यो मुलुकमा कुपुत मात्र कहाँ जन्मेका छन् र
जन्मेका छन् गोविन्द के सी जस्ता सपूतहरू पनि
गोविन्द के सी
जो आफ्नो लागि होइन अरुका लागि बाँच्दछन्
जनताको लागि बाँच्दछन्
देशको लागि बाँच्दछन्
जो ज्यान जोखिममा राखेर भए पनि
जो एक पटक होइन दुई पटक होइन
पटक पटक अनसन बस्दछन्
अनेक पटक अनसन गर्दछन्
जो ठूलो संघर्ष गर्दछन्
बीच बीचमा
जनदवावमा गरिए पनि उनीसित
उधारो सम्झौता
पूरा कहिले गरिएन
पूरा कहिले भएन
कम्युनिष्टहरू भन्दछन्
कांग्रेसले उठाएका मान्छे हुन् रे गोविन्द के सी
के भो त कांंग्रेसले उठाएका मान्छे भए पनि
कांंग्रेसै भए पनि
काम त उनले
राम्रो गरेका छन्
देश र जनता कै गरेका छन्
कम्युनिष्टहरू बरु गाउँ छोडेर शहर पसेका छन्
राजधानीमा नै जमेर बसेका छन्
गोविन्द केसी त बरु शहर छोडेर गाउँतिर लागेका छन्
हुम्ला जुम्लातिर पुगेका छन्
झोपडीमा बस्ने कम्युनिष्ट त राजधानीमा नै
आलीसन भवन बनाएर बसेका छन्
महल बनाएर बसेका छन्
गोविन्द के सीको न त कुनै बस्ने बास छ
न कुनै खाने गास छ
सिर्फ एक मुठी सास छ
त्यो एक मुठी सास पनि कतिबेला जाने हो
उपेक्षित बर्गको लागि लड्डा लड्दै
उपेक्षित क्षेत्रको लागि संघर्ष गर्दा गर्दै
देश र जनताको पक्षमा आवाज उठाउँदा उठाउँदै
अँध्यारोमा निस्सासिएका गाउँमा उज्यालो छर्छु भन्दा भन्दै
गाउँका मलिन अनुहारमा मुस्कान भर्छु भन्दा भन्दै
कति सज्जनहरूले पागल पनि भने गोविन्द केसीलाई
चारै चौरास माफियातन्त्रको जाल बिछाएर
देश सखाप पार्ने माफियाहरूभन्दा त
देश सखाप पार्ने माफियातन्त्रका ठेकेदारभन्दा त
पागल हुनु नै धेरै राम्रो
पागलले जनता चुस्दैन
पागलले देश बेच्दैन
पागल विस्तारवादको भरिया बन्दैन
पागल साम्राज्प्यवादको एजेन्ट हुँदैन
पागलले कुने असमान सन्धि सम्झोतामा हस्ताक्षर गर्दैन
पागलसित कुनै डर छैन यो देशलाई
यो देशका जनतालाई
डर छ त केवल सज्जनसित
डर छ त केवल सुकिला मुकिलासित
डर छ केवल टाठा बाठाबाट
डर छ त केवल झुठा सपना बाँडेर सिंहासन ताक्नेहरूसित
ठीकै हो गोविन्द केसी पागल हुन्
पागल भएर नै उनले अझसम्म
आफ्नो परिवार बनाएनन्
देशलाई ने आफ्नो परिवार सम्झे शायद
पागल भएर नै उनले अझसम्म आफ्नो कुनै घर बनाएनन्
जनताका घरलाई नै आफ्नो घर सम्झे शायद
पागल भएर त उनी
माओका चीनका पैदल डाक्टर जस्तै
पिछडिएका क्षेत्रहरूतिर
रुकुम रोल्पातिर
ह्म्ला जुम्लातिर
दूर दराजका गाउँतिर
अन्कन्टार ठाउँतिर
जनताका घर देलौमा
लौरो टेकेर
झोलामा औषधि बाकेर
बालक बालिका बृद्ध बृद्धाका
उपचार नपाएरु छट्पटाइरहेका
असहाय जनताका
छाती र नारी छाम्दै हिंडे
औषधि बाँड्दै हिैडे
उकालो भनेनन् उनले
ओरालो भनेनन् उनले
खोलो पहिरो भनेन् उनले
आफ्नो त्यो लंग मार्चको यात्रामा
अनवरत हिंडे उनी
उनी कुनै कम्युनिष्ट नभए पनि
काटीकुटी कम्युनिष्ट जस्तै छन् उनी
खाटी कम्युनिष्ट जस्तै छन् उनी
दुरुस्त कम्युनिष्ट जस्तै छन् उनी
हाम्रो देशका जस्ता नकली कम्युनिष्ट होइन
हिजोका रुस चीनका कम्युनिष्ट जस्ता छन् उनी
सकली कम्युनिष्ट जस्ता छन् उनी
असली कम्युनिष्ट जस्ता छन् उनी
यद्पि देश र जनताको सेवा गर्नको लागि
कोही मान्छे कम्युनिष्ट हुनु नै पर्छ भन्ने केही छैन
जे होस्,
तीन करोड नेपाली जनताका आँखामा उनी पृुतली बने पनि
हिटलरका सन्तानहरूका लागि उनी आँखाका कसिंगर बने
उनीहरूका बाटाका काँडा बने
उनीहरूका गाँसका ढृंगा बने
यसैल त उनलाई
आफूलाई सज्जन ठान्नेहरूले
आफूलाई मुलुकका मालिक ठान्नेहरूले
उनलाई लछार पछार पार्दै
घिसार्दै
ट्रमा सेन्टरमा पुराए
जसरी हिजो यो मुलुकका सज्जनहरूले
ठेकेदारहरूले
देवकोटालाई जबरजस्ती पागल घोषित गरेर
राँची पुराएका थिए
सतिले सरापेको यो देशमा
यस्तै त हुँदे गरेको छ अझसम्म
थाहा छैन
यस्तै हुँदै गर्ने हो अझ कहिलेसम्म ?
१३–६–२०७७
२९–९–२०२०
Comments
Post a Comment