बन्दुक दुबै समाते उनले ।  अवकाश लिएर  घर शिलाङ फर्के पछि  उनका हातमा कलम कुची क्यान्भास र रंग भयो ।  उनी साहित्य सृजन पनि गर्दथे । उनी चित्रकारिता पनि गर्दथे । उनी वास्तविक अर्थमा चित्रकार हुृन् कि साहित्यकार भन्न गाह्रो थियो । नाटककार बालकृष्ण समले जस्तै उनले तेल चित्र बनाउनमा अभिरुचि राख्दछन् । उनले. पशृुपतिको मंदिरको बनाएको तेल चित्र बेजोडको छ भनिन्छ । यसको प्रशंसा धेरैका मुखबाट भएको पाइन्छ ।  मैले माथि जे जति कुृरा गरे पनि यहाँ चर्चा गर्न खोजेको कृरा भने बिक्रमबीर थापालाई बिसौंं शताब्दकी मोनालिसाको प्रकाशनको लागि गर्न परेको संघर्ष कै कथा हो । यस कथा संग्रहको भूमिका पढे. पछि हामीलाई के थाहा हुन्छ भने यस पृुस्तकलाई प्रकाशनमा ल्याउन उनले निकै ठूलो संघर्ष गर्नु पर्यो । निकै दुख कष्ट बेहोर्न पर्यो ।  धन हुनेको मन भएन सहयोग गर्ने । सहयोग गर्न मन हुनेको धन भएन प्रकाशन गरिदिने । तर अन्ततः यो पुस्तक धन हुनेलेभन्दा पनि मन हुनेले नै प्रकाशित गरिदिए ।  बिसौं शताब्दीको मोनालिसाले दिनको उज्यालो देख्ने मौका पायो । यही पुस्तकले उनलाई एउटा सफल कथाकारको रुपमा स्थापित गर्यो । 

कति लेखक कविहरू सजिले माथि पुग्ने जुनसुकै अभिनय गर्न तयार भए पनि आत्माभिमानी लेखक कविहरू यस कमजोरीबाट कोशौ टाढा हुन्छन् । शिलाङका आख्यानकार बिक्रमबीर थापा यस्तै आत्माभिकानी कथाकार हृुन् । उपन्यासकार हुन् । आत्यानकार हुन् ।  आत्मस्वाभिमानको कारणले उनले पुस्तक प्रकाशन गर्न कुनै सेठ महाजन मंत्री वा हाकिमको चाकरी गर्न चाहेनन्् । उनीहरूको स्तुतिगान गर्न चाहेनन् । उनीहरूको ढोका घच्घचाउन चाहेनन् ।

उनको उक्त पुस्तक प्रकाशनको लागि सर्वप्रथम आसामका सप्तऋुषि सांस्कृतिक संघ टिरापका उत्साही स्कूले भाइ बहिनीहरूले अभिरुचि देखाए ।  उनकै पुस्तक प्रकाशन गर्न १९९३ मा भैलो खेलेर दश हजार रुपियाँ जुटाए । तर त्यो रकम उनको कथा संग्रह प्रकाशित गर्न प्रयाप्त थिएन । भएन  । यसैले उनीहरूले बिक्रमबीर थापाले नै लेखेको अलिक सानो पुस्तक हरिभक्त कटुवाल सम्बन्धी अनुसन्धात्मक पुस्तक हत्या रातो डायरीको प्रकाशित गर्न उनलाई बनारस पठाए । यो १९९४को कुरा हो । यो पुस्तक छापियो । 

उनीहरू अर्को साल भैलो खेलेर रकम जुटाउने लक्ष्यमा रहेका हुन्छन् । तर १९९४ मा नै सप्त ऋषि सांस्कृतिक संघका कर्मठ युवक खिलानाथ छेत्रीको २३÷२४ बर्षको कलिलो उमेरमा असामयिक मृत्यु हुन्छ ,। यसले गर्दा उनीहरू रकम संकलनको लागि उत्साहपूर्वक रुपमा भैलो खेल्न असमर्थ हुन्छन् ।  बीचमा शिलाङको नेपाली साहित्यिक तथा सांस्कृतिक संघले ८७ औं देवकोटा जयन्ती मनाउने सन्दर्भमा उक्त पुस्तक प्रकाशित गर्न बिक्रमबीर थापालाई देवकोटाको तेल चित्र बनाएर एक हजारको दरले बिक्री गरी रकम जुटाउने सल्लाह दिन्छन्  उनले बनाएको देवकोटाको तेल चित्रले अत्यन्त प्रशंसा प्राप्त गर्दछ । तर भने जस्तो रकम जुट्दैन । पछि बिकमबीर थापा तिहारमा दिदीको हातको टीका लगाउन आसाम गएको बेलामा त्यहाँ उनको सम्पर्क सांस्कृतिक संस्था लाली गुराँससित हुन्छ । त्यहाँका उत्साही युवक यृुवतीहरूले ठूलो अभिरुचिको साथमा बिक्रमबीर थापालाई बिसौं ं शताब्दीकी मोनालिसाको प्रकाशन गर्न आर्थिक  सहयोग गर्दछन् । यसरी सप्त ऋषि सांस्कृतिक संघ, शिलाङ साहित्यिक सांस्कृतिक संघ र लाली गुराँसमा संलग्न  साहित्यिक र सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका युवक युवतीहरूको आर्थिक सहयोगमा बिक्रमबीर थापाले उनको कथा संंग्रह बिसौं शताब्दीकी मोनालिसा प्रकाशित गर्ने ठूलो सफलता प्राप्त गर्दछन् । उनको सपना साकार हुन्छ । अन्ततः १९९७ मा बिसौं शताब्दीकी मोनाििलसा प्रकाशित हुन्छ । यसै पुस्तकको लागि बिक्रमबीर थापाले भारतको साहित्य एकाडेमीबाट प्रत्येक वर्ष नेपाली भाषामा एक जना साहित्यकारलाई दिइने एकाडेमी पुरस्कार प्राप्त गर्दछन् । उनी पुरस्कारबाट सम्मानित हुन्छन् । 

बिसौं शताब्दीकी मोनालिसा बिक्रमबीर थापाको पहिलो कथा संगह हो । यसमा उनले आफ्नो जीवनको विभिन्न चरणमा लेखेका र विभिन्न पत्र पत्रिकामा प्रकाशित गरेका कथाहरूलाई संग्रह गरी प्रकाशित गरेका छन् । यसमा जम्मा जम्मी १६ बटा कथा समावेश गरिएका छन् ।

भूमिकामा सर्वप्रथम सप्त  ऋषि सांस्कृतिक संघका तर्फबाट हामी भाइ बहिनीहरूको मन्तव्य प्रकाशित गरिएको देखिन्छ । यस पुस्तकमा स्वयं बिक्रमबीर थापाका दुईबटा मन्तव्य प्रकाशित गरिएको छ । पहिलो मन्तव्य हो – लेख्नु पर्ने स्थितिः पछाडि र अगाडि हेर्दा ।  दोस्रो मन्तव्य हो –तीता मीठा कुरा ःधन्यवाद ज्ञापनको सन्दर्भमा । यस अघि दुईबटा उपन्यास प्रकाशित गरिसकेका बिक्रमबीर  थापालाई यस पुस्तकको प्रकाशनले एकजना कथाकारको रुपमा स्थापित गर्दछ । यही पुस्तकको लागि उनी भारत सरकारको साहित्य एकाडेमीबाट पुरस्कृत पनि हुन्छन् ।

यतिबेला बिक्रमबीर थापा शिलाङमा साहित्य सृजन र चित्रकारिताको क्षेत्रमा सबभन्दा बढी क्रियाशील रहेका छन् । उनी दिन रात  साहित्य सृजन र चित्रकारितमा साधानारत रहेका छन् ।

१२–५–२०२०






Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा