घुम्टे नै त हो गहना गल्कोटको घुम्टे नै त हो सान घुम्टे नै त हो गल्कोटको आखिर त्यो धुक धुकी प्राण बिहानी हुन्छ घाम झुल्की घुम्टेमा हटी सारा अँध्यारो लाग्दछ मलाई आफ्नै घर गाउँ अति नै धेरै प्यारो घाम डुबेमा दिन्छ संकेत घुम्टे साँझ पर्न थालेको देखिन्छ चारैतिर घर घरमा दियो बत्ती बालेको पर्दछ पानी पनि बडो बेगले घुम्टेबाटै पुत्याई हुत्तिन्छ हुलुवा खोला हुल्ल हुल्ल खान्छ खेतै हुत्याई आकाश नै गर्जिदा गड्याङ्ग गर्दै गर्जिन्छ घुम्टे झन थर्र काँप्दछ धरती नै भयले त्रसित हुन्छ मन बर्षामा बादलले ढाक्दछ घुम्टे पुष माघ हिउँले आकर्षित पार्छ सबलाई घुम्टे , हिमालको भिउले हो यो गल्कोटको शिरताज घुम्टे गल्कोटको गौरव फिंजाएको छ यसले चारैतिर आफ्नो सारा बैभव झुक्ला बरु सारा संसार नै यहाँ सक्दैन घुम्टे झुक्न संचित गर्छ सारा सम्पति घुम्टे जान्दैन व्यर्थै फुक्न बनस्पति र बन्य जन्तुले पूर्ण जडीबुटीले पूर्ण छैन कुनै पनि कुरामा कमी यो छैन कतै अपूर्ण घुम्टेको धुरीमा चढेर हेरेमा देखिन्छ रे संसार घुम्टे हो गल्कोटको धन धान्यकै भीमकाय धन्सार जे खोजिन्छ त्यही भेटिन्छ घुम्टेमा सुनिन्छ यो भनेको कति छ कति छ सम्पत