Skip to main content

बिक्रमबीर थापाका बीसौं शताब्दीको मोनालिसाका कथाहरू

  

बिक्रमबीर थापाको वीसौं शताब्दीको मोनालिसामा समावेश गरिएको पहिलो कथा हो – मेडको प्रभाव ।  लेखकले यो कथा जयरामपुर, तिराप जिल्ला,.अरुणाचल प्रदेशबाट १९७३ मा लेखेका थिए । यो  मूलतः संदेशमूलंकक कथा हो । लेखक आफ्नो उद्देश्यमा धेरै सफल छन् । लेखकले कथालाई जति यथार्थवादी धरातलमा उभ्याउन खोजे पनि यसमा यान्त्रिकताको बोलाबाला पाइन्छ । कथा बडो नाटकीय रुपमा प्रस्तुत  गरिएको छ । कथाको उठान र बैठान दुबै कलात्मक र प्रभावशाली देखिन्छ । कथामा वणित ठाउँ सही भए पनि अरु कुरा कल्पित लाग्दछन् ।  यसमा घटेका घटना कथाको प्रयोजनका लागि घंटाइका जस्ता देखिन्छन् । पूंजीवादी बजारमा ब्रान्ड वा मेड इनको माग तथा किनबेच हुने कुरा यथार्थ हो । यसप्रति कथाकारले यस कथामा निकै  ठू्रलो व्यंग गरेका छन् । यो कथाको राम्रो पक्ष हो ।  कता कता यो कथा दोहोरा धार भएको छुरा जस्तो   पनि देखिन्छ । एकातिर यसले पूंजीवादी बजारमा जस्ता सुकै माल भए पनि बिक्ने भनेको मेड इन वा व्रान्ड हो भनेको छ भने अर्कोतिर यसले साहित्य र कला क्षेत्रमा पनि पूंजीवाद संस्कृति हाबी भएको कुरामाथि आफ्नो प्रहार केन्द्रित गरेको छ । यस कथाले सांिहत्य र कलाको क्षेत्रमा सम्पादकप्रति चोटिलो  व्यंग गरेको छ । साहित्य र कला क्षेत्रमा देखा परेको बिकृति र बिसंगतिलाई उजागार गरेको छ । यस कथामा घटनाले कथा नडोराएर कथाले घटना घटाएको जस्तो देखिंदा यथार्थतता र स्वाभाविकता कमजोर  भएको भान हुन्छ । यस कारणले कथाले सही कुरा भन्न पनि कृत्रिम आवरणको सहारा लिएको जस्तो देखिन्छ । यो यस कथाको खास कमजोरी हो । यस कथामा संयोगले पनि निर्णायक भूमिका खेलेको छ । यस कथाले स्थान विशेषको बारेमा भने यथार्थ सूचना प्रवाह भएको छ । जन जीवनको चित्रण यथार्थपरक रहेको छ । अरुणाचल प्रदेशमा नेपालीहरू बाक्लो बस्ती रहेको र त्यहाँ लाग्ने हाट बजारमा मदेशी व्यापारीको पनि उपस्थिति रहेको कुृरा पनि यस कथामा झल्काइएको छ । यस कथाको संक्षिप्त सार यस प्रकारको छ । कथाकार वा कथाबाचक प्रवीण राना  एक बर्ष अगाडि तिहारको टिका लगाउन दिदी भिनाज्यु भाञ्जा भाञ्जीहरू भएको ठाउँ अरुणाचल प्रदेशको जयपुरमा जान्छन् । उनका भिनाज्यु आसाम राइफल्समा सुवेदार मेजर हुन्छन् । जयपुरको नजिकै एघार माइल  ( जागुन ) मा हाटबजार लाग्ने दिनमा नेपालीहरू आफूले घरमा उत्पादन गरेका वस्तु बेच्न हाट बजार पुग्दछन् । फेरि मदेशी व्यापारीहरू पनि लुगा स्टेसनरी सामान आदि बिक्री गर्न लिडो, मार्घेरिटा, डिग्बोई र तीनसुकियाबाट त्यहाँ पुग्दछन् ।  कथाकारकी दिदीले बेसार किन्दा पोको पारेको रेजिस्टरबाट च्यातेको कागजमा राम्रा अक्षरमा नेपालीमा कही कोरिएको कथावाचकले देख्दछन् । उनल ेत्यसमा नेपाली भाषामा सुन्दर अक्षरमा कथा लेखिएका हुन्छन् । कथाबाचकले मधेसी व्यापारीबाट बढी पैसा तिरेर सामान पोका पार्न राखिएको रेजिस्टर किन्दछन् । उनले त्यहाँ लेखिएको कथाको लेखक को हो थाहा पाउँदैनन् । उनले कथाको शीर्षक पनि भेट्दैनन् । यसले त्यस कथाको शीर्षक अनामिका  रं लेखकको नाम प्रवीण राना लेखेर प्रभातमा प्रकाशनार्थ पठाइदिन्छन् । उक्त कथा प्रभातमा प्रकाशित हुन्छ । त्यति मात्र होइन त्यो अखिल भारतीय नेपाली साहित्य संस्थाद्वारा प्रकाशित भएका बर्षंभरिको  उत्कृष्ट कथाकाडरुपमा पुरस्कृत हुन्छ । कथावाचकले कथाको नाम अनामिका राखिदिएका कारंण त्यस कथाकी नायिका नेपाली  महिला पात्रं बेनामकी हुन्छिन् । उनले भूमितग रुपमा सुभास चन्दै बोसको आजाद हिन्द फौजलाई सहयोग गरेकी हुृन्छिन् । व्रिटिशले चाल पाए पछि उनलाई लालकिल्लामा फासी दिन्छ । उनको खास नाम कसैलाई थाहा हुँदैन । मदेशी व्यापारीलाई रद्दी कागजमा बेचेको कथाको रेजिस्टर वास्तवमा स्कूलको नेपालीको शिक्षक रतन प्रधानको हुन्छ । उनले त्यसलाई रद्दीको कागजको रुपमा मदेशी व्यापारीलाई उनको कथा प्रभातका सम्पादकले प्रकाशन योग्य नभएर फर्काइदिएको हृुन्छ । यसैले रतनले निराश भएर मदिसी व्यापारीलाई सामान पोको पार्न बेचेका हुृन्छन् । अर्को बर्ष तिहारमा टिका लगाउन जाँदा कथावाचककी भाञ्जी सरस्वती मार्फत पुरस्कृत भएका ंकथावाचकको परिचय रतनसित हुन्छ जसले कथावाचकलाई ंआफूले किन मदिसे व्यापारीलाई कथाको रेजिस्टर रद्दी कागजको रुपमा बेचेको बताउँछन् । साथै उनले पूंजीवादी बजारमा ब्रान्ड वा मेड बेचिने तीतो ययार्थको व्यापक चर्चा चलाउँछन् । यसरी यो कथा स्वयंं प्रवीण रानाप्रति  मात्र होइन , सम्पादक र साहित्यिक संस्थाप्रति  मात्र होइन सम्पूर्ण बिज्ञापनको भरमा टिकेको र चलेको पूंजीवादी उत्पादन र बिक्री बितरणप्रति व्यंग गर्दछन् । यस कथामा कथावाचक प्रवीण रानाको अवस्था विडम्बनापूर्ण हुन्छ । जे होस्, कथाको संयोजन बडो कलात्मक ढंगले गरिएको छ । 

बीसौं शताब्दीकी मोनालिसमा परेको दोस्रो कथा हो एउटी नारीको अन्तरद्वन्द्व । यो कथा लामो र केही जटिल वा घुमाउरो पनि छ ,। वेश्या ( अहिलेको भाषामा यौनक्रर्मी ंं)प्रति सकारात्मक अवधारणा राखिएको यस कथाको विषय बस्तु कुनै नयाँ भने होइन । यस कथाले यौनकर्मीको सम्मानित बिवाहको वकालत गर्दछ । यस्ता भावना र बिचार भएका धेरै कथा लेखिएका पनि छन् ।  तर पनि यस कथाको प्रस्तुतिको तौर तरिका केही फरक छ । प्रभावकारी छ । ननीन छ । कथालार्ई बडो घुमाउरो तरिकाले प्रस्तुत गरिएको छ । यसैमा लेखकको खुबी झल्किन्छ । यस कथाभित्र कथाहरू छन् ।  कुनै कथालाई कथा भनेर प्रस्तुत गरिएको छ भने कुनै कथालाई उक्त कथाप्र्रतिको प्रतिक्रियाको रुपमा प्रस्तुत गरिएको छ । फेरि पनि त्यो पनि कथाभित्रको कथा नै हुन्छ । कथाको अभिन्न अंग हुन्छ ।  लेखकले सर्वप्रथम दिनेश शर्माले दिनकर पत्रिकामा  एउटी नारीको अन्तरद्वन्द्व शीर्षकमा एउटा कथा प्रकाशित गरेको कुरा शुरुमा उल्लेख गरिएको छ । त्यस कथाका कथाकारलाई नेपाली साहित्य परिषद्ले स्वर्ण पदक र एक हजार रुपियाँ पुरस्कार दिएर सम्मानित  गर्दछ ।          यस कथाका प्रम्ख पात्र हुन् प्रभात र प्रभा ।  प्रभा गरीब परिवारबाट आएकी अध्ययन गरिरहेकी छात्रा हो । उसकी आमा सिकिस्त विमार भए पछि ऊ आमाको उपचारको लागि ऋण माग्न साहु करोडीमलका शरणमा पुग्न वाध्य हुन्छे । करोडीमलले उसको वाध्यताको फाइदा उठाउैदै उसको सतीत्व अपहरण गर्दछ , । यही परिस्थितिबाट ऊ देह व्यापारमा लागेकी हुन्छे । प्रभात लेखक हुन्छ र उसले हाम्रा पाइतालाले कुल्चिने माटोलाई देबी देउता बनाएर मंदिरमा पुजिन सकिन्छ भने एकजना वाध्यतावश देह व्यापारमा लागेकी यौन कर्मीलाई किन समाजल ेस्वीकार गर्न सक्दैन भन्ने तर्कका साथसाथै उससित बिवाह समेत गर्दछ । यही कथा दिनेशले नेपाली साहित्य परिषद्को साहित्यिक कार्यक्रममा युवा सामु पुनरावृत्ति गर्दा सबैले ताली ठोकेर स्वागत गर्दछन् । दिनेशले के पनि भन्दछ भने यही हो दिनेश शर्माले दिनकरमा प्रकाशित गरेको  एउटी नारीको अन्तरद्वन्द्व कथा । यसरी कथालाई  ताली पिटेर स्वागत गरे पनि  दिनेशले कुन युवा वेश्या विवाहको लागि तयार छ भन्ने प्रश्न गर्दा मौनता छाउँछ । पछि उल्टै युवाहरूले यस्तो कथा लेख्ने लेखकले आफै किन वेश्या विवाह गर्न नसकेका भन्दै होहल्ला मच्चाउन थाल्दछन् । कति उसलाई कुट्न समेत तयार हुन्छन् । बीचमा उपस्थित प्रभाले  आक्रमक युवालाई राक्दछे । तीर आफूतिर तेर्सिए पछि दिनेशले सबैको मुखमा बुृझो लाउने गरी भन्दछन् – म साहित्य परिषद्ले प्रदान गरको पुरस्कार फिर्ता गर्दछु ।  कथा काल्पनिक भए पनि यथार्थ हो । ब्झ्नु होस्  प्रभात भन्नेृ नै दिवाकर हो । अनि उसले प्रभालाई सम्बोधन गर्दै भन्दछ – प्रभा, तिमीलाई मैले एक दिन भनेको होइन – दिनमा  जो देखिन्छ त्यो सत्य होइन  र रातमा जो देखिन्छ त्यो असत्य होइन, तर अहिले त समसाँझै बुझ्यौ  होली ?ः भयो ........अब हिंड ।  सबैका सामृु दिनेश प्रभालाई लिएर दु्रत गतिमा बाहिरिन्छ । विक्षिप्त युवक अवाक् हुन्छन् ।

समाजमा यौनक्रर्मीलाई उपेक्षाको दृष्टिले हेरिने कुरामा परिवर्तन ल्याउन लेखिएको यो कथा विषय बस्तृुको दृष्टिले नयाँ नभए पनि प्रस्तुति नबीन र आकर्षक छ भन्ने कुरा माथिको चर्चाबाट स्पष्ट हुन्छ । यस कथामा लेखकले व्यक्त गरेका कति घतलाग्दा र मननयोग्य कुृरा यस्ता छन् – शिवलाल ढकाल (  परिषद्का सभापति ) –वेश्याको जीवन एउटा भत्केको घर  जस्तो हो अनि त्यस घरलाई हामीले बनाउनुको साटो झन् भत्काउँछौं ।  दिनेश– हामील सपना मात्र देंख्दछौंं । सपनामा मात्र हिंड्न जान्दछौं तर विपनामा हिंड्न सक्तैनौं ।

२५–५–२०७७


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...