Skip to main content

अतिथिदेव भव


राजेन्द्र  शहरमा आएर अध्ययन गर्दा गर्दै यतै जागिरमा लागेको थियो । जागिर पाउनासाथ उसले पढ्न शहर आएकी गाउँकी केटी चन्द्रासित बिवाह गरेको थियो । एक जनाको सानो तिनो नोकरीले गुजारा चलाउन गाह्रो थियो । पर पाहुना परे भने ठूलो आपत विपत नै पर्दथ्यो । ऋण धन गरेर इज्जत जोगाउनु पर्दथ्यो । यो कुराको ज्ञान शहरमा पाहुना हुन आउनेलाई हुँदैनथ्यो । भाडामा उसले दुइबटा कोठा लिएको थियो । एउटा कोठालाई किचनको रुपमा प्रयोग गरेको थियो ।  अर्को कोठा बेड रुम र बैठक कोठा दुबैको लागि प्रयोग गरिन्थ्यो । उसरी भान्सा कोठा पनि पाहुना कोठाको रुपमा प्रयोग भइरहेको थियो । 

यसरी नै राजेन्द्रको मामाको छोरा गणेश उसका घरमा पाहुना हुन आयो । राजेन्द्रले मामाको छोरा गणेशलाई न रुचाउने कुरा त भएन । तर राजेन्द्रकी श्रीमती चन्द्रालाई यो कुरा पटक्कै मन परेको थिएन ।  भए पनि उसले आफ्ना श्रीमानको इज्जतको खातिर गणेशलाई ठूलो आदर सत्कारका साथमा राम्रै खाने बस्ने व्यवस्था मिलाएकी थिई । मासु भात खुवाएर  नै पाहुनाको सत्कार सेवा गरेकी थिई । राजेन्द्र र चन्द्राको बिचार थियो शहरमा पाहुना बन्न आएको गणेश छिटै गाउँ फर्किएला । तर ऊ मासु भात खाएर हप्ता दिनसम्म पाहुना भएर नै बस्यो। सधैंभरि मासु भात खुवाएर गणेशलाई आफूसंग राख्न सक्दैनथ्यो राजेन्द्र । यसैले उसलाई मासु भात खुवाउन छोडेर दाल भात मात्र खुवाउन थालियो । तर पनि ऊ गाउँ फर्किने मनस्थितिमा देखिएन । दिउँस भरि ऊ शहर घुम्दथ्यो र साँझ परे पछि टुप्पलुक्क डेरामा आउँथ्यो ।  यसरी गाउँबाट पाहुना आएर राजेन्द्रको डेरामा बसेको घरभेटीलाई पटक्कै मन परेको थिएन । उसले शिकायत गर्दै भनेको थियो –तपाइंको घरमा जहिलेपनि पाहुना मात्र देख्दछु ।  डेरा तपाइलाई दिएको हो । तपाइंका पाहुनाहरूलाई होइन । यो कुरा मलाई मन परेको छैन । बरु अन्येत्र कतै डेरा खोजेर सर्नुहोस् ।

शहरमा डेरा पाउन गाह्रो थियो । यसैले पनि गणेशलाई हटाउन एक बहाना बनाउँदै राजेन्द्रले अफिसको कामले आफू एक हप्ता वाहिर जानु पर्ने कुरा बतायो । साथै उसले यो पनि भन्यो – उसको अनुपस्थितिमा चन्द्रा एक हप्ता माइत गएर बस्छु भनेकी छन् । यसको प्रतिकिैयामा गणेशले भन्यो – ठीकै छ । म तपाइंको डेरा कृुरेर बस्दछु ।

७–७–२०७७


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...