Skip to main content

अतिथिदेव भव


राजेन्द्र  शहरमा आएर अध्ययन गर्दा गर्दै यतै जागिरमा लागेको थियो । जागिर पाउनासाथ उसले पढ्न शहर आएकी गाउँकी केटी चन्द्रासित बिवाह गरेको थियो । एक जनाको सानो तिनो नोकरीले गुजारा चलाउन गाह्रो थियो । पर पाहुना परे भने ठूलो आपत विपत नै पर्दथ्यो । ऋण धन गरेर इज्जत जोगाउनु पर्दथ्यो । यो कुराको ज्ञान शहरमा पाहुना हुन आउनेलाई हुँदैनथ्यो । भाडामा उसले दुइबटा कोठा लिएको थियो । एउटा कोठालाई किचनको रुपमा प्रयोग गरेको थियो ।  अर्को कोठा बेड रुम र बैठक कोठा दुबैको लागि प्रयोग गरिन्थ्यो । उसरी भान्सा कोठा पनि पाहुना कोठाको रुपमा प्रयोग भइरहेको थियो । 

यसरी नै राजेन्द्रको मामाको छोरा गणेश उसका घरमा पाहुना हुन आयो । राजेन्द्रले मामाको छोरा गणेशलाई न रुचाउने कुरा त भएन । तर राजेन्द्रकी श्रीमती चन्द्रालाई यो कुरा पटक्कै मन परेको थिएन ।  भए पनि उसले आफ्ना श्रीमानको इज्जतको खातिर गणेशलाई ठूलो आदर सत्कारका साथमा राम्रै खाने बस्ने व्यवस्था मिलाएकी थिई । मासु भात खुवाएर  नै पाहुनाको सत्कार सेवा गरेकी थिई । राजेन्द्र र चन्द्राको बिचार थियो शहरमा पाहुना बन्न आएको गणेश छिटै गाउँ फर्किएला । तर ऊ मासु भात खाएर हप्ता दिनसम्म पाहुना भएर नै बस्यो। सधैंभरि मासु भात खुवाएर गणेशलाई आफूसंग राख्न सक्दैनथ्यो राजेन्द्र । यसैले उसलाई मासु भात खुवाउन छोडेर दाल भात मात्र खुवाउन थालियो । तर पनि ऊ गाउँ फर्किने मनस्थितिमा देखिएन । दिउँस भरि ऊ शहर घुम्दथ्यो र साँझ परे पछि टुप्पलुक्क डेरामा आउँथ्यो ।  यसरी गाउँबाट पाहुना आएर राजेन्द्रको डेरामा बसेको घरभेटीलाई पटक्कै मन परेको थिएन । उसले शिकायत गर्दै भनेको थियो –तपाइंको घरमा जहिलेपनि पाहुना मात्र देख्दछु ।  डेरा तपाइलाई दिएको हो । तपाइंका पाहुनाहरूलाई होइन । यो कुरा मलाई मन परेको छैन । बरु अन्येत्र कतै डेरा खोजेर सर्नुहोस् ।

शहरमा डेरा पाउन गाह्रो थियो । यसैले पनि गणेशलाई हटाउन एक बहाना बनाउँदै राजेन्द्रले अफिसको कामले आफू एक हप्ता वाहिर जानु पर्ने कुरा बतायो । साथै उसले यो पनि भन्यो – उसको अनुपस्थितिमा चन्द्रा एक हप्ता माइत गएर बस्छु भनेकी छन् । यसको प्रतिकिैयामा गणेशले भन्यो – ठीकै छ । म तपाइंको डेरा कृुरेर बस्दछु ।

७–७–२०७७


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...