Skip to main content

पाखे


तिमीले ठीकै भन्यौ 

जरुर साथी हामी जनता पाखे हौं

अवश्य नै हामी

तिमी जस्ता शिक्षित छेनौं 

दीक्षित छेनौं

सभ्य शिष्ट छैनौं

विद्धान बुद्धिमान छैनौंं

त्यसैले त तिमीले

कोशी बेच्यौ

गण्डकी बेच्यौ

महाकाली बेच्यौ

अपर कर्णाली बेच्या 

अरुण तेस्रो पनि बेच्यो ्

जलस्रोतको े धनी यो मुलुकलाई 

मरुभूमि बनायो

नभएका होइनन् कल कारखाना पनि

यो दशमा 

ती सबै कौडीको मोलमा बेच्यौ र 

सात पुस्ताले बसी बसी खाएर पनि नसकिने

धन सम्पति कुम्ल्यायौ

देशको सीमा रक्षा गर्ने बलिया बाँगा युवालाई 

विदेशी सेनामा भर्ती गरायौ

भर्ती हुन सकेनन् जो छाती नपुगेर 

तौल नपुगेर 

हाइट नपुगेर 

खाडीतिर धपायौ

मलेसियातिर पठायौ

सात समुन्द्र कटायौ 

भरिएन अझै तिम्र्रो घैर्टौं

र त यतिबेला

एमसीसी नाउँमा 

नयाँ इष्ट  इैडियालाई

देश  नै बेच्न खोजिरहेछौ 

जोखाना हेरेर बसिरहेछौ

जुँगा मठारिरहेका छौ

बिरोध गर्नेका हात खुट्टा भाँचिरहेका छौ

टाउका फोरिरहेछौ

सडक रक्ताम्मे पारिरहेछौ 

यतिबेला 

सडकबाट आवाज उठिरहेछ 

कुलमान घिसिङ राम्रो मान्छे हो

कुनै लोभ लालच स्वार्थ नभएको मान्छे हो

इमान्दार मान्छे हो 

घाटामा चलको संस्थानलाई 

फाइदामा चलाउने मान्छे हो.

ऋणमा डुबेको संस्थानलाई 

माथि उकास्ने मान्छे हो 

देशको हितमा नै आफेनो हित देख्ने मान्छे हो

अन्धकारमा गोता खाइरहेको देशलाई 

झलल उज्यालो पार्ने मान्छे हो

देशलाई अझ उसको खाँचो छ भन्दै

उसलाई अझ एउटा मौका देऊ भन्दै

सडकमा उत्रेका जनतामाथि तिमीले

बर्बरतापूवै्रक

क्रूरतापूर्वक

बेहिसाब लाठी र बुटको बर्षा गर्यौ

न्यायको पक्षमा आवाज उठाउने जनतालाई तिमीले

पाखे भन्यौ 

सन्तानब्ेबे सालमा 

खरिकोृ रुखमा झुष्डिने पनि पाखे नै थिए

०७ सालमा बन्दुक उठाउने पाखे नै थिए 

०२८ सालमा हतियार उठाउने पाखे नै थिए 

०३६ सालमा सडक तताउने पाखे नै थिए 

०४६ सालमा जन आन्दोलन चलाउने पाखे नै थिए

०५२ सालमा १० बर्षे जनयुद्धको घाषणा गर्ने पाखे ने थिए

०६२÷ ०६३ को जन आन्दोलनमा होमिने पनि पाखे नै थिए 

आखिर यो देश नै पाखेको हो 

आखिर यो देश बचाउने र बनाउने पनि यिनै पाखेले  हो । 

८–६–२०७७






 


  


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...