Skip to main content

बिक्रमबीर थापाका बीसौं शताब्दीकी मोनालिसाका कथाहरू २


बिक्रमबीर थापाका बीसौं शताब्दीकी मोनालिसाका कथाहरूमा परेको तेस्रो कथा हो आन्म संंतुष्टि । या कथा भारतका पूष्ठभूमिमा लेखिएको छ । उनले यो कथा आफू सैनिक जीवनमा हुँदा कारगिलm लद्दागमा १९७३ मा लेखेका थिए । यस कथामा रोजगारीका लागि संघर्ष गरिरहेको शिक्षित युवकको समस्या र पीडालाई मनौबैज्ञानिक शैलीमा सजीव रुपमा चित्रण गरोको देखिन्छ । कथाकार स्वय सैनिकमा भर्ती भएको हुनाले उनलाई  बेरोजगारीले कुनै पनि युवालाई कति पीडा भोग्न वाध्य पार्दछ भन्ने कुराको व्यक्तिगत भोगाइ बेहोर्न परेन होला । तर कथाकार बिक्रमबीर थापाले समाजको तल्लो बर्गबाट आएको बेरोजगार युवक त्यो पनि अल्पसंख्यक नेपाली समुदायबाट आएको युवकलाई कति कष्ट झेल्नु पर्दछ , कति गोता खानु पर्दछ , कति निराश हुनु पर्दछ  र उसको मनस्थिति  कसरी खल्बलिन पुग्दछ भन्ने कुरा उसको नाडी छामेर र  मुटुभित्र नै प्रवेश गरेर लेखेको जस्तो देखिन्छ । यस कथामा कुनै पनि गरीब शिक्षित युवकको लागि रोजगारी कति आवश्यक र महत्वपूर्ण हुन्छ भन्ने कुराको यथार्थ चित्रण गरिएको  छ । कथाकारले शिक्षित बेरोजगार युवकको परिस्थिति र मनस्थिति दुबैको  सुक्ष्म अनुभू्रति मनोबज्ञानिक रुपमा अभिव्यक्त गरेका छन् ।  यस कथाले भारतीय नेपालीको जन जीविकाको समस्यालाई गहिरो गरी उजागर गरेको छ । यस कथाका प्रमुख पात्र पात्राहरू हुन् बिमल बिमलकी ठेकी समेत गरिएकी युवती प्रियदर्शिनी र बिमलका बुबा ।, कथाको सार यस्तो छ ।  बिमलका बुबा एम ई एसमा चौकीदार छन् । उनले चौकीदारीको जागिरमा रहेर घर खर्च चलाउनका साथसाथै छोरालार्ई पढाएर स्नातक बनाउँछन् । बिमलले आफ्नो बुबाको दुख कष्ट , आमाको बृद्ध अवस्था तथा आफ्नो उज्वल भविष्यको सपना देखेर दिन रात एक बनाई घोटिएर अध्ययन गर्दछ । उसको कठोर परिश्रमको प्रतिफल पनि राम्रै निस्किन्छ ।  ऊ बी कममा होल फस्ट हुन्छ र  गोल्ड मेडलबाट पुरस्कृत हुन्छ । उसले आफ्नो अध्ययन किन अघि बढाउन चाहँदैन भने ऊ छिटोछिटो नोकरीमा लागेर बाबुलाई पेन्सन निस्की आराम गर्ने र आफ्नी प्रेमिका प्रियदर्शिनीसित बिवाह बन्धनमा बाँधिएर आमाको काममा सहयोग पुग्ने अवस्था सृजित गर्ने मनशाय राख्दछ ।  गोल्ड मेडििलस्ट बिमललाई के लागेको थियो भने उसले आजको भोलि रोजेको जागीर पाउन सक्दछ । जागिर खानको लागि उसले इम्पलाएमेन्ट एक्सचेन्जमा पुगेर आफ्नो नाम दर्ता पनि गर्दछ ,। तर उसले चाहेको र चिताएको जस्तो जागिर पाउन यस कारणले पनि गाह्रो रहेछ कि ऊ नेपाली समुदायको युवक हो । उसको  समुदायमा मान्छेलाई जागिर पाउन उसकै समुदायमा मान्छेहरू माथि माथिका पदमा पुगेको अवस्था हुनु पर्ने रहेछ जुन कुृरा भारतीय नेपालीहरूका लागि सरल र संभव थिएन । जागिरको प्राप्तिको खोजीको दौरानमा उसले के पनि अनुभूत गर्दछ भने जागिर पाउनको लागि उत्कृष्ट शैक्षिक योग्यता, गोल्ड मेडल आदि जस्ता कुराको कुनै मूल्य र मान्यता रहेनछ ।  माथि जागिरको लागि सिफारिस गर्ने आफ्ना मान्छे चाहिंदो रहेछ । बिमलले के पनि देख्दछ भने कति बेरोजगार युवक लेभर पार्टीमा भर्ती भएर बमडिलातिर  बाटो खन्ने काममा लागेका छन् । उसलाई पनि उनीहरूलाई जस्तै लेबर पाटींंमा भर्ती भएरु बमडिला वा मिजोहिल्सतिर बाटो खन्ने काममा खटिने इच्छा नभएको त अवश्य हाइन तर उसका अगाडि गोल्ड मेडल एउटा तगारो भएर खडा भएको छ । उसले विश्वविद्यायलयले उसलाई प्रदान गरेको गोल्ड मेडलको सम्मानको लागि पनि लेभर पार्टीमा भर्ती भएर बाटो खन्ने काममा लाग्न भएन । उसले गोल्ड मेडललाई आफ्नो किैयाशील जीवन र उज्ज्वल भविष्यको  लागि गलगाँड भएको जस्तो अनुभूति गर्दछ ।  उसले उसकी प्रमिेका प्रियदर्शिनीले फ्रेम हालेर भित्तामा सजाएर राखेको गोल्ड मेडलमा लागेको धूलो र माकुराको जालो पनि फाल्ने काम गर्दैन । उसलाई लाग्दछ गोल्ड मेडलले उसलाई गिज्याइरहेको छ । उसको उपहास गरिरहेको छ । यसैबीच उसका बुबाले उसले नचाहँदा नचाहँदै पनि प्रियदर्शनीका परिवारसित  मिलेर ठेकी लगाइदिन्छन् । ठेकी लगाएर राखेकी पिैयदर्शिनका बिमलसित छिटोभन्दा छिटो विबाह गर्न चाहन्छे ।  तर नोकरी नपाई बिमल विवाह गर्न तयार देखिन्न ।  प्रियदर्शिनीले धु्लो पुछेर र माकुराको जालो फालेर टल्काउन थालेको गोल्डमेडल बिमलले मिल्काइदिन्छ र भन्छ मेरो लागि गोल्डमेडलभन्दा  तिमी नै महत्वपूर्ण हौ । यस गोल्डमेडलले तिमी र मलाई नजिक आउन दिएन । कथाको अन्त्यमा बिमलले एउटा चिठी लेखेर गोल्डमेडल विश्वविद्यालयलाई फर्काइदिन थाल्दछ । उप कुलपतिलाई संवोधन गरिएको चिठीमा अरु कुरा बाहेक यस्तो लेखिएका हुन्छ – स्वर्ण पदकको अलंकारल कसैको उदर पूर्ति गर्दैन  । .....योग्यता हेरिदेन                    –चाचा भतिजा हेरिन्छ । ....... स्वर्ण पदक विजेता हुनुभन्दा बरु भरिया भएर ’कर्मबीर’ हुन चाहन्छु ।....शिक्षित भएर बेकारी हुनुभन्दा बरु म  अशिक्षित भएर पाहड फोड्न चाहन्छु । यस कथामा बिमलको प्रियदर्शनीसित बिबाहको लागि ठेकी लगाउने कुराको चर्चा त गरिएको छ । तर ठेकी लगाएको घटनाको उल्लेख गरिएका छैन । कथा पढ्दै जाँदा ठेकी लगाएको रहेछ भन्ने कुरा अवगत हुन जान्छ । यो एउटा कमजोरी जस्तो देखिए पनि त्यति ठूलो कमजोरी नमान्न सकिन्छ । तर  बिमलले बी कम पास गरे पछि एम कम पढ्ने कुरा  उठे पनि उसको त्यसप्रति खासै कुनै रुचि नभएको बरु जागिर खाने रुचि भएको कुरा देखाइएको छ । बिमल जागीरको चक्करमा हिड्नु र आफ्नो अगाडि पढाइको बारेमा खासै चर्चा नगरी  स्नातकोत्तर पास गरेको भन्नु स्वाभाविक लाग्दैन । प्र्रश्न उठ्न सक्दछ उसले कहिले र कहाँबाट स्नातकोत्तरको प्रमाणपत्र हासिल गर्यो ।

यस संग्रहमा समावेश गरिएको बिकैमबीर थापाको चौथो कथा हो –  तुवाँलोभित्र अल्झिएको यात्रा । यो कथामा लेखकले इतिहासलाई कल्पनाको आबरण गुँथेर प्रस्तुत गरेका छन् । यसको अर्थ हो यस कथामा इतिहासको पनि अंश परेको छ र कल्पनाको पनि अंश परेको छ । यसैैले यो कथा ऐतिहासिक भएर पनि काल्पनिक हो । काल्पनिक भएर पनि ंऐतिहासिक हो ।  साथ साथै कथाकारले विगतको इतिहास कोट्याएर बर्तमानलाई हेर्न पनि खोजेका छन् । इतिहास दोहोरिन्छ भन्ने मान्यतालाई  आफ्नै बुझाइ अनुसार प्रमाणित  गर्न पनि खोजेको छन् ।

लेखकले स्वयं भनेका छन् – यो कथा दुई ऐतिहासिक प्रसंगलाई जोडेर कल्पनाको सहाराले पूरा गरिएको छ । कथासुत्रमा बाँधिएको छ ।  ती दुई ऐतिहासिक घटनामध्ये पहिलो घटना धनबहादुर सोनारसित सम्बन्धित छ । धनबहादुर सोनारले द्वितीय विश्वयुद्ध ताक बर्माका जंगलमा गरेको अनुभव । त्यहाँ एकजना अपरिचित बर्मेली सैनिकलार्ई भेटेको कृरा । दोस्रो ऐतिहासिक घटना हो ६÷ ८ जी आरका ध्रुवसिह रानासित सम्बन्धित ।  कथाकार कथाको भूमिकामा भन्दछन्–  ६ ÷ ८ जी आर १९७२ देखि १९७४ सम्म अन्दमान निकोबार द्विपपूंजको राजधानी पोर्टब्लेयरमा सेवारत थियो । त्यसबेला बार्षिक बिदामा सैनिकहरू घर विदामा आउनृ पर्दा बायुयानद्वारा रंगुनको हवार्इंंं अड्डा हुँदै कलकत्ताको हवाई अड्डामा आउनु पर्दथ्यो ।  तर आजभोलि सोझै कलकत्ता पोर्टव्लेयरको बायु सेवा उपलब्ध छ । उल्लेखित पल्टनदेखि १९८१  मा पेन्सन लिनु भएका सुवेदार ध्रुवसिंह रानाज्यू आफ्नो जन्मस्थान शिलाङमा १९७३ को वार्षिक विदा काट्न भनेर डकोटा (  प्याकेट ) बायुद्वारा रंगुन भएर कलकत्ता आउनुहुँदाखेरि उक्त डकोटा बमौको वासिन नामक स्थानको कच्चो विमानपथमा अगस्त महिनाको अन्तिम सप्ताहतिर १९७३ तिर ओर्लनु परेको थियो – एउटा पंखाले काम नगर्दा । .....बिमानपथको सुरक्षा हेतु केही बर्मेली सैनिकहरू वासिनमा खटिएका थिए । यी दुई घटनाका माध्यमद्वारा कथाकारले १९८६÷८७ को अराजकता र संत्रासपूर्ण परिस्थितिको चित्रण गर्ने उद्देश्य राख्दछन् ।

प्रथम पुरुषमा लेखिएको यस कथामा कथावाचकले इन्डियन एअरलाइन्समा चामबहादुर गुरुङसित दुबैले प्रथमपल्ट यात्रा गर्दाको भय  तथा रोमान्सको अनुमति, परिचालिकाको सुृमधुर व्यवहार आदिको बर्णन गरेका छन् । कथावाचकलाई केही अंग्रेजी बुझेन सक्ने तर चामबहादुर कत्ति पनि अंग्रेजी  नबुझ्ने पात्रको रुपमा खडा गरेका छन् । परिचारिकाले अंग्रेजीमा बोलेको कृरा कथावाचकले गुुरुङलाई आफूले जाने जति बताइदिने गर्दछन् ।  परिचारिकाले टाइम्स अफ इंिडया अध्ययन गर्न दिंदा चामबहादुरले पढ्न नजाने पनि अक्षरमा आँखा गाढ्दछन् । कथावाचकले समाचारपत्रमा इरान इराक युद्ध, श्रीलंको नरसंहार ,दक्षिण अफ्रिकामा रंगभेदका कारण मारिएका मान्छेहरूका लाश आदि जस्ता विभत्स घटना र  दृश्यको रुपरेखा देख्न पाइएको कुृरा दर्शाउँछन् ।  तर कथावाचकको विशेष ध्यान गोर्खालीकी नेपाली शब्दमा गएर केन्द्रित हुन्छ ।  उनल यसले हामीबीच अनावश्यक विभेद ल्याएको अनुभव गर्दछन् । उनी भन्दछन् यस्तो बिभाजनको रुपरेखा सुभास घिसिङले कोरेको हो ।  नेपालका नेपाली र भारतीय नेपालीबीच सीमारेखा कोर्न । उनी बताउँछन् बुद्धिजीवी पनि यसमा अल्मल्लिएका देखिन्छन् ,। उनी के पनि भन्दछन् भने यस किसिमको जातीय परिचयले गर्दा उनी र चामबहादुृर गुरुङ एउटै जाति वा रगतमा व्यक्ति नभएर अलग जाति वा रगतका व्यक्ति भए ।  चामबहादुर नेपालमा जन्मेको हुनाले नेपाली । कथावाचक भारतमा जन्मेको हुनाले गोर्खाली । तर कथावाचकले के पनि आत्मसात  गर्दछन् भने भारतमा बस्ने भारतीय नेपालीलाई पनि नेपालको नेपाली ठानिने हुनाले उनीहरूको अलग पहिचानको आवश्यकता भने रहेको जस्तो देखिन्छ ।

यसैबीच परिचारिकाले जहाज रंगुन पुग्न थालेको सूचना दिन्छिन् । सबेमा खुशी छाउँछ । तर खुशी क्षणिक हुन्छ । जहाज हल्लिन थाल्दछ । खतराको घण्टी बज्छ । परिचारिकाले बेल्ट बाँध्न भन्छिन् । उनले यात्रीलाई नआत्तिन अनुरोध गर्दछिन् ।  जहाजको एउटा पंखाले राम्ररी काम गरेको छैन । यसैले हामी  फोर्स ल्यान्डिङ गर्दैछौं

 । यसमा आत्तिनु पर्ने केही कारण छैन । परिचारिकाको यस भनाइले स्वभावत  यात्रीहरू आतंकित हुन्छन् । जहाज हल्लिन थालेको अनुभूति हुन्छ । अन्ततः पेगु भन्ने सामान्य एअर पोर्टमा जहाजले फोर्स ल्यान्डिङ गर्दछ । सबै सुरक्षित रुपमा जहाजबाट ओर्लिन्छन् ।  जहाज त्यहाँ केही समय रोकिने भएकोले त्यसको सुरक्षा गर्न बर्मेली सैनिक त्यहाँ आउँछन् । तीमध्ये एकजना नेपाली जस्तो देखिन्छ । कथाबाचक र चामबहादुरबीच कुराकानी हुन्छ – एकजना त नेपाली जस्तै देखिन्छ । बेलुकी नेपाली जस्तो सैनिक चामबहादृुरको सामु देखा पर्दछ र विस्तारै उसले भन्दछ ऊ नेपाली त हो । तर नेपाली भन्न मिल्दैन । ऊ त्यहाँ बर्मेली भएर बसेको छ । टिकेको छ । उसको नाम हो – होचिमी थान्ट । ऊ यहाँ होचिमी थान्ट भएर बाँचिरहेको छ ।  कसैले पनि उसलाई नेपाली भन्न भएन । नेपालीमा कुरा गर्न पनि भएन । कथाकारले बिगतमा बर्मेली नेपालीलाई बर्मेली भएर र नेपाली पहिचान मेटाएर मात्र त्यहाँ बस्न पाउने उर्दी गरेको हुनाले उनीमध्ये कति नेपाली होचिमी थान्ट भएर बसे पनि अरु भागेर नेपाल आएका थिए । हालमा बर्मेली नेपाली यस्तो पीडा खप्न नपरे पनि विगतमा यस्तै भएको थियो भन्ने कुरा कथाकारले हाम्रा सामु पेश  गरेका छन् । कथाकारले  यस कथामार्फत  के खबरदारी गर्न र  सन्देश दिन चाहन्छन् भने कुनै दिनमा भारतीय नेपाली वा गोर्खालीलाई भारतमा बर्मेली नेपालीलाई जस्तै होचिमी थान्ट भएर बाँच्नु पर्ने परिस्थिति आउन सक्दछ । हामीले आख्यानकार बिक्रमबीर थापाको यस कथामा नेपाली डायस्पोराको जल्दोबल्दो चित्र अवलोकन गर्न पाउँछौं । अरु कथा जस्तै कथाकारको यो कथा पनि सर्टकट वा सिधा बाटो नहिंडालेर  निकै बाँगो टिंगो घुमाउरो बाटो हिंडालेकाले यसका पाठकहरू अल्लमल्ल पर्न सक्ने खतरा छ । जे होस् , यस कथाले मानव जातिको कुरा गरे् पनि जातीय पहिचानको सवालले मान्छेलाई सताइरहेको  वा लखेटिइरहेका सत्यतालाई प्रतिबिम्बित गरेको छ ।

२–६–२०७७¬



























 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...