Skip to main content

माया ठकुरीको साँघु तरेपछिका कथाहरू

  

अहिलसम्म कथाकार माया ठकुरीका ६ बटा कथा संंग्रह प्रकाशित भएकोमा  साँघु तरेपछि  ( २०३९ ) तेस्रो कथा संंग्रह हो । यस कथा संग्रहमा जम्माजम्मी २२ कथा समावेश गरिएका छन् । यस संग्रहमा परको पहिलो कथा हो –साँघु तरेपछि । शायद कथाकारले यस कथालाई नै सबभन्दा महत्वपूर्ण कथा ठानेर नै होला यस संग्रहको  शीर्षक नै साँघु तर पछि राखिएको । यसमा कुनै शंका छैन कि साँघु  तरे पछि कथाकारको एउटा मार्मिक र उत्कुष्ट कथा हो । यो सामाजिक यथार्गवादी कथा हो । यो पारिवारिक कथा पनि हो । यस कथााई हामी  बुर्जुवा नकारात्मक यथार्थवादी कथा पनि भन्न सक्दछौं । कथामा सामन्ती समाजका झलक पाइए पनि मूलतःयस कथाले पूंजीवादी जीननशैली र संस्कुतिलाई नै प्रतिबिम्बित गर्दछ ।

यसले खास गरी पूंजीवादी समाज र संस्कृतिका विकृति र विसंगतिलाई प्रतिबिम्बित गर्दछ । काठमाण्डौको शहरिया जीवनले बिकृत पूंजीवादी संस्कृतिलाई उजागर गर्दछ भने गाउँल ेजीवनले सामन्ती  सस्कृति र संस्कार । आचार बिचार । माक्र्सले भनेका छन् सामन्तबादले नाता गोताको सम्बन्धलाई महत्व दिन्छ भने पूंजीवादी समाजमा त्यत्सो पारिवारिक वा कुल कुटुम्बसितको सम्बन्धलाई कुनै चासो राख्दैन । मान्यता दिंदैन । पूंजीवादमा मानव सम्बन्ध नै पैसासितको सम्बन्धमा परिणत हुन्छ ।  माया ठकुरीको यस कथामा पराजित हुँदै गरेको  सामन्तबाद र उदाउँदै गरको पूंजीवादको प्रभाव परेको देखिन्छ । गाउँले सामन्तवादलाई प्रतिनिधित्व गर्दछ भने शहरले पूंजीवादलाई । कथाको मूल परिवेश गाँउ हो । शहर होइन । तर पूंजीवाद हुर्किरहेको शहरी संस्कृतिले पराजित हुँदै गएको गाउँले सामन्ती संस्कृतलाई विस्थापित गरिरहेको आभास मिल्दछ ।    

यस कथामा दुई परिवारलाई तुलनात्मक शैलीमा खडा गरिएको छ । एक परिवार सकारात्मंक रुपमा अघि बढेको छ भने अर्कों परिवार नकारात्मक रुपमा । परिवारका अधिकांश पात्र बेनामे छन् ।  दुई जना पात्रको मात्र नाम लिएको देखिन्छ । लक्ष्मीकान्त बाजे र कमला । यी दुई पात्रको चर्चा कम गरिएको छ । यस कथामा हामी प्रमुख पात्रको रुपमा कमलाको जोइटिंंग्रे पति, डाक्टरको बृद्ध बुबा शहरिया छोराकी आमा र मगर्नीलाई पाउँछौं । कथाकारले शहर पसेका सबै छोरा खराब हुन्छन् वा जोइटिग्रे हुन्छन् भन्ने कुरा होइन भन्ने मान्यतालाई प्रष्ट पारंको देखिन्छ । कथाको परिवेश गाउँ  भए पनि कुनै निर्दिष्ट गाउँ वा ठाउँको चर्चा गरिएको छैन । उल्लेख गरिएका ठाउँ पनि निश्चित र निर्दिष्ट होइनन् । आफ्ना बुबाप्रति सकारात्मक रहेको ं डाक्टरको परिवार बृद्धा महिलाको परिवारप्रति छोरा बुहारी अझ खास गरी शहरिया बुहारीको नकारात्मक चरित्र झल्काउन खडा गरिएको स्पष्ट नै छ ।  यस कथाले  आमा बाबुको मन छोरा छोरीमाथि छोराछोरीको मन ढृं्रगा मुढामाथि भन्ने नेपाली उखानलाई चरितार्थ गर्दछ ।  आमा सुत्केरी हृुन थालेकी बुहारीको सुसार गर्न गंभीर देखिन्छिन् भने बुहारी सासु आमालाई शहर ल्याउन बोझ ठान्दछे । आमालार्ई तर्काउन मगर्नीलाई ल्याएर आउनृु भन्ने अर्डर चलाउँछे । ंनिश्चित रुपमा छोराले बृद्धा आमालाई शहरमा ल्याउन चाहन्छ  तर ऊ शहरिया पत्नीको अगाडि नतमस्तक छ । कमलाको पति दब्बु पात्र हो । बाटोमा शहरबाट डाक्टर छोरा र बुहारीलाई भेटेर आफ्नो गाउँमा फर्किरहेका बृद्धको कुरा कमलाको पतिले किन मन पराउँदैन भने उनका कृुराले उसप्रति नै व्यंग बाण हाने जस्तो हुन पुग्दछ । यद्पि डाक्टर छोरा बुहारी नातिलाई भेटेर आएका बृद्धको कमलाका पतिप्रति कुनै व्यंग बाण प्रहार गर्ने मनसाय हुँदैन । कमलाकी आमालाई महान आमाको रुपमा देखाएको छ जो आँसु पिएर पनि आफ्नो सन्तानप्र्रति कुर्नै गुनासो राख्दिनंन् । जे होस्, यस कथाले शहर पुगेर शहरिया युवतीको मायाजालको शिकार भएर आफ्नो घर गाउँ र बृद्ध आमा बुबालाई विर्सिने वा अवमूल्यन् गर्ने सन्तानप्रति कडा व्यंग प्रहार गर्दछ ।  यस कथामा कथाकार आफ्नो संदेश संम्पेषण गर्न सफल छन् । यस कथामा प्राय सबै कृुरा स्वाभाविक लागे पनि मगरनीको उपस्थिति अस्वाभाविक देखिन्छ । बिधवा  भएको स्थितिमा चारैतिरबाट पुृनर विवाहको पस्ताव आउँदा पनि बृद्ध महिलाको घरमा अडिएर सेवकको रुपमा बस्नु खट्किंदो कुरा लाग्दछ । यद्पि कथाकारलाई शहरमा आमाको बिकल्पको रुपमा मगरनीको उपस्थिति अनिवार्य भएको होला । कथाको प्रस्तुति र अन्त्य कलात्मक र प्रभावशाली देखिन्छ । 

आजभोलि विदेशमा डेलिभरी हुने बेलामा हेरचाहको लागि छोरा बुहारीले आफ्ना बुबा आमााई त्यहाँ बोलाउनु एउटा सामान्य कुरा जस्तो भएको छ । यसलाई कुनै नकारात्मक कुराको  रुपमा लिएको भने पाइदैन । बरु आवश्यक र अनिवार्य कार्यको रुपमा लिंदै र बुझ्दै आइएको छ ।  यसमा छोरा बुहारी तथा बाबु आमा दुबै पक्षको स्वार्थले काम गरेको पनि हुन सक्दछ ।  

साँघु तरेपछिमा परेको दोस्रो कथा हो – साहेव । अरबी भाषाका शब्द हो । यसलाई अरबी भाषामा साहिव भनिन्छ । अंग्रेजीमा यस शब्दलाई सर वा मास्टरको अर्थमा बुझिन्छ । खास गरी व्रिटिश राजमा भारतीयहरूले गोराहरूलाई साहिब वा साहेब भन्ने गर्दथे । पछि माथिल्लो पदमा पुगेका काला अफिसर वा हाकिमलाई पनि साहेब भन्न थालियो । नेपालमा पनि साहाब शब्द प्रचलनमा आएको छ । नेपालमा धेरै जसो व्रिटिश वा इडियन आर्मीमा भर्ती भएका नेपालीहरूले साहेब शब्द प्रयोग गर्दछन् । कुनै पनि अफिसरलाई साहब भन्ने गरिन्छ । फेरि तल्लो स्तरको अफिसरले माथिल्लो स्तरको अफिसरलाई साहब भन्ने  चलन छ । हवल्दार पदलाई  साहबको दर्जामा नराखे पनि सिपाहीले हवल्दारलाई पनि हबल्दार साहेब भनेर संवोधन गरेको  सुनिन्छ । अर्कोतिर मेजर कर्नेल जस्ता उच्च पदमा अफिसरले पनि आफूभन्दा तल्लो पदमा अफिसरलाई बोलाउँदा साहब शब्द नै प्रयोग गरेको देखिन्छ । कर्नेल पदको अफिसर भन्न सक्दछ – सुवदार साहब , मेजर साहेब आदि । नेपाल आर्मी र प्रहरी सेवामा पनि साहब शब्द प्रचलनमा छ । तर निजामती सेवामा साहब शब्द प्रयोग हुँदैन । पहिला पहिला कटुवालले आम जनतालाई हाँक हालेर सूचना प्रवाह गर्न परेमा साहेब हो शब्द प्रयोग गरिन्थ्यो । लोकतन्त्रमा यस्तो पचलन खारेज भएको देखिन्छ । माया ठकुरीको साहेब कथामा साहब कस्तो खाले साहब हो खुलेको छैन । तर यिनी सरकारी कर्मचारी भएको बुझिन्छ । यसको पृष्ठभूमि भारत भएको आभास मिल्दछ । यो परिवारिक कथा हो । यस कथाले टुप्पाबाट पलाएको परिवारको झलक दिन्छ । यस कथाले लेखनाथ पौड्यालको छोटो बड्यो भने फुर्ती ढाँचा खुब लगाउँछ भन्ने चिन्तनलाई प्रतिबिम्बित गर्दछ । माया ठकुरीको कथा साहेबको खास नाम पाण्डे साहेब हो । तर यिनको कुनै निर्दिष्ट नाम भने छैन । उनकी श्रीमतीको पनि कुनै निर्दिष्ट नाम छैन ।  बरु यिनको छोराको नाम उल्लेखित छ – मदन । उनको नोकरको नाम उल्लेख छ –इन्दे्रृ । उनकी घरकी कामदार केटीको नाम उल्लेख छ – चमेली । कथाकारले प्रमुख पात्र साहेबलाई पाण्डे साहेबको रुपमा प्रस्तुत  गरेको देखिन्छ । पाण्डे साहेबकी श्रीमतीलाई घरका कामदारको अगाडि मेम साहेवको रुपमा पेश गरिएको पाइन्छ । कथाकारले पाण्डे साहेबलाई टुप्पाबाट पलाएको भनेको खास कारण उनी एकजना पिउनका पुत्र हुन्छन् । पढे लेखेर अफिसर बनेका छन् ।  उनी आफृू के अफिसर बनेका थिए आफूलाई कुनै अंंग्रेज साहेबभन्दा कम ठान्दैनन् । उनकी श्रीमती एउटा सामान्य महिला हुन् । उनलाई पनि सिंगार पटार र तालिम दिएर मेम साहेबको रुपमा प्रस्तुत गंर्दछन् । टुप्पाबाट पलाएको व्यक्तिकै चरित्र अनुरुप उनी आफूमाथिको अफिसरको धुमधाम चाकरी र चापलुसी गर्न चुक्दैनन् । फेरि आफूभन्दा तल्ला मान्छेलाई यिनले गन्दा पनि गन्दैनन् । उनले आफूलाई नेपालीहरूबीचमा भन्दा पनि गैर  नेपालीबीचमा हेमफेम गरकोमा गौरवान्वित अनुभूत गर्दछन् । उनकी कुकुर पाल्नमा शौक राख्दछन् । कुकुर पनि उनी विदेशी नै रुचाउँछन् । उनी कुकुृर डोराएर हिंड्नमा शान ठान्दछन् । उनी आफ्नो शान देखाउन पाहुनालाई मासु भात खुवाउन चाहन्छन् भने आफ्नो कामदार इन्द्रेलाई मीठो मसिनो खान दिंदैनन् । उनले इन्द्रेले ल्याएको गुन्द्रुकप्रति प्रदर्शित गरेको व्यवहारले उनमा नेपालीपन हराउँदै गएको आभास मिल्दछ । कथाकारले पाण्डे साहेबले घरमा काम गर्न राखेकी १५÷१६ बर्षकी केटी चमेलीतिर नजर लगाएको उनकी श्रीमतीलाई मन परिरहेको हुँदैन । चमेलीप्रति रक्सी धोकेर आएको उनको छोरो मदनले पनि आँखा लगाउँछ । यो कुृरा इन्द्रेलाई कत्ति मन परेको हृँदैन । यसरी  कथाकारले बाबु छोरा दुबैले चमेलीतिर खराब दृष्टिले  हेरेको र ऊप्रति ढल्किदै गएको कुरालाई ठूलो बिकृति  र विसंंंतिको रुपमा चित्रित गरेको पाइन्छ ।   अन्ततः कथाकारले चमेली भारी जिउकी भएकी र पारिवारिक बदनामलाई बचाउन पाण्डे साहेबकी श्रीमतीले इन्द्रेलाई फकाएर सम्झाएर र पैसा समेत दिएर चमेलीलाई भगाउन लगाए पछि कथा उत्कर्षमा पुग्दछ । निर्लज्ज पाण्डे साहेब प्रचार गर्दछन् बदमाश इन्द्रले चमेलीलाई भगायो । यसरी कथाकार माया ठकुरीले पाण्डे साहेब परिवारको पतीत जीवन चरित्रलाई उदांगो पार्दछिन्  । समाजमा यस किसिमका घटना घटिरहेकै हुन्छन् । यस कथाले पनि बुर्जुवा समाजको नकारात्मक यथार्थवादलाई सफलतापूर्वक उद्घाटन गर्दछ । यस कथामा केही केही विसंगतिको कुरा पनि देखा पर्दछन् । पाण्डे साहेब शहरदेखि टाढा भएको  कृरा उल्लेख गरिएको छ ।  पाण्डे साहेबले साङ्लाले कृकुर डोराउने दृश्य शहरदेखि टाढा गाउँमा खासै देख्न पाइन्न ।  अर्कोतिर कथाकारले पाण्डे साहेब र मेम साहेबलाई मु्ख्य पात्र पात्रा बनाएर प्रस्तुत गरेको अवस्थामा शहरदेखि टाढा गाउँमा बसेको चित्रण गर्नु त्यति युक्तिसंगत देखिन्न । फेरि गाउँमा विदेशी मान्छे र विदेशी कुृकृुर छ्याप्त छ््याप्ती देख्न पाइन्न । यसैले स्वाभाविकताको दुष्टिकोणले हेर्दा कथा यान्त्रिक जस्तो देखिन्छ । भए पनि कथाकार  आफूलाई भलाद्की वा ठूलो ठान्ने मान्छेका नैतिकताका धरातल कति कमजोर हुन्छ भन्ने कुराको संदेश दिन सफल छन् । कथा रोचक छ । यो तथाकथित आफूलाई सृकिलो मुकिलो ठान्ने उदाउँदै गरेको बुर्जुृवा समाजप्रति तीखो व्यंग पनि हो ।

यस संग्रहमा परेको माया ठकुरीको तेस्रो कथा हो – आआफ्नो दुष्टिकोण । यो एक प्रकारले यान्त्रिक कथा हो । उसरी यो एउटा मनोबैज्ञानिक कथा पनि हो । यो फेरि कथाकारको कथा पनि हो । यस कथालाई बडो नाटकीय रुपमा रोचक ढंगले प्रस्तुत गरिएको छ । कथाकार काठमाण्डौमा नाटक महोत्सवमा भाग लिन आफ्नी नन्द र एक बर्ष तीन महिनाकी छोरीसित पन्ध बिस दिनको लागि  आएको तर कार्यक्रम लम्बिएर एक महिनाको अवधि लिएको कृुरा यसमा उल्लेख गरिएको छ । यो कता कता अस्वाभाविक घटना किन पनि लाग्दछ भने यसमा नाटक महोत्सवमाथि कुनै फोकस गरिएको छैन । खासै चर्चा पनि गरिएको छैन । फेरि यस कथामा कोही पनि कुनै कार्यक्रममा भाग लिन छोटो समयका लागि राजधानी पुगे पछि भाडाको घरमा बस्ने कुरा पनि त्यति स्वाभाविक देखिन्न । अर्को कुरा कथाकारकी एक बर्ष तीन महिनाकी छोरीले नाट्य महोत्समा भाग लिएको र  उत्कुष्ट अभिनय गरेको र प्रज्ञा प्रतिष्ठानबाट पृुरस्कृत भएको कृुरा पनि स्वाभाविक लाग्दैन । कथाबाचक नाट्य महोत्सवमा भाग लिन आएर पनि आफ्नो नाट्य कला प्रर्दशनीमाथि कुनै चर्चा नगरिनु पनि स्वाभाविक कृुरा जस्तो लाग्दैन ।  पन्ध बिस दिनको लागि आयोलित कार्यक्रम तन्किएर महिना दिन पुग्नु पनि स्वाभाविक कुरा  लाग्दैन । कथामा यी कृुरा कमजोरीको रुपमा रहेका छन् । तर पनि यो कथा के अर्थमा सफल कथा मान्न सकिन्छ भने यसका मुख्यत दुई पात्राको मनोविज्ञानलाई यथार्थ रुपमा मात्र होइन रोचक ढंगल प्रस्तुत गरिएको छ । यस अर्थंमा यो मनोवैज्ञानिक यथार्थवादी कथा हो भन्न सकिन्छ । कथाकारले मनोवैज्ञानिक यथार्थवादलाई बडो रोचक ढंंगले चित्रित गरेको देखिन्छ । लेखकको यस कथाका प्रमुृख पात्र बेनामे पात्र हृुन् ।  यसमा कथाबाचककी नन्दको नाम पृुष्पा र छोरीको नाम अनुराधा उल्लेख गरेको देखिन्छ  । कथाकारले छिमेकमा रहको परिवारका सबै सदस्य बृद्धा दाज्यू भाउजुका विषयमा चर्चा गरे पनि खास चर्चा युवतीकै बारेमा गरिएको छ । कथाकार वा कथाबाचकले खास रुचि छिमेककी युवतीको हर गतिविधि चाल ढाल  पहिरन आवात जावत रहन सहन बाहिरी युवक वा पुरुषसंगको सम्पर्क आदिकुरामाथि रहेको र ती कुरामाथि नै  नजानिंदो ढंगले नजर लगाएको देखिन्छ । उता त्यस युवतीले पनि आफ्नो छिमेकमा बस्न आएकी कथाकार वा कथाबाचक, उनकी नन्द र छोरीमाथि नजर लगाएकी हुन्छे । खास नजर त कथाकार वा कथाबाचकमाथि नै लगाएकी हृुन्छे । दुबै  दुबैको लागि रहस्यमय चरित्र बनेका हुन्छन् । रहस्यमय पात्रा बनेका हुन्छन् ।  अध्ययन र अनुसन्धानका पात्र बनेका हुन्छन् । दुबैको एक अर्कामाथि लगाउने गरेको नजर खट्किंदो देखिन्छ । अस्वाभाविक देखिन्छ । रहस्यमय देखिन्छ । त्रिशुलीबाट नाटक महोत्सवमा भाग लिन आएकी कथाबाचक कथाकार हुन्छिन् । यसैले उनले छिमेककी किताब पढिरहने, रेडियो सुनिरहने र खास समयको लागि बाहिर जाने युवतीका बिषयमा रुचि लिएको एउटा कारण उसबारे कथा लेख्न पनि हो ।  तर कथाकार वा कथावाचकको नजरमा छिमेकी युवती बदचलन वा चरित्रहीन युवती जस्ती लाग्दछे । कथाको अन्यतिर कथाकार वा कथाबाचक  नाटक महोत्सव पृरा भएर त्रिशुली फर्केको पनि  चार महिना पृुरा भएको प्रसंगको चर्चा गरिएको छ । कथाबाचक वा कथाकारका श्रीमानले कथाकारलाई गोरखापत्र दिंदै त्यसका प्रकाशित कथा पढ्न भन्दछन् । कथाको शीर्षक छ – ऊ गई । यो कथा कथाबाचक वा कथाकार काठमाण्डौ रहँदा उनकी छिमेकी युवतीले उनकै बारेमा लेखेको कथा हुन्छ । यहाँ  आएर कथामा लुकेको रहस्यको पर्दा खुल्दछ । कथाबाचक वा कथाकारलाई के कुरा थाहा हुन्छ भने वास्तवमा उनले शंकालु दृष्टिले हेरेकी  हेरेकी युवती स्वयं कथाकार हुन्छे । उसले नै कथाबाचक वा कथाकारको बारेमा कथा लेखेर गोर्खापत्रमा प्रकाशित गरेकी हुन्छ । कथाबाचक वा कथाकारले त्यस युवतीको बारेका लेख्छु् भनेको कथा किन पनि लेख्न पर्दैन भने त्यो त लेखिसकिएको छ । कथा पृुरा त त्यस युवतीको कथाले गरेको छ । भनौं त्यस रहस्यमय ठानिएकी युबतीले लेखेको भनेको कथा कथाबाचक वा कथाकारको कथाको अर्को पाटो हो । कथाको प्रस्तुति  र मनोबैज्ञानिक दुष्टिकोणले हेर्दा या कथा रोचक तथा उत्कृष्ट नै हुन गएको छ । यस कथाको संदेश के हो भने कुनै पनि पात्र हामीले सोंचेको वा ठानेको जस्तो नृहुन पनि सक्दछ । कुनै पात्रलाई हामीले हेर्ने देुष्टिकोण एक पक्षीय र भ्रामक पनि हुन सक्दछ । वास्तवमा कथाबाचक वा कथाकारले शंका गरेको एक व्यक्ति उसकै भिनाज्य् र युवक चाहिं ऊसंग विवाह गर्ने निर्णय भइसकेका युवक हृन्छन् । त्यो युवतीमा कुृनै चारित्रिक कमजोरी देखिन्न । कथाबाचक वा कथाकारको त्यस यृवतीप्रतिको सम्पूर्ण अवधारणा गलत र भ्रमपूर्ण ठहरिन पुग्दछ ।   गोरखापत्रमा प्रकाशित कथाले कथाबाचक वा कथाकारका आँखा खोलिदिन्छ ।

यस संव्रहमा परेको माया ठकुरीको चौथो कथा हो प्राप्ति ।  यस कथाका मुख्य पात्र हुन् दिवाकार, उषा, र पृथ्वी । सहायक पात्रमा पृथ्वीका बुबा, पहिली श्रीमती र छोरा पर्दछन् ।  उषाको छोरी कुसुम पनि सहायक पात्र हुन् । गौण पात्र । यस कथामा दिवाकर सकारात्मक पात्र हुन् । उषा र पृथ्वी नकारात्मक पात्र । कथाको संक्षिप्त सार के हुन्छ भने दिवाकर र उषा बचपनका साथी हुन्छन् । एकले अर्कालाई प्रेम पर्दछन् । युवकालमा पुगे पछि दुबै विवाह बन्धनमा बाँधिन्छन् । तर दुर्भाग्यको कुृरा के हुन्छ भने बिवाह भए लगत्तै  कुनै अज्ञात विमारीले दिवाकर टाढै कतै हस्टिपलमा भर्ना हुन्छन् ।  उनकी श्रीमती उषाले उनलाई बेला बखतमा हस्पिटलमा भेट गर्दछिन् । दिवाकार अस्पतालमा भर्ना भएको सात आठ बर्ष  बित्दछ । यसले गर्दा उषा दिक्क हुन्छिन् । सात  आठ बर्ष पछि पछिल्लो पल्ट भेट गर्दा उनले त्यो भेट आखिरी भेट भन्छिन् । दिवाकारले आखिर भेट भन्दा प्रश्न गर्दछन् । उषाको भनाइ हुन्छ केही समयको  लागि आखिरी । उषा अफिसमा काम गर्दछिन् । त्यहाँ उनको भेट पृथ्वीसित  हुन्छ । उषालाई  पृथ्वी सुृन्दर र सुशिल युवक लाग्दछ । उसको मिलनसार र सभ्य व्यवहारले उनी पृथ्वीप्रति आकर्षित हुन्छिन् । अन्ततः उषाले पृथ्वीसित विबाह गर्दछिन् । एउटा छोरी जन्मिन्छे । छोरीको नाम कुसुम हुन्छ । एक दिन पृथ्वीका बिवाह एक जना महिला र बालक सहित पृथ्वीको डेरा खोज्दै आउँछन् । पृथ्वीसित होइन उनको भेट उषा र उनकी छोरी कुृसुमसित हुन्छ । सोधपुछ पछि पृथ्वीका बुबालाई पृथ्वीले उषासित विवाह गरेको र एउटी छोरी जन्मिसकेकी कुरा थाहा हुन्छ । पृथ्वीका बुबाले उषालाई साथमा आएकी महिला पृथ्वीको पत्नी र छोरा भएको कुृरा सुनाउँछन् । यस कुृराले उषा छाँगाबाट खसे जस्तै हुन्छिन्  । उसरी पृथ्वीका बुृबा, श्रीमती र छोरा पनि छांगाबाट खसे जस्तो भएका हृुन्छन् । उषालाई दिवाकार जिउँदो रहेको वा मरिसकेको केही थाहा छैन ।  यस कथाले के संदेश दिन्छ भने कुनै पनि पुरुष वा महिला जस्तो देखिन्छन् त्यस्ता नहुन पनि सक्दछन् । यस कथामा उषा र पृथ्वी नकारात्मक पात्र हुन् ।  सरसर्ती हेर्दा कथा रोचक र प्रभावशाली पनि देखिन्छ । नाटकीय ढंगले प्रस्तुत  गरिएको यस कथा स्वाभाविकता र संगतिको हिसाबले निकै कमजोर छ । दिवाकारको कैैयौं बर्षसम्म दिवाकारको रोग थाहा नहुनु स्वाभाविक कृुरा होइन ।  अर्को कुरा रोगी दिवाकारलाई एक्लै अस्पतालमा छोड्नु पनि स्वाभाविक वा विवेकपूर्ण पनि देखिन्न ।  श्रीमतीले अस्पतालमा भर्ना भएको श्रीमानलाई बेला बखतमा भेट्नु पनि उचित  देखिन्न । स्वाभाविक देखिन्न ।  अर्को कुरा पृथ्वीसित दोस्रोे विवाह गर्न पुगेकी उषालाई अस्पतालमा भर्ना भएको पहिलो श्रीमानको मर्दो वा जिउँदोको सम्बन्धमा कुनै जानकारी नहुनु पनि स्वाभाविक कुरा  लाग्दैन । यस हिसाबले कथालाई बिचार  गर्दा कथाकारले आफ्नो खास संदेश प्रवाह  गर्नको  लागि कथालाई यान्त्रिक तरिकाले अघि बढाएको देखिन्छ । समाजमा यस्ता घटना हुन नसक्ने त होइन । तर यस्ता घटनाले आम सत्यलाई समेट्न सक्दैन । बिमार पतिलाई बेबास्ता गर्दै कुनै आकर्षक युवकप्रति आकर्षित हुनु र बिवाह समेत गर्नुले उषालाई सच्चा प्रेमी पात्रको रुपमा परिभाषित गर्न सकिन्न ।  दिवाकारसित सानैदेखि प्रेममा परेकी र अन्ततःविवाहको बन्धनमा बाँधिएकी उषाले मारेको फड्को स्वाभाविक लाग्दैन ।  

२३–५–२०२०                   







 


   .           


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा