माया ठकुरीको साँघु तरेपछिमा परेको पाँचौं कथा हो – वितेका कुरा । यो मुलतः पारिवारिक कथा हो । यस कथाको विषय बस्तु प्रेम धोका र विवाहसित सम्बन्धित छ । यस कथाले नारीलाई होइन पुरुषलाई धोकेबाज वा स्वार्थीको रुपमा प्रस्तुत गरेको छ । तर फेरि यस कथाले के पनि स्वीकार गरेको छ भने सबै पुरुष धोकेबाज वा खराब हुँदैनन् । असल पुरुष पनि हुन्छन् । यस कथाका प्रमुख पात्र पात्राहरू हुन् मन्जु, रमेश,बसन्त र सिलु । यस कथामा मंजु बसन्त र सिलुलाई सकारात्मक पात्र पात्राको रुपमा चित्रित गरिएको छ । नकारात्मक पात्रको रुपमा चित्रित गरिएको छ रमेशलाई । कथाको संक्षिप्त सार यस्तो छ । मन्जु र रमेश सहपाठी हुन्छन् । मन्जुले रमेशलाई प्रेम गर्दछे र उसित बिवाह गर्न चाहन्छे । उसका परिवारले मंजु र रमशबीचको प्रेमलाई बिवाहको रुप दिन चाहन्छन् । तर रमेशको मंजुप्रतिको प्रेम छली हुन्छ । ऊ मंजुसित बिवाह बन्धनमा बाँधिन चाहन्न । मन्जु अत्यन्त दुखित हुन्छे । तर पछि उसका परिवारले उसको बिवाह बसन्तसित गराइदिन्छन् । बसन्त इमान्दार पति हुन्छ । उसले मन्जुलाई साँचो अर्थमा माया प्रेम गर्दछ । उनीहरू बैवाहिक जीवन सफल र सुखी हुन्छ । मन्जु एकजना असल पत्नी, असल बुहारी तथा असल भाउज्युको रुपमा परिवारमा स्थापित हुन्छे । उनीहरूबाट एक छोरा मनीषको पनि जन्म भएको हुन्छ । यसैबीच मन्जुकी नन्द सिलुको विबाह एकजना युवकसित हुने कुरा चल्छ । हेराहेरको लागि युवक बसन्तको घरमा आउँछ । मन्जुलाई थाहा लाग्दछ सिलुलाई विवाह गर्न आएको युवक उसकै पूर्व प्रमी रमेश हुन्छ । सिलु र रमेशले एक अर्कालाई मन पराएको हुनाले दुबै जनाबीच विवाह हुने कुरा पक्का हुन्छ । मन्जु यस विवाहको विरुद्धमा हुन्छे । विद्रोह गर्न चाहन्छे । तर पछि उसले बितेका कुरा कोट्याएर आफ्ना पति बसन्त र नन्द सिलुको जीवनमा मनमा उठेका र बिष्फोट हुन थालेका विद्रोह वा विरोधका अग्नि ज्वालालाई शान्त पार्दछे । कथाको संदेश हो बितेको घाउलाई कोट्याएर बर्तमानलाई दुखित पार्नु कुनै बुद्धिामानी होइन ।
बिषय बस्तुको दृष्टिले कथामा खासै कुनै नवीनता छैन । यसले प्रेम धोका विवाह आदि जस्ता आम कुरालाई कथाको विषय बस्तु बनाएको छ । कथाको विकास स्वाभाविक ढंगले भन्दा पनि यान्त्रिक रुपमा भएको छ । यसमा संयोगले निर्णायक भुमिका खेलेको छ । कथाको प्रस्तुति रोचक छ । कथाको संदेश हो – सारा पुरुष खराब हुन्छन् भन्ने कुृरा होइन । समाजमा असल र खराब दुबै प्रकारका पुरुष हुन्छन् । यस कथाको खास कमजोरी हो कथाकारले पाठकका सामु मुद्दा पाठकहरूका इजलासमा न्याय अन्याय निरुपण गर्न प्रस्तुत गर्नाको सट्टा आफै न्यायाधीस बने जस्तो बन्नु ।
माया ठकुरीको छैटौं कथा हो – हराएको संसार । यो कथा पनि अरु कथा जस्तै पारिवारिक हो । हुन त यसले मानव मनोबिज्ञानलाई उद्घाटन गर्न खोजेको जस्तो पनि देखिन्छ । तर सारमा भन्दा यसले मानव मनोविज्ञानलाई नै बुझ्न नसकेको हो कि जस्तो पनि लाग्दछ । यस कथाका तीन मुख्य पात्र हुन् – मुना , मुनाकी विधवा आमा र मुनाका प्रेमी पति राजीव । कथाको सार यस्तो छ । मुनाका बुबाको मृत्यु ऊ गर्भमा छँद्रै भएको हुन्छ । यसैले मुनाको निम्ति आमा नै संसार र आमाको निम्ति मुना नै संसार हुन गएको अवस्था सृजित हुन्छ । आमाले मुनालाई शिक्षित दीक्षित पार्न कुनै कसर बाँकी राख्दिनन् । मुना एस एल सी पछि कलेजमा अध्ययन गरिरहेकी हुन्छे । ऊ राम्रौ गायिका हुन्छे । राजीव डाक्टर पढिरहेको हुन्छ । ऊ पनि राम्रो गायक हुन्छ । दुबैको बीचको चिनाजानी प्रेममा परिणत हुन्छ । राजीवले मुनालाई लेखेको पत्र आमाले. पाएर पढे पछि एकाएक उनमा ठूलो बदलाव आउँछ । आमा छोरीदेखि टाढिएको अवस्था देखिन्छ । मुना र राजीबबीच बिवाह हुन्छ । सात बर्ष बितिसक्दा पनि आमाको मन छोरीप्रति सकारात्मक हुँदैन । यहाँसम्म कि आमा बिरामी हुँदा छोरीलाई खबरसम्म गर्दिनन् । छोरी अरुबाट बिमारी भएको थाहा पाएर आमालाई भेट गर्न जानु पर्ने अवस्था सृजित भएको हुन्छ । अन्त्यमा छोरीसित उसले डिस्टिंसन सहित वी ए पास गरेको खबरले अलिकति खुशी भए जस्तो देखिए पनि वास्तवमा कहिले खुशी नभई आमाको मृत्यु हुन्छ । यसमा मुनाको राजीवसित सम्पर्क , प्रेम र विवाह हुनु कुनै खराब कुरा थिएन । मुनाको लागि हर दृष्टिले राजीव उपयुक्त प्रेमी पति वा जीवन साथी थियो । यसको लागि मुनाकी आमा असन्तुष्ट हुनु पर्ने कुनै कारण थिएन । कुनै पनि आमा बु्बा छोरा छोरीको भविष्य उज्जवल होस् भन्ने ने चाहन्छन् । उनीहरूको राम्रो ठाउँमा बिेहे होस् भन्ने नै चाहन्छन् । बरु विवाह हुन नसकेको अवस्थामा दुखित हुन सक्दछन् । चिन्तित हुन सक्दछन् । यो नै जुनसुकै आमा बुबाको छोरा छोरीप्रतिको मनोविज्ञान हो । यस मनोविज्ञानको ठीक उल्टो आमाले छोरी मुनाको राजीवििसत चिनाजानी हुनु , प्रेम हुनु र अन्ततः दुबै विवाह बन्धनमा बाँधिने कुरालाई नकारात्मक रुपमा लिनु कुनै पनि अर्थमा स्वाभाविक कुरो लाग्दैन । हो, छोरी विवाह गरेर परार्इ घरमा जाँदा आमा बुबाको मन खिन्न त हुन सक्दछ । उनीहरूलाई नरमाइलो त लाग्न सक्दछ । भए पनि छोरीको विबाह र विदाइ आमा बुबाको लागि जति पीडादायी लागे पनि त्यो आवश्यक र खुशीकै कुरा हो । जस्ता कि माथि नै चर्चा भैसक्यो माया ठकुरीको हराएको संसार कथाले यस मनोविज्ञानलाई खारेज गर्दछ । हो, छोरी गर्भमा छँदै पति गुमाएकी आमाको लागि छोरी नै सबकुछ हो । संसार हो । यस अवस्थाकी आमा छोरीका ेमुख हेरेर नै जिन्दगी कटाएका हुन्छन् । त्यस्ती छोरीको विबाह भएर पतिको घरमा जाँदा आमा खालि खालि हुन सक्दछन् । उदास निराश हुन सक्दछन् । एक्लो एक्लो हुन सक्दछन् । तर पनि उनीहरू छोरीको जीवन उजाड भएको होइन हरा भरा भएको हेर्न चाहन्छन् । आफ्नो निजी स्वार्थको लागि कुनै पनि आमा छोरीको सपनामा तुषारापात परेको हेर्न चाहन्नन् । तर माया ठकुरी यो कथा यस मनोविज्ञान विपरीतको छ । यस सत्यताको विपरीतको छ । हो मुनाका आमाको छोरीका लागि उपयुृक्त जीवन साथी नपरेमा चिन्ता र चासो हुन सक्दछ । छोरीले गलत बाटो लिएमा चिन्ता र चासो हन सक्दछ । असन्तुष्टि र नाराजदगी पनि हुन सक्दछ । तर मुनाको हकमा यस्तो केही देखिन्न । यसैले हराएको संसार कथाको विकास स्वाभाविक दिशातिर नबढे जस्तो लाग्दछ । कथामा आमाको असंतुष्टि र नाराजगी स्वाभाविक र मानव मनोविज्ञानउचित लाग्दैन । मानव मनोविज्ञान उचित भए पनि यो आम प्रबृत्ति होइन । आमाको खुशी नै छोरीको खु्शी हुनु पर्ने । यस कथामा यस्तो पाइएन ।
साँघु तरेपछिमा परेको सातौं कथा हो – प्रत्यागन । यस कथाका प्रमुख पात्र पात्रा हुन् – हर्कबहादुर , मालती र लक्ष्मण । यस कथामा सरल जीवन ब्यतीत गरेका गाउँले जनता र शहरमा बस्ने आफूलाई निकै शिक्षित सभ्य र एडवान्स ठान्ने आडम्बरी मध्यम बर्गका जनताकोबीचमा रहेका अन्तरविरोधलाई सजीव रुपमा चित्रित गरिएको छ । अझ अर्को शब्दमा भन्दा यस कथामा सामन्ती जीवन पद्धति र संस्कृतिमा आधारित पहाडी गाउँले जीवन र शहरी पूंजीवादी जीनन पद्धति र संस्कृतिबीचको अन्तरविरोधलाई प्रतिबिम्बित गरिएको छ । कथा सामाजिक यथार्थवादिी छ । यसले समाजको पूंजीवादी समाजको नकारात्मक यथार्थलाई उद्घाटित गर्दछ । शहरमा मध्ययबर्गका डेरामा बस्ने न्यून आय भएका कर्मचारीले झेल्न पर्ने समस्यालाई चित्रित गरेको छ । खास गरी यसले गाउँबाट शहरमा आएर कुनै पेशामा रहेर डेरामा बसेर दुख सुख जीवन व्यतीत गरिरहेका जतताबीचको द्वन्द्वलाई चित्रित गरिरहेको छ । यसरी यस कथाले गाउँबाट आएको र शहरमा जागिर गरेर बसेको शिक्षित व्यक्तिले मात्र गाउँबाट शहर आउने व्यक्तिको आगमनलाई स्वाभाविक र संवेदनशील रुपमा ग्रहण गर्न वा आत्मसात गर्न सक्दछ भन्ने कुरा स्पष्ट गर्नाका साथसाथै आफूलाई सभ्य र एडमान्स ठान्ने आडम्बरी शहरिया व्यक्तिहरूको गाउँ देहात खास गरी पहाडबाट आएका सिधा साधा जनताप्रति हेर्ने हेय दृष्टिकोणको यथार्थ चित्र उतारेको छ । आफूलाई निकै आधुनिक र सभ्य ठान्ने शहरिया व्यक्तिहरूले गाउँ बस्ती वा पहाडबाट आउने साधरण जनताप्रति कति नकारात्मक दृष्टिकोण राख्दछन् र उनीहरूप्रति कति उपेक्षापूर्ण व्यवहार गर्दछन् भन्ने कुरा प्रष्ट पारेको छ । यस कथाले पहाडबाट डेरामा आउने व्यक्ति बोझको रुपमा लिइन्छन् भन्ने कुराको चित्रण गरेको छ । यस दृष्टिले हेर्दा कथा आफ्नो अभिव्यक्ति चित्रण र प्रस्तुतिमा अत्यत सफल छ । कथा रोचक प्रभावशाली र मार्मिक रहन गएको छ । आफूलाई शहरिया र सभ्य ठान्ने व्यक्तिले पहाडबाट आएका गाउँलेहरूलाई डाक्रेको भन्दै हेय दृष्टिले हेर्ने र उनीहरूलाई कुनै मान सम्मान दिन नखोज्ने ंव्यक्तिको हेपाहा प्रबृत्तिमाथि चोटिला प्रहार गरिएको छ .। यस कथाको सार यस्तो छ – पहाडबाट पाहुना हुन आउने व्यक्तिलाई सेक्सन अफिसर हर्कबहादुरकी श्रीमती मालती ढाक्रेको रुपमा हेर्दछे । उनीहरूका आगमनलार्ई बोझ ठान्दछे । उनीहरू लवाई खवाई तथा बानी बेहोराको खिल्ली उडाउँछे । उसका नजरमा गाउँबाट पाहुना बन्न वा भेटघाट गर्न आउने व्यक्ति कुनै मूल्य र मान्यता नभएका तुच्छ व्यक्ति हुन् । उनीहरूको आगमनले हर्कबहादुर वा मालतीको सामाजिक जीवनमा ठूलो धक्का लाग्दछ । जबकि हर्कबहादुर पहाडबाट भेटघाट वा आवश्यक कामले उसलाई भेट्न आएका मान्छेप्रति सकारात्मक , उदारतापूर्ण र मानवीय व्यवहार गर्ने मानसिकता राख्दछ । पहाडबाट भेटघाट वा आवक्यक कामका लागि उनीहरू सामु आउने व्यक्तिप्रति हेर्ने हर्कबहादुर र मालतीका व्यवहारमा आकाश पातालको फरक छ । उनीहरूप्रतिको सेक्सन अफिसर हर्कबहाद्ुरको सकारात्मक छ भने मालतीको पुरै नकारात्मक । कथाकारले भाइको नाममा शहरमा नोकरी खोज्न आउने पात्र लक्ष्मणलाई पहाडबाट शहरमा आउने प्रमुख पात्रको रुपमा पेश गरेका छन् । एक महिनाका बसाइपछि लक्ष्मण आफू मालतीको लागि आर्थिक बोझ भएको अनुभूत गर्दछ । यसैले उसले उल्टै मालतीको डेलीभरीको बेला खर्च गर्न भनेर दुई सयका नोट मालतीतिर अघि बढाउँदै गाउँ फर्किन्छ । यो नै कथाको उत्कर्ष हो । लक्ष्मणको यस व्यवहारले ढाक्रे भन्दै उपक्षित र आर्थिक बोझ ठानिएका पहाडी व्यक्ति कति उदार र महान हुन्छन् भन्ने संदेश दिन्छ यस कथाले । माया ठकुरीको कथा प्रत्यागनको प्रस्तुति प्रभावशाली र संदेश आँखा खोल्ने खालको छ । उनी यस कथा लेखनमा निकै सफल छन् ।
साँघु तरेपछिमा समावेश गरिएको आँठौं कथा हो विडम्बना । यस कथामा माया ठकुरीले समाजमा बढ्दै गरेका विकृति र विसंगतिको यथार्थ चित्रण गरेकी छन् । यद्पि यस कथाको बिकासमा यान्त्रिकता पाइन्छ । संयोगले ठूलो भूमिका खेलेको देखिन्छ । यस कथाले समाजलाई नकारात्मक रुपमा शिक्षा दिएको छ । समाजलाई सचेत र जागरुक पारेको छ । यो कथा मूलतःएउटा डाइभरको जीवनमा घट्न सक्ने घटनाको श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ । कथाकारले कथा लेख्न अघि के हृन्छ भनेर पाठकले सजिलै पूर्व अनुमान सक्ने मौका दिनु त्यस कथाको कमजोरी मानिन्छ । यस किसिमको कमजोरीबाट कथा उम्किन सकेको छैन । कथाकारले जासुसी भाषा र शैलीमा कथा लेख्न खोजेको पनि देखिन्छ । तर यो जासुसी कथा भने होइन । कथाकारले यस कथालाइं मनोवैज्ञानिक कथा लेख्न खोजे जस्तो पनि लाग्न सक्दछ । तर यो मनोबैज्ञानिक कथा पनि होइन । यस कथाले भन्न खोजेको एउटा कृरा के देखिन्छ भने विशेष गरेर टेक्सी ड्राइभरहरूले अपराधी संसार वा अन्डर वर्लडमा मानिसका बीचमा काम गर्नु पर्ने हुन्छ । टेक्सी ड्राइभर अपराधिक जगतसित परिचित हुन्छ । यस कथाले के पनि भन्न खोजेको छ भने टेक्सी ड्राइभर आफूमाथि अपराध नहुँदासम्म अपराधी गतिविधिलाई फल्न फुल्न दिइरहेका हन्छन् । उनका आँखा त्यतिबेला खुल्छन् जब उनीहरू आफै सामाजिक अपराधका शिकार बन्दछन् । यस कथाल यसरी टेक्सी ड्राइभर लगायत सजाजलाई सामाजिक बिकृति िर विसंगतिका साथसाथै अपराधिक गतिविधि रोक्न विशेषे सचेत हुनु पर्ने कुराप्रति ध्यानाकृष्ट गरेको छ । यो कथाको परिवेश शिलाङ हो । यस कथामा शिलाङका थुप्रै स्थानको उल्लख गरिएको देखिन्छ । अप्पर शिलाङ, सात माइल , पाँच माइल, तीन माइल, सिभिल हस्पिटल, गुवाहाटी शिलाङ रोड आदि शिलाङको परिवेश जनाउने स्थानहरू हुन् । यस कथामा प्रमुख पात्र स्वयं टेक्सी ड्राइभर पुरन र उसकी बहिनी जुना हुन् । पुरन र जुनाका आमा बुबा, पुरन र जुनाका टाढैका मामा पर्ने मान्छे, टेक्सीमा चढ्न आउने छद्यभेषधारी युवक युवती आदि कथालाई पूर्णता दिन सृजना गरिएका पात्र हुन् । कथाले के बताउँछ भने टेक्सी ड्राइभरले नचाहँदा चाहँदै अपराधिक समूह वा नैतिक पतन भएका युवा समूहसित सम्बन्ध स्थापित गर्नु पर्दछ । टेक्सी ड्राइभर कुनै मान्छे कुनै अपराधमा संलग्न हुन्छ भने त्यसलाई रोक्न खासै कुनै पहल गर्दैन । टेक्सी भाडाको लागि उसले अपराधीलाई जहाँ पनि पुराउन सक्दछ । तर जब त्यही टेक्सी ड्राइभर अरुले गरेको अपराधले आफै शिकार वा पीडित हन पुग्दछ ऊ प्रतिरोध वा एक्सनमा उत्रिन्छ । एक्सनमा उत्रिंदा पनि ऊ विवेकले भन्दा पनि आवेशले उत्प्रेरित हुन्छ र आफै अपराधी बन्न सक्दछ । बिडम्बना कथामा टाढैका मामा पर्ने व्यक्तिका घरमा स्कूल पढ्रदै गरेकी बालिका बहिनीलाई छोडिदिंदा ऊ मामाद्वारा नै बलात्कृत हुन्छे । टेक्सीमा उसलाई झुक्काएर कसैले झुक्काएर उसका टेक्सीमा राखिदिएको लाश कतै थन्काएर आफू सुरक्षित हुन खोजेको निर्दोष पृुरन अन्ततः बालिका बहिनीका संरक्षणका लागि आफ्रनै नाताले टाढैका मामामा घरमा छोडेकोमा उनीद्वारा बलात्कृत हु्ँदा आवेशमा आएर मामामाथि नै उनको हत्या हुन सक्ने तरिकाले प्रहार गर्दछ । यस कथाका अन्त्य टेक्सी ड्राइभर पृरन टेक्सीमा दुई लाश र एक अर्ध मृत भएकी बहिनीलाई राखेर टेक्सी चलाउँछ । अपराधको प्रमाण वा बस्तुहरू टेक्सीमा नै रहेका छन् । टेक्सी ड्राइभर हस्पिटलतिर जान्छ कि पुलिस चौकीतिर कथा मौन छ । शायद कथाकारले यसलाई पूरा गर्न े जिम्मा पाठकहरूमाथि नै छोडिदिएकी छन् । कथाले टेक्सी ड्राइभरको जीवन खतरै खतराले घेरिएको हृन्छ भन्ने संदेश पनि यस कथाले दिन्छ ।
१–६–२¬०७७
Comments
Post a Comment