सतिको सराप परेको यो मुलुकमा
नायक नजन्मेका त कहाँ होइनन् र
तर हरेक नायकलाई किनारा लगाएर
प्रतिबन्ध लगाएर
टाउको मोल तोकेर
वा यो वा त्यो झुठा मुद्दा लगाई पकडाउ गरेर
हिरासतमा राखेर
जेलमा कोचेर
वा सिधै हत्या नै गरेर
वा बेपत्ता पारेर
खलनायकहरू नायक बनेका छन्
खलनायक नायक बनेर
राजनीतिको मंचमा खडा भएका छन्
खलनायक भएर पनि
सिंगार पटार गरेर
वा मुकुण्डो लगाएर नै किन नहोस्
नायकको भूमिकामा अभिनय गरिरहेका छन्
अनेक खेल खेलिरहेका छन्
अनेक गोटी चालिरहेका छन्
अनेक षडयन्त्र रचिरहेका छन्
के हुन्छ देशको हालत
खलनायक नै नायक भएपछि
के हुृन्छ जनताको हालत
खलनायकले नै नायकको भूमिकामा रहेपछि
यो कसैले भनिरहनु पर्ने कुरा होइन
छर्लंग नै छ सबै कृरा सबैका आँखामा
हामीले हेर्दा हेर्दै
कस्तो थियो हिजो यो देश
कस्तो भयो आज यो देश
कस्ता थिए हिजो जनता
कस्ता भए आज जनता े
डर भइसक्यो अब त
यो देश नै रहने हो वा होइन
देश नै नरहे
जनता रहने कुरै भएन
दश बचाउने हो भने
खलनायकलाई किनारा लगाउनै पर्ने भो
खलनायकलाई निशस्त्र पार्नै पर्ने भो
खलनायकलाई भूमिकाहीन पार्नै पर्ने भो
यसैको लागि त
जनताको भूमिका नै निर्णायक हुनु पर्ने भो
जनता सब जागरित हुनु पर्ने भो
धेरै ढिलो भइसक्यो
जनता
जागते रहो ।
१०–६–२०७
Comments
Post a Comment